खरिबोट माइक्रो बस स्ट््याण्डको २२ आना सार्वजनिक जग्गा जोगाउन स्थानीयलाई कठिन
Swoniga Online – स्वनिगः संवाददात | २०७८ श्रावण १३, बुधबार वर्गीकृत
काठमाडौँ महानगरको वडा १६ वोहोराटार ( खरिबोट माइक्रो बस स्ट््याण्ड) वनदेवी गल्लीमा रहेको २२ आना सार्वजनिक जग्गा जोगाउन स्थानीयलाई चुनौतीपूर्ण भएको छ । यसलाई जोगाउन उपभोक्ता समिति, टोल सुधार समिति, क्लव गरी स्थानीय १५ संघसंस्था लागेका छन् । उनीहरु भन्छन्, हामी सार्वजनिक जग्गाको सिमानामा बाँस गाड्छौँ । जग्गा प्लटिङ् गर्ने व्यवसायीले भत्काइदिन्छन् । वडाबाट आएर यो सरकारको जग्गा हो भनेर बोर्ड राखिसकेका छन् । बोर्डमा कुन जग्गा सार्वजनिक हो स्पष्ट लेखिएको छ । तर पनि बार्न दिँदैनन् ।
स्थानीयले सार्वजनिक जग्गा देखाउन गएको सोमबार महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष मुकुन्द रिजालसहित अधिकारीलाई बोलाएका थिए । उहाँहरु त्यहाँ पुगेपछि स्थानीयले भने, यस्ता जग्गा त यस क्षेत्रमा कति छन् कति । पहिचान भइसकेका जग्गा त जोगाउन दिँदैनन् । नदेखिएका सार्वजनिक जग्गा कसरी खोज्नु?
उनीहरुले सार्वजनिक जग्गामा मनमोहक वकिङ्क ट्रायल, सार्वजनिक शौचालय, पार्क जस्ता निर्माण गर्ने योजनासमेत सुनाए ।
यस्ता सार्वजनिक जग्गा जोगाएर हरियाली बढाउने र पार्क बनाउने महानगरको नीति नै हो । यही नीतिबमोजिम यसको संरक्षण गर्न महानगरको दायित्वमा परेका सबै काम हुन्छन् । जग्गा अवलोकनपछि उपप्रमुख खड्गी श्रेष्ठले भन्नुभयो, यस ठाउँमा अब बाँस होइन, पर्खाल बनाउनुपर्छ ।
सार्वजनिक जग्गालाई जग्गा प्लटिङ्तर्फ जाने सडक बनाएकोमा स्थानीयको चिन्ताप्रति उपप्रमुख खड्गी श्रेष्ठले भन्नुभयो, व्यक्तिगत र व्यवसायिक लाभका लागि सार्वजनिक जग्गाको उपभोग हुन दिनु हुँदैन । यस्ता कामहरुलाई स्थानीयको सहयोगमा हामी निस्तेज बनाउन चाहन्छौँ ।
सार्वजनिक जग्गा संरक्षण गर्ने अधिकार स्थानीय सरकारमा आएको छ । त्यो अधिकार प्रयोग गरेर हामी सार्वजनिक जग्गा बचाउँछौँ । त्यस क्रममा वडाध्यक्ष रिजालले भन्नुभयो, जग्गा संरक्षणका लागि पर्खाल लगाउने काम तत्काल थालिनेछ ।
त्यस जग्गामा पर्खाल लगाउने कामका लागि वडाको रकम कम हुने प्रसङ्गमा महानगरको पूर्वाधार विभागका प्रमुख राम थापाले, त्यसको प्राविधिक अध्ययनपछि लाग्ने खर्च वडावाटै भुक्तानी हुन सक्ने प्रक्रियाका लागि आफूले विभागमार्फत सहजीकरण गरिदिने बताउनुभयो ।
निरीक्षणका क्रममा स्थानीयले सार्वजनिक हितका लागि आफूहरुले उठाएको आवाजलाई महानगरलु सुनेको महसुस भएको बताउँदै यसको तारबारपछि आफूलाई महानगरले जोगाएकोमा गर्व गर्न सक्ने ठाउँ हुने बताए ।
सार्वजनिक जग्गा बचाउन स्थानीयहरु १५ वटै संघ संस्थाले एकीकृत समिति नै बनाएका छन् । समितिको संयोजकका रुपमा सुदन रेग्मीले नेतृत्व गरिरहेका छन् । उनी भन्छन्, हामीले ०७७ असार २३ गतेबाट अभियान थालेका हौँ । यस क्रममा हामी नापी र मालपोत कार्यालय कति पटक गयौँ, गयौँ । बल्लबल्ल २२ आना जग्गा पहिचान ग¥यौँ । हामीलाई यस क्षेत्रका कुन कुन ठाउँ सार्वजनिक हुन्, अनुमान छ । ती जग्गालाई क्रमशः सार्वजनिक कायम गराउने छौँ ।
नेपालमा कोरोना : २४ घण्टामा ३८९९ संक्रमित, २० जनाको मृत्यु
Swoniga Online – Rosni | २०७८ श्रावण १२, मंगलबार वर्गीकृत
काठमाडौँ । नेपालमा थप ३८९९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २७२६ र एन्टीजेन परिक्षणबाट ११७३ गरि
कुल ३८९९ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७७४ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ४७५ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १३२ र ललितपुरमा १६७ संक्रमित थपिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १७७८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४.४ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ३५६ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १२६५५ पिसिआर र ४८६३ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २८ हजार ८३६ पुगेका छन् ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा २ हजार ८९८ जना रहेका छन् भने होम आइसोलेसनमा २५ हजार ९३८ रहेका छन् । त्यस्तै अहिले नेपालमा ६११ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७५८ पुगेको छ ।
काठमाडौंका श्रमिकको ज्यालादरमा पाँच%ले वृद्धि, यस्तो छ दररेट
Swoniga Online – Rosni | २०७८ श्रावण १२, मंगलबार वर्गीकृत
काठमाडौं । काठमाडौंका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरोकार निकायको समन्वयमा आव
२०७८र७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो।
आव २०७७र७८ मा श्रमिकले प्रतिदिन ७५० रूपैयाँ ज्याला पाउँदै आएकामा अब भने ७९० रूपैयाँ प्राप्त गर्नेछन्। यस्तै फोहररढल सफा गर्ने कामदारको हकमा एक हजार ७० रूपैयाँबाट एक हजार १२५ रूपैयाँ ज्याला कायम गरिएको छ।
श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने समय आठ घण्टालाई आधार मानेर आव २०७७र७८ मा कायम गरिएको ज्याला दरमा नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकाङ्कको मान तथा प्रचलित बजार दरलाई आधार मानेर पाँच प्रतिशत वृद्धि गरी आगामी आर्थिक वर्षका लागि श्रमिकको ज्याला दर निधारण गरिएको जनाइएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ अनुसार निर्माण सामग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकको ज्याला निर्धारण गरिएको जानकारी दिए।
उनका अनुसार विभिन्न ५४ वटा क्षेत्र तोकेर भाडा तथा ज्याला एवं निर्माण सामग्रीको दर निर्धारण गरिएको हो। नतोकिएको क्षेत्रको दर भने सम्बन्धित विभागको न्यूनतम आधारअनुसार र उक्त आधार नभएको अवस्थामा उत्पादक र आधिकारिक विक्रेताबाट दरभाउ प्राप्त गरी कार्यान्वयन गराइने उल्लेख छ।
प्रजिअ पराजुलीसहित जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रक समन्वय कार्यालय, नेपाल निर्माण व्यवसायी महासङ्घ, उद्योग वाणिज्य महासङ्घ र पूर्वाधार विकास कार्यालयका प्रतिनिधि सहभागी बैठकले सो ज्यालादर निर्धारण गरेको हो। यही साउन १ गतेदेखि नै उक्त दर लागू गरिएको छ।
हालको गाउँपालिका र नगरपालिकाको केन्द्र तथा बजारबाट स्थलगत दूरीको आधारमा हुन आउने ढुवानी खर्च भने सम्बन्धित निकायले ढुवानी भाडा थप गर्नसक्ने छ।
पुरातात्विक महत्वका निर्माण कार्यमा विशेष प्रकारको दक्षता र सीप भएका श्रमिकको प्रयोग हुने भएकाले उनीहरूको दैनिक ज्याला दर विभागबाट स्वीकृत गरिए अनुसार कायम गरिएको छ।
मेसिन औजार तथा उपकरणको भाडादर सम्बन्धित मेसिन प्रयोग गरी सडक निर्माण गर्दा वा अन्य कार्य गर्नुपर्दा डोजर, एक्साभेटर, रोलर, ग्रेडरआदिको दर सडक विभागबाट कायम गरिएअनुसार हुनेछ।
निर्माण कार्य गरिने आयोजनामा श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको आवश्यक व्यवस्था गर्न सार्वजनिक खरिद ऐन, नियमावलीमा व्यवस्था भएको बीमालगायतका अन्य प्रावधानसमेत सम्बन्धित ज्याला दर प्रयोग गर्ने निकायले अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने छ।
निर्माण सामग्रीको दर नेपाल सरकारका विभिन्न कार्यालय र संस्थानबाट लेखिआए बमोजिम केहीमा बढाउने र केहीमा घटाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
यस्तो छ दर
प्राप्त विवरणानुसार श्रमिकले ७५० प्रतिदिन ज्याला पाउँदै आएकामा अब भने ७९० प्राप्त गर्ने छन् यस्तै फोहररढल सफा गर्ने कामदारको हकमा रु एक हजार ७० बाट रु एक हजार १२५ ज्याला कायम गरिएको छ।
दक्ष (डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार बज्रकर्मी), प्लम्बर, ढुङ्गा र काठको बुट्टा काट्ने साधारण मूर्तिकार, आर्टिष्टको प्रतिदिन रु एक हजार ३० बाट एक हजार ८० पुर्याइएको छ। अर्धदक्ष उक्त कामदारको हकमा भने रु ८५४ बाट बढाएर रु ८९० पुर्याइएको छ। सामाजिक परिचालक, फोरमेन, खानीसम्बन्धी काम गर्ने कामदारको हकमा रु ७५० बाट रु ७९० पुर्याइएको छ।
यसैगरी निर्माण कार्यका कामदार, मेकानिक्स, कालीगढ, अफिस असिष्टेन्ट, ड्रिल हेल्पर, सर्भे हेल्परआदिको हकमा भने रु ६९० बाट ७२५ पुर्याइएको छ।
माली, सहायक परिचालक, स्वीपर, धोवी, वन हेरालु, चौकीदारआदिको रु ६३० बाट रु ६६० बनाइएको छ। सामान लोड अनलोड गर्नेको हकमा प्रति १०० किलो बराबर रु २१.५० बाट २३ पुर्याइएको छ। भरिया (प्रति ४० किलोसम्म)का लागि प्रतिदिन रु ७८५ बाट रु ८२५ पुर्याइएको छ।
स्थानीय प्रशासनले निर्माण सामग्रीको दरसमेत कायम गरेको जनाएको छ। जसअनुसार डन्डी बाँध्ने तार प्रतिकिलो ९९ र एमएम सोलिड स्वायर रडको प्रतिकिलो ७५ पुर्याइएको छ।
यस्तै, मेसिनबाट उत्पादित प्रतिहजार इँट्टाको काठमाडौं महानगरपालिकाभित्र यसअघिकै रु १६ हजार २०० कायम गरिएको छ भने चिम्नीबाट तयार भएको इँट्टाको रु १४ हजार ५४० कायम छ।
यो विवरणमा स्थानीय तह अनुसार फरक(फरक मूल्य निर्धारण गरिएको छ। ज्याला निर्धारण समितिले हरेक वर्ष यसरी दर निर्धारण गर्दै आएको छ। (रासस)
०४६ साल अघि जस्तो दलको ह्वीप नलाग्ने निर्दलीय प्रधानमन्त्रीको विपक्षमा छौँः मेयर शाक्य
Swoniga Online – स्वनिगः संवाददात | २०७८ श्रावण ११, सोमबार वर्गीकृत
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताउनु भएको छ । काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । ‘हामी दलीय प्रधानमन्त्रीको पक्षमा छौँ, दलीय व्यवस्थालाई परिपक्क बनाउन चाहन्छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘तर, अदालतको परमादेशबाट निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहनु भएको छ । अहिले मुलुकमा दलको प्रधानमन्त्री छैन ।’
शाक्यले अहिले स्थानीय तह र प्रदेशमा दलीय व्यवस्था भए पनि प्रधानमन्त्री निर्दलीय रहेको दाबी गर्नुभयो । ‘दलको ह्वीप नलाग्ने प्रधानमन्त्री भनेको निर्दलीय प्रधानमन्त्री हो । यो विडम्वनापूर्ण अवस्था हो,’ उहाँले भन्नुभयो, ‘संविधान निर्माताहरुलाई म प्रश्न गर्न चाहन्छु । के संविधान लेख्दै त्यहाँ निर्दलीय प्रधानमन्त्रीको परिकल्पना गरिएको थियो ? कि संविधानको अपव्याख्या गरेर निर्दलीय प्रधानमन्त्री बनाएको हो ?’
उहाँले संविधान लेख्दा त्यो परिकल्पना गरिएको थिएन होला भन्दै अहिले त्यसलाई अपव्याख्या गरिएको हुनसक्ने बताउनुभयो । ‘दलको ह्वीप नलाग्ने, दलको ह्वीप नमान्ने सांसदलाई दलले कारवाही गर्न नपाउने त्यस्तो पनि हुन्छ ? हिजो हामी जुन व्यवस्थाको विरुद्धमा लागेका थियौँ अहिले त्यही व्यवस्थातर्फ धकेल्ने कार्य भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘यो गलत छ । योचाँहि प्रतिगमन हो । अहिले प्रधानमन्त्री बनाउने प्रक्रिया नै प्रतिगामी छ ।
दलीय प्रधानमन्त्री बनाउनुको अर्को विकल्प नभएको उहाँको भनाई छ । ‘अब स्थानीय तहको निर्वाचन फागनुमा हुँदैछ । त्यतिबेला हामी जनताको घर–दैलोमा पुगेर भन्नुपर्छ । हामीले ०४६ साल अघिको निर्दलीय प्रधानमन्त्री होइन बहुदलीय व्यवस्थापछिको दलीय प्रधानमन्त्री खोजेका हौँ,’ शाक्यले भन्नुभयो, ‘दलीय व्यवस्थालाई बलियो बनाउन हामी सबै एकजुट हुनुपर्छ । म गगन थापा, विश्वप्रकाश शर्माहरुलाई पनि मुलुकमा निर्दलीय होइन दलीय प्रधानमन्त्री चाहिन्छ भनेर बोल्ने आँट गर्नुहोस भन्ने सुझाव दिन्छु । तर, उहाँहरु अब बोल्नुहुन्न । उहाँहरु दुलो पसिसक्नु भयो । अब हामी बोल्छौँ ।’
‘ह्वीप नमान्नु पार्टीको नितिविरुद्ध काम’
प्रमुख शाक्यले पार्टी भनेको आफ्नो घर भएको भन्दै । जुन घरमा हामी बसेका छौँ, त्यो घरको नीति अनुसार, त्यो परिवारको नीति अनुसार चल्नुपर्नेमा पनि जोड दिनुभयो । ‘म निर्वाचनमा सूर्य चिन्ह लिएर उठेको थिएँ । मलाई मतदाताले मेयरमा निर्वाचित गर्नुभयो । अब म रुख चिन्हमा भोट हाल्छु भन्दै हिँड्न मिल्छ ? मेरो नैतिकताले दिन्छ ? मिल्दैन, दिदैँन,’ उहाँले भन्नुभयो, ‘अहिले केही साथीहरुले यस्तै नमिल्ने काम गरिरहनु भएको छ । कुनै दलको चिन्ह लिएर चुनावी मैदानमा आउने अनि विर्नाचित भएपछि स्वतन्त्र बन्ने परिकल्पना हामीले गरेका थिएनौँ । तर, अहिले त्यस्तै काम भैरहेको छ । यो क्षणिक समयका लागि मात्रै हो ।’ उहाँले दलीय व्यवस्थालाई मास्ने काम भैरहेको र यो गलत परम्पराको थालनी भएको ठोकुवा गर्नुभयो ।
नेकपा एमालेबाट निर्वाचित केही सासंदहरुले संविधान बचाउन शेरबहादुर देउवाको पक्षमा मतदान गरेको भन्नु हाँस्यास्पद भएको पनि उहाँले बताउनुभयो । ‘म उहाँहरुलाई भन्न चाहन्छु । त्यतिबेला सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा किन दिनु भएन ? त्यतिबेला मत दिएको भए संसद विघटन गर्नुपर्ने अवस्था नै रहने थिएन,’ उहाँले भन्नुभयो, ‘अहिले अर्को पार्टीको नेतालाई भोट दिएर प्रधानमन्त्री बनाउने अनि संसद बचाएको भन्ने कुरा लोकप्रिय बन्न खोज्ने कुरा मात्रै हो ।’
सशस्त्रका डीआईजी श्रेष्ठलाई सेवामै राख्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश
Swoniga Online – Rosni | २०७८ श्रावण १०, आइतबार वर्गीकृत
काठमाण्डौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बल नेपालका नायव महानिरीक्षक (डीआईजी) प्रविण श्रेष्ठलाई सेवामै राख्ने अन्तरिम आदेश जारी गरेको छ।
एक महिना अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले श्रेष्ठको पदावधी थप नगरेपछि उनि अनिवार्य अवकाशमा गएका थिए ।
शुक्रबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिंन्हाको इजलाशले श्रेष्ठलाई सेवामै राख्न भनेर अन्तरिम आदेश जारी गरेको हो। श्रेष्ठको एक वर्ष पदावधी थपको लागी गृहमन्त्रालय हुंदै प्रस्ताव मन्त्रिपरिषदमा गएपनि अन्तिममा रोकिएको थियो ।
राष्ट्रपति र प्रधानमन्त्रीको अश्लील टिकटक भिडियो बनाएको आरोपमा एक जना पक्राउ
Swoniga Online – Rosni | २०७८ श्रावण १०, आइतबार वर्गीकृत
झापा । राष्ट्रपति र प्रधानमन्त्रीको अश्लील टिकटक बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६ बर्मेली टोल निवासी ३८ वर्षीय विकास भन्ने सोमप्रसाद घिमिरे रहेको प्रहरीले जनाएको छ ।
घिमिरेले केही दिन अघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको विषयमा अश्लील टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अश्लील भिडियो बनाएपछि घिमिरेविरुद्ध प्रहरी प्रधान कार्यालय साइवर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखामा मानहानि र साइबर क्राईम अन्तर्गत उजुरी परेको थियो ।
प्रहरीमा उजुरी परेपछि प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले घिमिरेलाई घरबाटै साउन ७ गते पक्राउ गरी साइवर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौँ पठाइसकेको छ । पक्राउ परेका घिमिरेलाई प्रहरी विद्युतीय ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको ब्युरो शाखाले जनाएको छ ।
उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी, निर्णय लिन आज बैठक बस्दै
Swoniga Online – Rosni | २०७८ श्रावण १०, आइतबार वर्गीकृत
काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । केही क्षेत्रलाई फेरि कडाइ गर्दै निषेधाज्ञा थप्ने तयारी भएको बताइएको छ । यसबारे निर्णय लिन आज अपराह्न ४ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु बैठक बस्दै छन् ।
संक्रमण फेरि बढेकाले होटल रेष्टुरेन्टसहितका केही निश्चित क्षेत्रमा केही कडाइ गर्दै कम्तीमा एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो । काठमाडौँ उपत्यकामा आर्थिक गतिविधि सुचारू गर्न व्यापार व्यवसायसहित सार्वजनिक यातायात खुला भएपछि फेरि संक्रमण बढ्दै गएको छ ।
काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।
स्यस्यः समाज भवन शिलान्यास
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ श्रावण ९, शनिबार वर्गीकृत
स्यस्यः समाज यलको ललितपुर महानगरपालिकाको वडा नं १६ स्थित जग्गामा भवन निर्माणको लागि शिलान्यास भएको छ।
उक्क्त कार्यक्रम वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशीबाट वर्तमान समय परिस्थितिलाई मध्यनजर गर्दै उहाँ कै स्वनिवासमा संकल्प पूजा गरि निर्माण स्थलमा आज बिहान ८ः४२ को शुभ साइतमा जग साइत पूजा गर्नु भएको थियो। त्यस पछिको औपचारिक कार्यक्रममा समाजका अध्यक्ष ई सुरेन्द्र गोविन्द जोशीबाट स्वागत मन्तव्य र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबाट शुभकामना मन्तव्य व्यक्त गर्दै सम्पन्न भयो ।
कार्यक्रममा प्रदेश सभाका माननीय सांसद द्वय ज्ञानेन्द्र शाक्य र शोभा शाक्य, उप मेयर गीता सत्याल, वडा अध्यक्ष द्वय निर्मल रत्न शाक्य र बिनोद ताम्राकार, सल्लाहकार द्वय गोपाल मान श्रेष्ठ र अजर मान जोशी, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज न्याछृयों लगायत विभिन्न जातीय समाज र संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
सम्पदा संरक्षणका लागि आएका माग कुनै पनि रोकिएका छैनन् :प्रमुख शाक्य
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ श्रावण ९, शनिबार वर्गीकृत
काठमाडौँ महानगरपालिकाले ज्ञानमाला भजन खल स्वयम्भूको अक्षय कोषलाई २० लाख रुपैयाँ प्रदान गरेको छ । आज विहान भजन खलमा पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकमको चेक खलका अध्यक्ष तीर्थनारायण श्रेष्ठसहित पदाधिकारीहरुलाई हस्तान्तरण गर्नुभएको हो । कोषको व्याजबाट भजन घरमा हुने धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुनेछन् ।
रकम प्रदान गरिसकेपछि बोल्दै प्रमुख शाक्यले भन्नुभयो, सम्पदा जोगाउन महानगरले नीति बनाएर काम गरिरहेको छ । अहिलेसम्म सम्पदाको मर्मत, सम्भार वा जीर्णोद्धारका काममा र अमूर्त सम्पदाहरुलाई बचाउने प्रयासका लागि महानगरमा आएका कुनै पनि मागलाई रित्तो हात फर्काइएको छैन ।
बुद्धवाणीलाई भजनमार्फत जनमानसमा जीवित गराइ राख्ने भजनको महत्वमा चर्चा गर्दै उहाँले ज्ञानमाला भजन खलमा भएका भजन संग्रहलाई नेपाल भाषामा मात्र सीमित नराखी अन्य मातृभाषा, राष्ट्रिय र अन्तरराष्ट्रिय भाषामा अनुवाद गरेर अन्य समूहमा पु¥याउन सुझाव दिनुभयो । ज्ञान बाँडेर बढ्छ । त्यसैले ज्ञानमालासँग भएका पुराना भजनलाई वितरण गरौँ । प्रमुख शाक्यको भनाइ थियो । भजनले स्वयम्भू क्षेत्रको धार्मिक गतिविधिलाई जीवन्त बनाएको उल्लेख गर्दै उहाँले यसको निरन्तरता र पुन्तान्तरणमा जोड दिनुभयो ।
०७६ सालमा भजन घरमा आगलागी भएको थियो । त्यसपछि पुरातत्व विभागले यो घरलाई अन्यत्र स्थानान्तरण गर्ने प्रयास गरेको थियो । ०७२ सालको भूकम्प र ०७६ सालको आगलागीका घटना स्मरण गर्दै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले सर्वपक्षीय छलफल गराएरु इसको पुनस्र्थापनाका प्रयास गरेपछि पुनस्र्थापना भएको बताउनुभयो । स्वयम्भू क्षेत्रको व्यवस्थापनमा महानगर र वडाबाट कुनै पनि कमी हुन नदिने उल्लेख गर्नुभयो । महानगरको नीतिअनुरुप वडाबाट सञ्चालन गरिने विकासका काममा सम्पदा प्राथमिकतामा रहेको उहाँको भनाइ थियो ।
भजन घर स्वयम्भूमाथि नै छ । पाका मानिसहरुलाई त्यस ठाउँसम्म पुग्न कठिन छ । यस्ता जेष्ठ नागरिकलाई भजन सुन्ने र हेर्ने व्यवस्थाका लागि सहयोग गरिदिन खलका अध्यक्ष तीर्थ नारायण महर्जनले मेयर शाक्यलाई आग्रह गर्नुभयो ।
खलका उपाध्यक्ष पूर्णकाजी ज्यापूकाअनुसार यस ठाउँमा वि. सं. १९९४ साल ने. पं. १०५७ देखि यहाँ नियमित भजन हुँदै आएको छ । बन्दाबन्दीका समयमा पनि यहाँको चलनलाई कुनै न कुनै रुपमा निरन्तरता दिइएको उहाँको भनाइ छ । महानगरबाट सहयोग पाएपछि बर्षौँदेखिको सांस्कृतिक संस्कारले निरन्तरता पाएकोमा गर्व महसुस भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार कोषबाट प्राप्त हुने रकमबाट बाद्यसामाग्री खरिद गर्ने, भजनमा आउने भक्तलाई जलपान गराउने काम गरिनेछ ।
त्यस अवसरमा प्रमुख शाक्यले खलको घरमा बुद्धको मूर्ति अनावरण गर्नुभएको भयो । रामघाटका देवकाजी महर्जन परिवारले २ लाख ३४ हजार लागतमा तयार भएको मूर्ति भजन घरलाई दिएको हो ।
त्यस अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडा १५ का वडा सदस्यहरुसहित भक्तहरु सहभागी हुनुहुन्थ्यो।
९८ सईको इन्स्पेक्टरमा बढुवा सिफारिस
Swoniga Online – Rosni | २०७८ श्रावण ८, शुक्रबार वर्गीकृत
काठमाडौं । नयाँ सरकार आएपछि नेपाल प्रहरीमा जुनियर अधिकृतहरुको पनि धमाधम बढुवा निस्कन लागेको छ । प्रहरीमा गएराति ९८ जना सईको इन्स्पेक्टरमा बढुवा निस्किएको छ ।
बढुवामा परेकाहरुमा केशव थापा पहिलो नम्बरमा छन् । सुरेश ठाकुर, डम्बर दत्त भट्ट, दिपक न्यौपाने, लोकबहादुर सिंह, राजेशकुमार बर्तौला, ज्ञानेन्द्रबहादुर खत्री पनि बढुवाको सूचीमा अगाडि छन् ।
यसअघि प्रहरीको प्राविधिकतर्फको डिएपीहरुको बढुवा सिफारिस भएको थियो । डिआइजीको एउटा दरबन्दीमा सौरभ राणाको बढुवा सिफारिस भइसकेको छ ।


