add
Display Style: 
Column Style

प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ १७, सोमबार वर्गीकृत

काठमाडौँ/ १७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को आज यहाँ उद्घाटन गर्नुभएको छ । 

प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजना आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ । 

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तिको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताउनुभयो । उहाँले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । 

आजदेखि शुरु भएको यस प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ । 

स्थानीय सरकारलाई सबल र सुदृढ बनाउन प्रदेश लागिपरेको छ - बागमती प्रदेश मन्त्री श्रेष्ठ

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ १७, सोमबार वर्गीकृत

ललितपुर/ १७ असार : बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले स्थानीय सरकारलाई सबल र सुदृढ बनाउन प्रदेश लागिपरेको बताउनुभएको छ। राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका कार्यक्रम अन्तर्गत सेवा प्रदान गरिरहेका ३४ जना महिला स्वयंसेविकाहरुकाे विदाईका लागि जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले आइतबार यहाँ आयाेजना गरेकाे कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री श्रेष्ठले संविधान र अनुसार आधारभूत स्वास्थ स्थानीय सरकारकाे एकल अधिकारमा भएपनि स्थानीय तहकाे स्राेत कम भएको कारणले प्रदेशभित्रका सबै पालिकालाई स्वास्थ्य क्षेत्रमा सहयाेग गरिरहेको जानकारी गराउनु भएकाे हाे । 

"सबै अस्पताललाई बागमतीप्रदेश सरकारले ओैषधि,खाेप, भ्याक्सिन, तालिम, गाेष्ठी लगायतमा सहयाेग गर्ने छ, जनतालाई सर्वसुलभ र गुणस्तरीय सेवा दिनेछाैं, प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाउन लागि परेका छाैं। यस वर्षको नीति तथा कार्यक्रममा स्वयंसेविकाहरुकाे जीवन विमा समेटिएको र बजेट व्यवस्था गरिएको छ,

कसरी सेवा दिन सकिन्छ भनेर संवेदनशील भएर मन्त्रालय लागिरहेको छ।" उहाँले भन्नुभयो ।  

उहाँले उत्पादनसंग जाेडिने १५ देखि ४५ वर्ष समूहका युवा वर्ग आत्महत्याकाे सिकार बनिरहेको भन्दै यसकाे न्युनिकरणका लागि मनाेसामाजिक परामर्शका लागि प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरिएको छ जानकारी गराउनुभयाे । उहाँले समुदायसंग मिलेर मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउनेलगायतका कार्यक्रमहरु सञ्चालन गर्ने नीति तय गरेका छाैं भन्नुहुँदै उहाँले उपचारात्मकका साथै जनचेतनामूलक कार्यक्रमहरुलाई पनि प्राथमिकता दिएका छाैं भन्नुभयाे । 

उहाँले महिला स्वयंसेविकाहरुलाई अनुभवले अर्जन गर्नुभएको सीपलाई पुस्तान्तरण गर्न लाग्नुस् भन्ने आग्रह गर्नुहुँदै निराश नई क्रियाशील रहन आग्रह गर्नुभयाे । 

"आधारभूत स्वास्थ्य सेवाका लागि आमा सुरक्षा, नवजात शिशुकाे सुरक्षामा महिला स्वास्थ्य स्वयमसेविकाहरुले खेलेको भूमिकाका कारण नेपाल विश्वमा राम्रो स्थान पाउन सफल भएको छ, स्वास्थ्यकर्मी भन्दा पहिला घरघरमा पुगेर आजकाे प्रविधिको युगसम्म समाजलाई स्वस्थ्यशिक्षामा अव्वल बनाउन महत्त्वपूर्ण याेगदान पुगेको छ, समाज परिवर्तनमा ठूलाे भूमिका प्रशंसनीय छ।" उहाँले भन्नुभयो । 

जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुँयालले समाजकाे सेवामा पुर्‍याएकाे याेगदानकाे सम्मान गर्दै नयाँ पुस्तालाई आफ्नाे ज्ञान र सीप हस्तान्तरण गर्न आग्रह गर्नुभयाे। उहाँले ललितपुरकाे हकमा पाटन अस्पतालले मात्रै विरामीकाे चाप खेग्न नसकेको बताउँदै प्रदेश माताहातका स्वास्थ्य संस्थाहरुकाे क्षमता र सेवासुविधा वृद्धि गर्नुपर्ने बताउनुभयो 

"प्रदेश र स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्य संस्थाहरुकाे क्षमता अभिबृद्धि गर्नुपर्छ, नागरिकले प्रत्यक्ष लाभ हासिल गर्नसक्छन्।" उहाँले भन्नुभयाे 

महाँकाल गाउँपालिकाका प्रमुख गणेशबहादुर के.सीले सरकारले उपलब्ध गराएकाे सेवासुविधा कम भएको बताउँदै पालिकाभित्रका ५४ जना स्वास्थ्य स्वयंसेविकालाई हरेक वर्ष दश हजार रुपैयाँका दरले प्राेत्साहन रकम उपलब्ध गराउँदै आएकाे बताउनुभयो। 

"निस्वार्थ भावले गर्नुभएको सेवा अतुलनीय छ,आगामी दिनहरुमा पनि गाउँटाेलमा सेवा पुर्‍याउनु हुनेछ भन्ने विश्वास छ।" अध्यक्ष केसीले भन्नुभयो ।

काेञ्ज्याेसाेम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले नेपालकाे संविधानले शिक्षा र स्वास्थ व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई प्रदान गरेको भएपनि संघ र प्रदेशका जिल्ला तहका कार्यालयले गरेका कामहरुकाे बारेमा जानकारी नै नहुने गरेको भन्दै आक्राेश व्यक्त गर्नुभयाे । "संघ र प्रदेशका कार्यालयहरुले स्थानीय सरकारसंग समन्वय र सहकार्य आवश्यक रहेकाे छ, चाहिने कर्मचारी व्यवस्थापन गर्न ध्यान दिनु पर्याे, मानवीय स्राेत र साधनको व्यवस्थापनका लागि प्रदेश र संघकाे ध्यानाकर्षण आवश्यक रहेकाे छ ।" उहाँले भन्नुभयो। 

प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले सामुदायिक स्वास्थ्य क्षेत्रमा पहुँच अभिबृद्धि गर्ने बिषयमा महिला स्वास्थ स्वयमसेविकाहरुकाे भूमिका महत्त्वपूर्ण रहेकाे बताउनुभयो । उहाँले मातृस्वास्थ्य, बालमृत्युदर घटाउन ६० वर्षकाे उमेरसम्म पुर्याएकाे याेगदानकाे उच्चसम्मान गर्दै आगामी दिनहरुमा पनि सक्रियताकाे कामना गर्नुभयाे।

बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले घरघरमा पुगेर बाल मृत्युदर घटाउन सेवा पुर्‍याउन र जनचेतना फैल्याउन गरेकाे याेगदान अतुलनीय छ भन्ने बताउनुभयो । उहाँले बागमती गाउँपालिकाले स्वयंसेविकाकाे हितलाई ध्यान दिएर संघ र प्रदेशले उपलब्ध गराएकाे सेवा र सुविधाकाे अलवा थप सुविधा उपलब्ध गराइरहेको समेत बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भूवन पाैडेलले महिला स्वयम् सेविकाहरुले बालमृत्युदर, मातृमृत्युदर घटाउन पुर्‍याएकाे याेदगानका कारण नेपालले स्रहस्राब्दी विकास लक्ष्य हासिल काे पुरस्कार प्राप्त गरेको बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले ६ वटा स्थानीय तहमा कार्यरत ६० वर्ष पूरा गर्नुभएका ३४ जना महिला स्वास्थ्य स्वयमसेविकालाई दाेसल्ला, प्रमाणपत्र सहित नगद १९ हजार ८ सय रुपैयाँ उपलब्ध गराएकाे हाे। 

सरकारले निर्धारण गरेका स्वास्थ्यका लक्ष्यहरूलाई पूरा गर्न सहयोग गर्ने र स्थानीयस्तरमा सामुदायिक सहभागिता बढाउने उद्देश्यअनुरूप नेपाल सरकारले आर्थिक वर्ष २०४५/०४६ देखि सुरु गरेको स्वास्थ्य स्वयंसेवक कार्यक्रमलाई महिला स्वास्थ्य स्वयम् सेविका कार्यक्रमको रूपमा परिणत गरिएकाे थियाे । 

‘किशुनजी महात्मा गान्धी भन्दा उच्च कदका नेता’ —स्वामी आनन्द अरुण

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ १५, शनिबार वर्गीकृत

काठमाडौं/ १५ असार, पूर्व प्रधानमन्त्री, प्रजातान्त्रिक आन्दोलनका महानायक, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्म शताब्दी वर्षको पावन अवसरमा सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले आज राजधानीमा विशेष प्रवचन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा भट्टराईको जीवन र व्यक्तित्वमाथि उहाँका अत्यन्त निकट आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले विविध कोणबाट प्रकाश पार्नु भएको थियो । उहाँले २०४८ सालको आम निर्वाचनमा कृष्णप्रसाद भट्टराईको पराजय नेपाल र नेपालीकै लागि ठूलो दुर्भाग्य भएको बताउनु भयो । भट्टराईको अस्वभाविक पराजयका कारण सिंगो मुलुक शोकाकूल भएको स्मरण पनि स्वामी आनन्द अरुणले गर्नुभयो । कृष्णप्रसाद भट्टराई जस्तो विश्वकै सम्मानित नेता निर्वाचनमा पटक पटक पराजित हुनु आश्चर्य भएको उहाँको टिप्पणी थियो । राजनीतिक स्पष्टता, निष्ठा, योगदान, आदर्श र समग्र चरित्रको आधारमा हेर्ने हो भने भट्टराई भारतका महात्मा गान्धी भन्दा पनि उच्च स्तरको नेता भएको टिप्पणी उहाँले गर्नुभयो । ‘भट्टराईको बहुआयामीक व्यक्तित्व सबैका लागि उदाहरणीय थियो’ उहाँले भन्नुभयो । हिंस्रक क्रान्तिको सधैं विपक्षमा उभिनु भएका भट्टराईले पाएको जस्तो सम्मान अन्य कमैले पाएको उहाँको विश्लेषण थियो । शक्तिको आडमा कोही कसैले राज्यकोष दोहोन गर्न नहुने पाठ भट्टराईबाट सिक्नुपर्ने दृष्टान्तहरू उहाँले सुनाउनुभयो । स्वयं राजाले कांग्रेसबाट अलग गराउन नसकेको भट्टराईले पार्टीमा रहन नसक्ने गरी आफैले राजीनामा दिने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद भएको उहाँले बताउनुभयो । वार्ताबाटै माओवादी द्धन्द्ध अन्त्य गर्ने दिशामा केन्द्रीत रहनु भएका भट्टराईलाई पार्टीकै नेतृत्वले प्रधानमन्त्रीबाट राजीनामा गर्न लगाएर गैरराजनीतिक काम गरेको दाबी उहाँले गर्नुभयो । पदलोलुपताबाट भट्टराई सधै टाढा रहनु भएको चर्चा गर्दै उहाँले ‘निर्वाण’ नै उहाँको जीवनको एकमात्र लक्ष्य भएको बताउनुभयो । भट्टराईका महान् वाणीहरू प्रत्येक नेपालीका घर घरमा टासिनु पर्ने भन्दै उहाँले मुलुकलाई अहिलेको असहज परिस्थितिबाट निकास दिन अर्को ‘भट्टराई’ आवश्यक भएको बताउनुभयो ।
चावहिल स्थित स्मार्ट प्यालेसको सभा हलमा भएको भव्य कार्यक्रममा केन्द्रका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता लोकेश ढकालले भट्टराई जस्ता आदर्श व्यक्तिको सानिध्य पाउनु आफ्नो लागि गर्वको विषय भएको बताउनुभयो । भट्टराई जस्ता अलौकिक नेताको आदर्शबाट विमूख भएकाले कांग्रेस र मुलुक दयनीय अवस्थामा पुगेको उहाँले बताउनुभयो । कार्यक्रममा राजनीति, कुटनीति, सञ्चार, मानवअधिकार, समाजसेवा लगायतका विविध क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति थियो ।

राजाेपाध्याय समाजकाे अध्यक्षमा सञ्जय शर्मा

Swoniga Online – स्वनिग अनलाइन | २०८१ आषाढ ३, सोमबार वर्गीकृत

काठमाडौं/३ असाेज, राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजमा पुन: सञ्जय शर्मा राजोपाध्यायले नै नेतृत्व गर्नुहुने भएको छ। गत शनिबार भक्तपुरमा सम्पन्न समाजको चौथो अधिवेशनले नृत्य कलाकार र नृत्य निर्देशक समेत रहेका राजोपाध्यायलाई दोश्रो पटक अध्यक्ष चयन गरेको हो ।

अध्यक्ष चयन भएको घोषणा भएसँगै राजोपाध्यायले आधुनिक विज्ञान र प्रविधिसँगै जोडेर समाजको धर्म, संस्कृति, परम्परालाई युवा पुस्तालाई हस्तान्तरण गर्न आफु अघि बढ्ने बताउनुभयाे ।

‘हाम्रो धर्म, संस्कृति, परम्पराको संरक्षण गर्न यसलाई नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्छ । र प्रविधिमा अभ्यस्त युवा पुस्तालाई आकर्षित गर्न परम्परालाई पनि प्रविधिसँग जोडिनु आवश्यक छ ।’ समाजका नवनिर्वाचित अध्यक्ष राजोपाध्यायले भन्नुभयाे।

सोही अवसरमा अध्यक्ष राजोपाध्यायले व्यक्तिगत वा पारिवारिक भावना भन्दा समाजलाई प्राथमिकतामा राखेर सबै एकजुट हुँदै समाजको उत्थानमा लाग्न आग्रह समेत गर्नुभयाे। राजोपाध्यायले अर्को दुई वर्षकोे लागि समाजको नेतृत्व गर्नुहुनेछ।

अधिवेशनबाट निर्विरोध निर्वाचित भएको १३ सदस्यीय कार्य समितिका दुई उपाध्यक्षमा रचना शर्मा राजोपाध्याय र सञ्चारकर्मी बिराजकाजी राजोपाध्याय रहनु भएको छ।

महासचिवको जिम्मेवारी बन्दना शर्मा राजोपाध्यायले पाउनु भएको छ भने सचिवमा बिजय शर्मा राजोपाध्याय चयन हुनुभएको छ । कोषाध्यक्ष र सह कोषाध्यक्षको जिम्मेवारी क्रमशः उद्धव आचार्य राजोपाध्याय र चेतनादेवी शर्मा राजोपाध्यायले पाउनुभएकाे छ।

कार्य समितिको ६ सदस्यमा बिरु सुवेदी राजोपाध्याय, किशोर शर्मा राजोपाध्याय, महेशबाबु शर्मा राजोपाध्याय, त्रिलोचन राजोपाध्याय, श्रीमणिराज शर्मा राजोपाध्याय र गिरिश शर्मा राजोपाध्याय रहनुभएकाे छ । समितिमा बाँकी दुई जना सदस्य भने कार्य समिति वैठकबाट मनोनित गर्ने बताइएको छ ।

यस अघि अधिवेशनको उद्घाटन सत्रमा प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ अगिब बनेपाली, यल नेवाः समाजका अध्यक्ष विनोद ताम्रकार, ज्योतिषाचार्य बीरेन्द्र प्रसाद कायस्थलगायतले नेवाः समाजमा सनातन धर्म, संस्कृतिको संरक्षण, सम्वर्द्धनमा राजोपाध्याय समाजको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिनुभएकाे थियाे ।

त्यस्तै समाजका निवर्तमान अध्यक्ष अमरराज शर्मा राजोपाध्याय र संस्थापक अध्यक्ष बदन ज्वालानन्द राजोपाध्याय, उपाध्यक्ष रचना शर्मा राजोपाध्यायले व्यक्तिगत भावना र विचारभन्दा समाजलाई प्राथमिकतामा राखेर समग्र समाजकै उत्थानमा अघि बढ्न सबैलाई आग्रह गर्नुभयाे । व्याकरणाचार्य गजानन्दर राजोपाध्याय धर्म, संस्कृतिलाई राम्ररी बुझ्नका साथै यसको संरक्षणमा लाग्न संस्कृत सिक्नुपर्नेमा जोड दिनुभएकाे थियाे ।

सोही कार्यक्रममा समाजले २०७८ श्रावणदेखि २०७९ असारसम्म उपत्यकाको तीनै शहर काठमाडौं, भक्तपुर र ललितपुरका शिवालयहरुमा आयोजना गरेको पञ्चाभिषेक रुद्री, २०७९ श्रावण महिनामा काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महादेवमा आयोजना गरेको अयुताहुती यज्ञ, २०७८ र २०७९ सालका एसईई उत्तीर्ण राजोपाध्याय विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

साथमा समाजले आयोजना गरेको गायन प्रतियोगीता ‘गायन प्रतिभाको खोजी’ का विजेताहरुलाई पुरस्कृत गरिएको थियो भने समाजको जिल्ला समन्वय समिति काठमाडौंबाट आयोजना भएको तीन महिने संस्कृत प्रशिक्षणका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो । 

प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ ३, सोमबार वर्गीकृत

काठमाडौँ, ३ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गर्नुभएको छ ।

बालुवाटारमा आज साँझ भएको भेटमा उहाँहरूबीच नेपालको विकास र विश्व बैंकले नेपाल पुर्‍याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थिर विकास साझेदार विश्व बैंकले विगत छ दशकभन्दा बढी समयदेखि नेपालको विकास र वित्तपोषणमा  भरपर्दो स्रोत उपलब्ध गराउँदै आएको बताउनुभयो ।

आफू नेतृत्वको सरकारले आगामी आर्थिक नीति र बजेटमार्फत आर्थिक  सुधारको थालनी गरेको बताउँदै उहाँले वैदेशिक लगानी र विवेकपूर्ण वित्तीय व्यवस्थापनका लागि नेपालमा अनुकूल वातावरण सिर्जना गर्ने विश्वास दिलाउनुभयो । 

प्रधानमन्त्रीले ऊर्जा, पर्यटन, कृषि व्यवसाय, र सूचनाप्रविधिजस्ता क्षेत्रहरूमा लगानी गर्दा तुलनात्मकरूपमा फाइदा लिन सकिने बताउनुभयो ।

नेपाल जलवायु परिवर्तनबाट नराम्रोसँग प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु न्यायका लागि नेपालले निरन्तर विभिन्न अन्तरराष्ट्रिय मञ्चमार्फत वकालत गर्दै आएको र त्यसमा विश्व बैंकको महत्त्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा विश्व बैंकका निर्देशक ट्रोस्टसेन्बर्गले नेपालको आर्थिक विकासमा विश्व बैंकबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।

यही असार ४ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकका विषयमा पनि सो अवसरमा छलफल भएको छ । 

बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्वर्गलगायत उच्च पदाधिकारीसहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

बैठकको उद्घाटन समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकले आगामी ३ वर्षसम्म नेपाललाई प्रदान गर्ने अनुदान, सहुलियतपूर्ण ऋण एवं अन्य सहयोगका प्राथमिकताबारे छलफल हुनेछ ।

विश्वकपमा सहभागी खेलाडीलाई उच्चमनाेबलका साथ खेल्न राष्ट्रपतिकाे शुभकामना

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ २२, मंगलबार वर्गीकृत

काठमाडौ/ २२ जेठ: राष्ट्रपति रामचन्द्र पाैडेलले टि - २० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई  उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिनुभएकाे छ । राष्ट्रपति पौडेलले  नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफाेन गरेर उच्च मनोबलका साथ प्रतियाेगितामा सहभागी हुन शुभकामना दिनुभएको हो  । राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली साथमा रहेको  भन्दै उच्च मनोबलका साथ  मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त  गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको  छ । उहाँले नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भएपनि हेरेर नेपाली टाेलीकाे हौसला बढाउने पनि विश्वास व्यक्त गर्नुभएको छ ।

दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ २२, मंगलबार वर्गीकृत

काठमाडौँ/ २२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताउनुभएको छ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा साेमबार यहाँ आयोजित ‘छुवाछूतमुक्त राष्ट्र घोषणा : अवसर, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले दलित समुदायको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“दलित विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि गरीब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने र दलित समुदायका परम्परागत सीप ज्ञान र पेशालाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्न सात वटै प्रदेशमा शिल्पी उद्यमशीलता विशेष कार्यक्रम सञ्चालनका लागि कार्यक्रम र बजेटको व्यवस्था गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

छुवाछूतको समूल नष्ट गर्न राज्यका तीनै तहमा छुवाछूत निगरानी तथा अनुगमन संयन्त्र आवश्यक रहेको रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अमानवीय उत्पीडन र ज्यादतीमा पर्दै आएका दलित समुदायको संवैधानिक हक अधिकारको प्रभावकारी कार्यान्वयनका निम्ति राज्य र यसका निकायहरू जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुन बमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न विशेष अपिल गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारले जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तीनै तहका सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा कार्यक्रम निर्माण गर्न, दलित सशक्तिकरण कार्यक्रम बनाउन, छुवाछूत विरूद्धको ऐन प्रभावकारी कार्यान्वयन गर्न सबैमा विशेष अपील गर्दछु ।”

दलित समुदायलाई छुवाछूत र विभेदबाट मुक्त गर्दै बृहत्तर विकास र उन्नतिका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र समानताका निम्ति राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार प्रदान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै विगतको राज्य संयन्त्रले गरेको अन्यायको परिपूरण र समानताको आधारशिला खडा गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले कम्युनिस्ट आन्दोलनका योद्धा दलित आन्दोलनका अगुवा प्रदेश प्रमुख तिलक परियारको जीवन वृतान्तमा आधारित ‘मेरो जीवन र सङ्घर्ष’ कृति लोकार्पण गर्नुभयो । 

राज्यसत्ताले विभेदकारी नीति र नियम बनाएरै यो समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत जीवनका समग्र क्षेत्रबाट बञ्चितीकरण गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले दलित समुदाय सामाजिक जीवनका सबै क्षेत्रबाट अरू समुदायभन्दा पछाडि रहँदै आएको बताउनुभयो । उहाँले दलित समुदायलाई राज्यसत्ताका सबै अङ्ग, क्षेत्र र निकाय लगायतका सामाजिक जीवनका समग्र क्षेत्रमा विशेषाधिकारको नीति अवलम्बन गर्न आफूले निरन्तर जोड दिएको बताउनुभयो ।

दलित समुदायको आत्मसम्मानमा ठेस पुर्‍याइएकाले अरू विकसित समुदायसरह विकास गराउन समानुपातिक प्रतिनिधित्वमा विगतको क्षतिपूर्ति वापत अधिकार थप गरी विशेषाधिकार दिइनुपर्छ भनेर आफूले निरन्तर पार्टीमा सङ्घर्ष गरेको स्मरण गर्दै उहाँले पछिल्लो समय यो मुद्दा आमरूपमा स्थापित भएको बताउनुभयो ।

कान्तिलोकपथ आजबाट पूर्णरूपमा सञ्चालनमा

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ जेठ २१, सोमबार वर्गीकृत

ललितपुर/ २१ जेठ:  काठमाडौंबाट हेटौंडा जाने कान्तिलाेकपथकाे सडक आज साेमबारबाट पूर्णरूपमा सञ्चालन हुने आयाेजनाका सूचना अधिकारी तथा इन्जिनियर रविन्द्र महर्जनले जानकारी गराउनुभयाे । मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि बन्द भएको सडककाे मर्मत सम्भार गरि आजबाट सञ्चालनमा आएको हाे । 
"ललितपुरको बागमती गाउँपालिकाकाे वडा नं. ३ झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबासकाे साँघुरो ठाउँमा कटिङ्ग सकिएको छ, काल्चे क्षेत्रमा कटिङ्ग गर्नुपर्ने काम पनि सम्पन्न भएको छ, ललितपुरतर्फ सिङ्गल लेन भएको केही ठाउँमा यस आर्थिक वर्षमा बजेट नपुग भएको कारण कटिङ्गकाे काम सम्पन्न हुन बाँकी छ, बहुवर्षीय टेण्डरमा कटिङ्ग गर्ने भनिएकाे छपेलीबाट काल्चेतर्फकाे खण्डमा मात्रै बाँकी रहेकाे छ। बाँकी काम अर्को आर्थिक बर्षमा हुन्छ, अहिलेलाई सवारी आवतजावतका लागि कान्तिलाेकपथ पूर्णरूपमा सञ्चालन हुनेछ । " महर्जनले भन्नुभयो ।
बैशाख १५ गतेदेखि आंशिक रुपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा कटिङ्ग गर्दा माथिबाट खसेको ढुंगाले पूर्णरूपमा क्षति काल्चे खण्डकाे सडककाे भाग भत्किएपछि बैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको थियाे। 
काठमाडौलाई हेटौडासंग जोड्ने उपयुक्त र दूरीका हिसावले छोटो मानिएको याे सडक निर्माण थालिएको ६७ वर्ष भैसकेको छ । सडक निर्माणका लागि सेनाको नेतृत्वमा २०१३ मा ट्रयाक खन्न सुरु गरिएको थियो । यो काम २०१६ मा सकिएपछि त्यतिवेला ट्रयाक उद्घाटन गर्दै राजा महेन्द्र हेटौँडाको बुद्धचोकदेखि जिपमा ललितपुरको टीकाभैरवसम्म आउनुभएको थियो । राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख ठिंगन खण्डको सडकको भित्तामा अहिले पनि देखिन्छ ।
विगतका सरकारले याे सडक निर्माणका लागि प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ ।
कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो । यसमध्ये बुद्धचोकदेखि—टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो । टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भएपनि स्थानीयहरुको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टिकाभैरबबाट छम्पी भैसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टिकाभैरब खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ ।

Pages