शुक्रबारदेखि टेकुमा ४८ घण्टाभित्र विदेश जानेहरुको मात्र खोप कार्ड प्रमाणीकरण हुने
Swoniga Online – Rosni | २०७८ श्रावण ७, बिहिबार वर्गीकृत
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शुक्रबारदेखि ४८ घण्टाभित्र देश जानुपर्ने व्यक्तिको मात्र खोप कार्ड प्रमाणीकरण गर्ने जनाएको छ।
कोरोना संक्रमतिको उपचार भइरहेको शुक्रराज अस्पतालमा खोपकार्ड प्रमाणीकरण गर्ने व्यक्तिहरुको भिड अत्याधिक भएपछि अस्पतालले शुक्रबार देखि ४८ घण्टाभित्रमा विदेश जानुपर्ने व्यक्तिको मात्र खोपकार्ड प्रमाणीकरण गर्ने निर्णय गरेको हो।
अस्पतालका निर्देशक डा अनुप बास्तोलाले कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालमा खोप कार्ड लिनेको भिडभाड अत्याधिक भएपछि यस्तो निर्णय गरिएको जानकारी दिए। उनले खोप कार्ड प्रमाणीकरण गर्नेको भिडका कारण अस्पतालको अन्य सेवा समेत प्रभावित भएको जानकारी दिए।
उपत्यकामा थपिए ७५१ जना कोरोना संक्रमित, तीन जिल्लामा कति छन् सक्रिय संक्रमितको संख्या ?
Swoniga Online – Rosni | २०७८ श्रावण ७, बिहिबार वर्गीकृत
काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ७५१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३६, ललितपुरमा १३० र भक्तपुरमा ८५ जनामा कोरोना देखिएको छ।
योसँगै तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या काठमाडौंमा पाँच हजार ९१६, ललितपुरमा एक हजार ६१ र भक्तपुरमा ९३५ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ पुगेको छ।
आज देशभर दुई हजार ७१४ मा कोरोना देखिएको छ भने २४ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोना संक्रमण पुष्टि, २४को मृत्यु
Swoniga Online – Rosni | २०७८ श्रावण ७, बिहिबार वर्गीकृत
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१४ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ८२९ वटा नमुनाको परीक्षण गर्दा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेकोे छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २८८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भदौ १९ गतेदेखि सुरु हुँदै नर्सिङ तथा मिडवाइफको लाईसेन्स परिक्षा
Swoniga Online – Rosni | २०७८ श्रावण ७, बिहिबार वर्गीकृत
काठमाडौं। नेपाल नर्सिङ काउन्सिलले नर्स तथा मिडवाइफको लाइसेन्सको परीक्षा भदौ १९ गतेदेखि सुरु हुने भएको छ।
काउन्सिलले साउन १०गतेदेखि भदौ ७गतेसम्म परीक्षाको लागि अनलाइन फारम भर्नुपर्ने बताएको छ र सोपछि भदौ ८ गतेदेखि भदौ१३गतेसम्म दोब्बर दस्तुरमा फारम भर्न पाइनेछ। पिसिएल वा बिएस्सी नर्सिङ र ब्याचरल इन मिडवाइफ्री साइन्समा उत्तीर्ण भएका विद्यार्थीहरुले मात्र लाईसेन्स प्रमाणपत्रका लागि नाम दर्ता गराउन सक्नेछ।
लोक सेवा आयोगसँग सम्बन्धित विभिन्न सँग सम्बन्धित विभिन्न सूचना: नतिजा प्रकाशनदेखि सिफारिससम्म
Swoniga Online – Rosni | २०७८ श्रावण ६, बुधबार वर्गीकृत
काठमाडौं । लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ ।
आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणी र पदको लिखित परीक्षामा सहभागी उम्मेदवारहरुको नतिजा प्रकाशित गर्दै उनीहरुलाई सामूहिक परीक्षण र अन्तरवार्ताका लागि बोलाएको छ । यस्तै आयोगले सिफारिसलगायतका सूचना पनि निकालेको छ ।
सूचना विस्तृतमाः

कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक (तालिकासहित)
Swoniga Online – Rosni | २०७८ श्रावण ६, बुधबार वर्गीकृत
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोनाभाइरस महामारीका कारण रोकिएकोमा बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार साउन ३१ देखि सुरु हुने परीक्षा भदौ ९ गतेसम्म चल्नेछ । परीक्षा सम्बन्धित विद्यालयमै भौतिक दुरी कायम गरेर सञ्चालन हुनेछ ।

लोकस–२०२१ द्वारा वृक्षरोपण
Swoniga Online – Rosni | २०७८ श्रावण ६, बुधबार वर्गीकृत
त्रिभुवन विश्वविद्यालय पुल्चोक ईञ्जिनियरिङ्ग क्याम्पसका विद्यार्थीहरूद्वारा संचालित गैर सरकारी संस्था ‘लोकस’ले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
लोकस २०२१ का अध्यक्ष आदर्श बोहोराका अनुसार विगतका वर्षहरुमा सम्पन्न हुँदै आएको प्राविधिक तथा प्रशिक्षणत्मक कार्यक्रम महत्वपूर्ण कार्यक्रम भएको र यसपटक यस्ता कार्यक्रमको दायरालाई सामाजिक क्षेत्रसम्म विस्तार गर्ने उद्देश्यले यस वर्ष वृक्षरोपण कार्यक्रमसमेत समावेश गरिएको हो । आफ्नै क्याम्पस हाताबाट सुरुगरिएको वृक्षरोपण कार्यक्रमलाई बाहिरसम्म विस्तार गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष बोहोराले बताए ।

लोकस–२०२१ का अध्यक्ष बोहोराका अनुसार इन्जिनियरिङ्गसँग सम्वन्धित तथा अन्य विविध तालिमहरु अनलाईनमार्फत् संचालन गर्ने क्रम चलिरहेको छ । कोरोना भाईरस संक्रमणको कारण भौतिक रुपमा कक्षा संचालन गर्न असम्भव भएका कारण अनलाईन प्रविधिको प्रयोगद्वारा लोकसले तालिमको व्यवस्था गरेको हो ।
सुजिता मृत्यु प्रकरण : कहिले आउँछ सुजिताको भिसेरा रिपोर्ट ?
Swoniga Online – Rosni | २०७८ श्रावण ५, मंगलबार वर्गीकृत
काठमाडौं । चितवनमा मृतावस्थामा फेला परेकी राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको अन्त्येष्टी गरिएको छ । हिजो सोमवार देवाघाटमा सुजिताको अन्त्येष्टी गरिएको हो ।
सुजिताको शव परिवारले हिजै मात्र बुझेको हो । उनको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको थियो । परिवार र स्थानीयले सुजिताको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने बताएका भएपनि प्रहरीले छिट्टै घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने बताएपछि परिवारले सुजिताको शव बुझेको थियो ।
शवको अन्त्येष्टी भइसक्दा सम्म पनि सुजिताको हत्या भएको हो वा आत्महत्या भन्ने बारे अझै पत्ता लाग्न सकेको छैन् । भिसेरा परीक्षण पछिमात्रै यो कुराको पुष्टि हुने प्रहरीको दाबी छ । सामान्यतया भिसेरा रिपोर्ट आउन एक महिना लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तो थियो घटनाको नालीबेली:
असार ११ गते सुजिता भण्डारी साथीको घर जान्छु भन्दै बिहानै घरबाट निस्केकी थिइन् । सुजिताले उनकी दिदी कविताको मोबाइलमा फोन गरेकी थिइन् तर रोपाईमा गएका कारण उनको मोबाइल घरमै थियो । मिस्कल देखेपछि कविताले तत्कालै उनलाई फोन गरिन् । फोनमा सुजिताले उनलाई आफू अपहरणमा परेको र बचाउन आग्रह गरेकी थिइन् । लगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
बेपत्ता भएको ९ दिन पछि ब्रम्हस्थानी सामुदायिक वनको भिरमा सुजिताको शव फेला परेको थियो । सुजिताको शवसँगै प्रहरीले पतेरो मार्न प्रयोग गर्ने विषको बोत्तल, ३०० रुपैयाँ भेटाएको थियो । सुजिताको शवको पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको थियो । तर पोस्टमार्टम रिपोर्टबाट पनि उनको हत्याबारे केही पत्ता लाग्न सकेन ।
कोभिड खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन साउदी अरेबियाले दियो अनुमति
Swoniga Online – Rosni | २०७८ श्रावण ५, मंगलबार वर्गीकृत
साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ । यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्रतिबन्ध लगाएको थियो ।
साउदी अरेबियामा पनि पछिल्लो समयमा कोभिडको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिसहरु सङ्क्रमित हुन पुगेका छन् । त्यसैले कैयौं देशबाट यात्रामा प्रतिबन्ध लगाएको साउदी अरेबियाले अहिले भने कोभिडको दुवै खोप लगाएका व्यक्तिलाई साउदी अरेबिया जान पाउने गरी खुला गरेको हो ।
यहाँका आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सोमबार सो निर्णय गरेको हो । सो मन्त्रालयले कोभिडका विरुद्धको सतर्कताको एक अभियानका रुपमा यो नियम बनाएको हो ।साउदी प्रेस एजेन्सीले सोमबार सो समाचार दिएको छ । उक्त एजेन्सीका अनुसार साउदी अरेबियाले यही अगष्ट ९ बाट यो यात्रा प्रतिबन्ध फुकुवा गरिने बताएको छ ।
यसअघि यहाँ कडा नयाँ भेरिएन्टका कारण धेरै ठूलो संख्यामा सङ्क्रमितहरु देखिएकामा पछिल्ला केही दिनमा त्यो सङ्क्रमणको संख्या घटेपछि यो निर्णय गरिएको हो । साउदी अरेबियाले गत मे १७ देखि यो यात्रा प्रतिबन्ध लगाएको थियो । त्यस यता यहाँ कैयौँ विदेशी उडानहरु पनि रोकिएको थियो ।