काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को बजेट सम्र्वसम्मतिले पारित
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ २६, शनिबार वर्गीकृत
आर्थिक वर्ष २०७८÷७९ को बजेट तथा कार्यक्रम केही संशोधनसहित सर्वसम्मतिमा पास भएको भएको छ । नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिमा पास गरेको हो ।
असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘काठमाडौँ महानगरपालिका आर्थिक विधेयक, २०७८’ पेस गर्नुभएको थियो । सोही बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आ. व. २०७८÷७९ का लागि बजेट पेस गर्नुभएको थियो ।
उहाँले कुल १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट पेस गर्नुभएको थियो । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोर–मैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन, विद्युतीय शासनमार्फत् सुशासन प्रवद्र्धन, उद्यमशिलता प्रवद्र्धन जस्ता उदेश्य हासिल गर्ने लक्ष्यसहित प्रस्तुत बजेट संशोधनसहित सम्र्वसम्मतिले पारित भएको मेयर शाक्यले जानकारी दिनुभयो ।
कुल बजेट मध्ये सामाजिक सुरक्षाभत्ता नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमहरु र आयोजनाको खर्च वापत २ अर्ब ८७ करोड ७ लाख रहेको महानगरपालिकाले जानकारी दिएको छ । १६ अर्ब ८ करोड ७० लाख १२ हजार काठमाडौँ महानगरपालिकाको संचितकोष मार्फत हुने खर्च हो । महानगरपालिकाले नै दिएको जानकारी अनुसार नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त शसर्त योजना (शिक्षक तलब, स्वास्थ्य, कृषि आदि) मा १ अर्ब ३२ करोड १४ लाख १० हजार रहेको छ । निशर्त बजेट भने १४ अर्ब ७६ करोड ५६ लाख २ हजार रहेको छ ।
आज पारित बजेटमा सबै करदातालाई ०७८ पुस मसान्तसम्म १० प्रतिशत छुट दिइएको छ भने होटललाई थप ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ । ‘व्यवसाय करमा होटल मनोरञ्जन प्रदायक र पर्यटनसँग सम्बन्धित व्यवसायमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ,’ काठमाडौँ महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले भन्नुभयो, ‘अन्य व्यवसायहरुलाई २० प्रतिशत र शैलुन, व्युटिपार्रलर जस्ता व्यवसायलाई ९० प्रतिशत छुटको व्यवस्था गरेका छौँ ।’
आजको बैठकले न्यायिक समितिको प्रतिवेदन, सुशासन समितिको प्रतिवेदन, सहरी योजना आयोगको प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ ।
बजेटमा ज्येष्ठ नागरिक विशिष्टीकृत सेवा सहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न गर्ने, मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक शौचालय जस्ता विषय बजेटमा समावेश गरिएको छ । त्यसैगरी बजेटमा प्रत्येक वडामा एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधाहरू, ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण जस्ता विषय पनि बजेटमा समावेश गरिएको छ ।
त्यस्तै मानवअधिकार प्रवद्र्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, आधारभूत शहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवद्र्धन,उद्यमशिलता प्रवद्र्धन, विद्युतीय शासनको प्रवद्र्धन, युवासँग मेयर, पौरखी मेला, खेलकूदको विकास, जीवन निर्वाहका लागि पारिश्रमिकलगायतका कार्यक्रमहरू पनि बजेटमा समावेश गरिएको छ।
ईजरायलका सहयोगमा नेपालमा ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापनाः राजदूत शाक्य
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ २५, शुक्रबार वर्गीकृत
ईजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यको विशेष पहलमा ईजरायलबाट नेपाल पठाएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण नेपाल आइपुगेको छ ।
विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीहरु तथा नेपालका लागि ईजरायली राजदूत हनान गोडेरसहितको टोली पुग्नुभएको र उहाँहरुलाई ती सामग्री हस्तान्तरण भएको पनि दूतावासले जानकारी दिएको छ ।
‘नेपाल आएका ती स्वास्थ्य सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त भएका हुन्,’ राजदूत डाक्टर शाक्यले भन्नुभयो, ‘करीब २० करोड रुपैंया जति अनुमानित मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करीब १८ टन छ ।’
राजदूत शाक्यका अनुसार सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित छन् । यस अघि पनि राजदूत शाक्यले नेपालका लागि ईजरालकातर्फबाट कोभिडसँग सम्बन्धित विभिन्न सहयोगहरु जुटाउन उल्लेख्य भूमिका खेल्नु भएको थियो ।
‘कोभिड—१९ सँग सम्बन्धी ईजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न नेपाल सरकारसँगको समन्वयमा ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्न सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा. शाक्यले बताउनु भयो । उहाँका अनुसार यसका लागि प्राविधक विज्ञहरुले नेपालको सिसिएमसीसँग जुम मिटिङ मार्फत आवश्यक परामर्श दिन थालिसकेका छन् ।
‘ईजरायलमा भर्खरै मात्र सरकार परिवर्तन भई नयाँ प्रधानमन्त्री नियुक्त भएको तथा ईजरायलमा नयाँ सरकार बनेको अवस्था छ,’ शाक्यले भन्नुभयो, ‘ईजरायलमा यूद्ध चलिरहेको र अस्थायी यूद्धविराम भए पनि छिटपुट युद्ध भइरहेको अवस्था छ । यस्तो प्रतिकुल अवस्थामा पनि नेपालका लागि सहयोग गर्ने अवसर पाउँदा खुशी लागेको छ,’ शाक्यले भन्नुभयो, ‘यो सहयोग जुटाउन सहयोग गर्ने इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपाली सबैलाई धन्यवाद भन्न चाहन्छु ।’
विश्वमा पहिलो ‘मास्क फ्री’ देशका रुपमा ईजरायलले घोषणा गरेको थियो । ईजरायलमा कोरोना करीब करीब नियन्त्रणमा आइसकेको र त्यहाँका जनताले मास्क लगाएर हिंड्नु नपर्ने अवस्था छ । सामग्री नेपाल पठाउन इजरायलको विमानस्थलमै राजदूत शाक्य, इजरायली परराष्ट मन्त्रालयका आर्थिक महाशाखा हेर्ने प्रमुखलगायत पुग्नुभएको थियो ।
नेपाल ईजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलो पटक अवतरण भएको हो । ‘ईजरायलमा नेपाली ध्वजावाहकको पहिलो औपचारिक उडान (मेडिकल कार्गो चार्टर्ड उडान) सम्भव भएको छ,’ राजदूत शाक्यले भन्नुभयो, ‘यो अभियानमा सफल बनाउन सहयोग गर्नुहुने नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिसिएमसी, नेपाल एअरलाईन्स, भारत, पाकिस्तान, बहराईन, साउदी अरब तथा ईजिप्टस्थित नेपाली राजदूतावासहरु, ईजरायलस्थित नेपाली समुदायका साथै ईजरायली पक्षतर्फ ईजरायली परराष्ट्र मन्त्रालय, काठमाडौँस्थित ईजरायली राजदूतावास, सहयोग संकलन, पारवहन तथा अन्य धेरै क्षेत्रमा सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद ।’ उहाँले नेपालका लागि नेपालको अवैतनिक वाणिज्यदूत, इजरायली सरकार, सम्पूर्ण दातृ निकाय तथा सहयोगी मनहरुमा दूतावास परिवार हृदयदेखि नै आभार प्रकट गरेको बताउनुभयो।
उपत्यकामा ४२७ सहित देशभर थपिए १८७५ जना कोरोना संक्रमित, २९को मृत्यु
Swoniga Online – Rosni | २०७८ आषाढ २४, बिहिबार वर्गीकृत
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २८७, भक्तपुरमा ५८ र ललितपुरमा ८२जनालाई संक्रमण पुष्टि भएको छ ।
आज देशभर थप १ हजार ८७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३७४ पीसीआर र ५१३० जनाको एन्टीजेन गरी १० हजार ५०४ जनाको परीक्षण गर्दा १८७५ जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २८६ हजार जना संक्रमणमुक्त भएका छन् भने २९ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९२ हजार ८४९ पुगेको छ ।
जसमध्ये ६ लाख १५ हजार ६१३ हजार जना निको भएका छन् भने ९ हजार ३२० जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार ४७७ जना रहेका छन् ।
यी हुन् सबैभन्दा धेरै कोरोना खोप लाउने विश्वका १० देश !
Swoniga Online – Rosni | २०७८ आषाढ २४, बिहिबार वर्गीकृत
विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांक यसप्रकार छस्
चीनमा कोरोनाविरुद्धको एक अर्ब ३३ करोड १६ लाख ७९ हजार डोज खोप लगाइएको छ । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज खोप लगाइएको छ भने अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज खोप लगाइएको छ ।
त्यस्तै ब्राजिलमा दश करोड ३० लाख ६२ हजार ६०९ डोज खोप लगाइएको छ । बेलायतमा आठ करोड २ लाख १२ हजार ६६८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ भने जर्मनी सात करोड ८६ लाख ७२ हजार ९२ डोज खोप लगाइएको छ ।
पोल्याडमा ६ करोड ७ लाख ५९ हजार ७४४ डोज खोप लगाउँदा फ्रान्समा पाँच करोड ७२ लाख ७९ हजार १९८ डोज खोप लगाइएको छ । यसैगरी टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार ४०० डोज खोप लगाइएको छ भने इटाली पाँच करोड ५४ लाख ५६ हजार २७६ डोज खोप लगाइएको छ ।
यी हुन् सबैभन्दा धेरै कोरोना खोप लाउने विश्वका १० देश !
Swoniga Online – Rosni | २०७८ आषाढ २४, बिहिबार वर्गीकृत
विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांक यसप्रकार छस्
चीनमा कोरोनाविरुद्धको एक अर्ब ३३ करोड १६ लाख ७९ हजार डोज खोप लगाइएको छ । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज खोप लगाइएको छ भने अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज खोप लगाइएको छ ।
त्यस्तै ब्राजिलमा दश करोड ३० लाख ६२ हजार ६०९ डोज खोप लगाइएको छ । बेलायतमा आठ करोड २ लाख १२ हजार ६६८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ भने जर्मनी सात करोड ८६ लाख ७२ हजार ९२ डोज खोप लगाइएको छ ।
पोल्याडमा ६ करोड ७ लाख ५९ हजार ७४४ डोज खोप लगाउँदा फ्रान्समा पाँच करोड ७२ लाख ७९ हजार १९८ डोज खोप लगाइएको छ । यसैगरी टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार ४०० डोज खोप लगाइएको छ भने इटाली पाँच करोड ५४ लाख ५६ हजार २७६ डोज खोप लगाइएको छ ।
एमाले कार्यदलको बैठक सकियो, के भयो निर्णय ?
Swoniga Online – Rosni | २०७८ आषाढ २२, मंगलबार वर्गीकृत
काठमाडौँ । नेकपा एमालेको कार्यदल बैठक सकिएको छ । तीन घण्टासम्म सिंहदरबार भएको एकता कार्यदलको बैठकमा धेरै प्रगति भएको स्रोतले बतायो ।
बैठकमा बुँदागत रूपमा छलफल भएको र केही दिनमै सकारात्मक निकास निस्कने एक नेताले जानकारी दिए । बैठकबाट बाहिरिदैँ कार्यदलका सदस्य एक नेताले पनि छलफल सकारात्मक भएको र केही दिनमा नयाँ सहमतिको सम्भावना रहेको बताए ।
यसअघि सोमबार बसेको बैठकमा अहिलेसम्म भएका अनौपचारिक छलफलबारे पुनरावलोकन भएको थियो । साथै, कार्यदलका सदस्यहरूबीच विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति पनि भएको थियो ।
उपत्यकामा ४९९ सहित देशभर थपिए २६३४ जना कोरोना संक्रमित, १५को मृत्यु
Swoniga Online – Rosni | २०७८ आषाढ २२, मंगलबार वर्गीकृत
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३६५, भक्तपुरमा २९ र ललितपुरमा १०५ जनालाई संक्रमण पुष्टि भएको छ ।
यस्तै आज देशभर थप २ हजार ६३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५०३ पीसीआर र ५०८२ जनाको एन्टीजेन गरी १२ हजार ५८५ जनाको परीक्षण गर्दा २ हजार ६३४ जनामा पोजेटिभ देखिएको हो । यो संख्या भनेको परीक्षण गरिएकामध्ये संक्रमणको दर २०.९ प्रतिशत हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५६५ हजार जना संक्रमणमुक्त भएका छन् भने १५ संक्रमितको मृत्यु भएको छ । आज थपिएको तथ्याँकसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८७ हजार १९५ पुगेको छ । जसमध्ये ६ लाख १२ हजार ९९४ हजार जना निको भएका छन् भने ९ हजार २६३ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या २५ हजार ८२८ रहेको छ ।
जोरबिजोर प्रणाली हटाइए संगै काठमाडौं सडकमा देखियो यस्तो दृश्य
Swoniga Online – Rosni | २०७८ आषाढ २२, मंगलबार वर्गीकृत
काठमाडौँ उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौँ उपत्यका बाहिर गएकाले धेरै सवारी आजदेखि नै सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
हाल काठमाडौँ उपत्यकाभित्र मात्र सवारी साधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहलपहल बढ्न अझै केही दिन लाग्ने महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनुभयो । गत वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघि दुई दिनसम्म उपत्यका बाहिर जानेका लागि समय दिइएकाले चालक, परिचालकलगायत धेरै मानिस स्थायी निवासतिर लागेका थिए । विसं २०७६ चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी गरिएको बन्दाबन्दीका क्रममा बाहिर जाने समय नदिँदा धेरै मानिस अलपत्र बनेका थिए । काठमाडौँ उपत्यकामा मजदूरलाई जीवन धान्न पनि धौधौ परेको थियो ।
आन्तरिक उडान खुला भइसक्दा पनि काठमाडौँ उपत्यका बाहिर जाने लामो दूरीका सार्वजनिक यातायात नखोल्नु ठीक नभएको बताउँदै महासङ्घले आपत्ति जनाउँदै आएको छ । लामो दूरीका सवारी नखोल्दा यात्रु महँगो भाडा तिरेर नाकानाकासम्म ओहोरदोहोर गर्ने गरेका छन् । यसरी यात्रा गर्न बाध्य बनाउँदा कोरोना सङ्क्रमण अझ बढ्ने महासङ्घको ठम्याइ छ ।
सरकारले सार्वजनिक यातायातले मात्र कोरोना सार्छ भन्ने जस्तो व्यवहार गरेको अध्यक्ष कर्माचार्य बताउनुहुन्छ । सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले मानिसले डराएर सवारी साधन नचलाएको हुन सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता सञ्जीव सर्वदास बिहान अनुगमन गर्दा निकै कम सार्वजनिक सवारी सञ्चालन भएको पाइएको बताउनुहुन्छ । सार्वजनिक यातायातका तुलनामा निजी सवारी अझै कम चलेका छन् । आज सञ्चालन भएका सवारी साधनको वास्तविक तथ्याङ्क भने बुधबार बिहान १० बजेपछि मात्र सार्वजनिक हुने महाशाखाले जनाएको छ ।
सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौँ ल्याइयो
Swoniga Online – Rosni | २०७८ आषाढ २२, मंगलबार वर्गीकृत
काठमाडौँ । चितवनको ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको पोष्टमार्टम हुने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । प्रहरी कार्यलय चितवनका अनुसार पोष्टमार्टमको रिपोर्टबाट सविता भण्डारीको मृत्युको कारण खुल्ने जानकारी दिएको हो ।
चितवन प्रहरीले राप्ती नगरपालिका–३ घर भएकी २२ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक जंगलमा फेला पारेको हो । उनी असार ११ गते बिहान ६ बजे घरबाट साथीको घर जान्छु भन्दै हिँडेको र मृत अवस्थामा उक्त जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।
तर सोही दिननै दिउँसो भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको र अज्ञातस्थलतर्फ लगेको जानकारीको आधारमा चितवनमा प्रहरीमा उजुरी परेको थियो ।
प्रचण्डका घरबेटी शारदा अधिकारीको कम्पनी मल ल्याउन नसकेपछि कालोसूचीमा, अरु कुन कुन परे?
Swoniga Online – Rosni | २०७८ आषाढ २२, मंगलबार वर्गीकृत
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"का घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको कम्पनीसहित १५ लाई सरकारले कालोसूचीमा राखेको छ।
कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले अधिकारीको कम्पनीलाई दुई वर्ष कालोसूचीमा राखेको हो।
समयमा रसायनिक मल नल्याएको भन्दै लिमिटेडले अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज प्रा।लिलाई दुई वर्ष कालोसूचीमा राखेको हो।
शैलुङ इन्टरप्राइजेजका मुख्य व्यक्ति भने निकेश अधिकारी हुन्। शैलुङ कन्स्ट्रक्सन र शैलुङ इन्टरप्राइजेज दुबै शारदाप्रसादका हुन्। यस्तै, प्रहरी प्रधान कार्यालयको सिफारसमा पूजा ट्रेडिङ एन्ड अर्डर सप्लायर्सलाई दुई वर्ष कालोसूचीमा राखिएको छ।
यस्तै, हिमालयन कन्स्ट्रक्सन, निर्माण सेवा, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, डिएमएस बुट इन्डस्ट्रिज प्रालिलगायत छन्। डिएमएसलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा दुई वर्ष कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ।डिएमएस सशस्त्र र नेपाल प्रहरीलाई बुट सप्लाई गर्ने कम्पनी हो।



