कोविड अस्पताल बनाउन जोड दिँदै महानगरको ६१ औँ कार्यपालिका बैठक सम्पन्न
Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २१, मंगलबार वर्गीकृत
कोविड १९ बाट संक्रमितहरुको उपचारका लागि ‘कोविड अस्पताल’ सञ्चालनमा जोड दिँदै आजको कार्यपालिका बैठक सम्पन्न भएको छ । महानरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६१ औँ कार्यपालिका बैठकमा ‘कोविड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा राखिएको प्रस्तावमा छलफल गर्दै कोविड अस्पताल सञ्चालनमा जोड दिइएको हो ।
बैठकले सुविधा सम्पन्न आइसोलेसन र कोविड अस्पतालको उपयुक्त विकल्पसहितको प्रस्ताव पेश गर्न वडा ३ का अध्यक्ष दीपक के. सी. को संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा वडा ६ का अध्यक्ष दिपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का अध्यक्ष दलबहादुर कार्की, ३१ का अध्यक्ष नारायण भण्डारी हुनुहुन्छ
समिति गठनपछि बैठकका अध्यक्षका अध्यक्ष एवं प्रमुख शाक्यले भन्नुभयो, ‘गएको बर्षभन्दा यसपटक अवस्था फरक छ । शंका भएका व्यक्तिलाई जाँच गराएर क्वारेन्टीनमा बस्न प्रोत्साहित गर्नुपर्ने, पर्याप्त आइसोलेसन वार्डहरु तयार गरिनुपर्ने र महानगर आफैँले कोविडको अस्पताल नै बनाउनु पर्ने भएको छ । क्वारेन्टीन निर्माण गर्ने, आइसोलेसन बनाउने र आवश्यकताका आधारमा अस्पतालसम्म बनाउने प्रयोजनका लागि हामीले महानगरभित्र होटल, पार्टी प्यालेस, स्थापना भएर चलेका र नचलेका केही अस्पतालहरुको अवलोकन गरेका छौँ । त्यस क्रममा सहकार्यका लागि प्रस्ताव माग पनि गरेका थियाँ।
केही प्रस्तावहरु पेश भएका पनि छन् ।’ उहाँले थप्दै भन्नुभयो, ‘प्राप्त भएका र छलफल गरिएका विभिन्न ढाँचामध्ये कुन उपयुक्त हुन्छ । प्रस्ताव पेश गर्न आजको बैठकले समिति बनाएको छ । समिति बनाएर अरु पन्छिने होइन, सबै मिलेर छिट्टै नै हामी औपचारिक निर्णयमा पुग्छौँ ।’
समितिले आइसोलेसन सञ्चालन वडा तहबाट गर्ने कि महानगर तहबाट गर्ने, विरामीलाई अक्सिजन मात्र दिएर सामान्य उपचार गर्दा हुने र जटिल स्वास्थ्य समस्या भएकालाई उपचार गर्न आवश्यक उपकरणसहितको उपचार कक्ष निर्माण गर्ने विषयमा शिफारिस गर्नेछ । प्रमुख शाक्य भन्नुहुन्छ, ‘पूर्वाधार र जनशक्ति भएका स्वास्थ्य संस्थासँग सहकार्य गर्न पाइयो भने छिटै सेवा व्यवस्थापन गर्न पाइन्छ ।’ प्रमुख शाक्यले बैठकमा गएको बर्ष १० करोड रुपैयाँ राखेर स्थापना गरिएको कोविड कोषबाट करीब ५ करोड रुपैयाँ खर्च भएको, एम्बुलेन्स सञ्चालनका लागि संयुक्त एम्बुलेन्स चालक संघसँग सहकार्य थालिएको जानकारी गराउनुभएको थियो ।
महानगरले तर्जुमा गर्ने महामारी नियन्त्रणका कार्यक्रममा डा. गणेश गुरुङ्, डा. अर्जुन कार्की, डा. अनुप सुवेदी र डा. सरद वन्तलाई स्वास्थ्यविज्ञका रुपमा आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, महामारी नियन्त्रणका लागि महानगरले तत्काल निर्णय गरेर सेवा व्यवस्थापनमा लाग्ने बताउनुभयो ।
सडकको धुलोसहित काठमाडौँमा ३० देखि ५० प्रतिशतले घट््यो फोहोरको मात्रा
Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २०, सोमबार वर्गीकृत
काठमाडौँ महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको वातावरण व्यवस्थापन विभागले बताएको छ ।
सामान्य अवस्थामा महानगरले दैनिक २५ गाडीसम्म फोहोर ल्याण्डफिल साइटमा पु¥याउने गरेको थियो । आज १३ वटा गाडी पठाउने तयारी छ । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार व्यवसायिक क्षेत्रमा मात्रा धेरै घटेको छ भने आवासीय क्षेत्रमा कम घटेको छ । सडकमा जम्मा हुने फोहोर ५० प्रतिशतसम्म घटेको छ ।
यता फोहोरमैला व्यवस्थापन संघको अनुमान अलि फरक छ । संघका महासचिव मीत्र घिमिरेकाअनुसार बाहिर बन्द भएकाले मानिसहरुले घर, आँगन सफा गर्दा निस्किएको फोहोर आएको छ ।
यो क्रम सधँ हुँदैन । त्यसैले अहिलेभन्दा फोहोरको मात्रा घट्ने सम्भावना छ । उदाहरण दिँदै उहाँले भन्नुभयो, वडा ३, ४ र ७ बाट पहिले दैनिक ८ ट्रिपर फोहोर संकलन हुने गरेकोमा अहिले ६ ट्रिपर मात्र संकलन भइरहेको छ । यो पनि घट्ने क्रममा छ ।
घरघरमा उत्पादन हुने फोहोरको मात्रा ३० प्रतिशतसम्म घटेको वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालको भनाइ छ । होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस बन्द भएकाले धेरै फोहोर उत्पादन हुने ठाउँ घटेको देखिए पनि घरघरबाट उत्पादन हुने फोहोरको मात्रा धेरै घटेको छैन । मानिसहरु बसेर खाइरहेका छन् । दाहालको भनाइ छ ।
कोविड संक्रमण भएका मानिसहरु घरमा बसेका छन् । उनीहरुले उत्पादन गरेको फोहोर कसरी व्यवस्थापन हुन्छ, प्रश्नको उत्तरमा दाहाल भन्नुहुन्छ, पहिलेभन्दा अहिले अवस्था फरक छ । कुन घरमा कोविडको संक्रमित हुनुहुन्छ । थाहा हुन्छ । उहाँहरुसँग कुरा गरेर विरामीले उत्पादन गरेको फोहोर ननिकाल्न आग्रह गर्छौँ ।
महानगरले जैविक फोहोरलाई कम्पोष्टिङ् गर्न र घरमा कोही संक्रमित भए त्यहाँबाट उत्पादन भएको फोहोर निसंक्रमण गरेर व्यवस्थापन गर्न आग्रह गरेको छ ।
घरेलु फोहोरसँगै महानगरले सडक सफाइका लागि नियमित ब्रुमर सञ्चालन गरिरहेको छ । सडकबाट संकलन हुने धुलोको परिणाम पनि घटेको छ ।
पहिले सवारी साधनले उत्पादन गरेको धुलो हुन्थ्यो । अहिले पानी र हावाले ल्याएको धुलो छ । तैपनि अहिले धुलो घटेको छ । विभागका प्रमुख श्रेष्ठको भनाइ छ ।
महानगरको करीव २ करोड ७५ लाख रुपैयाँ सहयोग, दैनिक १३५ सिलिन्डर अक्सिजन उत्पादन हुने
Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २०, सोमबार वर्गीकृत
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ गर्नुभएको छ । महानगरले उपलब्ध गराएको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आजैदेखि अक्सिजन उत्पादन सुरु भएको छ ।
४७ लिटरका १३५ सिलिण्डर दैनिक अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ । यसमध्ये गंगालालमा दैनिक करीब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ । यो (अक्सिजन भर्ने) प्रणाली जडान हुन बाँकी छ । प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, १ हजार लिटर क्षमताको एअर ट््याङ्क, २ वटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन् ।
प्लान्ट शुभारम्भपछि प्रमुख शाक्यले, गंगालालमा महानगरले अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गर्दा अहिलेको जस्तो अक्सिजनको अत्याधिक माग नभएको स्मरण गर्दै त्यसबेला गरेको निर्णयबाट अहिलेको महामारी व्यवस्थापनमा लाभ भएको उल्लेख गर्नुभयो । ‘गंगालाल हृदय केन्द्र र कान्ति बाल अस्पताल गरी २ वटा अस्पतालमा हामी अक्सिजन प्लान्ट गर्दैछौँ । दुई ठाउँबाट दैनिक करीब २ सय सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । अबको केही दिनमा कान्तिको प्लान्ट पनि सुरु हुन्छ । यसपछि यी दुई अस्पतालमा दैनिक आवश्यक पर्ने करीव २ सय सिलिण्डर अक्सिजन अन्यत्र पठाउन सकिन्छ । यसबाट कोविडका विरामीमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेको छु ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘घरमा बस्दा सर्जिकल मास्क भए पुग्छ । अस्पतालमा पुगेपछि अक्सिजनको मास्क चाहिन्छ । त्यसैले सबैभन्दा राम्रो त घरमा बसेर संक्रमणको चक्र तोड्नु नै बुद्धिमानी हुन्छ । तर, कुनै कारणले अस्पताल आउँदा अक्सिजन नपाएर विचल्ली नहोस् भनेर हामीले काम गरिरहेका छौँ ।’
गंगालालमा आन्तरिक पाइप प्रणालीबाट अक्सिजन विरामी भएको ठाउँमा पु¥याइएकोले सिलिण्डर नचाहिने भएकोले खर्च जोगिएको उल्लेख गर्नुभयो । यही प्रसङ्मा उहाँले अहिले अक्सिजनका सिलिण्डर स्टक राखिएको खवरप्रति टिप्पणी गर्दै भन्नुभयो, चाहेको बेला उपलब्ध हुन सक्ने गरी अक्सिजन भएपछि सिलिण्डर जोहो गरिरहनु पर्दैन । नचाहिने सिलिण्डर फिर्ता गरिदिनोस् ।
त्यस क्रममा अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले भन्नुभयो, ‘गंगालालले विरामीसँग अक्सिजनको पैसा लिँदैन र भेन्टिलेटरको पनि पैसा लिँदैन । यो निःशुल्क सेवा सञ्चालन गर्न महानगरले गरेको सहयोग उल्लेख्य छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘एउटै विरामीको मुटु उपचार र मृगौलाको डाइलोसिस गर्नु पर्ने अवस्थामा कठिन भइरहेको छ । गंगालालमै डाइलोसिस गर्ने उपकरण भइदिए, मुटुको उपचार गराउन आउने विरामीले डाइलोसिस गर्न अर्को अस्पताल जानु पर्ने थिएन । यसका लागि महानगरसँग हामीले अपेक्षा राखेका छौँ ।’
कुनै कारणले भौतिक संरचनामा भएको क्षति पुननिर्माण गर्न सकिन्छ । तर, मानवीय क्षति कुनै पनि प्रकारले पुनस्र्थापना गर्न सकिँदैन । त्यसैले मानव जीवनको सुरक्षाका लागि महानगरले लगानी बढाउँदै लगेको छ । कार्यक्रममा वडा ३ का अध्यक्ष दीपक के. सी. ले भन्नुभयो, ‘गंगालालसहित मेरो वडामा राष्ट्रिय स्तरका १९ वटा अस्पताल छन् । ती अस्पतालसँगको सहकार्यमा महानगरबासीको स्वास्थ्य सुरक्षामा मेरो प्रयास रहन्छ ।’
महानगरसँगको सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यस सम्बन्धि उपकरण खरिद खुल्ला प्रतिस्पर्धाबाट खरिद गरेको हो । बोलपत्रबाट छनौट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैङ्क खाताख पठाएको थियो । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, बिद्युत प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मत सम्भार केन्द्रले गर्नेछ ।
केन्द्रमा प्लान्ट अनामिभले जडान गरेको हो । अनामिभका इञ्जिनियर बिजन अर्यालकाअनुसार, प्लान्टको ५ बर्षे वारेन्टी हो । त्यसपछिको ३ बर्षसम्म यसमा केही भए हामी निःशुल्क मर्मत गर्नेछौँ ।
मुटुको समस्या भएर गंगालाल हृदय केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिएको हो । यसका लागि महानगर र केन्द्रकाविच २०७६ माघ १५ गते सहिद सप्ताहका कार्यक्रम पारेर सहमति पत्रमा हस्ताक्षर भएको थियो । केन्द्रको २४ औं स्थापना दिवस तथा सहिद सप्ताहको कार्यक्रम पारेर महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सभा सदस्य दीपक निरौलाको रोहबरमा सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियोे । यसका लागि महानगरले ३ करोड रुपैयाँ छुट््याएको थियो ।
कुनै समस्या परे मेयर, उपमेयरसहित जनप्रतिनिधिको व्यक्तिगत नम्बरमा सम्पर्क गर्नोस् : मेयर शाक्य
Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २०, सोमबार वर्गीकृत
काठमाडौँ । स्वास्थ्य मापदण्डको पालना गरे मात्र आफू र परिवारलाई बचाउन सकिने भन्दै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाईनागरिक दायित्व ठानेर पालना गर्न आग्रह गर्नुभएको छ । अदृश्य शक्तिसँग लड्न सजिलो छैन । विषम परिस्थितिलाई विवेक, धैर्यता र संयमताजस्ता गुणबाट परास्त गर्न सकिन्छ । शाक्यले महानगरबासीका नाममा गर्नुभएको अपिलमा भन्नुभएको छ, ‘महामारीसँग सम्बन्धित कुनै समस्या परे आफूलाई उपमेयरलाई वा आफू नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्नुहोला । सम्भावित जोखिम र अप्ठ्यारो परिस्थिति सामना गर्न हाम्रा तयारीहरुलाई निरन्तरता दिइरहेका छौँ ।’
‘विश्वभरि द्रुत गतिमा फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ काठमाडौँमा पनि फैलिइरहेको छ । संघीय राजधानी काठमाडौँ महानगरपालिकामा देशभरिकै नागरिकहरू विभिन्न पेशा व्यवसाय अंगालेर बसिरहेका छन् । विदेशी नागरिकहरूकोसमेत आवतजावत हुने मुख्य केन्द्र रहेका कारणले समेत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमण यहाँ पनि द्रुत गतिमा फैलिन सक्ने खतरालाई मध्यनजर गरी हामी सबैले सजगता अपनाउनु पर्ने आवश्यकता रहेको छ । नेपाल सरकारले यस सम्बन्धमा जारी गरेका आदेश निर्देशन पालना गर्नु हामी सबैको कर्तव्य हो ।’
शाक्यले अपिलमा भन्नुभएको छ, ‘संक्रमण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म यो महामारीलाई न्यूनीकरण गर्न सकिन्छ । उक्त संक्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने भएकाले संघीय सरकारले जारी गरेको सूचनालाई आधार मानी सकेसम्म बढी सचेतना अपनाउन तथा स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड परिपालन गर्न गराउनु हुन हार्दिक अपिल गर्दछु ।’
‘काठमाडौं महानगरपालिका मुलुककै प्रमुख सांस्कृतिक सहर भएका कारण यहाँका मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्नुपर्ने दायित्व पनि हामी सामु छ । विभिन्न समयमा यहाँ मनाइने जात्रापर्वको विशिष्ट महत्व रहिआएको छ । अतः यहाँका मूर्त अमूर्त सम्पदाको संरक्षण र सम्बद्र्धन गर्नु हामी सबैको दायित्व हो । धार्मिक स्थलमा गएर आ–आफ्नो परम्परा अनुसार पूजापाठ एवं प्रार्थना गर्ने चलन छ । यस्ता सार्वजनिक ठाउँमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै भाइरस सर्ने भएकोले अहिलेका लागि धार्मिक स्थलहरूमा गएर भीड गर्नुभन्दा आफ्नो आस्थाअनुरुप घरमै बसेर नित्य पूजा गर्न सबैमा अपिल गर्दछु ।’ प्रमुख शाक्यको अपिलमा भनिएको छ ।
उहाँले अपिलमा पूजाआजा, सामाजिक कार्यक्रम, भोज जस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडका साथ नमनाइदिन अनुरोध गर्नुभएको छ । दोस्रो लहरको रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सबैले आ–आफ्नो स्थानबाट दायित्व निर्वाह गर्ने हो भने छिटै नै महामारीमाथि विजय पाउन सकिने उल्लेख गर्दै प्रमुख शाक्यले सानातिना लापर्वाहले ठूला समस्या आउनेतर्फ सचेत बनेर सबैले दायित्व गर्नुपर्नेमा जोड दिनुभएको छ ।
महानगरवासीहरुमा कुनै स्वास्थ्य सम्बन्धि समस्या आएमा वा कोविडबाहेकका विरामीले उपचारका लागि अस्पताल जानु पर्ने भएका हटलाइन टेलिफोन नं. ११८० मोवाईल नं. ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा तथा कोभिडका बिरामीले अस्पताल जानु पर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न प्रमुख शाक्यको आग्रह छ ।
भीड नगर्ने, सकेसम्म बाहिर ननिस्कने, निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्ने, नियमित हात धुने, हात धुने अवस्था नरहे स्यानिटाइजरको प्रयोग गर्नेजस्ता सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु नागरिक दायित्व हो भन्दै प्रमुख शाक्यले अपिलमा निषेध आदेशलाई आफ्नै सुरक्षाका लागि हो भन्ने ठानेर पालना गर्न अनुरोध गर्नुभएको छ ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख १८, शनिबार वर्गीकृत
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै देशको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकप्रति सम्मान प्रकट गर्नुभएको छ ।
यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध मिलाउन राष्ट्रपतिले सम्बद्ध पक्षको ध्यान आकर्षण गर्नुभएको छ ।
थप २ ठाउँमा वाटर एटीएम सञ्चालनमा
Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख १३, सोमबार वर्गीकृत
काठमाडौंका वडा १० बानेश्वरको छक्कुपक्कु पार्क र त्यसपछि वडा ४ को शंखपार्कमा थप २ ठाउँमा वाटर एटीएम सञ्चालनमा आएका छन् ।
महानगरका प्रमुख र उपप्रमुखले संयुक्त रुपमा एटीएम शुभारम्भ गरे । ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का राखेर कप र पानी लिँदै पिएर उद्घाटन गरेका हुन् ।
महानगरका मेयर शाक्य स्मार्ट सहरका लागि स्मार्ट सुविधा जडान गर्ने कामलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गरे । उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पानीको समस्या समाधान हुनुलाई ठूलो उपलब्धि मान्नुपर्ने उल्लेख गरिन् । यसअघि गएको माघ २९ गते शंखधर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भु भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारसँगैका वाटर एटीएम स्टेशनहरु सञ्चालनमा आएका छन् ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले उपत्यकाका १५ ठाउँमा यस प्रकारका प्रणाली जडान गर्दैछ । बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाकाअनुसार स्थापनापछिका ३ महिना सञ्चालन व्यवस्थापन खर्चसहित प्रणाली जडानको लागत करिब १५ लाख ८६ हजार रुपैयाँ हो । उपत्यकाका सबै प्रणाली जडान गर्दा करिब २ करोड रुपैयाँ खर्च हुनेछ ।
महानगरसँगको सम्झौताबमोजिम विभिन्न ठाउँमा जडान गरिएका वाटर एटीम स्थापना गरेर आउँदो ३ वर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ । महानगरपालिकाले एटीम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराएको छ ।
कर्मराज महाविहार बौद्ध गुम्बाको निर्माण कार्य सम्पन्न
Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख १३, सोमबार वर्गीकृत
२०७२ सालको महाभुकम्पले ध्वस्त भएको स्वयम्भुस्थित बुद्धचार्य पुजारीहरूको १७ वटा घर, कोपा द्य्ःछेँ र कर्मराज महाविहार बौद्ध गुम्बाको निर्माण कार्य सम्पन्न गरी आज एक औपचारिक समारोहमा प्रमुख अतिथि संघीय सांसद माननीय जीवनराम श्रेष्ठज्युबाट समुद्घाटन गरी सम्बन्धित बुद्धचार्य परिवार र महाविहारलाई हस्तान्तर गर्नुभयो।
उक्त अवसरमा प्रमुख अतिथिले यो नमुना कार्य भएको र भुकम्पबाट क्षति भएको चोक र बहालका घरहरू पनि यस्तै गरी हाउस पुलिङटको योजना बनाई गर्न सकिने बताउनु भयो। स्वयम्भुको मौलिकता संरक्षण गरी राख्न सके मात्र यसको महत्व रहने र स्वदेशी तथा बिदेश पर्यटक धेरै आउने बताउनुभयो।
आफुले शुरू गर्न लागेको हनुमानढोकाबाट स्वयम्भु आउने बिश्व सम्पदा मार्ग बनाउन लागिरहेको र अब स्वयम्भुमा शारीरिक अशक्त भएका सबै मन्दिर पुग्ने सक्नेछ गरी लिफ्ट वा स्केलेटर वा र्याम्प निर्माण गर्न छलफल अघिबढाएको पनि बताउनु भयो। १७ वटा बुध्दाचार्यको घर १ क्वाःपा ध्द्य र कर्मराज महाविहार निर्माण खर्च १५ करोड बजेटमा गरिएको थियो भने यस्को सहयोग सबै कर्मराज महाविहारका गुरू १७ औं कर्मापाले सकलन गरी प्रदान गर्नुभएको हो।
कार्यक्रममा काठमाडौ महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य, पुरातत्वको पुर्ब महानिर्देशक भेषनारायण दहाल, महानगरका उपमेयर हरिपप्रभा खड्गी, र बिहारका लामागुरू हरूले मन्तब्य दिनु भएको थियो। प्रवक्ता एव का.म.पा. १५ अध्यक्ष ईश्वरमान डंगोलको सभापतित्वमा वडा सदस्य निमा घ्याम्छोले सन्चालन गर्नु भएको थियो।
काठमाडौँ महानगरपालिकाले बसपार्कस्थित सिटी मार्केटका ११२ पसल सिलबन्दी
Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख २, बिहिबार वर्गीकृत
काठमाडौँ महानगरपालिकाले केही वर्षदेखि सम्झौताविना नै सञ्चालनमा रहेका पुरानो बसपार्कस्थित सिटी मार्केटका ११२ पसल सिलबन्दी गरेको छ ।
सम्झौताविना नै व्यवसायीहरुले ७–८ वर्षदेखि महानगरको स्वामित्वको भवनमा बसेको भन्दै महानगरले आज बलपूर्वक सिल गरेको हो ।
डाको लागि भएको सम्झौताको म्याद सकिएको र सो भवनलाई महानगरले नयाँ तरिकाले उपयोग गर्ने योजना बनाएकाले व्यापारीलाई हटाउन लागिएको प्रमुख प्राशसकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।
सटर खाली गर्न एक हप्तामात्रै समय दिएको भन्दै व्यवसायीले विरोध जनाएका थिए । तर, महानगरपालिकाले पटक–पटक महानगरको भवनमा बिना सम्झौता नबस्न आग्रह गर्दै आएको बताएको छ ।
‘लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब त्यहाँ मार्केट नचलाउने गरी हाललाई बन्द गरेका हौँ,’ ज्ञवालीले भने, ‘अब त्यसलाई भत्काएर सभागृहकै एक पार्टका रुपमा व्यवस्थित गर्छौ ।’
काठमाडौँ महानगरपालिका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले पनि सिटी मार्केटमा व्यवसाय गर्ने व्यवासायीले २०७६ चैतसम्म व्यवसायीहरुको संघ मार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि सिलबन्दी गर्न बाध्य भएको जानकारी दिए ।
पसल सिल गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए । प्रहरीले उनीहरुलाई माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई नियन्त्रणमा लिएको थियो ।
विष्णुमती नदी सरसफाइ अभियान सुरु
Swoniga Online – स्वनिगः संवाददात | २०७८ बैशाख १, बुधबार वर्गीकृत
नयाँ वर्ष २०७८ को विहानीको नव किरणसँगै एउटा नयाँ पवित्र कार्यको थालनी भएको छ ।
संघीय सांसद माननीय जीवनराम श्रेष्ठबाट भएको विशेष पहलमा शोभा भगवति मन्दिरबाट विहान ७ बजेदेखी ९ बजेसम्म विष्णुमति नदी सरसफाइ अभियान शुरु भएको छ । विष्णुमती वरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरेको श्रेष्ठले बताए ।
हरेक महिनाको अन्तिम शनिवार विहान ७ बजे देखि ९ बजेसम्म सरसफाइ अभियान नियमित सञ्चालन हुने उनले बताए । सरसफाइ अभियानमा माननीय प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरपालिका वडा१५ का अध्यक्ष एवम् काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल, कामपा १५ वडा सदस्य मैयाँलक्ष्मी महर्जन, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, स्थाननीय संघसंस्था, बाग्मती नदी सरसफाइका अभियन्ता लिलामणी पोखरेल तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिले अझ थप हौसला प्राप्त भएको उनले बताए ।
जीवनमा गरेको अनेकौं क्रियाकलापहरु मध्ये सम्झनलायक एउटा कार्यमा विष्णुमति नदी सरसफाइ पनि हुने बताउँदै नयाँवर्षको सुरुवातमा काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउने सरसफाइ महोत्सवमा सहभागि भएर स्मरणयोग्य कामको थालनी गरेको बताए । ‘यो अभियान जीवन राम श्रेष्ठको मात्र नभइकन विष्णुमती सभ्यतासँग जोडिएको हरेक नागरिकको अभियान हो । विष्णुमति खोला प्रदुषित भइ धार्मिक एवं सांस्कृतिक कार्यहरुमा असर पर्न गएको छ ।’
खोला प्रदुषित हुँदा स्थानीय वातावरण प्रदुषित भइ खोला वरिपरिको स्थानीय नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुँदा विष्णुमति सरसफाइ अभियान हरेक नागरिकको कर्तव्य भएको उनले बताए ।सरसफाई अभियानमा सहभागि माननीय प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले भने, ‘स्थानीय वासिन्दा, युवा समूह, नदी सरसफाइ अभियानकर्ता तथा नेपाली सेना, नेपाल प्रहरी सबैलाई समेटेर यो विष्णुमती नदी सरसफाइ अभियान थाल्नु माननीय प्रतिनिति सभा सदस्य जीवनराम श्रेष्ठज्यूको प्रसंसनीय कार्य हो ।’विष्णुमती नदीको उद्गम स्थल बुढानिलकण्ठस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै रहेको छ ।
विष्णुमतीको उद्गम मानिने विष्णुद्वार विष्णुपादुकादेखि टेकु दोभानसम्म फैलिएको विष्णुमती सभ्यताको आफ्नै महत्व, गरिमा, अस्तित्व र धार्मिक, सांस्कृतिक पौराणिक एवम् सांस्कृतिक विशेषता रहेको पाइन्छ । काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउन यो अभियानको पहल हुन लागेको जानकारी प्राप्त हुन आएको छ ।
कमलपोखरीको करीब ८५ प्रतिशत काम सम्पन्न
Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ३०, सोमबार वर्गीकृत
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिनु भएको छ । वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठ लगायतलाई साथमै लिएर पुननिर्माण भैरहेको कमलपोखरीको निरीक्षणका क्रममा आज त्यहाँ पुग्नुभएका शाक्यले यस्तो निर्देशन दिनुभएको हो ।
निरीक्षणका क्रममा प्रमुख शाक्यले जय धनञ्जय कडेँल निर्माण सेवा जेभीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलासँग पुननिर्माणको काममा ढिलासुस्ती भएको भन्दै असन्तुष्टी मात्रै व्यक्त गर्नु भएन उहाँले पटक–पटक सयमसिमा थप गर्ने पक्षमा महानगरपालिका नरहेको प्रष्ट पार्नुभयो । ‘काम जुन गतिका साथ हुनुपर्ने हो त्यो अनुसार भैरहेको छैन,’ शाक्यले भन्नुभयो, ‘पटक–पटक समय थप गर्ने र काममा ढिलासुस्ती गर्ने भन्ने हुँदैन । के–कति काम भएको छ । त्यो सबै विवरण मलाई तत्काल उपलब्ध गराउनुहोला । मलाई परिणाम चाहिया,’ उहाँले भन्नुभयो ।
मेयर शाक्यले निरीक्षणका क्रममा डिजाइन अनुसार तलमाथि नहुने गरी काम पनि निर्देशन दिनुभयो । प्रमुख शाक्यको निर्देशनपछि कम्पनीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलाले बढीमा दुइ हप्ता भित्र पुननिर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सिटौलाले चैत मसान्त भित्रै काम सम्पन्न गर्ने गरी कार्य भैरहेको भए पनि भक्तपुर र ललितपुरको बुङमतीका कामदारले काम गरिरहेको र उनीहरु पछिल्लो समय नेवार संस्कृतिका चाडका कारण विदा बसेकाले केही दिन ढिलाई भएको बताउनुभयो । ‘करीब ८५ प्रतिशत काम सम्पन्न भएको छ,’ उहाँले भन्नुभयो, ‘अब फिनिसिङ र बत्तीलगायतको काम बाँकी छ । त्यो पनि दुई हप्ता भित्र जसरी पनि सम्पन्न गरी हस्तान्तरण गर्छौ ।’
प्रमुख शाक्यले निरीक्षणकै क्रममा कमल पोखरीमा पानी भरणको काम भैरहेको जानकारी दिनुभयो । ‘चैत मसान्तसम्म काम सक्ने गरी हामीले ठकेकेदार कम्पनीलाई अन्तिम मौका दिएका हौँ,’ शाक्यले पोखरीतिर देखाउँदै भन्नुभयो, ‘केही दिन भित्रै यो पोखरीमा पानी टनाटन बनाउने तयारीमा छौँ । हामीले पुननिर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ ।’
प्रमुख शाक्यसँगै रहनु भएका काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले अहिले पोखरीमा करीब २० लाख लिटर पानी हालेको जानकारी दिनुभयो । ‘पोखरीमा टनाटन पानी भर्न करीब साढे दुई करोड लिटर पानी आवश्यक पर्छ,’ उहाँले भन्नुभयो, ‘हामी केही दिनभित्रै पानी टनाटन पार्छौँ ।’
करीब एक घण्टा कमलपोखरीको निरीक्षण गर्नुभएका प्रमुख शाक्यले केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनी अनावश्यक विरोध गरेको भन्दै डिजाइनका बारेमा सामान्य जानकारी समेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न पनि आग्रह गर्नुभयो ।
शाक्यले निरीक्षणकै क्रममा कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिनुभयो । उहाँले पहिला बेबारिसेर र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएको भन्दै डिजाइन पनि ती सबै कुरालाई ध्यान दिएको प्रष्ट पार्नुभयो ।
‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका सबै पोखरीहरुको प्रवद्र्धन र संरक्षण गर्ने महानगरपालिकाले अभियान रहेको भन्दै उहाँले त्यहि अभियान अन्तरगत वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई मास्टरप्लान बनाएर पुननिर्माण गर्ने अभियान अघि बढाएको पनि स्मरण गराउनुभयो । ‘यो अभियान अघि बढाउँदा संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएका हौँ,’ उहाँले भन्नुभयो, ‘दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात कमलपोखरी प्रहरी बीट जुन भत्काइसकेका छौँ त्यो क्षेत्रमा दोस्रो चरणमा कमलपोखरीको क्षेत्र विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छौ ।’
काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको छ ।
करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि महानगरपालिकाले जानकारी दिएको छ । पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण गर्ने पनि महानगरपालिकाले जानकारी दिएको छ काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले कमलपोखरी पुननिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।
वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठलगायतलाई साथमै लिएर पुननिर्माण भैरहेको कमलपोखरीको निरीक्षणका क्रममा आज त्यहाँ पुग्नुभएका शाक्यले यस्तो निर्देशन दिनुभएको हो । निरीक्षणका क्रममा प्रमुख शाक्यले जय धनञ्जय कडेँल निर्माण सेवा जेभीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलासँग पुननिर्माणको काममा ढिलासुस्ती भएको भन्दै असन्तुष्टी मात्रै व्यक्त गर्नु भएन उहाँले पटक–पटक सयमसिमा थप गर्ने पक्षमा महानगरपालिका नरहेको प्रष्ट पार्नुभयो । ‘काम जुन गतिका साथ हुनुपर्ने हो त्यो अनुसार भैरहेको छैन,’ शाक्यले भन्नुभयो, ‘पटक–पटक समय थप गर्ने र काममा ढिलासुस्ती गर्ने भन्ने हुँदैन । के–कति काम भएको छ । त्यो सबै विवरण मलाई तत्काल उपलब्ध गराउनुहोला । मलाई परिणाम चाहिया,’ उहाँले भन्नुभयो ।
शाक्यले निरीक्षणका क्रममा डिजाइन अनुसार तलमाथि नहुने गरी काम पनि निर्देशन दिनुभयो । प्रमुख शाक्यको निर्देशनपछि कम्पनीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलाले बढीमा दुइ हप्ता भित्र पुननिर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिटौलाले चैत मसान्त भित्रै काम सम्पन्न गर्ने गरी कार्य भैरहेको भए पनि भक्तपुर र ललितपुरको बुङमतीका कामदारले काम गरिरहेको र उनीहरु पछिल्लो समय नेवार संस्कृतिका चाडका कारण विदा बसेकाले केही दिन ढिलाई भएको बताउनुभयो । ‘करीब ८५ प्रतिशत काम सम्पन्न भएको छ,’ उहाँले भन्नुभयो, ‘अब फिनिसिङ र बत्तीलगायतको काम बाँकी छ । त्यो पनि दुई हप्ता भित्र जसरी पनि सम्पन्न गरी हस्तान्तरण गर्छौ ।’
प्रमुख शाक्यले निरीक्षणकै क्रममा कमल पोखरीमा पानी भरणको काम भैरहेको जानकारी दिनुभयो । ‘चैत मसान्तसम्म काम सक्ने गरी हामीले ठेकेदार कम्पनीलाई अन्तिम मौका दिएका हौँ,’ शाक्यले पोखरीतिर देखाउँदै भन्नुभयो, ‘केही दिन भित्रै यो पोखरीमा पानी टनाटन बनाउने तयारीमा छौँ । हामीले पुननिर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ ।’
प्रमुख शाक्यसँगै रहनु भएका काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले अहिले पोखरीमा करीब २० लाख लिटर पानी हालेको जानकारी दिनुभयो । ‘पोखरीमा टनाटन पानी भर्न करीब साढे दुई करोड लिटर पानी आवश्यक पर्छ,’ उहाँले भन्नुभयो, ‘हामी केही दिनभित्रै पानी टनाटन पार्छौँ ।’
करीब एक घण्टा कमलपोखरीको निरीक्षण गर्नुभएका प्रमुख शाक्यले केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनी अनावश्यक विरोध गरेको भन्दै डिजाइनका बारेमा सामान्य जानकारी समेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न पनि आग्रह गर्नुभयो ।
शाक्यले निरीक्षणकै क्रममा कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिनुभयो । उहाँले पहिला बेबारिसेर र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएको भन्दै डिजाइन पनि ती सबै कुरालाई ध्यान दिएको प्रष्ट पार्नुभयो ।
‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका सबै पोखरीहरुको प्रवद्र्धन र संरक्षण गर्ने महानगरपालिकाले अभियान रहेको भन्दै उहाँले त्यहि अभियान अन्तरगत वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई मास्टरप्लान बनाएर पुननिर्माण गर्ने अभियान अघि बढाएको पनि स्मरण गराउनुभयो । ‘यो अभियान अघि बढाउँदा संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएका हौँ,’ उहाँले भन्नुभयो, ‘दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात कमलपोखरी प्रहरी बीट जुन भत्काइसकेका छौँ त्यो क्षेत्रमा दोस्रो चरणमा कमलपोखरीको क्षेत्र विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छौ ।’
काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको छ । करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि महानगरपालिकाले जानकारी दिएको छ । पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण गर्ने पनि महानगरपालिकाले जानकारी दिएको छ ।


