add
Display Style: 
Column Style

महामारी नियन्त्रण गर्न निसंक्रमण गरिरहेका छौ प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २३, बिहिबार वर्गीकृत

काठमाडौँ महानगरले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ, एम्बुलेन्सजस्ता सवारी साधनको नियमित निसंक्रमण गरिरहेको छ । यसका लागि ठूला जेट मेसिनको प्रयोग हुने गरेको छ । 

‘संक्रमण बढ्दो अवस्थामा छ । यसबेला सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु नै महामारी नियन्त्रणको भरपर्दो माध्यम हो ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भन्नुहुन्छ, ‘बन्दाबन्दी भए पनि कतिपय मानिसहरु अत्यावश्यक कामले बाहिर निस्किनु पर्ने हुन्छ । यसरी मानिसहरु आवतजावत हुने ठाउँ, सुरक्षा जाँच गर्ने ठाउँ र अस्पताल परिसरलाई केन्द्रीत गरेर निसंक्रमणको काम गरिरहेका छौँ ।’ 

महानगरले गएको बर्ष बन्दाबन्दीमा पनि सार्वजनिक ठाउँमा निसंक्रमण गरेको थियो । यस बर्ष निसंक्रमणको कामलाई महामारी नियन्त्रणमा नआउञ्जेल जारी राख्ने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ ।

त्रि.वि.शिक्षण अस्पतालको नयाँ भवनमा कोविड उपचार कक्ष बनाइँदै : महानगर प्रमुख उपप्रमुखबाट निरीक्षण

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ बैशाख २३, बिहिबार वर्गीकृत

शिक्षण अस्पताल महाराजगञ्जले नयाँ भवनमा कोविड उपचार कक्ष बनाउने तयारी गरेको छ । यी कक्षको तयारीको जानकारी लिन आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा ३ का अध्यक्ष दिपक के. सी. अस्पताल पुग्नुभएको थियो ।

त्यस क्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिनेश काफ्लेले अहिले कोविड उपचार पद्धतिको अभ्यास र नयाँ तयारीका बारेमा स्थलगत अवलोकन गराउनुभएको थियो । त्यस क्रममा आकस्मिक कक्ष, कोविड उपचार कक्ष, सघन उपचार कक्षको निरीक्षण गरिएको थियो ।  

अवलोकनमा क्रममा प्रमुख शाक्यले, कोविड उपचारका लागि अस्पतालले गरिरहेको काम, थप योजनाका विषयमा जिज्ञासा राख्नुभएको थियो । 

नयाँ भवनको निरीक्षणका क्रममा प्रमुख शाक्यसँग आफ्ना अपेक्षा पूरा गर्दै काफ्लेले भन्नुभयो, कोविडको सघन उपचार कक्ष चलाउन महानगरले भेन्टिलेटर खरिदका लागि सहयोग गरिदिनुपर्छ । उहाँको सहयोग अपेक्षामा जवाफ दिँदै प्रमुख शाक्यले, महानगर संस्थागत साझेदारिताबाट कोविड रोकथाम र नियन्त्रणका लागि दिगो र परिणाममुखी काम गर्ने योजनामा रहेको बताउनुभयो । जटिल अवस्थामा पुगेका कोविडका विरामीको उपचारका लागि अस्पतालबाट प्राप्त प्रस्तावका बारेमा छिट्टै निर्णय दिने प्रमुख शाक्यको भनाइ थियो । 

प्रमुख शाक्यको जिज्ञासा मेटाउँदै कार्यकारी निर्देशक प्रा. डा. काफ्लेले, जनशक्ति परिचालन र स्रोत व्यवस्थापनका कोणबाट महामारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको थियो । ‘क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोविड उपचार कक्ष बनाउने भएका छौँ । क्षमता १ सय ४० वेडको हो । अहिले यसमा १ सयसम्म वेड सञ्चालन गछौँ । जसमध्ये आजैबाट ४० वटा वेड सञ्चालनमा आइसकेका छन् ।’ यो समस्या बढ्दै गयो भने यस कक्षसँग गणेशमान भवन (सघन उपचार कक्ष भएको) लाई जोडेर सेवा विस्तार गर्दै लानेछौँ ।’ काफ्लेको भनाइ थियो । 

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीकाअनुसार अस्पतालले अहिले २ सय ५० वडा वेड कोविडका विरामीका लागि छुट््याएको छ । यीमध्ये २१८ जना विरामीले उपचार गराइरहेका छन् । अस्पतालमा उपचार गराउन आएका कोविडका विरामीमध्ये यसपटक २ जनाको मृत्यु भएको छ । 

अस्पतालसँगको सहकार्य सकारात्मक र नजिताउन्मुख भएको वडा ३ का अध्यक्ष के. सी. को भनाइ छ । महानगरको सहयोगमा अस्पतालमा कोविड उपचारका लागि ५ सय वटा वेड पु¥याउने योजनाबमोजिम काम भइरहेको छ । के. सी. को भनाइ छ ।

आइसोलेसन सेन्टरको सहकार्यका लागि मेयर शाक्य र उपत्यका पृतनाविच छलफल

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २२, बुधबार वर्गीकृत

कोविड नियन्त्रणका लागि साना साना इकाईमा क्वारेन्टीन, आइसोलेसन जस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भएकोले महानगरले संस्थागत सहकार्यमा संयन्त्र बनाउने महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । आज नेपाली सेना उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा बसेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, पृतनापति उपरथी आनन्द अधिकारी, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितका अधिकारीविच भएको बैठकमा प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । 

त्यस क्रममा उपत्यकामा बढिरहेको कोविडको संक्रमण रोकथामका नेपाली सेनाले गरिरहेको काम र थप प्रयासका बारेमा छलफल भएको थियो । 

त्यस क्रममा कुरा गर्दै प्रमुख शाक्यले भन्नुभयो, ‘साना साना धेरै आइलोसन बनाइयो भने ती ठाउँमा अक्सिजनलगायत सामाग्री र जनशक्ति पु¥याउन कठिन हुन्छ । यस्ता ठाउँमा विरामीलाई सन्तोषजनक सेवा दिन पनि सकिँदैन । त्यहाँ कुनै कारण जोखिम सृजना भयो भने जिम्मेवारी लिने कोही हुँदैन । त्यसैले हामी नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र ठूला अस्पतालहरुसँग सहकार्य गरेर उहाँहरुसँग भएको क्षमता बढाउन चाहन्छौँ । यसरी तयार पारिएको ठाउँमा गरिने कोविडको उपचार संयन्त्र दिगो, भरपर्दो र प्रभावकारी हुन्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘काठमाडौँमा वडामा भएका आइसोलेसन सेन्टरमा विरामी पु¥याउन र ठूला अस्पतालमा पु¥याउन समयको हिसाब अन्तर हुँदैन । हाम्रो चाहना भनेको विरामीले समयमा भरपर्दो उपचार पाओस् भन्ने हो ।’

छलफलमा आइसोलेसन सेन्टर सञ्चालन गर्न नेपाली सेनासँग महानगरको सहकार्य, स्रोत परिचालन, अहिले नेपाली सेनाले गर्दै आएको शव व्यवस्थापनमा महानगरको सहयोग, वीरेन्द्र सैनिक अस्पताल र महाङ्काल स्थित अस्पतालमा कोविड वार्ड सञ्चालन गर्नेलगायत बिषयमा छलफल भएको थियो । 

त्यस क्रममा पृतनापति उपरथी अधिकारीले भन्नुभयो, ‘कोविड व्यवस्थापनमा नेपाली सेनाले सक्रियताका साथ काम गरिरहेको छ ।’ महामारी रोकथामका थप प्रयासका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘अवस्था, सहजता र अनुकुलता हेरेर निर्णयहरुको समीक्षा र सुधार गर्दै जानुपर्छ ।’ 

अहिले अक्सिजनको अभाव छैन । तर, चाहेको ठाउँमा पु¥याउन कठिन हुन सक्छ । व्यक्ति तथा उद्योगहरुले सिलिन्डर संचय गरेकाकारण यस्तो अवस्था आएको हो । बैठकमा उपरथी सीताराम खड्काले भन्नुभयो, अहिले अस्पताललाई पहिलो प्राथमिकता र उद्योगलाई दोस्रो प्राथमिकतामा राखेर अक्सिजन वितरण व्यवस्थापन मिलाउने हो भने समस्या देखिँदैन । खड्काले नेपाली सेनाकातर्फबाट सीसीएमसीमा प्रतिनिधित्व गर्नुहुन्छ । 

बैठकमा पृतनाका चिफ अफ स्टाफ सहायक रथी कुमार लामा, मेडिकल सर्भिसका महानिर्देशक उपरथी देवेन्द्रबहादुर खत्री, सेनानी राजनसिंह अधिकारीसहित पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कोविड नभएका विरामीको पनि उपचार गर्नु पर्ने भएकोले कोविडका लागि करीव २ सय वेड स्थापना गर्न सकिने बैठकमा बताइएको थियो । यसै गरी आवश्यकता र जटिलताका आधारमा महाङ्कालस्थित अस्पताल सञ्चालन गरिने अधिकारीहरुको भनाइ थियो । 

आजै प्रमुख शाक्य, उपप्रमुख खड्गी श्रेष्ठ, वडा ३ का अध्यक्ष दिपक के. सी. सहित अधिकारीहरु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नवनिर्मित भवनमा कोविड उपचार कक्ष बनाउने विषयमा निरीक्षणका लागि जानुभएको थियो ।

बन्दाबन्दीमा अनधिकृत निर्माण सामाग्री र प्रचार सामाग्री हटाउँदै नगर प्रहरी

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २१, मंगलबार वर्गीकृत

काठमाडौँ महानगरका प्रहरी अहिले विकास साझेदारले सडकमा छोडेका अनधिकृत निर्माण सामाग्री तथा प्रचार सामाग्री हटाउन सक्रिय छ ।

महानगरका ठूला ८ वटा आकाशे पुलमा राखिएका प्रचार सामाग्री नगर प्रहरीले हटाएको छ । स्टिकर टाँसेर लगाइएका सामाग्री उक्काउन कठिन भएकोले रङ्ग पोतेर छोडिएको छ । ‘अप्ठ््यारा ठाउँमा राखिने भएकोले यस्ता सामाग्री हटाउन सुरक्षाका दृष्टिले जोखिमपूर्ण छ । तर यसको व्यवस्थापनका लागि सम्झौता गर्ने पक्षले सम्झौताबमोजिम राजस्व तिर्नेलगायत काम नगरेकाले हामीले जोखिम मोलेरै भए पनि प्रचार सामाग्री हटाएका हौँ ।’ महाशाखा प्रमुख सापकोटाको भनाइ छ । 

अनधिकृत निर्माण सामाग्री हटाउने क्रममा कलंकीदेखि त्रिपुरेश्वरको मुल सडक, सुन्धारा, नयाँ सडक, भोटाहिटी, जमल, कान्तिपथ, दरबार मार्ग, कमलादी, पुतलीसडकको सामाग्री हटाइएको छ । भोलिबाट बानेश्वर क्षेत्रतर्फ केन्द्रीत हुने महाशाखाको योजना छ ।

यसैगरी सडक किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रुखको हाँगा काटेर जोखिममुक्त बनाउने, वातावरण व्यवस्थापन विभागसँग मिलेर सडक र किनाराको सफाइलगायत काम गरिरहेको छ । व्यस्त समयमा सवारी आवागमनले असजिलो भएका काम अहिले बन्दाबन्दीका समयमा गरिरहेका छौँ । नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटा भन्नुहुन्छ, ‘सबैको काम गर्ने ठाउँ सडक नै हो ।

तर काम सकेर उव्रिएका सामान कसैले थन्क्याउँदैनन् । यसले सडकका ठाउँठाउँमा केही न केही अनावश्यक सामाग्री थुप्रिएका छन् । यस्ता सामाग्रीसँगै भत्किएका वा टुक्रिएका बार, पिलर, खम्बालगायत सामाग्री हटाउँदैछौँ ।’ 

महाशाखाकाअनुसार सडक र सडक पेटी निर्माण तथा मर्मत गर्दा, खानेपानीको पाइप लाइन विछ््याउँदा, टेलिकम र इन्टरनेटजन्य सुविधा वितरण गर्ने प्रयोजनले काम गर्दा बाँकी रहेका कुनै न कुनै सामाग्री सडकमै छोडेर जाने चलन छ । काम सकेर आफ्ना सामाग्री व्यवस्थापन गर्ने संस्कार भइदिएको भए सहरी सुन्दरतामा धेरै सहयोग पुग्ने थियो ।

 

कोविड अस्पताल बनाउन जोड दिँदै महानगरको ६१ औँ कार्यपालिका बैठक सम्पन्न

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २१, मंगलबार वर्गीकृत

कोविड १९ बाट संक्रमितहरुको उपचारका लागि ‘कोविड अस्पताल’ सञ्चालनमा जोड दिँदै आजको कार्यपालिका बैठक सम्पन्न भएको छ । महानरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६१ औँ कार्यपालिका बैठकमा ‘कोविड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा राखिएको प्रस्तावमा छलफल गर्दै कोविड अस्पताल सञ्चालनमा जोड दिइएको हो ।

बैठकले सुविधा सम्पन्न आइसोलेसन र कोविड अस्पतालको उपयुक्त विकल्पसहितको प्रस्ताव पेश गर्न वडा ३ का अध्यक्ष दीपक के. सी. को संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा वडा ६ का अध्यक्ष दिपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का अध्यक्ष दलबहादुर कार्की, ३१ का अध्यक्ष नारायण भण्डारी हुनुहुन्छ 

समिति गठनपछि बैठकका अध्यक्षका अध्यक्ष एवं प्रमुख शाक्यले भन्नुभयो, ‘गएको बर्षभन्दा यसपटक अवस्था फरक छ । शंका भएका व्यक्तिलाई जाँच गराएर क्वारेन्टीनमा बस्न प्रोत्साहित गर्नुपर्ने, पर्याप्त आइसोलेसन वार्डहरु तयार गरिनुपर्ने र महानगर आफैँले कोविडको अस्पताल नै बनाउनु पर्ने भएको छ । क्वारेन्टीन निर्माण गर्ने, आइसोलेसन बनाउने र आवश्यकताका आधारमा अस्पतालसम्म बनाउने प्रयोजनका लागि हामीले महानगरभित्र होटल, पार्टी प्यालेस, स्थापना भएर चलेका र नचलेका केही अस्पतालहरुको अवलोकन गरेका छौँ । त्यस क्रममा सहकार्यका लागि प्रस्ताव माग पनि गरेका थियाँ।

केही प्रस्तावहरु पेश भएका पनि छन् ।’ उहाँले थप्दै भन्नुभयो, ‘प्राप्त भएका र छलफल गरिएका विभिन्न ढाँचामध्ये कुन उपयुक्त हुन्छ । प्रस्ताव पेश गर्न आजको बैठकले समिति बनाएको छ । समिति बनाएर अरु पन्छिने होइन, सबै मिलेर छिट्टै नै हामी औपचारिक निर्णयमा पुग्छौँ ।’

समितिले आइसोलेसन सञ्चालन वडा तहबाट गर्ने कि महानगर तहबाट गर्ने, विरामीलाई अक्सिजन मात्र दिएर सामान्य उपचार गर्दा हुने र जटिल स्वास्थ्य समस्या भएकालाई उपचार गर्न आवश्यक उपकरणसहितको उपचार कक्ष निर्माण गर्ने विषयमा शिफारिस गर्नेछ । प्रमुख शाक्य भन्नुहुन्छ, ‘पूर्वाधार र जनशक्ति भएका स्वास्थ्य संस्थासँग सहकार्य गर्न पाइयो भने छिटै सेवा व्यवस्थापन गर्न पाइन्छ ।’ प्रमुख शाक्यले बैठकमा गएको बर्ष १० करोड रुपैयाँ राखेर स्थापना गरिएको कोविड कोषबाट करीब ५ करोड रुपैयाँ खर्च भएको, एम्बुलेन्स सञ्चालनका लागि संयुक्त एम्बुलेन्स चालक संघसँग सहकार्य थालिएको जानकारी गराउनुभएको थियो ।  

महानगरले तर्जुमा गर्ने महामारी नियन्त्रणका कार्यक्रममा डा. गणेश गुरुङ्, डा. अर्जुन कार्की, डा. अनुप सुवेदी र डा. सरद वन्तलाई स्वास्थ्यविज्ञका रुपमा आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ । 

बैठकमा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, महामारी नियन्त्रणका लागि महानगरले तत्काल निर्णय गरेर सेवा व्यवस्थापनमा लाग्ने बताउनुभयो ।

 

सडकको धुलोसहित काठमाडौँमा ३० देखि ५० प्रतिशतले घट््यो फोहोरको मात्रा

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २०, सोमबार वर्गीकृत

काठमाडौँ महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको वातावरण व्यवस्थापन विभागले बताएको छ ।

सामान्य अवस्थामा महानगरले दैनिक २५ गाडीसम्म फोहोर ल्याण्डफिल साइटमा पु¥याउने गरेको थियो । आज १३ वटा गाडी पठाउने तयारी छ । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार व्यवसायिक क्षेत्रमा मात्रा धेरै घटेको छ भने आवासीय क्षेत्रमा कम घटेको छ । सडकमा जम्मा हुने फोहोर ५० प्रतिशतसम्म घटेको छ । 

यता फोहोरमैला व्यवस्थापन संघको अनुमान अलि फरक छ । संघका महासचिव मीत्र घिमिरेकाअनुसार बाहिर बन्द भएकाले मानिसहरुले घर, आँगन सफा गर्दा निस्किएको फोहोर आएको छ ।

यो क्रम सधँ हुँदैन । त्यसैले अहिलेभन्दा फोहोरको मात्रा घट्ने सम्भावना छ । उदाहरण दिँदै उहाँले भन्नुभयो, वडा ३, ४ र ७ बाट पहिले दैनिक ८ ट्रिपर फोहोर संकलन हुने गरेकोमा अहिले ६ ट्रिपर मात्र संकलन भइरहेको छ । यो पनि घट्ने क्रममा छ । 

घरघरमा उत्पादन हुने फोहोरको मात्रा ३० प्रतिशतसम्म घटेको वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालको भनाइ छ । होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस बन्द भएकाले धेरै फोहोर उत्पादन हुने ठाउँ घटेको देखिए पनि घरघरबाट उत्पादन हुने फोहोरको मात्रा धेरै घटेको छैन । मानिसहरु बसेर खाइरहेका छन् । दाहालको भनाइ छ । 

कोविड संक्रमण भएका मानिसहरु घरमा बसेका छन् । उनीहरुले उत्पादन गरेको फोहोर कसरी व्यवस्थापन हुन्छ, प्रश्नको उत्तरमा दाहाल भन्नुहुन्छ, पहिलेभन्दा अहिले अवस्था फरक छ । कुन घरमा कोविडको संक्रमित हुनुहुन्छ । थाहा हुन्छ । उहाँहरुसँग कुरा गरेर विरामीले उत्पादन गरेको फोहोर ननिकाल्न आग्रह गर्छौँ । 

महानगरले जैविक फोहोरलाई कम्पोष्टिङ् गर्न र घरमा कोही संक्रमित भए त्यहाँबाट उत्पादन भएको फोहोर निसंक्रमण गरेर व्यवस्थापन गर्न आग्रह गरेको छ । 

घरेलु फोहोरसँगै महानगरले सडक सफाइका लागि नियमित ब्रुमर सञ्चालन गरिरहेको छ । सडकबाट संकलन हुने धुलोको परिणाम पनि घटेको छ ।

पहिले सवारी साधनले उत्पादन गरेको धुलो हुन्थ्यो । अहिले पानी र हावाले ल्याएको धुलो छ । तैपनि अहिले धुलो घटेको छ । विभागका प्रमुख श्रेष्ठको भनाइ छ ।

महानगरको करीव २ करोड ७५ लाख रुपैयाँ सहयोग, दैनिक १३५ सिलिन्डर अक्सिजन उत्पादन हुने

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २०, सोमबार वर्गीकृत

काठमाडौँ ।  काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ गर्नुभएको छ । महानगरले उपलब्ध गराएको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आजैदेखि अक्सिजन उत्पादन सुरु भएको छ । 

४७ लिटरका १३५ सिलिण्डर दैनिक अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ । यसमध्ये गंगालालमा दैनिक करीब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ । यो (अक्सिजन भर्ने) प्रणाली जडान हुन बाँकी छ । प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, १ हजार लिटर क्षमताको एअर ट््याङ्क, २ वटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन् । 

प्लान्ट शुभारम्भपछि प्रमुख शाक्यले, गंगालालमा महानगरले अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गर्दा अहिलेको जस्तो अक्सिजनको अत्याधिक माग नभएको स्मरण गर्दै त्यसबेला गरेको निर्णयबाट अहिलेको महामारी व्यवस्थापनमा लाभ भएको उल्लेख गर्नुभयो । ‘गंगालाल हृदय केन्द्र र कान्ति बाल अस्पताल गरी २ वटा अस्पतालमा हामी अक्सिजन प्लान्ट गर्दैछौँ । दुई ठाउँबाट दैनिक करीब २ सय सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । अबको केही दिनमा कान्तिको प्लान्ट पनि सुरु हुन्छ । यसपछि यी दुई अस्पतालमा दैनिक आवश्यक पर्ने करीव २ सय सिलिण्डर अक्सिजन अन्यत्र पठाउन सकिन्छ । यसबाट कोविडका विरामीमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेको छु ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘घरमा बस्दा सर्जिकल मास्क भए पुग्छ । अस्पतालमा पुगेपछि अक्सिजनको मास्क चाहिन्छ । त्यसैले सबैभन्दा राम्रो त घरमा बसेर संक्रमणको चक्र तोड्नु नै बुद्धिमानी हुन्छ । तर, कुनै कारणले अस्पताल आउँदा अक्सिजन नपाएर विचल्ली नहोस् भनेर हामीले काम गरिरहेका छौँ ।’

गंगालालमा आन्तरिक पाइप प्रणालीबाट अक्सिजन विरामी भएको ठाउँमा पु¥याइएकोले सिलिण्डर नचाहिने भएकोले खर्च जोगिएको उल्लेख गर्नुभयो । यही प्रसङ्मा उहाँले अहिले अक्सिजनका सिलिण्डर स्टक राखिएको खवरप्रति टिप्पणी गर्दै भन्नुभयो, चाहेको बेला उपलब्ध हुन सक्ने गरी अक्सिजन भएपछि सिलिण्डर जोहो गरिरहनु पर्दैन । नचाहिने सिलिण्डर फिर्ता गरिदिनोस् ।

त्यस क्रममा अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले भन्नुभयो, ‘गंगालालले विरामीसँग अक्सिजनको पैसा लिँदैन र भेन्टिलेटरको पनि पैसा लिँदैन । यो निःशुल्क सेवा सञ्चालन गर्न महानगरले गरेको सहयोग उल्लेख्य छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘एउटै विरामीको मुटु उपचार र मृगौलाको डाइलोसिस गर्नु पर्ने अवस्थामा कठिन भइरहेको छ । गंगालालमै डाइलोसिस गर्ने उपकरण भइदिए, मुटुको उपचार गराउन आउने विरामीले डाइलोसिस गर्न अर्को अस्पताल जानु पर्ने थिएन । यसका लागि महानगरसँग हामीले अपेक्षा राखेका छौँ ।’

कुनै कारणले भौतिक संरचनामा भएको क्षति पुननिर्माण गर्न सकिन्छ । तर, मानवीय क्षति कुनै पनि प्रकारले पुनस्र्थापना गर्न सकिँदैन । त्यसैले मानव जीवनको सुरक्षाका लागि महानगरले लगानी बढाउँदै लगेको छ । कार्यक्रममा वडा ३ का अध्यक्ष दीपक के. सी. ले भन्नुभयो, ‘गंगालालसहित मेरो वडामा राष्ट्रिय स्तरका १९ वटा अस्पताल छन् । ती अस्पतालसँगको सहकार्यमा महानगरबासीको स्वास्थ्य सुरक्षामा मेरो प्रयास रहन्छ ।’

महानगरसँगको सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यस सम्बन्धि उपकरण खरिद खुल्ला प्रतिस्पर्धाबाट खरिद गरेको हो । बोलपत्रबाट छनौट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैङ्क खाताख पठाएको थियो । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, बिद्युत प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मत सम्भार केन्द्रले गर्नेछ । 

केन्द्रमा प्लान्ट अनामिभले जडान गरेको हो । अनामिभका इञ्जिनियर बिजन अर्यालकाअनुसार, प्लान्टको ५ बर्षे वारेन्टी हो । त्यसपछिको ३ बर्षसम्म यसमा केही भए हामी निःशुल्क मर्मत गर्नेछौँ ।   

मुटुको समस्या भएर गंगालाल हृदय केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिएको हो । यसका लागि महानगर र केन्द्रकाविच २०७६ माघ १५ गते सहिद सप्ताहका कार्यक्रम पारेर सहमति पत्रमा हस्ताक्षर भएको थियो । केन्द्रको २४ औं स्थापना दिवस तथा सहिद सप्ताहको कार्यक्रम पारेर महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सभा सदस्य दीपक निरौलाको रोहबरमा सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियोे । यसका लागि महानगरले ३ करोड रुपैयाँ छुट््याएको थियो ।

कुनै समस्या परे मेयर, उपमेयरसहित जनप्रतिनिधिको व्यक्तिगत नम्बरमा सम्पर्क गर्नोस् : मेयर शाक्य

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २०, सोमबार वर्गीकृत

काठमाडौँ । स्वास्थ्य मापदण्डको पालना गरे मात्र आफू र परिवारलाई बचाउन सकिने भन्दै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाईनागरिक दायित्व ठानेर पालना गर्न आग्रह गर्नुभएको छ । अदृश्य शक्तिसँग लड्न सजिलो छैन । विषम परिस्थितिलाई विवेक, धैर्यता र संयमताजस्ता गुणबाट परास्त गर्न सकिन्छ । शाक्यले महानगरबासीका नाममा गर्नुभएको अपिलमा भन्नुभएको छ, ‘महामारीसँग सम्बन्धित कुनै समस्या परे आफूलाई उपमेयरलाई वा आफू नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्नुहोला । सम्भावित जोखिम र अप्ठ्यारो परिस्थिति सामना गर्न हाम्रा तयारीहरुलाई निरन्तरता दिइरहेका छौँ ।’ 

‘विश्वभरि द्रुत गतिमा फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ काठमाडौँमा पनि फैलिइरहेको छ । संघीय राजधानी काठमाडौँ महानगरपालिकामा देशभरिकै नागरिकहरू विभिन्न पेशा व्यवसाय अंगालेर बसिरहेका छन् । विदेशी नागरिकहरूकोसमेत आवतजावत हुने मुख्य केन्द्र रहेका कारणले समेत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमण यहाँ पनि द्रुत गतिमा फैलिन सक्ने खतरालाई मध्यनजर गरी हामी सबैले सजगता अपनाउनु पर्ने आवश्यकता रहेको छ । नेपाल सरकारले यस सम्बन्धमा जारी गरेका आदेश निर्देशन पालना गर्नु हामी सबैको कर्तव्य हो ।’ 

शाक्यले अपिलमा भन्नुभएको छ, ‘संक्रमण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म यो महामारीलाई न्यूनीकरण गर्न सकिन्छ । उक्त संक्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने भएकाले संघीय सरकारले जारी गरेको सूचनालाई आधार मानी सकेसम्म बढी सचेतना अपनाउन तथा स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड परिपालन गर्न गराउनु हुन हार्दिक अपिल गर्दछु ।’ 

‘काठमाडौं महानगरपालिका मुलुककै प्रमुख सांस्कृतिक सहर भएका कारण यहाँका मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्नुपर्ने दायित्व पनि हामी सामु छ । विभिन्न समयमा यहाँ मनाइने जात्रापर्वको विशिष्ट महत्व रहिआएको छ । अतः यहाँका मूर्त अमूर्त सम्पदाको संरक्षण र सम्बद्र्धन गर्नु हामी सबैको दायित्व हो । धार्मिक स्थलमा गएर आ–आफ्नो परम्परा अनुसार पूजापाठ एवं प्रार्थना गर्ने चलन छ । यस्ता सार्वजनिक ठाउँमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै भाइरस सर्ने भएकोले अहिलेका लागि धार्मिक स्थलहरूमा गएर भीड गर्नुभन्दा आफ्नो आस्थाअनुरुप घरमै बसेर नित्य पूजा गर्न सबैमा अपिल गर्दछु ।’ प्रमुख शाक्यको अपिलमा भनिएको छ । 

उहाँले अपिलमा पूजाआजा, सामाजिक कार्यक्रम, भोज जस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडका साथ नमनाइदिन अनुरोध गर्नुभएको छ । दोस्रो लहरको रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सबैले आ–आफ्नो स्थानबाट दायित्व निर्वाह गर्ने हो भने छिटै नै महामारीमाथि विजय पाउन सकिने उल्लेख गर्दै प्रमुख शाक्यले सानातिना लापर्वाहले ठूला समस्या आउनेतर्फ सचेत बनेर सबैले दायित्व गर्नुपर्नेमा जोड दिनुभएको छ । 

महानगरवासीहरुमा कुनै स्वास्थ्य सम्बन्धि समस्या आएमा वा कोविडबाहेकका विरामीले उपचारका लागि अस्पताल जानु पर्ने भएका हटलाइन टेलिफोन नं. ११८० मोवाईल नं. ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१  मा तथा कोभिडका बिरामीले अस्पताल जानु पर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न प्रमुख शाक्यको आग्रह छ । 

भीड नगर्ने, सकेसम्म बाहिर ननिस्कने, निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्ने, नियमित हात धुने, हात धुने अवस्था नरहे स्यानिटाइजरको प्रयोग गर्नेजस्ता सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु नागरिक दायित्व हो भन्दै प्रमुख शाक्यले अपिलमा निषेध आदेशलाई आफ्नै सुरक्षाका लागि हो भन्ने ठानेर पालना गर्न अनुरोध गर्नुभएको छ ।

 

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख १८, शनिबार वर्गीकृत

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको  शुभकामना व्यक्त गर्दै देशको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो  कर्मक्षेत्रमा जुट्ने श्रमिकप्रति सम्मान प्रकट गर्नुभएको छ ।  

यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध मिलाउन राष्ट्रपतिले सम्बद्ध पक्षको ध्यान आकर्षण गर्नुभएको  छ । 

थप २ ठाउँमा वाटर एटीएम सञ्चालनमा

Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख १३, सोमबार वर्गीकृत

काठमाडौंका वडा १० बानेश्वरको छक्कुपक्कु पार्क र त्यसपछि वडा ४ को शंखपार्कमा थप २ ठाउँमा वाटर एटीएम सञ्चालनमा आएका छन् ।

महानगरका प्रमुख र उपप्रमुखले संयुक्त रुपमा एटीएम शुभारम्भ गरे । ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का राखेर कप र पानी लिँदै पिएर उद्घाटन गरेका हुन् ।

महानगरका मेयर शाक्य स्मार्ट सहरका लागि स्मार्ट सुविधा जडान गर्ने कामलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गरे । उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पानीको समस्या समाधान हुनुलाई ठूलो उपलब्धि मान्नुपर्ने उल्लेख गरिन् । यसअघि गएको माघ २९ गते शंखधर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भु भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारसँगैका वाटर एटीएम स्टेशनहरु सञ्चालनमा आएका छन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले उपत्यकाका १५ ठाउँमा यस प्रकारका प्रणाली जडान गर्दैछ । बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाकाअनुसार स्थापनापछिका ३ महिना सञ्चालन व्यवस्थापन खर्चसहित प्रणाली जडानको लागत करिब १५ लाख ८६ हजार रुपैयाँ हो । उपत्यकाका सबै प्रणाली जडान गर्दा करिब २ करोड रुपैयाँ खर्च हुनेछ ।

महानगरसँगको सम्झौताबमोजिम विभिन्न ठाउँमा जडान गरिएका वाटर एटीम स्थापना गरेर आउँदो ३ वर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ । महानगरपालिकाले एटीम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराएको छ ।

Pages