add
Display Style: 
Column Style

छ बुँदे सहमति पश्चात् बीपी प्रतिष्ठानका स्वास्थ्यकर्मी काममा फर्किए

Swoniga Online – Rosni | २०७८ श्रावण २०, बुधबार वर्गीकृत

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधानका लागि स्वस्थ्य मन्त्रालयका प्रतिनिधिसँग छ बुँदे सहमति भएपछि आन्दोलनरत स्वास्थ्कर्मी काममा फर्किएका छन्। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गठन गरेको स्वास्थ्य सेवा विभागका निर्देशक डा कृष्णप्रसाद पौडेलको संयोजकत्वमा भएको बार्तामा आन्दोलनरत पक्षसँग छ बुँदे सहमति भएपछि आन्दोलनरत स्वास्थयकर्मी काममा फर्किका हुन्। 

बार्ता टोलीले मंगलबार प्रधानमन्त्री कार्यालयका सचिव डा। बैकुण्ठ अर्याल नेतृत्वको समितिसँग प्रतिष्ठानको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा तत्काल कार्यान्वय गर्ने, प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा। गुरु खनाल, रजिष्ट्रार डा। मोहनचन्द्र रेग्मी र निर्देशक डा। गौरीशंकर साहलाई पदीय आचरण विपरित काम गरेकाले बर्खास्त गर्नका लागि प्रकृया अगाडि बढाउने, प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्दा मापदण्ड सहितको कार्यविधि बनाइ योग्य व्यक्तिहरुलाई नियुक्ति गर्नुपर्ने लगायतका सहमति गरिएको बीपी प्रतिष्ठान शुद्धीकरण अभियान आन्दोलन संर्घष समितिका सहसंयोजक डा। विष्णु पोखरेलले बताए। 

त्यस्तै प्रतिष्ठानमा भएका आर्थिक अनियमितिताका घटनामा अख्तियार र अदालतमा भएका विचाराधीन मुद्धाको फर्चौट गरी दोषिलाई कार्वाही गर्नुपर्ने, प्रतिष्ठानमा भएका बेथिति र भष्ट्राचारको छानविन गर्न आन्दोलनकारीहरुको प्रतिनिधित्व हुने गरी उच्च स्थरीय छानविन समित गठन गर्नुपर्ने, र आन्दोलनरत स्वास्थ्यकर्मीहरुले प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा लगाएको ताला बाहेकका आन्दोलनका कार्यक्रम फिर्ता गरी बुधबारदेखि नियमित काममा फर्किने सहमति गरिएको बताए। 

सहमति पश्चात् ५१ दिनदेखि आन्दोलन गरिरहेका चिकित्सक, नर्स र कर्मचारीहरु नियमित काममा फर्किएको संर्घष समितिका सदस्य बसन्त गेलालले बताए।  उनले  प्रतिष्ठानमा भएका छानविन समितिका सबै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र प्रतिवेदनमा उल्लेख भएका विषय सम्बोधन नगरिए पुनः कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आर्थिक अनियमितता बढेको भन्दै चिकित्सक र कर्मचारीहरुले प्रतिष्ठान शुद्धीकरण र पदाधिकारीहरुलाई वर्खास्तको माग राखेर आन्दोलन थालेका थिए। आन्दोलन पश्चात् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयका सचिव डा। बैकुण्ड अर्यालको नेतृत्वमा आठ सदस्य कार्यदल गठन गरेका थिए। 

कार्यदलले प्रतिवेदनमा आर्थिक अनियमितता बढेको, वार्षिक आम्दानी घट्दै गएको, शैक्षिक स्थर खस्किएको, प्राज्ञिक क्षेत्र तथा कर्मचारीको वितीय विकास रोकिएको, पदाधिकारी बिच असमझदारी बढ्दै गएका कारण प्रतिष्ठान संचालनमा गम्भीर समस्या भएको प्रतिवेदन देउवालाई बुझाएको छ। 

सशस्त्र प्रहरी जवान मृत फेला

Swoniga Online – Rosni | २०७८ श्रावण २०, बुधबार वर्गीकृत

कैलालीमा कार्यालय परिसरमै सशस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत ३१ वर्षीय हरिषकुमार शाही मृत फेला परेको हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डडेल्धुरा भागेश्वर गाउपालिका–१ का शाही सशस्त्र प्रहरीको कार्यालय परिसर कम्पाउन्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेका हुन् ।

शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

काठमाडौंको निषेधाज्ञा थप एकसाता लम्बियो (आदेशसहित)

Swoniga Online – Rosni | २०७८ श्रावण १९, मंगलबार वर्गीकृत

काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

तीनै सीडीओले निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय समेत गरेका छन् । सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

अन्य आदेश भने साविककै कायम रहने निर्णय पनि प्रशासनले गरेका छन् । सुरक्षा निकायले नै निषेधाज्ञाको अनुगमन गर्ने भएका छन् ।

भीडभाड, सभा, जुलुस नगर्न काठमाडौं जिल्ला प्रशासनको अपिल

Swoniga Online – Rosni | २०७८ श्रावण १९, मंगलबार वर्गीकृत

काठमाडौं । काठमाडौंमा कोरोनाभाइरसको तेस्रो लहर आउन सक्ने बताउँदै जिल्ला प्रशासन कार्यालयले सभा, सम्मेलन, धर्ना, जुलुस र गोष्ठी नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रशासनले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड बिपरित भीडभाड हुने गतिविधि गरेको पाइए कानून बमोजिम कार्वाही गर्ने जनाएको छ ।

पछिल्लो केही दिनयता जिल्लामा कोरोना संक्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा बिरामीको चाप बढेको भन्दै प्रशासनले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गर्न सचेत गराएको छ ।

प्रशासनले आजदेखि सार्वजनिक स्थानको अनुगमन गर्दै मास्क नलगाउने र सामाजिक दूरी पालना नगर्नेलाई कार्वाही अभियान थालेको छ । सहायक सीडीओको संयोजकत्वमा अनुगमन थालिएको हो ।

जारी निषेधाज्ञा बुधबार मध्यरातमा सकिँदैछ । थप कडाइसहित निषेधाज्ञा लम्ब्याउने तयारीमा उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुले तयारी गरिरहेका छन् ।

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

Swoniga Online – Rosni | २०७८ श्रावण १९, मंगलबार वर्गीकृत

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डि बेरीबीच भेटवार्ता भएको छ। जंगी अड्डामा मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो। 

भेटमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भेटका क्रममा कोरोना भाइरस संक्रमणका कारण रोकिएका नेपाल र अमेरिकी सेनाबीचको विभिन्न तालिम तथा अभ्यासलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको बताइएको छ। भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ।

काठमाडौँमा भेरोसेल खोप दोस्रो मात्रा साउन २२ गतेदेखि दिइने, यी हुन् खोप केन्द्र

Swoniga Online – Rosni | २०७८ श्रावण १९, मंगलबार वर्गीकृत

काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले  साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप अभियान संचालन हुनेछ ।

जसअनुसार १ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो मात्रा पाउने छन् । अब दोस्रो मात्रा खोप लगाउने नागरिकले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र पुग्नुपर्ने प्रमुख खड्काले जानकारी दिए ।

यसअघि साउन १४ देखि १८ गते सम्म गतेसम्म काठमाडौंमा १ लाख ८० हजार ५३४ जना व्यक्तिले भेरोसेलको पहिलो मात्रा लगाइसकेका जनस्वास्थ्य कार्यालय जनाएको छ । 

जुन कार्यक्रमअनुसार आजपनि काठमाडौं महानगरपालिका र बूढानीलकण्ठका केही स्थानमा भने खोप कार्यक्रम संचालन हुनेछ । 

यस्तै अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसूति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम संचालनजारी रहेको छ भने विदेशमा जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ । 

 

पेन्सनपट्टा बनाइसकेका शिक्षकलाई अब काठमाडौँ धाउनुनपर्ने

Swoniga Online – Rosni | २०७८ श्रावण १९, मंगलबार वर्गीकृत

काठमाडौँ । पेन्सनपट्टा बनाइसकेका शिक्षकले अब काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय किताबखानाले पेन्सनपट्टा बनाइसकेका शिक्षकको अन्य सबै काम सम्बन्धित जिल्लाबाट हुने व्यवस्था मिलाएपछि काठमाडौँ आउने पर्ने बाध्यता हटेको हो ।

पहिला निवृत्तीभरणसम्बन्धी जुनसुकै काम गर्नुपरे काठमाडौँ आउनुपर्ने बाध्यता रहेकोमा यही साउन १ गतेबाट लागू हुने गरी उक्त बाध्यतालाई हटाइएको किताबखानका उपमहानिर्देश रामराज खकुरेलले बताए ।

खकुरेलका अनुसार अब पाना सिद्धिएर नयाँ अधिकारपत्र बनाउन, हराएमा प्रतिलिपि लिन, पारिवारिक निवृत्तीभरण अधिकारपत्र तयार गर्न, नाम, थर संशोधन गर्न, निवृत्तीभरण रकम संशोधन गर्न, औषधि उपचार सहयोग स्वरुप रकम वृद्धि गर्ने लगाउत सबै काम अब सम्बन्धित जिल्लाबाटै नै हुने भएका छन् ।

यस्ता काम गर्न काठमाडौँ आउदाँ शिक्षकहलाई विभिन्न समस्या झेल्नुपरेको र शिक्षक किताब खानामा पनि धेरै भिडभाड हुने भएकाले यस्ता समस्यालाई हटाउने प्रयास गरिको उपमहानिर्देशक खकुरेलले बताए ।

शिक्षकले ती सेवा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको उनको भनाइ छ । यसका लागि कार्यविधि निर्माण गरेर पट्टा छपाएर देशभरिका जिल्लास्थित सम्बन्धित कार्यालयलाई पठाइसकेको उनले बताए । यस्तो व्यवस्थाले शिक्षकलाई ठूलो राहत मिल्ने उनको भनाइ छ ।

प्रेस पास र अनलाइन दर्ता अब अनलाइनबाट मात्रै

Swoniga Online – Rosni | २०७८ श्रावण १८, सोमबार वर्गीकृत

प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने भएको छ । सूचना तथा प्रसारण विभागले आईतबार एक सूचना जारी गर्दै प्रेस पास र अनलाइन दर्ता सेवा पूर्ण रूपमा अनलाइनबाट मात्र प्रवाह हुने जानकारी दिएको हो । 

साउन २० गते बुधवारदेखि प्रेस प्रतिनिधि प्रमाणपत्र जारीरनवीकरण, अनलाइन मिडिया दर्तारनवीकरणसँग सम्बन्धित सेवा अनलाइनबाट मात्रै पाइने जानकारी दिएको हो । 

यसअघि विभागले भौतिक उपस्थितिमा  समेत सेवा दिदै आएको थियो । विभागले गत साउन १० गतेदेखि अनलाइन सेवाको शुरूवात गरेको थियो ।  

विभागको वेबसाइटमा गएर अनलाइन सेवामा क्लिक गरी यो सेवा लिन सकिने छ । अनलाइन सेवामा क्लिक गरी आफुलाई आवश्यक विकल्प छनोट गरी सम्पूर्ण विवरण भर्नुपर्नेछ ।

त्यसपछि त्यहाँ मागिएको कागजातको २०० केबीभन्दा कम साइजको पीडीएफ फाइल अपलोड गर्नुपर्नेछ । सबै विवरण भरेपछि सबमिट गर्नुपर्छ । 

सबमिट भएपछि उक्त निवेदन विभागले स्वीकृत गर्नुपर्नेछ । विभागबाट स्वीकृत भएपछि कनेक्ट आईपीएसबाट राजस्व तिरिसकेपछि मात्र आफ्नो प्रमाणपत्र विभाग वा आफुलाई पायक पर्ने जिल्ला हुलाक कार्यालयबाट लिन सकिने छ ।

काठमाडौं महानगरका सबै वडा खोप केन्द्रहरूमा सकियो खोप

Swoniga Online – Rosni | २०७८ श्रावण १८, सोमबार वर्गीकृत

काठमाडौं महानरपलिकाका सबै वडा खोप केन्द्रपमा कोरोना खोप सकिएको छ। त्यसैले अहिलेलाई ती केन्द्रमा खोप लगाउन नपाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । 

अति आवश्यक क्षेत्रमा कार्यरत व्यक्तिका लागि भने आज पनि वैकल्पिक स्थानमा खोप व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बुद्धिबहादुर खड्काले जानकारी दिएका छन् । 

उनका अनुसार अत्यावश्यक सेवामा कार्यरत व्यक्तिका लागि आज राधास्वामी आइसोलेसन सेन्टर, प्रसूति गृह, काठमाडौं मेडिकल कलेज, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोपको व्यवस्था गरिएको हो।

यस्तै रोजगारी, अध्ययन एवं अन्य कामका लागि विदेश जानेका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप व्यवस्था गरिएको छ। तर त्यहाँ जानुअघि अनिवार्य रूपमा अनलाइनमा नाम दर्ता गराउन पर्नेछ।

वैदेशिक रोजगारी, उपचार, अध्ययन वा अन्य कामका लागि विदेश जाने व्यक्तिले आजदेखि नै अनिवार्य रूपमा vaccine.mohp.gov.np मा नाम र विवरण भरेर आएपछि मात्र खोप लगाउन पाउने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

उनका अनुसार अब ४र५ दिनभित्र भेरोसेलको दोस्रो खोप लगाउन सुरु गरिनेछ। त्यसका लागि पनि अनिवार्य रूपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा खोप लगाएको कार्ड लिएर आउनुपर्नेछ। 

स्वास्थ्य कार्यालय (काठमाडौं)का प्रमुख श्रेष्ठका अनुसार काठमाडौं महानरपालिकाका साथै बूढानीलकण्ठमा खोप सकिएर र गोकर्णेश्वरमा केही खोप केन्द्रमा विवादका कारण आज (सोमबार) खोप कार्यक्रम सञ्चालन नहुने जानकारी प्राप्त भएको छ। 

उदयपुरमा कोरोना : परिवारका तीन सदस्यको मृत्यु

Swoniga Online – Rosni | २०७८ श्रावण १७, आइतबार वर्गीकृत

काठमाडौं । दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको छ ।

गाईघाट(फत्तेपुर सडकखण्डको दक्षिणतर्फ पर्ने खैचनपुरलाई सिल गरिएको वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर स्थानीय प्रहरी र टोल विकास समितिको बैठक बसेर गएराति १२ बजेदेखि साउन २४ गते राति १२ बजेसम्म वडालाई सिल गर्ने निर्णय भएको वडा अध्यक्ष खत्रीले जानकारी दिए ।

स्थानीय पोखरेल परिवारका बुवा, छोरा र बुहारीको निधन कोरोना संक्रमणबाट भएको छ । यसैगरी परिवारका अन्य सदस्यहरु पनि संक्रमित भएका छन् ।

वडाअध्यक्ष खत्रीले मंगलबार वा बुधबार गाउँमा पीसीआर परीक्षण गराउने तयारी भइरहेको जानकारी पनि दिए ।

Pages