add
Display Style: 
Column Style

स्थानीयको मन जितेर गजेन्द्र पुन: गोदावरीमा मेयर

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ जेठ ५, बिहिबार वर्गीकृत

गोदावरी नगरपालिकाका मेयरमा नेपाली कांग्रेसबाट  पुन: गजेन्द्र महर्जन निर्वाचित हुन सफल  भएको छ ।

महर्जनंले १९ हजार १७० मत प्राप्त  गरी  बिजय भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेया गम्भीरबहादुर रानाले ५ हजार २३२ मत प्राप्त  गरेको  छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीया राजकुमार महर्जनले १ हजार ४८३ मत पाएका छन ।

उपप्रमुखमा कांग्रेसबात मुना अधिकारीले १८ हजार ५२६ मत सहित  विजयी भएको छ । उहाँको निकटतम प्रतिद्धन्द्वीले१४ हजार ३०५ मत  प्राप्त  गरेको  छ ।

चन्द्रागिरीमा पुनः गिरी

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ जेठ ५, बिहिबार वर्गीकृत

चन्द्रागिरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका घनश्याम गिरी पुन: निर्वाचित भएका छन ।

गिरी पाँच  बर्ष  अघि पनि चन्द्रागिरी नगरपालिकामेको मेयरमा निर्बाचित भएका थिए। ३६ हजार ७०३ मत खसेकोमा गिरीले १५ हजार ४७५ मत ल्याइ बिजय भएको  थियो ।उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उत्तमबाबु राउतले१४ हजार ६१ मत ल्याउनु भएको थियो । उपमेयरमा भने नेकपा एमालेका बसन्ती श्रेष्ठ निर्वाचित हुनुभयो ।

श्रेष्ठंले १५ हजार ५६४ मत प्राप्त  गरेको थियो भने  निकटम प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चा पार्टीका रोसन दानीले ४ हजार ४५९ मत प्राप्त गरेको थियो ।

जनताको ढाड सेकाउने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख ३१, शनिबार वर्गीकृत

सरकारले आज राती १२ बजेदेखी लागू हुनेगरि डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर १० रुपैया  बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले उक्त  निर्णय गरेको हो ।

स्थानीय  चुनाबको मतगणना नै  जारी  रहेको  अवस्थामा सरकारको यस्तो  निर्णयले आम  जनताको ढाड सेकाउने काम भएकोमा सबैतिरबाट सरकारकाे आलाेचना भएको छ ।

उपमेयरमा सुनिता डंगोलको अग्रता कायमै

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख ३१, शनिबार वर्गीकृत

काठमाडौ महानगरपालिकाका उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डगोलकाे अग्रता कायमै  रहेकी छिन ।राष्ट्रिय सभागृह भृकुटीमण्डपमा जारी   मतगणना अनुसार  एमालेकी उम्मेदवार सुनिता डंगोल ५२० मतका साथ  अगाडि  रहन सफल भएकी छिन  ।

गठबन्धनबाट उम्मेदवारी दिनुभएका एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ११०, राप्रपाकी विनिता मगैयाले ८० मत प्राप्त  गरेकी छिन ।

६४ प्रतिशत मतदान भएको आयोगको अनुमान

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख ३०, शुक्रबार वर्गीकृत

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान भएको पत्रकार सम्मेलन मार्फत प्रमुख  निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनु भयो । देशभरका कुन कुन  ठाँउमा मतदान स्थगित  भयो भन्ने प्रश्नमा आयुक्तले १४ जिल्लाको ४४ स्थानमा स्थगित भएको जानकारी  गराउनु भयो

७० देखि ७५ प्रतिशत  मत खस्ने अनुमान गरेकोमा  देशभर ६४ प्रतिशत  मतदान  भएको  प्रारम्भिक अनुमान गरिएको  र धेरै मतदाता भएको ठाउँमा अपेक्षा विपरीत कम मात्र मत खसेको प्रमुख आयुक्त थपलियाले बताए ।

चन्द्रानन्द नेवाः मन्त

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख २९, बिहिबार वर्गीकृत

येँ महानगरपालिका वडा १८ या पुलांम्ह वडा अध्यक्ष लिसें पुलांम्ह वामपन्थी नेता चन्द्रानन्द नेवाः ९० दँय् मन्त।

वि.सं. २०१९ निसें हे वडाय् स्वतन्त्र उम्मेदवारया रुपय् विजयी जुया च्वनादीम्ह वय्कः वि.सं.२०३२ सालय् येँया प्रधानपञ्च समेत जुयादीगु खः । देशय् बहुदलीय व्यवस्था वयेधुंकाः २०४९ व २०५४ सालय् नं वय्कः स्वतन्त्र हे जुयाः वडाय् त्याकादीगु खः । मदुम्ह भाजु नेवाःया मस्त मदुसा जहान नं मदयेधुंकल ।

म्हिगः पशुपतिया आर्यघाटय् वय्कःया अन्तिम संस्कार याःगु खः ।

बुद्दीराज बज्राचार्य एमाले उम्मेद्दारसंग घरदैलो अभियानमा

Swoniga Online | २०७९ बैशाख २०, मंगलबार वर्गीकृत

नेकपा एमाले ललितपुर महानगरपालिकाको २१ वर्ष लामो मेयरको वागडोर सम्हालेका बुद्दीराज बज्राचार्य नेकपा एमाले ललितपुर महानगगरपालिका उम्मेद्दारसंग घरदैलो अभियानमा सहभागि हुनुभएको छ। ८६ वर्षे बज्रचार्य बिहानैदेखि ललितपुर महानगरपालिकाको २० नम्बर वडाका विभिन्न टोलमा मत माग्दै हिड्नुभएको थियो।

मेयरका उम्मेद्दार हरीकृष्ण ब्यञ्जनकार र उपमेयर मञ्जली शाक्य, वडाका अध्यक्षका उम्मेद्दार इन्द्रमुनी बज्राचार्य र वडा सदस्यका उम्मेद्धार सहित आज बिहान घरदैलो अभियानमा लाग्नुभएको थियो।

५ वर्ष सम्म वडाअध्यक्ष र त्यसपछि मेयरको जिम्मेवारी सम्हाल्नुभएका बज्राचार्यले एमालेलाई सहयोग गर्न घरदैलो अभियानमा सहभागि हुनुभएको हो। पुर्वमन्त्री बज्राचार्यले ललितपुर महानगरपालिकालाई सांस्कृतिक महानगर बनाउन एमालेको विजयी आवश्यक रहेको बताउनुभयो। भन्नुभयो–मैले हाम्रो भन्दापनि राम्रो उम्मेद्दार जिताउन अभियानमा सहभागि  भएको हुँ । उहाँ वडा नम्बर २० का स्थायीवासी हुनुहुन्छ । उहाले पद्मावती महाविहारमा आयोजित घरदैलो अभियानमा उहाले आफ्नो साथ र समर्थन एमालेका उम्मेद्दारसंग रहेको बताउनुभयो।

मेयरका उम्मेद्दार ब्यञ्न्जनकारले ललितपुर महानगरपालिकालाई यो स्थानमा ल्याउन पुर्वमन्त्री एवं दुई दशक लामो मेयरपद सम्हाल्नु भएका समाजसेवी बज्राचार्यको महत्वपुर्ण योगदान रहेको बताउनुभयो। हाल उहाँ ललितपुर विकासको लागि समाजका अध्यक्ष हुनुहन्छ। उहाको संस्थाको सहयोगमा महानगरभित्र करिब एक दर्जन बढी बिहार र सम्पदाको पुननिर्माण सम्पन्न भैसकेको छ।

उपमेयरका उम्मेद्दार मञ्जली शाक्यले उहाको साथ,सहयोग र हौसलाले निर्वाचनमा जित हासिल गर्न सकिने बताउनुभयो। भन्नुभयो–उहाकै कारण ललितपुर महानगरको विकास भएको हो,विश्वभरबाट परिचित पुर्वमन्त्री बज्राचार्यकै कारण ललितपुरलाई विश्वको नजरमा सम्पदाको शहर बनाउन मुख्य भुमिका रहेको छ।

वडा अध्यक्षका उम्मेद्दार इन्द्रमुनी बज्राचार्यले पुर्वमन्त्री बज्राचार्य कारण समग्र ललितपुरका विकास सम्भव भएको तर्क राख्नुभयो। उहाँकै प्रेरणा र महानिर्देशनबाट हामीले यो निर्वाचनमा विजयी हासिल गर्नेछौ–अध्यक्ष बज्राचार्यको भनाई छ। सो अवसरका पुर्वमन्त्री बज्रचार्यले मेयर, उपमेयर वडा अध्यक्ष र सदस्यलाई शुभकामना दिनुभएको थियो।

स्थानीय तहको चुनावमा उम्मेदवार बन्नेहरुमा शिक्षकबाट राजीनामा

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख १८, आइतबार वर्गीकृत

३० वैशाखमा हुने स्थानीय तहको चुनावमा उम्मेदवार बन्नेहरुमा शिक्षकबाट हालै राजीनामा दिनेहरु पनि छन् ।

चुनावको मिति घोषणा भएपछि ओखलढुंगामा मात्रै १२ जना शिक्षकले राजीनामा दिएका थिए । तीमध्ये पाँच जना वडाध्यक्षको उम्मेदवार बनेका शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुंगाले जनाएको छ ।

इकाइका प्रमुख नेत्र गजुरेलले भने ‘अहिलेसम्म पाँच जना शिक्षक तथा कर्मचारी विभिन्न दलबाट उम्मेदवार बन्नुभयो भनेको सुनेको छु । अरु पनि फिल्डमा हुनुहुन्थ्यो भन्ने सुनेको थिएँ । उहाँहरुको के भो जानकारी पाएको छैन ।’

निर्वाचन आयोगले सरकारी सेवा सुविधा लिइरहेका व्यक्ति स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेपछि शिक्षकहरुले राजीनामा दिएर उम्मेदवार बनेका छन् ।

खोटाङमा पनि २५ चैतयता सात जना शिक्षकले राजीनामा दिएको शिक्षा विकास तथा समन्वय इकाइ खोटाङले जानकारी दिएको छ । व्यक्तिगत कारण देखाएर राजीनामा दिएका शिक्षकमध्ये केही उम्मेदवार बनेको जानकारी पाएको इकाइ प्रमुख सेमन्त गौतमले जानकारी दिए ।

इकाइ प्रमुख नन्दलाल पौडेलले ठूलो संख्या नदेखिए पनि शिक्षक पदबाट राजीनामा दिएर राजनीतिमा लाग्ने प्रचलन देखिएको बताए । ‘पहिला नै राजीनामा दिएका चार जनाले पनि टिकट पाए भनेको सुनेको छु’ उनले भने ।

धादिङमा चुनाव घोषणा भएपछि ८ जना शिक्षकले राजीनामा दिएका थिए । तीमध्ये तीन जना उम्मेदवार बनेका छन् ।

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख १८, आइतबार वर्गीकृत

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ ।

भेटमा संघीय संसद प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान, आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवासमा वालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच आइतबार भेटवार्ता भएको हो।

स्थापितप्रति मतदाताको मोहः तपाईँ हाम्रो घर–दैलोमा आउँदा विकास आएको अनुभूति भयो

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख १८, आइतबार वर्गीकृत

काठमाडौँ । काठमाडौँ महानगरपालिका नेकपा (एमाले) तर्फका उम्मेदवार चुनावी एजेण्डासहित मतदाताको घर–दैलोमा पुग्न थालेका छन् । चुनावी घोषणापत्रसहित उम्मेदवारहरु आफ्नो घर–दैलोमा भेटिदाँ मतदाता पनि उत्साहित बनेका छन् । कतिपय मतदाताले घर–दैलो कार्यक्रममा आएका उम्मेदवारलाई विजयी भएर गएपछि पनि घर–दैलोको सरकार हो भन्ने अनुभूति गराउने गरी जनताकै बिचमा रहन सुझाव समेत दिन भ्याए । 

घर–दैलो कार्यक्रमको सिलसिलामा काठमाडौँ महानगरपालिका नेकपा (एमाले) तर्फका मेयर–उपमेयरका उम्मेदवार वडाध्यक्ष र सदस्यसहित वडा–४ को घर–दैलो कार्यक्रमका सिलसिलामा धुम्वाराही पुग्दा त्यहाँका मतदाता निकै उत्साहित बनेको देखिन्थ्यो । 

झण्डै २० वर्ष अघि एमालेकै तर्फबाट काठमाडौँको मेयर चलाउनु भएका केशव स्थापित मतदाताको घर–दैलोमा पुग्दा उहाँसँग धेरै मतदाताले काठमाडौँमा थप विकासको अपेक्षा गरेको बताए । निर्भीक स्वाभावकका स्थापित पूर्व कायममुकायम प्रधानन्यायशीध दीपकराज जोशीको निवासमा पुग्दा अवकाश जीवन बिताइरहनु भएका जोशीले उहाँलाई न्यानो स्वागत मात्रै गर्नुभएन, जीतको शुभकामना समेत दिन भ्याउनुभयो । ‘केशव मेरो पुरानो साथी हो, मत माग्दै मेरो घर–दैलोमा आइपुग्दा म खुशी छु,’ उहाँले भन्नुभयो, ‘केशव विकासप्रेमी नेता हो । काठमाडौँ थप समृद्ध बनाउन केशवलाई जितको शुभकामना छ ।’  

जोशीले त्यसो भन्दै गर्दा स्थापितले पनि आफ्नै शैलीमा जोशीलाई अँगालोमा बाध्नुभयो र भन्नुभयो– ‘फोन गर्न भ्याएको थिइन, आज आफैँ आए ।’ स्थापितले आफ्नै छेउमा उभिँनु भएकी उपमेयर पदकी उम्मेदवार सुनिता डंगोललाई देखाँउदै थप्नुभयो– ‘एमालेले अनुभवी र युवापुस्ताको मिश्रित टिम उठाएको छ । मसँग अनुभव छ, सुनितासँग युवा पुस्ताको साथ, काठमाडौँ थप व्यवस्थित र आहा ! भन्ने बनाउने यो बाहेक अर्को टिम छ त ? हाउ–भाउसहितको स्थापितको अभिव्यक्तिपछि जोशीले आफ्नै पाराको मुस्कानसहित डंगोल र वडाका टीमलाई पनि शुभकामना भन्नुभयो ।  

जोशी मात्रै होइन घर–दैलो कार्यक्रमकै सिलसिलामा धुम्बाराहीको महालक्ष्मी टोल पुग्दा त्यहाँका मतदाता पनि उत्साहित बनेको देखिन्थ्यो । महालक्ष्मी टोल सुधार समितिका अध्यक्ष शिव बस्नेत स्थापित सहितको टोली आफ्नो घर–दैलोमा आइपुग्दा विकास पनि आफ्नै टोलमा आएको अनुभूति भएको भन्दै उहाँले २० वर्ष पहिलाको स्थापितको विकासप्रतिको मोहको व्याख्या यसरी गर्नुभयो– ‘पहिला पनि तपाईँको मेयरको कार्यकाल एक दिन मात्रै बाँकी हुँदा यहाँको बाटो खोलिदिनु भएको थियो । तपाईँबाट हामीले अझै पनि यस्ता विकासका कामको अपेक्षा गरेका छौँ ।

तपाईँबाट विकास निर्माणको काम थप अघि बढ्न भन्नेमा आशावादी छौँ ।’ बस्नेत जस्ता युवाको अपेक्षालाई पूरा गर्ने बाचा गर्दै स्थापितसहितको टोलीले झण्डै तीन घण्टा घर–दैलो गर्दा मतदाताले उहाँलाई मिश्रित सुझाव दिए । धुम्वाराहीकै मतदाता प्रोफेसर दुर्वेस रेग्मीले निर्वाचन जितेपछि पनि जनतासँगको सहकार्यलाई बेवास्ता नगर्न सुझाव दिनुभयो । ‘विजयी भएपछि पनि तपाईँले यहाँको विकासका लागि अनुभवी र चाहिने व्यक्तिसँग सल्लाह लिन नविर्सिनु,’ उहाँले भन्नुभयो, ‘तपाईँसँग मेरो पुरानो चिनजान हो । विकासका लागि धेरै अपेक्षा गरेका छौँ । विजयीको शुभकामना छ ।’ 

धुम्वाराहीकै मतदाता प्राध्यापक विजय खरेलले स्थापित बहुप्रतिभाशाली व्यक्ति भएकै कारण अघिल्लो कार्यकाल सफल भएको स्मरण गराउँदै उहाँले भन्नुभयो– ‘उहाँले पहिलो कार्यकालमा बाटो निर्माणलगायतका सन्दर्भमा निकै राम्रो गर्नुभएको थियो । उहाँ काठमाडौँ महानगरपालिकाका लागि चाहिने मेयर हो ।’ 

घर–दैलो कार्यक्रममा प्रदेश सांसद नारायण सिलवालसहित धुम्वाराही पुग्नु भएका स्थापितले विकास भएको ठाउँमा भन्दा पनि विकास हुन बाँकी रहेको ठाउँमा घर–दैलो गर्ने भन्दै आफ्नै पारामा भन्नुभयो– ‘केशव भनेको विग्रेको ठाउँ बनाउने मान्छे हो, म घर–दैलोमा मात्रै यहाँ आएको होइन । मेयर निर्वाचित भएपछि मैले कहाँ–कहाँ, के–के काम गर्नुपर्ने छ भनेर हेर्न आएको हुँ । मलाई विकास भएको होइन, विकास गर्न बाँकी ठाउँ देखाउनु ।’ वाजागाजासहितको टोली मतदातासँग मत माग्दै हिँड्दा धेरैले स्थापित र डंगोलसँग सेल्फी खिचेका दृष्यहरु पनि देखिन्थे । कतिपय मतदाताले चाँहि केशव स्थापितलाई नजिकबाट नदेखे पनि उहाँको विकासबारे प्रसस्तै सुनेको बताए । प्रज्वल खड्काले काठमाडौँ महानगरपालिकाको वडा–४ मा अन्य वडाको तुलनामा विकास भएको भन्दै थप विकासका लागि विकासप्रेमि नेता नै आवश्यक हुने बताउनुभयो । ‘जितेर आउने जनप्रतिनिधिले वाटो, पानी, ढल जस्ता विषयमा बढी ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘अहिले घर–दैलोमा आउने मत माग्ने अनि हामीले मत दिने भनेको उहाँहरुले विजयी भएपछि हामीलाई विकास दिने हो । हामी मत दिन्छौँ । उहाँहरुले विकास दिनुहोला भन्ने सुझाव छ ।’ 

जनतासँग प्रत्यक्ष जोडिएको पार्टी भएकाले एमाले काठमाडौँ महानगर कमिटीले दैनिक बिहान–बेलुका घर–दैलो कार्यक्रम गर्ने महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिनुभयो । ‘हामी मतदाताका बिचमा जान्छौ,’ उहाँले भन्नुभयो, ‘जित हाम्रो पक्षमा पार्छौ ।’

Pages