एसईईको नतिजा प्रकाशित नभई ११ कक्षामा भर्ना नलिन आग्रह
Swoniga Online – Rosni | २०७८ श्रावण ४, सोमबार वर्गीकृत
काठमाडौं । काठमाडौं महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ४८ ९६० मा भएको व्यवस्था विपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिकसत्र २०७७ को एसइईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ को भर्ना नलिन सबै मावि कलेजलाई आग्रह गरेको हो ।
शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको सूचनामा भनिएको छ, “कक्षा ११ मा भर्ना गर्दाको समयमा नै ११ र १२ मा विद्यार्थीसँग लिने शुल्क तोक्नुपर्ने, विद्यार्थीसँग रजिस्टेसन दस्तुर, परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिनुपर्ने, विद्यार्थीलाई किताब, कपी, पोशाक र शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा किन्नका लागि बाध्य नबनाउनु ।”
त्यसैगरी कक्षा ११ र १२ मा विद्यार्थीलाई दिइने सेवा र उनीहरुबाट लिइने शुल्क के कति हो यही साउन १५ गतेभित्र विभागलाई बुझाउनुपर्ने र कलेजले तोके बमोजिम छात्रवृत्ति अनिवार्यरुपमा प्रदान गराउने तथा उक्त सुविधा पाउने विद्यार्थीको विवरण शैक्षिकसत्र शुरु भएको दुई महिनाभित्र विभागमा बुझाउन भनिएको छ ।
अवकाश पाएका देशभरका शिक्षकलाई आयो यस्तो खुसीको खबर
Swoniga Online – Rosni | २०७८ श्रावण ४, सोमबार वर्गीकृत
राष्ट्रिय किताबखाना (शिक्षक)ले देशभरका शिक्षकलाई प्रदान गर्ने निवृत्तभरण अबदेखि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यलयबाटै वितरण गर्ने जनाएको छ।
किताबखानाबाट हुँदै आइरहेका सेवा निवृत्त शिक्षकका निवृत्तभरणसम्बन्धी कार्यहरू मध्ये केही कार्य जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यलयबाटै वितरण गर्ने व्यावस्था मिलाइएको जनाएको हो।
किताबखानाले शिक्षकहरूलाई निवृत्तभरण मुक्तानी भइरहेको बैंक अवस्थित जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यलयमा सम्पर्क राख्न सेवानिवृत्त शिक्षकलाई सूचित गरेको छ।
जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यलयले अब उपरान्त पाना सिद्धिएमा नयाँ अधिकारपत्र बनाउने, हराएमा वा नासिएमा प्रतिलिपि जारी गर्ने, पारिवारिक निवृत्तिभरण अधिकारपत्र तयार गर्ने ९नामसारी मात्र०, नाम थर संशोधन सम्बन्धी, निवृत्तिभरण रकम संशोधन सम्बन्धी, भुक्तानी नलिएको निवृत्तिभरण रकम भुक्तानी सम्बन्धी र औषधि उपचार सहयोग स्वरुप १०% रकम वृद्धि सम्बन्धी (७५ देखि ८५ वर्ष उमेरको) सेवा दिने भएको छ।
प्रदेश १ को लोकसेवाले गर्यो बिज्ञापन, के मा कति ? (विज्ञापनसहित)
Swoniga Online – Rosni | २०७८ श्रावण ४, सोमबार वर्गीकृत
विराटनगर । प्रदेश नं १ सरकारले विभिन्न स्थानीय तहमा कर्मचारीहरुको माग गरेको छ ।
प्रदेश लोकसेवा आयोग विराटनगरका अनुसार सरकारले २३० जना प्राविधिक कर्मचारी माग गरेको हो । जसमा नायव प्राविधिक सहायक चौथोदेखि पशु स्वास्थ्य प्राविधिकलगायत छन्।
यस्तो छ विज्ञापन :

सार्वजनिक जग्गा संरक्षण गर्ने र हरियाली वृद्धि गर्ने नीति अनुरुप बर्खाको समय पारेर वृक्षारोपण थालिएको हो — प्रमुख शाक्य
Swoniga Online – Rosni | २०७८ श्रावण ३, आइतबार वर्गीकृत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि वृक्षारोपण थालेको छ । प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ ह्युमत विष्णुमती नदी किनाराबाट विरुवा रोप्ने कामको थालनी थाल्नुभएको हो । उहाँले चाँपको विरुवा रोप्नुभएको थियो । वातावरण विभागले बर्खायाममा सार्दा छिट्टै हुर्कने जातका विरुवा रोप्न थालेको हो ।
विरुवा रोपिसकेपछि सहरी सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि आफ्ना योजना र सम्पन्न कामका बारेमा प्रमुख शाक्यले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘परिवर्तन धेरै भएको छ । आवश्यकता पूरा गर्न अझै पनि काम गर्नुपर्नेछ ।’
‘सार्वजनिक जग्गा संरक्षण गरेर हरियाली बढाउने हाम्रो नीति हो । नीतिअनुरुप सार्वजनिक निकाय र समुदायसँगको सहकार्यमा विरुवा रोप्ने काम भएको छ । साना विरुवा हुर्काउन कठिन हुने भएकोले कम्तीमा ५ फिटभन्दा अग्ला विरुवा रोप्ने मापदण्ड बनाएर नै हामीले काम गरेका छौँ ।’ हरियालीसँगै सहरी सुन्दरता बढाउन नियमित र विशेष सरसफाइ गर्ने, दृश्य प्रदुषण गराउने बस्तुको प्रदर्शन रोक्न तथा भएकालाई हटाउने काम भइरहेको छ ।
महानगरले वडाहरुसँग समन्वय गरेर यो बर्खामा २ हजार ५ बढी विरुवा रोप्ने योजना बनाएको छ । वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार आज अभियान थाल्दै शिरिष, कपुर, कल्की र चाँप जातका करीव १३० विरुवा रोपिए ।
विरुवा रोप्नु जत्तिकै महत्वपूर्ण काम यसको संरक्षण गर्नु पनि हो । यसका लागि बारबेर, मल र पानीको उचित प्रबन्ध गर्नुपर्छ । श्रेष्ठ भन्नुहुन्छ, यसका वडा र समुदायसँग समन्वय गरेर कार्यक्रम सफल बनाउँछौँ ।
आजको कार्यक्रममा वडाध्यक्ष, वडा सदस्य, महानगरका विभागीय प्रमुखहरु तथा स्थानीयहरुले विरुवा रोप्नुभएको थियो ।
स्थानीय तह संस्थागत क्षमता स्व—मूल्याङ्कन कार्यविधि ०७७ बमोजिमको नतिजा — फोकल पर्सन पोखरेल
Swoniga Online – Rosni | २०७८ श्रावण ३, आइतबार वर्गीकृत
काठमाडौँ । संस्थागत क्षमता स्व—मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकालाई ७८ अङ्क प्राप्त भएको छ । देश संघीय शासन पद्धतिमा गइसकेपछि ०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्व—मूल्याङ्कन कार्यविधि’ का प्राबधानबमोजिम मूल्याङ्कन गरिएको हो । यसका लागि काठमाडौँ महानगरले आन्तरिक लेखा परीक्षण शाखा प्रमुख गोपाल पोखरेललाई फोकल पर्सन तोकेको थियो ।
यस अघिको शासन व्यवस्थामा तत्कालीन नगरपालिका र गाउँ विकास समितिको मूल्याङ्कनका लागि अनुदानमा आधारित ‘स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम’ सञ्चालन थियो ।
महानगरले बागमती प्रदेश सरकारको सुशासन केन्द्रबाट आएका प्रतिनिधिको सहजीकरणमा आ. व. ०७६÷०७७ मा सम्पादन गरिएका कामको मूल्याङ्कन गरिएको हो । फोकल पर्सन पोखरेल भन्नुहुन्छ, ‘यो मूल्याङ्कन भनेको मुलत स्थानीय सरकार सञ्चालन ऐन ०७४ का व्यवस्था कार्यान्वयनको अवस्था हो ।’
स्थानीय तहका कार्य प्रक्रिया र उपलब्धीका बारेमा लेखाजोखा गरी सबल र दुर्वल पक्षको पहिचान गर्न, विकास र सुशासनमा रहेका कमीकमजोरीका बारेमा जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न यस प्रकारको स्व—मूल्याङ्कनको प्रबन्ध गरिएको हो । स्थानीय तहको तुलनायोग्य सूचक तर्जुमा गरेर प्रतिस्पर्धात्मक सुधार हुने यसको अपेक्षा हो ।
कार्यविधिले व्यवस्था गरेबमोजिम ३ तहका समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थितिलाई सूचकका रुपमा राखिएको छ । फोकल पर्सन पोखरेलकाअनुसार यी सूचकमा क्रमः २१, ३४ र ४५ प्रतिशत अङ्क भार राखिएको छ ।
स्व—मूल्याङ्कनका लागि १० वटा विषय क्षेत्र राखिएका छन् । यी विषय क्षेत्रभित्रका १०० वटा उपक्षेत्रमा र अवस्था १, २ र ३ गरेर १०० अङ्क भारमा मूल्याङ्कन गरिएको हो ।
१० वटा विषय क्षेत्रहरु — शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय हुन् ।
सुशासन केन्द्रका बिज्ञ सिपी सिग्देल महानगरको परिणामका बारेमा भन्नुहुन्छ, ‘७८ अङ्क उत्कृष्ट नतिजा हो । तर, सूचकले मागेका कागजपत्र उपलब्ध छन् कि छैनन् एक पटक तथ्य पुनःजाँच गरेपछि प्राप्ताङ्कको विश्लेषण गर्न सकिन्छ ।’
थप जानकारीका लागि फोकल पर्सन गोपाल पोखरेल — ९८५१० ५२५११
चःमती आयोजना क्षेत्रमा ध्यान पार्कको शिलान्यास : उपभोक्ताको १५ प्रतिशत योगदान
Swoniga Online – स्वनिगः संवाददात | २०७८ श्रावण २, शनिबार वर्गीकृत
काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज ध्यान पार्कको शिलान्यास गर्नुभएको छ । वडा १५ स्थित चमती जग्गा विकास आयोजना क्षेत्रको जनमार्ग उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा उहाँले पार्कको शिलान्यास गर्नुभएको हो ।
शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले, आयोजनाका काम सकेर ०७८ असार मसान्तभित्र उपभोक्तालाई हस्तान्तरण गर्ने योजना कोविडका कारण केही महिना पछि सरेको बताउनुभयो । ‘ निर्वाचित भएपछि हामीले २ बर्षभित्र आयोजनाको काम सक्ने भनेका थियौँ । लक्ष्य गरेअनुसार काम पनि हुँदै थियो । त्यस विचमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोविडका कारण केही महिना ढिला भएको छ ।’ प्रमुख शाक्यले थप्दै भन्नुभयो, ‘बाँकी भएका आयोजनाका धेरै काम सकिएका छन् । उपभोक्ताको जागरुकताले प्राप्त गरेको उपलब्धीलाई उपभोक्ताकै हातमा सुम्पिन हामी अन्तिम तयारी गरिरहेका छौँ ।’
पार्क ५५ लाख २२ हजार ४२० रुपैयाँ लागतमा निर्माण हुँदैछ । यसको १५ प्रतिशत अर्थात् ८ लाख २८ हजार ३६४ रुपैयाँ उपभोक्ताले व्यहार्नेछन् । बाँकी ८५ प्रतिशत महानगरपालिकाले व्यहोर्ने छ ।
०५८ सालमा सुरु भएको योजनाले ०७४ सालपछि मात्र गति लिन सक्यो । आयोजना सुरु गर्ने बेला हामीले नै निर्णय गरेर थालेका थियौँ । यसको हस्तान्तरण पनि हामी नै गछौँ । कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले भन्नुभयो, हामीले हाम्रो जिम्मेवारी पूरा गर्दैछौँ । यसको दिगो व्यवस्थापनमा स्थानीय उपभोक्ताहरुकै भूमिका हुन्छ ।
महानगरको पूर्वाधार विकास विभागका प्रमुख राम थापाकाअनुसार करीव १४ आना जग्गामा पार्क निर्माण हुनेछ । मौलिक र परम्परागत शैलीमा निर्माण हुने पार्कभित्र प्रवेश गरेपछि आध्यात्मिक भाव पैदा हुने खालको बनाइनेछ । चमती जग्गा विकास आयोजनाका प्रमुख रामबाबु महतोकाअनुसार यस क्षेत्रमा १४ प्रतिशत उपभोक्ताको मात्र जग्गा फिर्ता दिन बाँकी छ । पूर्वाधार विकास गर्ने अन्तिम चरणमा छ ।
टोलमा आध्यात्मिक पार्क निर्माण भए पनि सामाजिक अपराधमा कमी आउने अपेक्षा छ । कार्यक्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख मिलन के. सी. को धारणा थियो ।
आयोजनाको पछिल्लो प्रगतिबाट स्थानीय खुशी छन् । कार्यक्रममा जनमार्ग टोलसुधार समितिका अध्यक्ष जगदीश्वरलाल श्रेष्ठ, चमती ज्ञानमाला भजन खलका उपाध्यक्ष पूर्णकाजी ज्यापूले आयोजनाबाट पछिल्लो समयमा प्राप्त भएको उपलब्धीको प्रशंशा गर्नुभयो ।
पार्क आउँदो माघ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
काठमाडौँ महानगरले २ हजार ५ सय विरुवा रोप्ने :अभियान आजबाट सुरु
Swoniga Online – स्वनिगः संवाददात | २०७८ श्रावण २, शनिबार वर्गीकृत
काठमाडौँ महानगरपालिकाले आजदेखि वृक्षारोपण थालेको छ । प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ ह्युमत विष्णुमती नदी किनाराबाट विरुवा रोप्ने कामको थालनी थाल्नुभएको हो । उहाँले चाँपको विरुवा रोप्नुभएको थियो । वातावरण विभागले बर्खायाममा सार्दा छिट्टै हुर्कने जातका विरुवा रोप्न थालेको हो ।
विरुवा रोपिसकेपछि सहरी सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि आफ्ना योजना र सम्पन्न कामका बारेमा प्रमुख शाक्यले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘परिवर्तन धेरै भएको छ । आवश्यकता पूरा गर्न अझै पनि काम गर्नुपर्नेछ ।’
‘सार्वजनिक जग्गा संरक्षण गरेर हरियाली बढाउने हाम्रो नीति हो । नीतिअनुरुप सार्वजनिक निकाय र समुदायसँगको सहकार्यमा विरुवा रोप्ने काम भएको छ । साना विरुवा हुर्काउन कठिन हुने भएकोले कम्तीमा ५ फिटभन्दा अग्ला विरुवा रोप्ने मापदण्ड बनाएर नै हामीले काम गरेका छौँ ।’ हरियालीसँगै सहरी सुन्दरता बढाउन नियमित र विशेष सरसफाइ गर्ने, दृश्य प्रदुषण गराउने बस्तुको प्रदर्शन रोक्न तथा भएकालाई हटाउने काम भइरहेको छ ।
महानगरले वडाहरुसँग समन्वय गरेर यो बर्खामा २ हजार ५ बढी विरुवा रोप्ने योजना बनाएको छ । वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार आज अभियान थाल्दै शिरिष, कपुर, कल्की र चाँप जातका करीव १३० विरुवा रोपिए ।
विरुवा रोप्नु जत्तिकै महत्वपूर्ण काम यसको संरक्षण गर्नु पनि हो । यसका लागि बारबेर, मल र पानीको उचित प्रबन्ध गर्नुपर्छ । श्रेष्ठ भन्नुहुन्छ, यसका वडा र समुदायसँग समन्वय गरेर कार्यक्रम सफल बनाउँछौँ ।
आजको कार्यक्रममा वडाध्यक्ष, वडा सदस्य, महानगरका विभागीय प्रमुखहरु तथा स्थानीयहरुले विरुवा रोप्नुभएको थियो।
ओलम्पिक दिवस २०२१ को शुभ अवसरको दिन वृक्षारोपण कार्यक्रम सम्पन्न
Swoniga Online – स्वनिगः संवाददात | २०७८ आषाढ २७, आइतबार वर्गीकृत
ओलम्पिक दिवस २०२१ को शुभ अवसरको दिन नेपाल ओलम्पिक कमिटी अन्र्तगत पिस थु्र स्पोर्ट्स कमिशन तथा स्पोर्ट्स एण्ड ईन्भरमेण्ट कमिशनको संयुक्त आयोजनामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा कीर्तिपुरको ताहाँल्चा झःख्याः मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा माननीय श्रेष्ठज्युले यस्तो प्रकारको कार्यक्रमले स्पोर्ट्समा सकरात्मक असर पर्ने तथा ईन्भरमेण्टमा यसले थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नु भएको थियो । साथै वहाँले कीर्तिपुरका मेयर तथा उपमेयरज्युलाई कीर्तिपुरमा ओलम्पिक वन निर्माण गर्नको लागि खाली ठाँउको माग गर्नू भएको थियो ।
उक्त कार्यक्रममा किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव माननीय तुलसा थापा, सदस्य राम अवाले, कमिशनका पदाधिकारीहरु तथा स्थानियवासीको बाक्लोे उपस्थिती रहेको थियो । कार्यक्रम पिस थु्र स्पोर्ट्स कमिशनका महासचिव अन्जु भट्टराईले सञ्चालन गर्नुभएको थियो ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग वीरेन्द्र अस्पतालमा हेमोडाइलासिस सेवा सुरु
Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ आषाढ २७, आइतबार वर्गीकृत
वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ ।
आइतबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले संयुक्त रुपमा निःशुल्क हेमोडाइलाइसिस सेवाको शुभारम्भ गर्नुभयो ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा हेमोडाइलासिस सेवा सुरु भएको हो ।
सो अवसरमा महानगर प्रमुख शाक्यले मिर्गौला सम्बन्धी रोग लाग्नु भन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ कार्यक्रम सुरु भइसकेको बताउनुभयो ।
मिर्गौला बचाउ अभियान नामक संस्थासँग सहकार्य गरी महानगरपालिकाका ३२ वटै वडाहरूमा कार्यक्रम सञ्चालन गरिएको शाक्यले जानकारी दिनुभयो । ‘काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै अस्पताल सञ्चालन गर्ने उल्लेख छ ।
‘तत्कालका लागि त्यो सम्भव नभएपछि विशेषज्ञ सेवा भएकासँग सहकार्य गरेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास गरेका हौँ’ शाक्यले भन्नुभयो ।
यस प्रकारको सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, ८ ओटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्न महानगरले अस्पताललाई ३ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
उपचारमा सम्लग्न १ जना एमबीबीएस डाक्टर, ३ जना स्टाफ नर्स, १ जना हेमोडायलाइसिस प्राविधिक, १ जना प्रशासन हेर्ने अधिकारी र १ जना सफाई कर्मचारी गरी जम्मा ७ जना जनशक्तिको लागि तलब खर्च महानगरले व्यहोर्नेछ ।
यससम्बन्धि सहकार्यका लागि महानगरपालिका र अस्पतालबिच वि. सं. ०७६ पुस २ गते सम्झौता गरेको थियो । सम्झौता ५ वर्षका लागि हो । सम्झौता अनुसार जडान गरिएका ८ वटा हेमोडायोलाइसिस मेसिनबाट हरेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिन्छ ।
अस्पतालका प्रमुख सहायक रथी डाक्टर अरुण शर्माले सेवा लिन आउने विरामीले महानगरले दिएको शिफारिसका साथ आउनुपर्ने जानकारी गराउनुभयो । सेवा सञ्चालन गर्न अस्पतालमा छुट्टै युनिट निर्माण गरिएको छ ।
मिर्गौलाले काम नगरेको अवस्थामा सरीरमा जम्मा भएको दुषित पदार्थहरु सरीरबाट बाहिर निकालेर स्वस्थ बनाउने विधि डायोलाइसिस हो ।
अहिले देशभरिका ६५ वटा अस्पतालहरूमा ४ सय ९८ वटा डायलासिस मेसिनबाट ३ हजार ५ सय १६ जना विपन्न वर्गका विरामीहरूले निःशुल्क हेमोडायोलाइसिस सेवा प्राप्त गरिरहेको तथ्याङ्क छ ।
निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति विरामी वार्षिक २ लाख ६० हजार रुपैयाँ खर्च व्यहोरिरहेको छ । नेपालमा हरेक वर्ष २ हजार ६ सय जना मिर्गौलाका नयाँ विरामीहरू थपिरहेको सरकारी तथ्यांक छ ।
मन्त्री श्रेष्ठद्वारा दीखु पुल उद्घाटन
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ आषाढ २६, शनिबार वर्गीकृत
कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को आज (शुक्रबार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गर्नुभयो । वहाँकै उपस्थितिमा २०७६ पुष १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्त नेम्वाङ्गले शिलान्यास गर्नुभएको सो पुलको आज माननीय मन्त्री श्रेष्ठले रिबन काटी उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन पश्चात भएको एक कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री श्रेष्ठले यस दीखु तां
(पुल)को महत्वको बारेमा बताउनुहुँदै आफू भुमिगतकालमा पार्टीको काममा खट्दा काठमाडौंको
दक्षिण–पश्चिम इलाका जोड्ने प्रमुख पुल यस दीगु पुल प्रयोग हुने गरेको बताउनुभयो । जननेता मदन भण्डारीलाई थानकोटबाट कीर्तिपुरको कार्यक्रममा भाग लिन ल्याउँदा यस पुलमा बसेर काठमाडौंको उत्तरी भागमा अवस्थित रमणीय बल्खु खोलाको अवलोकन गरेको र भावी योजनाहरू बनाएको स्मरण गर्नुभयो ।
पुल शिलान्यास लगत्तै कोभिडको महामारी फैलिएकोले केही ढिला भएपनि निर्धारित समयमै सम्पन्न भएकोले निर्माणको जिम्मालिएको वाइवा र लामा कन्ष्ट्रक्सनलाई धन्यवाद् दिनुहुँदै प्रमुख अतिथि मन्त्री श्रेष्ठले कन्ष्ट्रक्सनले पुल मात्र बनाउने जिम्मा लिएको र पुलको अघि र पछिको बाटो अझै फिनिसिङ हुन बाँकी रहेकोले पुनः त्यस बाटोको लागि नेपाल सरकारले बजेट राखिदिएको बताउनु भएको थियो भने छिटै सो बाटो पनि राम्ररी नै बन्ने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएका मन्त्री श्रेष्ठले नेपाल सरकारको पहिलो प्राथमिकता नै जनातको स्वास्थ्य र जनताको जीवन भएको उल्लेख गर्नुहुँदै आजै (शुक्रबार) बिहान चीनबाट ८ लाख भ्याक्सिन नेपाल आएको र एक हप्तापछि १२ लाख फेरि अर्काे हप्तामा १२ लाख गरी यसै महिनामा ४० लाख भ्याकसिन आउने त्यसैगरी अमेरिकोको जोनसन एड जोनसन भ्याक्सिन यही २८ गते १५ लाख डोज आउने बताउनुभयो । प्रत्येक नेपालीले खोप लाउन पाउने भएकोले खोप केन्द्रमा भिडभाड गर्नु नपर्ने मन्त्री श्रेष्ठको भनाइ रहेको छ ।
कार्यक्रमका सभापति तथा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले यस दीखु तां (पुल) ऐतिहासिक र भावनासँग जोडिएको उल्लेख गर्नुहुँदै कीर्तिपुर र तिनथानाको ऐतिहासिक सम्बन्ध रहेकोमा पुल बिग्रेको कारण भावनाहरू पनि टाढिरहेको बताउनुभयो । थुप्रै पटक यो पुल बनाउन लाग्दा पनि सफल हुन नसकेकोले नगरपालिकामा आफूहरू आइसकेपछि टेण्डर समेत गरे तापनि आन्तरिक कारणले त्यो पुल बनाउन नसकीरहेको अवस्थामा माननीय मन्त्रीद्वय कृष्ण गोपाल श्रेष्ठ र वसन्त नेम्वाङ्गको पहलमा र निर्माण व्यवसायीको लगनशीलतामा जिर्णअवस्थाको पुल पुनः निर्माण गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद् दिनुभयो । कीर्तिपुरको विकासका लागि सडल विभागले पनि महत्वपूर्ण सहयोग गरिरहेको उल्लेख गर्नुहुँदै नगर प्रमुख महर्जनले नेपाल सरकारको रातो कितावमा नभए तापनि कीर्तिपुरको विभिन्न सडकहरू बनाउनको लागि सहयोग गरिरहेकोले सडक विभागलाई धयन्वाद् दिनुभयो ।
पुल महाशाखाका डि.जि. सडक विभागका महानिर्देशक ई. अर्जनुजंग थापाले आफ्नो मन्तव्य राख्नु भउको कार्यक्रममा उप–प्रमुख सरस्वती खड्काले स्वागत गर्नुभएको थियो भने कीर्तिपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष राजेन्द्र महर्जनले उपस्थित सम्पूर्णलाई धन्यवाद् दिनुभएको थियो । कार्यक्रम कीर्तिपुर नगरपालिका वडा नं. २ का अध्यक्ष रमेशमान डंगोलले सञ्चालन गर्नुभएको थियो ।
फोटो : ज्ञानकुमार महर्जन (नगर सन्देश)


