add
Display Style: 
Column Style

जापान नेपालको एक हितैषी मित्र -राष्ट्रपति पाैडेल

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १३, आइतबार वर्गीकृत

काठमाडौँ/१३ फागुन, राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको एउटा दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताउनुभएको छ । 

नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५० औं वार्षिक समारोहको आइतबार यहाँ उदघाट्न गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमासमेत जापानले पुर्याएको योगदानको नेपालले सदैव उच्च मूल्यांकन गरेको बताउनुभयो । 

 

“मुलुकमा भएको राजनीतिक परिवर्तनपछि नेपालमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रहरूमासमेत प्रगति भैरहेको छ । यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा हाम्रा लागि महत्वपूर्ण रहने छन्”, उहाँले भन्नुभयो । उहाँले नेपाल र जापानबीच परम्परागत रुपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै एसियाको एक समृद्घशाली प्रजातान्त्रिक मुलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक क्षेत्रका साथै समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताउनुभयो ।

 

विगत छ दशकदेखि नेपाल जापानको सम्बन्धलाई जनतासम्म पु¥याउन र जापानमा सिकेको ज्ञान, सिप र प्रविधिलाई नेपालको विकासमा लगाउन एशोसियसनले गरेको योगदान सराहनीय रहेको उल्लेख गर्दे राष्ट्रपति पौडेलले जानले ग्रामिण क्षेत्रमा जनताको जीवनस्तर उकास्न सामुदायिक विकासका कामहरू गरिरहेको र यस्तो कार्यलाई थप ग्रामिण क्षेत्रमा विस्तार गर्न सुझाव पनि दिनुभयो ।उहाँले नेपाल जापानबीचको मित्रतालाई अझै घनिभुत बनाउन र जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्ने काममा यस्ता कार्यक्रमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

औषधि व्यवस्था विभागको अर्धवार्षिक समिक्षा सम्पन्न

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ११, शुक्रबार वर्गीकृत

काठमाडौं/ ११ फागुन, औषधि व्यवस्था विभागले आर्थिक वर्ष २०८०/०८१ मा आफू र मातहतका कार्यालयहरुले सम्पन्न गरेका कामहरुको शुक्रबार अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । विभागले बिगत ६ महिनाको अवधिमा एक हजार १ सय ९३ वटा नयाँ फार्मेसी दर्ता गरेको, ७ हजार २ सय ९३ वटा नविकरण गरेको र १२६ वटा औषधि पसल निलम्बन गरेको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । त्यसैगरि ६ महिनाको अवधिमा ४ वटा नयाँ औषधि उद्योग स्थापनाका लागि सिफारिस गरिएको, ३९१ लाई नयाँ औषधि उत्पादन अनुज्ञापत्र प्रदान गरेको, ४ हजार ३९ लाई उत्पादन अनुज्ञापत्र नविकरण गरेको र एक हजार ४ सय ११ लाई बजार बिक्रिवितरण प्रमाणपत्र नविकरण गरेको जनाएको छ । 

समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्ररमण सिंहले सिमित साधन श्रोत र न्युन जनशक्ति भए पनि औषधि व्यवस्था विभागले औषधिको गुणस्तर नियन्त्रण र अनुगमनमा उल्लेखनीय कार्य गरिरहेको बताउनुभयाे ।  औषधि उद्योग र फार्मेसीहरुको संख्याको तुलनामा विभागसँग भएको न्युन जनशक्तिले मनैदेखि चाहेर काम गरेको आफुले पाएको स्मरण गर्दै डा. सिंहले नेपाली जनतालाई गुणस्तरीय औषधि उपलब्ध होस भन्ने एक मात्र ध्येयका साथ विभागका कर्मचारीहरुले काम गर्नु पर्नेमा जोड दिनुभयाे । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य सल्लाहकार विश्वरुप खड्काले अर्धवार्षिक समिक्षाले विगतबाट पाठ सिक्दै भविश्यमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने मार्गनिर्देश गर्ने बताउनुभयो । उहाँले विभागले औषधिको गुणस्तर कायम राख्न अझै बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता औल्याउनुभयाे । स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले सीमित साधन स्राेतकाबीच पनि जे जति सकिन्छ इमान्दार प्रयास गर्नु हरेक कर्मचारीको जिम्मेवारी भएको बताउदै औषधि विभागका कर्मचारीहरुको गहन जिम्मेवारी रहेको जनाउनुभयाे । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले औषधि व्यवस्था विभागको संरचना परिवर्तन आवश्यक रहेकोमा जोड दिदै विसं २०३६ सालको संरचना परिवर्तन गरेर अहिलेको युग सुहाउदो बनाउन ४५ वर्ष पुरानो औषधि ऐन परिवर्तन गर्न लागेको बताउनुभयाे । विसं २०३५ सालमा बनेको औषधि ऐन र २०३६ सालमा स्थापना भएको औषधि व्यवस्था विभागको समय र अहिलेको समय पूर्ण रुपमा परिवर्तन भइसकेकोले समयको माग अनुसार विभागलाई अगाडि बढाउन नयाँ औषधि ऐनलाई छिट्टै संसदमा लगेर पारित गराउने वातावरण बनाउनु पर्नेमा ढकालको जोड थियो । कानून आयोगले औषधि ऐनको मस्यौदा तयार गरेर कानून मन्त्रालय पठाउन लागेको बताउदै ढकालले  यसलाई आउदो संसदको अधिवेशनबाट पास गर्ने वातावरण बनाउन स्वास्थ्य मन्त्रालयले विशेष पहल हुने विश्वास व्यक्त गर्नुभयाे । स्वास्थ्य विमाका कार्यक्रम प्रभावकारी बनाउन पनि स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि भित्र्याउनु आवश्यक रहेको महानिर्देशक ढकाले बताउनुभयाे । स्वास्थ्य मन्त्रालयका फर्मास्विटिकल्स सम्बन्धी हेर्ने छुट्टै साखा आवश्यक रहेको ढकालको भनाई थियो । कार्यक्रममा औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक पान बहादुर क्षेत्रीले विभाग मातहतका विभिन्न कार्यालयबाट आएका कर्मचारीहरुलाई स्वागत गरेका थिए भने अर्का वरिष्ठ औषधि व्यवस्थापक प्रमोद केसीले विभागले ६ महिनाको अवधिमा गरेका कामहरुको प्रस्तुतिकरण गर्नुभएकाे थियो । कार्यक्रममा विभाग मातहतका कार्यालयहरुले गरेको कामको समिक्षा गरिएको थियो ।

सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा नै समाजवादको यात्रा : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ११, शुक्रबार वर्गीकृत

 काठमाडौँ/ ११ फागुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताउनुभएको छ । 

तेइसौं मजदुर बलिदान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरेर मात्र समाजवादको आधार तयार हुने बताउनुभयो । “गरीब एवं किसानको हकअधिकार स्थापित नहुँदासम्म समाजवाद आउन सक्दैन, सबैले आफ्नो क्षमताअनुसारको काम गर्ने कामअनुसारको दाम पाउने अवस्था आउनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “त्यसकारण सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा एकअर्कामा अभिन्न रुपले जोडिएका अवयव हुन्, समाजवादको आधार तयार पार्ने कुरा हो ।”

मजदुर–किसानको एकता एवं सही विचार र नेतृत्वको बलमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हाम्रा सहिद, बेपत्तायोद्धाको त्याग र बलिदान खेर गयो कि भनेर सोच्न हुन्न, समावेशिता एवं महिलाको प्रतिनिधित्व छ, उत्पीडित जाति, जनजाति एवं मधेसी र मुस्लिमले जेजति अधिकार पाएका छन्, त्यो महान सहिद र बेपत्ताको त्याग र बलिदानबाटै प्राप्त भएको हो ।”

समाजवादी क्रान्तिको नेतृत्व मजदुर–किसानकै हुने भएकाले अबको आन्दोलनमा उहाँहरूको भूमिका बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मजुरलाई अझ राम्रोसँग सङ्गठित हुने र विचारमा अझ बढी स्पष्टता हासिल गर्न सुझाव दिनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिक्रियावादीले धावा बोल्न खोजेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । 

शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले सबै सहिद तथा बेपत्ता परिवारले राज्यको तर्फबाट पाउनुपर्ने परिपूरण एवं सम्मान पाउन नसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालिन न्यायसम्बन्धी ऐन संसद्ले पारित गरेपछि बलिदानप्रति गर्व हुने विश्वास व्यक्त गर्नुभयो । 

सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा नै समाजवादको यात्रा : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ११, शुक्रबार वर्गीकृत

 काठमाडौँ/ ११ फागुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताउनुभएको छ । 

तेइसौं मजदुर बलिदान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरेर मात्र समाजवादको आधार तयार हुने बताउनुभयो । “गरीब एवं किसानको हकअधिकार स्थापित नहुँदासम्म समाजवाद आउन सक्दैन, सबैले आफ्नो क्षमताअनुसारको काम गर्ने कामअनुसारको दाम पाउने अवस्था आउनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “त्यसकारण सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा एकअर्कामा अभिन्न रुपले जोडिएका अवयव हुन्, समाजवादको आधार तयार पार्ने कुरा हो ।”

मजदुर–किसानको एकता एवं सही विचार र नेतृत्वको बलमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हाम्रा सहिद, बेपत्तायोद्धाको त्याग र बलिदान खेर गयो कि भनेर सोच्न हुन्न, समावेशिता एवं महिलाको प्रतिनिधित्व छ, उत्पीडित जाति, जनजाति एवं मधेसी र मुस्लिमले जेजति अधिकार पाएका छन्, त्यो महान सहिद र बेपत्ताको त्याग र बलिदानबाटै प्राप्त भएको हो ।”

समाजवादी क्रान्तिको नेतृत्व मजदुर–किसानकै हुने भएकाले अबको आन्दोलनमा उहाँहरूको भूमिका बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मजुरलाई अझ राम्रोसँग सङ्गठित हुने र विचारमा अझ बढी स्पष्टता हासिल गर्न सुझाव दिनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिक्रियावादीले धावा बोल्न खोजेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । 

शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले सबै सहिद तथा बेपत्ता परिवारले राज्यको तर्फबाट पाउनुपर्ने परिपूरण एवं सम्मान पाउन नसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालिन न्यायसम्बन्धी ऐन संसद्ले पारित गरेपछि बलिदानप्रति गर्व हुने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रपतिसंग अध्यक्ष तिमल्सिनाकाे शिष्टाचार भेट

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ११, शुक्रबार वर्गीकृत

काठमाडौँ/११ फागुन, राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेट गर्नुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिदैछ ।

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १०, बिहिबार वर्गीकृत

काठमाडौं/१० फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राजधानीको गोकर्णेश्वर नगरपालिका - ४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको सिलान्यास गर्नुभएकाे छ। बिहिवार सिलान्यास भएको उक्त नगर अस्पताल १५ शैयाको हुने छ।  अस्पताल निर्माणका लागि सरकारले साडे  २२ करोड रुपैयाँ  बजेट बिनियोजन गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले सिलान्यास भएको अस्पताल समममै सम्पन्न हुनु पर्ने बताउनुभयाे । मन्त्री बस्नेतले निर्माण व्याबसायी समेत रहेका संविधान सभा सदस्य जनार्दन ढकालले समयमै अस्पतालको निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयाे आफू पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य सधै लागि रहेको दाबी गर्दै मन्त्री बस्नेतले राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिनुभयाे । संविधानले हरेक जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी गरेकोले पैसा नभएको कारणले कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने दाबी मन्त्री बस्नेतको छ।  गोकरणेश्वर नगरपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गर्ने अभियान चलाएकोमा मन्त्री बस्नेतले नगरपालिकाका मेयर दीपक रिसाललाई धन्यवाद दिनुभयाे । चिकित्सा शिक्षा ऎन चाडैं परिमार्जन हुने र धेरैले स्वदेशमै चिकित्सा पढ्न पाउने अवसर बस्नेतको दाबी छ।   कार्यक्रममा प्रतिनिधि सभा अर्थ समिती सभापति सन्तोष चालिसेले अस्पताल सिलान्यास भएकोमा खुशी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न हुनु पर्नेमा जोड दिए। सांसद बिष्णुदेबी पुडासैनीले नगर पालिकाले स्वास्थ्यमा उदाहरणिय काम गरेको बताउनुभयाे। नेकपा एमालेका पूर्व सभासद् कृष्ण रायले अस्पताल समय सम्पन हुनुपर्ने बताउनुभयाे। बाग्मती प्रदेशका सभसदहरु बिमल ठकुरी र छिरिङ दोर्जे लामाले निजी क्षेत्रको स्वास्थ्य सेवा महङ्गो भएकाले सरकारी सेवा प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयाे । गोकर्णेश्वरमा मृगौलाका बिरामीको लागि डायलासिस सेवा सुरु गरिदिन स्वास्थ्य मन्त्री बस्नेतलाई आग्रह गर्नुभयाे नगर प्रमुख दीपक रिसालले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरि रहेको बताउनुभयाे । निर्माण व्याबसायी जनार्दन ढकालले सरकारले समयमै भुक्तानी गरिदिए समयमै अस्पताल सम्पन्न गर्ने बताउनुभयाे ।

सबै जात, धर्म, सम्प्रदाय, भाषाभाषी बीचको समभाव नै गणतन्त्रको मूल लक्ष्य: राष्ट्रपति पौडेल

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १०, बिहिबार वर्गीकृत

काठमाडौँ/१० फागुन, राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताउनुभएको छ । 

राष्ट्रपति पौडेलले अछाम वैद्यनाथधाम कोटीहोम महायज्ञसहितको महाकुम्भ मेलाको विहिबार उदघाटन गर्दै सबै जात, जाति, धर्म, सम्प्रदाय, भाषाभाषी बीचको समभाव र एकता नै संघीय लोकतान्त्रिक गणतन्त्रको मूल लक्ष्य हो भन्नुभयो । 

 

“ सबै धर्म, संस्कृतिको संरक्षण गर्ने हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सास्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ । अधिकारका विभिन्न प्रकार उल्लेख गरेपनि सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपयोग गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले कोटीहोम प्रारम्भ भएको आजको यस पवित्र दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको त्यही दर्शनलाई सार्थक रूप दिन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

“ स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक, सद्भाव, ऐक्यवद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्येश्यलाई साकार रुप दिन आवश्यक छ भन्ने मलाई लाग्दछ”, उहाँले भन्नुभयो । 

यस क्षेत्रको विकास, संरक्षण र संवद्र्धनको लागि विगतमा वैद्यनाथ क्षेत्र विकास संस्थाको गठन भई सरकार तथा जनसहभागिताबाट मन्दिर पुननिर्माणलगायतका काम हुनु खुशीको कुरा हो भन्दै उहाँले यस क्षेत्रको समग्र विकासका लागि विस्तृत अध्ययन गरी गुरुयोजना तयार गरी अल्प, मध्य र दीर्घकालीन रुपमा गरिने कामसहित पूर्वाधार निर्माणका काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

“तीनै तहका सरकारले आफ्नो बजेट, नीति तथा कार्यक्रमभित्र समावेश गरी यस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रलाई आकर्षक पर्यटकीय  क्षेत्रको रुपमा विकास गरी देश विकासमा योगदान पु¥याउन सकिने पनि मैले देखेको छु”, राष्ट्रपति पौडेलको भनाइ थियो ।  

शिवरात्री, मकर सङ्क्रान्ति, विषु, होरीपर्व, दशै, श्रावण स्नान, बोलवमलगायत वर्षभरि हुने पर्वपूजा यहाँ धुमधामका साथ मनाइने गरिनुले पनि यसप्रतिको आकर्षण सदैव जीवन्त रहिआएको छ । “ यसलाई थप आकर्षण केन्द्र बनाएर लाखौ पर्यटक भित्रयाउने संभावनाप्रति म सबैको ध्यानाकर्षण गराउँदछु, यसबाट वैदिक सनातन धर्म संस्कृतिको संरक्षण, लोकसंस्कृतिको प्रदर्शन, वैद्यनाथ वेदविद्याश्रमको स्तरोन्नति गरी आयुर्वेद मावि बनाउने र यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने कार्यमा योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

६/६ वर्षमा हुने लक्षहोमसहितको अर्धकुम्भ मेला, १२/१२ वर्षको महालक्षहोमसहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटिहोम महायज्ञसहितको महाकुम्भमेलाको परम्परालाई निरन्तरता दिने अभिप्रायसाथ यो कुम्भमेला आयोजना गरिएको जनाइएको छ । राष्ट्रपति पौडेलले यो पवित्र स्थल तिर्थाटनबाटै आकर्षक पर्यटन केन्द्र बनेकाे बताउदै यसप्रकारकाे धार्मिक कार्यक्रम गरेकोमा सुदुरपश्चिम क्षेत्रका सबै धन्य भएको बताउनुभयो ! उहाँले हिमालहरूको बीच ऋषिहरूको तपस्याभूमि र देवीहरूको मन्दिरले भरिएको पवित्र भूमिमा उभिन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको पनि बताउनुभयो ।

काँग्रेस महासमिति बैठकः पाँच प्रतिवेदनमाथि सुझाव दिन एक जनालाई पाँच मिनेट

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ९, बुधबार वर्गीकृत

ललितपुर/ गोदावरी ९ फागुन, नेपाली काँग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ । समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहनु भएको छ । आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ । 

सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल भैरहेको छ । कांग्रेसको महासमिति बैठक फागुन १० गते विहिबारसम्म सञ्चालन हुनेछ ।

समूहगत छलफलमा आज सबै सहभागीहरुले धारणा राख्नुहुने व्यवस्था मिलाइएको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी गराउनु भयो । ‘‘हामीले महासमिति बैठकमा सहभागी सबै सदस्यहरुको धारणा लिन आवश्यक समयको व्यवस्थापन गरेका छौं । सबै सदस्यहरुले आफ्ना धारणा तथा सुझावहरु राख्न पाउनु हुनेछ । ’’ उहाँले भन्नुभयो । 

विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादबाट शान्ति सैनिकले खतराको समाना गर्नुपरेको छ : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ८, मंगलबार वर्गीकृत

काठमाडौँ/८ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताउनुभएको छ ।

‘चौथो शान्ति प्रयास’ अभ्यासको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा हामीहरू सचेत हुनुपर्ने बताउनुभयो । शान्ति स्थापना कार्यहरू जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गदै उहाँले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।  “संयुक्त राष्ट्रको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतिहरूका माझ विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुनः मूल्याङ्कन गर्नुपर्ने भएको छ ।” प्रधानमन्त्रीले भन्नुभयो ।  शान्ति स्थापनाको महत्त्वलाई अतिरञ्जित गर्न नहुने बताउँदै उहाँले त्यसका लागि मानवताको गहिरो भावना, प्रतिबद्धता र कमजोरलाई जोगाउने हस्तक्षेप गर्ने तत्परता आवश्यक पर्ने बताउनुभयो । खतराको ठूलो सामना गरेर शान्ति सैनिकहरूले मानवताको गहिरो भावना र प्रतिबद्धतालाई मूर्त रूप दिइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति सैनिकले गरेको त्यस्ता प्रयासको गहिरो प्रभाव परेको छ भन्नुभयो ।  “यस अवसरमा म विश्वभर शान्तिको जोजीमा बलिदान दिने बहादुर शान्ति सैनिकहरूप्रति सम्मान एवं श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “उहाँहरूको निस्वार्थता र समर्पण हामी सबैको लागि प्रेरणको स्रोत हो ।” उहाँले कठिन चुनौतिको सामना गर्दै वीरता र करुणका साथ सेवा जारी राख्ने शान्ति सैनिकहरूप्रति प्रशंसा गर्नुभयो । 

नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि निरन्तर र जोडदाररूपमा वकालत गरेको र आगामी दिनमा पनि गर्ने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपालको प्रतिबद्धता विश्वमा शान्ति र सद्भावका चाहनामा निहित छ ।”

नेपालले विश्व शान्ति, प्रगति र समृद्धिमा संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण योगदानको प्रशांसा गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको शान्ति प्रयासमा नेपालले दृढतापूर्वक प्रतिबद्धता जनाउँदै आएको स्पष्ट पार्नुभयो । उहाँले विश्वमा शान्ति स्थापना नेपालको विदेश नीतिको महत्त्वपूर्ण अङ्ग रहेको बताउँदै यस कार्यको विश्वले प्रशांसा गरेको स्मरण गर्नुभयो ।

नेपालले हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना र प्रहरी खटाउने गरेको र थप दश हजारसम्म तालिमप्राप्त सेना परिचालन गर्ने वाचा गरेको तथ्यलाई जोड दिएकोप्रति गर्व महसुस भएको बताउनुभयो ।

प्रजातन्त्र दिवसको अवसरमा आयाेजित कार्यक्रममा राष्ट्रपति सरिक

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ७, सोमबार वर्गीकृत

काठमाडौं/७ फागुन, राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा  नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, मन्त्रिपरिषद् सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू,सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति पौडेललाई सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा शान्तिको कामना गर्दै सेतो परेवा उडाइएको  थियो भने नेपाली सेना, नेपाल प्रहरी तथा ससस्त्र प्रहरीका विभिन्न ब्याण्डले राष्ट्रिय गीतको धुन प्रस्तुत गरेका थिए !सो समारोहमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो ।

सोही अवसरमा नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि, तीनवटै सुरक्षा निकायबाट आकर्षक मार्चपास, उपत्यकाभित्रका विभिन्न स्थानीय तहले आ–आफ्ना सांस्कृतिक झल्किने झाँकीसमेत प्रस्तुत गरेका थिए । समारोहलाई प्रधानमन्त्रीले सम्वोधन गर्नुभएको थियो ।

Pages