add
Display Style: 
Column Style

सामूदायिक र सरकारी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखेर सहकार्यः मेयर शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ श्रावण २९, शुक्रबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो । 

डल्लुस्थित सामूदायिक स्वास्थ्य सेवा परिषद्लाई रु ६ लाखको चेक हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । ‘महानगरवासीले मात्रै होइन सिङ्गो देशवासीले सहुलीयत दरमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकुन भन्ने हेतूले महानगरपालिका क्षेत्रभित्रका सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेका हौँ,’ शाक्यले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले राम्रो काम गर्नेहरुसँग सहकार्य गर्ने नीति लिएको छ । त्यही नीति अनुसार हामीले कोरोनाका बेला विभिन्न अस्पताललाई ४५ वटा भेण्टिलेटर हस्तान्तरण गरेका थियौँ । दुई ओटा प्रक्रिया पूरा नभएकाले हस्तान्तरण गर्न बाँकी छ ।’

शाक्यले डल्लुस्थित सामूदायिक स्वास्थ्य सेवा परिषद्को साढे चार तलाको आधुनिक भवन निर्माणमा महानगरपालिकाले सम्झौता गरिसकेको पनि बताउनुभयो । ‘अहिले खरिद प्रक्रिया अघि बढेको छ । छिटै निर्माण प्रक्रिया अघि बढ्छ,’ शाक्यले भन्नुभयो, ‘ऐतिहासिक निशुल्क चिकित्सालयलाई भवन निर्माणका लागि हामीले पाँच करोड विनियोजन गरिसकेका छौँ । टोखामा आधुनिक बाल अस्पताल निर्माणका लागि चार करोड सहयोग गर्ने गरी बजेट विनियोजन सहयोग गरेका छौँ ।’ 

उहाँले समता अस्पतालसँग सहकार्य गर्ने गरी सहुलियत दरमा स्वास्थ्य परिक्षण गर्ने गरी अघि बढेको जानकारी दिनुभयो । ‘कोभिडका बेला नरदेवी अस्पताल, निशुल्क चिकित्सालयलाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्र्यौ । राधास्वामीमा काठमाडौँ महानगरपालिकाकै आर्थिक सहयोग र व्यवस्थापनमा अक्सिजन थेरापीसहितको आइसोलेशन सञ्चालन गर्र्यौ,’ उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका नाम चलेका सम्पूर्ण सरकारी अस्पतालसँग हामी सहकार्य गरिरहेका छौँ ।  हामीले टिचिङ स्पताललाई साढे सात करोड आर्थिक सहयोग गर्ने सम्झौता गरी प्रक्रिया अघि बढाएका छौँ । वीर अस्पताललाई पनि हामीले भेण्टिलेटरसहिको सेवामा सहयोग गरेका छौँ ।’ 

शाक्यले गंगालल अस्पताललाई अक्सिजन प्लाण्ट राख्न सहयोग गरेको पनि स्मरण गराउनुभयो । उहाँले टेकु, सिभिललगायतका अस्पतालाई सहयोग गरेको स्मरण गराउनुभयो ।   

महानगरवासीबाट उठेको करलाई जसिक्दो उनीहरुकै सेवामा खर्च गर्ने नीति अनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको स्मरण गराउनुभयो । 

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रवक्ता समेत रहनु भएको ईश्वरमान डंगोलले हाल सामूदायिक स्वास्थ्य सेवा परिषद्बाट सामाजिक सुरक्षा भत्ता लिएका ज्येष्ठ नागरिक, एकल महिला, आपाङ्गता भएका र दलितको निशुल्क स्वास्थ्य परीक्षण भैरहेको बताउनुभयो । ‘आगामी दिनमा करदाताहरुको पनि निशुल्क स्वास्थ्य परीक्षण गर्ने योजना बनाइरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘सकेसम्म हामी छिटै उहाँहरुलाई पनि प्रोत्साहित गर्न यो सेवा सुरु गर्ने छौँ ।’

परिषद्का सचिव प्रकाशकुमार श्रेष्ठले महानगरपालिकाले जग्ग्गाप्राप्तिको अवस्थादेखि नै सहयोग गर्दै आएको भन्दै महानगरपालिकालाई धन्यवाद दिनुभयो । ‘२ रोपनी ९ आना १ पैसामा बनेको यो परिषद्बाट हाल ज्येष्ठ नागरिक, एकल महिला, आपाङ्गता भएका र दलितको निशुल्क स्वास्थ्य परीक्षण हुँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाकै आर्थिक सहयोगमा साढे चार तलाको आधुनिक भवन निर्माणमा भैरहेको छ । त्यसपछि यसलाई अस्पतालको रुपमा सञ्चालन गर्ने छौँ ।’

प्रवेश पत्र देखाएर विद्यार्थीहरुले कोरोना खोप लगाउन पाउने, यी हुन् खोप केन्द्रबाट

Swoniga Online – Rosni | २०७८ श्रावण २८, बिहिबार वर्गीकृत

काठमाडौं । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै परीक्षामा सहभागी हुने विद्यार्थीहरुले प्रवेश पत्र देखाए कोरोनाविरुद्धको खोप लगाउन पाउने जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई प्रवेश पत्रको आधारमा खोप उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

विद्यार्थीहरुलाई एष्ट्राजेनेका र भेरोसेलको पहिलो मात्रा दिने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउनेछन् ।

यसअघि कोरोना महामारीका बीच परीक्षा सञ्चालन भइरहेको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले खोपको व्यवस्था गरे मात्र परीक्षा दिने भन्दै विरोध गरेका थिए ।

सरकारले कक्षा १२ को साउन ३१ गतेदेखि शुरु हुने भनिएको परीक्षा भने स्थगित गरिसकेको छ । त्रिभुवन विश्वविधालयले भने स्नातक र स्नातकोत्तर तहका परीक्षाहरु भने सञ्चालन गरिरहेको छ । भदौ ५ गतेसम्मका लागि निर्धारित परीक्षाहरु नरोकिने त्रिविले जनाएको छ ।

रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा (पत्रसहित)

Swoniga Online – Rosni | २०७८ श्रावण २७, बुधबार वर्गीकृत

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । बुधबार महाप्रबन्धक भट्टराईले राजीनामा दिएका हुन् ।

 

गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईमाथि स्पष्टीकरण सोधेको थियो । सोही अनुसार आज भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

राजीनामा दिँदै महाप्रबन्धक भट्टराईले आफूले नियुक्ती लिएको दिनदेखि इमान्दारीता पूर्वक काम गरेको र आफूले नेपाललाई रेल युगमा प्रवेश गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

‘मैले रेल्वे कम्पनीको महाप्रबन्धक पदमा नियुक्ती लिएको दिनदेखि इमान्दारीतापूर्वक निरन्तर कम्पनीको काममा लागेर मृतष् प्रायः अवस्थमा रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडलाई पुनर्जीवन दिई पहिलो चरणमा जयनगर-जनकपुर कुर्था खण्डमा रेल सेवा सञ्चालन गर्न तयारी अवस्थमा पुर्याएको छु ।’ उनले भनेका छन्- ‘नेपालमा आधुनिक रेल प्रविधि भित्राउने, नेपालमा नै रेल्वेसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा योगदान गरी नेपाललाई रेल युगमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको स्पष्ट नै छ । ’

त्यसैगरी कामकारबाहीमा त्रुटि देखाइ सोधिएको स्पष्टीकरणमा समेत खण्डन गरेका छन् । सरकारले स्पष्टीकरण सोध्ने क्रममा लगाएका आरोपहरु आफ्नो पदीय जिम्मेवारी भन्दा बाहिरका र असान्दर्भिक रहेको उनको दाबी रहेको बताएका छन् ।

महाप्रबन्धक भट्टराईले राजीनामा पत्रमा रेल्वेको क्षेत्रमा भइरहेको कामकारबाही र आगामी दिनका योजनाको बारेमा समेत सरकारलाई जानकारी समेत गराएका छन् ।

रेल सञ्चालनका लागि तयारी रहिरहेका बेला दिनुपरेको राजीनामाले सबै प्रक्रियाहरुमाथि नै गम्भीर असर पर्ने उनको भनाइ रहेको छ । त्यस्तै वर्तमान सरकार आएसँगै राजनीतिक पूर्वाग्रहको आधारमा पूर्वाग्रही ढंगले पूर्ववर्ती सरकारले गरेका नियुक्तीहरु खारेजी गरिएको उनको आरोप रहेको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ वर्षे नियुक्तिपत्र प्रदान

Swoniga Online – Rosni | २०७८ श्रावण २७, बुधबार वर्गीकृत

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् ।  

उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।

दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए । 

तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो । 

काठमाडौं महानगरले थप दुई वटा नगरपालिकासँगभगिनी सम्वन्ध स्थापना

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ श्रावण २७, बुधबार वर्गीकृत

काठमाडौं महानगरपालिकाले थप दुई वटा नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको छ 

सात प्रदेशका सात स्थानीय तहसँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गर्ने योजना अनुसार यस अघि नै काठमाडौं महानगरपालिकाले कर्णालीको जुम्लास्थित चन्दननाथ, बागमतीको सिन्धुपाल्चोकस्थित मेलम्ची र लुम्बिनीको रुपन्देहीस्थित रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ ।

काठमाडौं महानगरपालिकाले प्रदेश नम्बर–१ को धनकुटास्थित पाख्रीबास नगरपालिका र सुदुरपश्चिम प्रदेशको डडेल्धुरास्थित अमरगढी नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको हो ।

ती नगरबीच गरेको समझदारी पत्रमा काठमाडौं महानगरपालिका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गरे । अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

हितैषी तथा मैत्रीपूर्ण सम्वन्धमार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरहरुकाबिच भगिनी सम्वन्ध स्थापनाको अभियान अघि बढाएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

एकै पटक धेरै वटा स्थानीय तहसँग मितेरी लगाउँदा त्यसलाई दिगो बनाउन समस्या हुन सक्ने भन्दै पहिलो चरणमा सात प्रदेशका सात स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने तयारी गरेको र त्यहि अनुरुप थप दुई नगरसँग सम्बन्ध स्थापना गरेको उनले जानकारी दिए । ‘संयोग नै भन्नुपर्छ धनकुटा स्वर्गीय पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाको र डडेलधुरा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हुन्,’ प्रमुख शाक्यले भने, ‘आज यी दुबै जिल्लाका नगरसँग भगिनी सम्वन्ध स्थापना गर्न पाउँदा खुशी लागेको छ ।’

‘मुलुक भित्रकै स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापनाले पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुगोस् भन्ने हेतूले यस्ता सम्वन्ध स्थापना गरेका हौँ,’ कार्यक्रमपछि सम्वोधन गर्दै प्रमुख शाक्यले भने, ‘आज हामीले पाख्रीवास र अमरगढी नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेका छौँ । यी दुई नगर र काठमाडौँबासीको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा हामीले लिएका छौँ ।’

समझदारी पत्रमा हस्ताक्षसँगै काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत पाख्रीबास नगरपालिकाको सुन्तले डाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि त्यहाँ पार्क निर्माण गर्न १ करोड ५० लाख सहयोग सम्झौता गरेको छ ।

त्यसैगरी अमरगढी नगरपालिकाको वडा नम्बर–२ र ५ मा अवस्थित अमरगढी पार्क निर्माणका लागि पनि १ करोड ५० लाख सहयोग गरेको छ । ४ सय ५० रोपनी क्षेत्रफल रहेको सो पार्क निर्माणका लागि सहयोग गरेको महानगरपालिकाले जानकारी दिएको छ । 

काठमाडौँ उपत्यकामा निषेधाज्ञामा कडाइ, भदौ ८ सम्म के गर्न पाइने ? के नपाइने ?

Swoniga Online – Rosni | २०७८ श्रावण २६, मंगलबार वर्गीकृत

काठमाडौँ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले उपत्यकामा बेलुकी ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधनहरु चल्न नपाउने व्यवस्था गरेको छ।

भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईका अनुसार साउन २८ देखि भदौ ८ सम्मका लागि तीनै जिल्लाका प्रजिअहरुको बैठकले निषेधाज्ञामा कडाइ गर्ने निर्णय गरेको हो।

सर्वसाधारणहरुलाई अर्को व्यक्तिसँग दुई मिटर दुरी पालना गर्न र अत्यावश्यकबिना बाहिर ननिस्कन पनि प्रजिअहरुले भनेका छन्।

पसल तथा व्यवसाय ७ बजेसम्म सञ्चालन गर्न पाउने र स्वास्थ्य मापदण्डहरु पालना नगरिए बन्द गरिने चेतावनी पनि प्रजिअहरुले दिएका छन्।

निषेधाज्ञाको समयमा उपत्यकामा केके गर्न पाइन्छ ? केके गर्न पाइँदैन ?

८ दिनदेखि बेपत्ता किशोरीको शव फेला, प्रहरीले गर्यो बलात्कारको आशंका

Swoniga Online – Rosni | २०७८ श्रावण २६, मंगलबार वर्गीकृत

उदयपुर । ८ दिनदेखि बेपत्ता उदयपुर त्रियुगा नगरपालिका–६ की १६ वर्षीया क्रिष्टिला चौधरीको शव घर नजिकै मोहनपुर जंगलमा फेला परेको । 

उदयपुर जिल्ला प्रहरीले मक्किएको अवस्थामा शव फेला परेको जानकारी दिएको छ। साउन १९ गते स्थानीयवासीले जंगलमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

शव फेला परेको एक साता भइसके पनि घटना सार्वजनिक गरिएको थिएन। प्रहरीले बालिकाको बलत्कारपछि हत्या भएको हुन सक्ने आंशका गरिएको छ। प्रहरीले घटनामा संलग्न रहेको आंकामा तीन जनालाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ। 

‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमा बढायोः मेयर शाक्य

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ श्रावण २५, सोमबार वर्गीकृत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमालाई थप बढाएको बताउनु भएको छ । आज वडा नम्बर–५ को हाँडीगाउँमा नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताउनु भएको हो ।

‘धरहराबाट सरकारले मास्क अभियान थालेको छ, यो सकारात्मक हो,’ शाक्यले भन्नुभयो, ‘धरहरा निर्माण भएपछि त्यसको गरिमा थप बढेको छ । धरहराको महत्व महानगरवासीले मात्रै होइन सिङ्गो देशवासी र विदेशीहरुले पनि थाहा पाए ।’ सरकारले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ शनिबार साँझ धरहरामा ‘म जिम्मवार नागरिक’ ह्यासट्याग लेखेर अभियानको प्रचार सुरु गरेको थियो ।  

उहाँले आफूले चुनावका बेला गरेका प्रतिवद्धता पूरा गर्दै आएको स्मरण गराउनुभयो । ‘धरहरा हाम्रै कार्यकालमा बनाउने भनेका थियौँ । धरहरा बनिसकेको छ, पार्किङलगायतको काम बाँकी छ । रानीपोखरी पुर्ननिर्माण गर्छौ भनेका थियौँ । त्यो बन्यो । ऐतिहासिक कमलपोखरी पनि पुर्ननिर्माण सम्पन्न हुने चरणमा छ ।’ 

कमलपोखरी पुननिर्माण सम्पन्न भएपछि रानीपोखरी भन्दा सुन्दर देखिने पनि उहाँले बताउनुभयो । ‘रानीपोखरी भन्दा कम हुनेछैन कमलपोखरी,’ उहाँले भन्नुभयो, ‘त्यहाँको प्रहरी कार्यालय मालिगाउँमा सारेपछि करीब पाँच रोपनी जग्गा थपिएको छ । थपिएको जग्गासहितको पहिलो चरणको कमलपोखरी पुर्ननिर्माणको काम सम्पन्न हुने चरणमा छ ।’  

उहाँले केही दिन अघि बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा लागेको आगो नियन्त्रणमा हेलिकोप्टरले रानीपोखरीको पानी प्रयोग गरेको स्मरण गराउँदै शहरका बिचका त्यस्ता पोखरीहरुको महत्व थप बढेको बताउनुभयो । ‘बालाजुको नेविको विष्कुट कारखानामा आगलागी हुँदा दमकलले त आगो निभाउँदै थियो ।  हेलिकोप्टरबाट पनि पानी हालेर आगो निभाउने काम भयो,’ उहाँले भन्नुभयो, ‘हाम्रो कार्यकालमा रानीपोखरी बनाउन नसकेको भए त्यहाँको आगो नियन्त्रणमा ल्याउन थप केही घण्टा लाग्न सक्थ्यो कि ? त्यसैले यस्ता पोखरीहरुको महत्व थप बढ्दै गएको छ ।’ 

उहाँले रानीपोखरी, कमलपोखरी, नागपोखरीलगायतका पोखरी जस्ता ऐतिहकि सम्पदाको संरक्षण र सौदर्यीकरण गर्ने अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

कोभिसिल्डको दोस्रो मात्रा पर्खिरहेकालाई आजबाट एस्ट्राजेनेका खोप दिइने

Swoniga Online – Rosni | २०७८ श्रावण २५, सोमबार वर्गीकृत

काठमाडौं । कोभिसिल्डको दोस्रो मात्रा पर्खिरहेकालाई आजबाट एस्ट्राजेनेका खोप लगाइँदै छ। चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी करिब १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनेका लगाउन लागिएको हो।

चैतमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो। 

दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारतले खरिद गरेको खोप उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाई भएको हो।
 
सरकारले दोस्रो मात्रा लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई एस्ट्राजेनेका खोप दिने प्राथमिकता राख्ने निर्णय गरेको छ।

खोप लगाउन काठमाडौं जिल्लामा मात्र १४४ वटा खोप केन्द्र तोकिएको छ। यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लक्षित समूहलाई लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। 

यी खोप लगाउन काठमाडौं महानगरपालिकामा १७ वटा खोप केन्द्र तोकिएको छ। यस्तै, कीर्तिपुर नगरपालिकामा १०, चन्द्रागिरी नगरपालिकामा १५, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९, बूढानीलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा ११, गोकर्णेश्वर नगरपालिकामा ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा खोप केन्द्र तोकिएको छ। 

महानगरपालिकाको हकमा राधास्वामी आइसोलेसन सेन्टर, बालाजु, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पतालमा पनि खोप लगाउन सकिने कार्यालयले जनाएको छ। 

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप २५ सय ४८ कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

Swoniga Online – Rosni | २०७८ श्रावण २४, आइतबार वर्गीकृत

काठमाडौं  पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा परीक्षण ९ हजार ३३ पीसीआर परीक्षणमा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षणमा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ। यस्तै आइतबार २ हजार ३९६ जना निको भएका छन् । शनिबार मात्रै कोरोनाबाट १९ जनाले ज्यान गुमाएका थिए भने ३२ सय १८ जनामा संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ पुगेको छ। ८०२ जनाको सघन उपचार कक्षामा उपचार भइरहेको छ भने १८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

Pages