add
Display Style: 
Column Style

कांग्रेसका प्रवक्ता महतले तालमेल सफल भएको दाबी

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख १८, आइतबार वर्गीकृत

स्थानीय चुनावबारे नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले तालमेल सफल भएको दाबी गरेका छन् । अपवाद बाहेकका ठाउँमा पार्टीको निर्णयलाई स्वीकार गरेर कांग्रेस नेता कार्यकर्ताले स्वीकार गरेको बताए ।

कतिपय पालिकामा आफ्नो मतदाता धेरै भएकाले अरुलाई किन प्रमुख दिएको भन्ने भावना पनि रहेको बताए ।

समग्रमा ठीक भएको भन्दै उनले भने, ‘एकाध स्थानीय तहमा, जहाँ अझै विद्रोही उम्मेदवार हुनुहुन्छ । ती साथीहरुले पनि पार्टी र गठबन्धनले तय गरेको उम्मेदवारको पक्षमा आउनु हुनेछ भन्ने विश्वास छ ।’

लहना मिडियालाई सिद्धिचरण पत्रकारिता पुरस्कार घोषणा

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख १८, आइतबार वर्गीकृत

यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार हास्यव्यंग्यको क्षेत्रमा क्रियाशील संस्था सिस्नुपानी नेपाललाई प्रदान गरिने भएको छ। शनिबार युगकवि सिद्धिचरण प्रतिष्ठानको बैठकले सो निर्णय गरेको हो। प्रतिष्ठानका अध्यक्ष कवि वैरागी काइलाको अध्यक्षतमा बसेको बैठकले गत तीन वर्षको सिद्धिचरण पत्रकारिता पुरस्कार पनि घोषणा गरेको छ।  

प्रतिष्ठनका सदस्य डा. फणिन्द्र निरौलाका अनुसार ओखलढुंगाका पत्रकार गजुरधन राई, भोजपुरका पारस नेपाल र काठमाडौमा रहेका लहना मिडियालाई सो सिद्धिचरण पत्रकारिता पुरस्कार घोषणा गरेको हो। युगकवि सिद्धिचरण श्रेष्ठको सम्पादन र प्रकाशनमा निजी क्षेत्रबाट पहिलो दैनिक पत्रिका ‘आवाज’ प्रकाशन भएको थियो।

नेपाली पत्रकारिता क्षेत्रका श्रेष्ठको योगदान रहेका कारण हरेक वर्ष प्रतिष्ठानले युगकविको नाममा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। २००७ फाल्गुण ८ गते निजी क्षेत्रबाट प्रकाशित नेपालको पहिलो दैनिक पत्रिका ‘आवाज’ प्रकाशित भएको थियो।

युगकवि सिद्धिचरण पत्रकारिता पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको कविका सुपुत्र रविचरण श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार पुरस्कारको छनौट डा. मोहन लोहनीको संयोजकत्वमा कवि शैलेन्द्र साकार सदस्य रहेको समितिले गरेको थियो

नेवाः अडान पौ किपूया प्रमुख राजनीतिक दल व उम्मेदवारपिनिगु प्रतिबद्धता

Swoniga Online | २०७९ बैशाख १८, आइतबार वर्गीकृत

स्थानीय तहया चुनावय् थःपिं त्याना वनीगु अवस्थाय् नेवाःतय्गु मंकाःगु अडान पौ कथं ज्या यायेत तयार दु धकाः किपुलिइ क्रियाशिल जुयाच्वंगु प्रमुख पार्टीया नेतानिसें उम्मेदवारपिन्सं प्रतिबद्धता प्वंकादीगु दु ।

एमालेया किपू नगर समितिया अध्यक्ष राधाकृष्ण बस्नेत, एमालेपाखें मेयर उम्मेदवार जुयादीम्ह केशरत्न बज्राचार्य, उपमेयरया उम्मेदवार जुयादीम्ह विन्दु महर्जन, नेपाली कांग्रेस किपू नगर समितिया उपसभापति रजिता महर्जन गौतम, कांग्रेसया चुनाव चिं कया उपमेयरय् उम्मेदवार जुयादीम्ह जसपाया नेतृ सुनिता महर्जन शाक्य, माओवादी केन्द्रपाखें मेयर उम्मेदवार जुयादीम्ह प्रा. डा. शिवशरण महर्जन लगायतपिन्सं नेवाः मंकाः पौयात कया उगु कथं प्रतिबद्धता प्वंकादीगु खः।

थःपिं चुनावयु त्याइगु अवस्थाय् नेवाः मंकाः अडान पौयात कार्यान्वयन यायेगु नितिं एकीकृत समाजवादीया उम्मेदवार नापं नेतापिं, नेपाल मजदुर किसान पार्टीया उम्मेदवार नाप. नेतापिन्सं नं प्रतिबद्धता प्वंकादीगु खः। शुक्रवाः नेवाः देय् दबू किपू नगर समितिं सांस्कृतिक बाजा गाजा सहित जुलुस पिकया किपुलिइ क्रियाशिल जुयाच्वंगु थीथी राजनीतिक पार्टीया ज्याकुथिइ हे वना नेवाः मंकाः अडान पौ लःल्हाःगु इलय् राजनीतिक दलया नेता नापं उम्मेदवारपिन्सं उगु कथंया प्रतिबद्धता प्वंकादीगु खः।

देय् दबू स्वनिगः विशेष प्रदेशं तयार याःगु झिंच्यागू बुँदा नापं किपूया सन्दर्भयात कया थप स्वंगू बुँदा दुथ्याका मुक्कं नीछगू बुँया अडान पौ देय् दबू किपू नगर समितिया अध्यक्ष बुद्धिलाल ज्यापु, देय् दबू येँ जिल्लाया नायो धनबहादुर महर्जन व देय् दबू स्वनिगः विशेष प्रदेशया अध्यक्ष श्रीकृष्ण महर्जनं मंकाः कथं लःल्हनादीगु खः । उगु कथंया अडान पौ लःल्हायेगु ज्या निरन्तर रुपं थाय् थासय् जुइ धकाः स्वनिगः विशेष प्रदेशया अध्यक्ष महर्जनं धयादीगु दु।

किपुलिइ लःल्हाःगु अडान पतिइ किपूया सन्दर्भय् दुथ्याकूगु स्वंगू बुँदा थुगु कथं दुः

क) त्रिभुवन विश्व विद्यालय व किपूया समुदायया दथुइ २०७२ सालं जूगु सम्झौता याकनं कार्यान्वयन यायेमाः। नापं किपू नगरपालिकाया नियम कथं नक्सा पास मयासे कानुनयात हाचांगाया त्रिविपाखें भवनत दयेकेगु ज्या यानाच्वंगुुलिं कानुनया दायराय् हयेमाः।

ख) किपू नगर दुनेया सार्वजनिक जग्गात भागाधिकार थीथी संघ संस्थापाखें यानाच्वंगु दु । अज्वःगु संस्थापाखें सामाजिक दायित्व व किपूवासीपिन्त लाभ बिइगु कथं ज्या यानाच्वंगु खने मदु । उकिं अज्वःगु संस्थायात आम्दानीया हिस्सा सामाजिक दायित्व कथं किपू नगरवासीया नितिं ज्या याकेमाः।

ग) किपू नगरपालिका वडा नं. १ लागा लाय्कूया गुरु योजना दयेकेमाः । नापं तलेजु द्यःछेँ नापं देगः नेवाः वास्तुकला कथं पुनःस्थापित यायेमाः ।

आजबाट ललितपुर महानगरमा उम्मेदवारको घरदैलो अभियान शुरु

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख १६, शुक्रबार वर्गीकृत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर महानगरपालिका मेयर , उमपेयर , वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार आजबाट घरदैलो अभियानमा  शुरु गरेका छन् । महानगरलाई लालकिल्ला बनाउने योजनाका साथ उम्मेदवारहरु चुनावी घरदैलो शुरु गरेका हुन । अन्य दलले घरदैलौ कार्यक्रम शुरु नगर्दै एमालेका उम्मेद्धारले उल्लासका साथ घरदैलो शुरु गरेका हुन । 

‘सुर्यमा छाप झ्याप झ्याप’ भन्ने नारासहित आजबाट कार्यकर्ताको घरदैलोमा मत माग्न हिड्न थालेका छन् । एमाले जनताको हकहितमा काम गर्ने पार्टीका रुपमा परिचित रहँदै गर्दा विजयी हुने सुनिश्चितताका साथ मत माग्न वडा नं ७ र ८ च्यासलबाट अभियान शुरु गरिएको मेयर पदका उम्मेदवार हरीकृष्ण व्यञ्जनकारले बताए । 

उनले भने – “यस पटक महानगरपालिकामा एमालेले विजय हासिल गर्ने निश्तित भइसक्यो । हाम्रो पार्टीका नेता विजय भएपश्चात यस स्थानको मुहारै फेरिदिने छौँ । भर्खरै मुलुकमा न्यूनिकरण हुँदै गइरेको कोरोना महामारीले थलिएका जनताको हितमा समेत विभिन्न काम गर्ने योजना एमालेको रहेको छ ।” कला र संस्कृतिले भरिपूर्ण सो महानगरपालिकामा विभिन्न सम्भावना खोजि गरी जनतालाई रोजगारी प्रदान गरिने लक्ष्य समेत आफूहरुले बोकेको उनको धारणा थियो । 

यसैगरी उप मेयर पदको उम्मेदवार मञ्जली शाक्य (आस्था)ले महानगरवासीको हक अधिकार सुचिनिश्त गर्न आफूले आसन्न निर्वाचनमा सहभागिता दाबी गरिन । उनले भनिन, “हाम्रो सरकार आएमा कसैले पनि भौकै र नाङ्गै हुनुपर्ने छैन । समाजमा शिक्षा, स्वास्थ्य, खानपान, रोजगार आदिको व्यवस्था अब एमालेको सरकारलेनै गर्ने छ ।” सो पटक महानगरवासीले एमालेनै चाहेको हुँदा आफूहरुले राम्रो मतपरिणामको अपेच्छा समेत गरिरहेको शाक्यले जनतालाई आस्वासन दिइन । 

सो घरदैलो अभियान आज च्यासलका घर तथा टोलबाट शुरु गरी थुप्रै महिला तथा युवा र केही ज्येष्ठ नागरिकको सहभागितामा अघि बढाइएको थियो । 

उक्त क्रममा सो वडाका जनताका साथै उम्मेदवारले बोकेको एमाले झण्डाका कारण टौलनै रमझम देखिएको थियो । 

भोट के मा ? सूर्यमा ! सूर्य कस्को ? जनताको ! भन्दै सो पार्टीका कार्यकर्ताहरु घरदैलो अभियानमा खुबै रमाइरहेका समेत देखिन्थे । उनीहरुले उम्मेदवार आउदा सगुन र फुल मालाले स्वागत गरेका थिए । उक्त कार्यक्रम कुनै जात्रा तथा पर्व वा चाड भन्दा कुनै कम्ती भने देखिएको थिएन । त्यसक्रममा अधिकांस स्थानीयले यो स्थानीय निर्वाचनले एमालेलाई सानदार रुपमा विजयी हासिल गराउने प्रतिवद्र्धता दर्साएका थिए । 

घरदैलो कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज शुशिला नेपाल, जिल्ला कमिटि सचिवालय सदस्य केशवराज आचार्य, वडा नम्बर ७ का अध्यक्ष सुरेन्द्र महर्जन र ८ का अध्यक्ष राजमान महर्जनको सहभागिता रहेको थियो । करिब ४ घण्टा सम्म चलेको घरदैलो अभियानमा उम्मेद्धारले मन्दीर दर्शन गरेका थिए । उनीहरुलाई वडाका टोल , समुह, गुठीका , ज्यापु समाजसंग आबद्ध व्यक्तिको उपस्थिति रहेको थियो ।

माओवादीबाट वडाध्यक्षका उम्मेदवार बनेका डंगोल पार्टी परित्याग गर्दै एमाले प्रवेश

Swoniga Online | २०७९ बैशाख १६, शुक्रबार वर्गीकृत

नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बन्नुभएका रामशरण डंगोल नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँलाई नेकपा (एमाले)को तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले टिका लगाएर एमाले प्रवेश गाराउनु भएको हो।

पार्टी प्रवेशसँगै एक विज्ञप्ति जारी गर्दै नेकपा माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । ‘म २०४३ सालदेखि निरन्तर वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आएको र वामपन्थी आन्दोलनको माध्ययमबाट मात्रै मुलुक समृद्ध बनाउन सकिन्छ भन्ने दृढ अठोट बोकेको व्यक्ति हुँ,’ उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘मेरो जीवनका महत्वपूर्ण र उर्जाशील समय मैले वामपन्थी आन्दोलनमै सक्रिय भएर विताएको स्मरण गराउँन चाहन्छु ।’ 

उहाँले जारी गरेको विज्ञप्तिमा ०६२–०६३ देखि तत्कालिन नेकपा माओवादी केन्द्रमा सक्रिय रहँदै आएको मैले माओवादी केन्द्रमा रहँदा जिल्ला कमिटी सदस्य र काठमाडौँ महानगर कमिटीको महत्वपूर्ण जिम्मेवारी सम्हालेको पनि स्मरण गराउनु भएको छ ।  

‘यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मेरो पार्टीप्रतिको योगदान, मेरो सक्रियता र मेरा वडावासीको अपार स्नेहलाई सम्मान गर्दै वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेको थिएँ,’ उहाँले भन्नुभएको छ, ‘नेकपा (एमाले)ले अनुभवी र युवा पुस्ताको संयोजनसहित उम्मेदवार चयन गर्दै गर्दा पाँच दलीय गठबन्धनले भने गठबन्धनका नाममा काठमाडौँ महानगरपालिका मात्रै होइन अन्य विभिन्न पालिका र वडाहरुमा पनि उम्मेदवार चयन गर्दा नातावाद, कृपावादलाई प्राथमिकता दिएको छ ।’

उहाँले नातावाद र कृपावादलाई प्राथमिकता दिदाँ पार्टीमा लामो योगदान गरेका कार्यकर्ता पाखा परेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । ‘मैले यस्तो कार्यको सुरुदेखि नै विरोध गर्दै आएको थिएँ,’ उहाँले भन्नुभयो, ‘गठबन्धनका नाममा हामी जस्ता पार्टीमा योगदान गरेका व्यक्तिलाई पाखा पार्ने गलत नियतका साथ म उम्मेदवार बनेको काठमाडौँ महानगरपालिका वडा–१३ बाट नेपाली काँग्रेसको उम्मेदवार बनाउने काम भयो ।’

उहाँले सबै भन्दा बढी मतदाता भएको र वडामा लोकप्रिय व्यक्तिलाई टिकट दिने भन्ने गठबन्धनको सहमति समेत लत्याउँदै आफ्ना विरुद्धमा अर्को अध्यक्षको उम्मेदवार खडा गरेपछि आफूले राजिनामा दिएको उहाँको भनाई छ । ‘मैले आज मेरो वडाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिदैँ नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बन्नुभएका कमरेड धु्रर्वनारायण मानन्धरलाई समर्थन गर्ने गरी नेकपा माओवादी केन्द्रका सबै जिम्मेवारीबाट अलग भई नेकपा (एमाले) प्रवेश गरेको जानकारी गराउँछु,’ उहाँले भन्नुभयो, ‘मेरो राजनीतिको सुरुवाती चरणमा काम गरेको पार्टी नेकपा (एमाले)मा आज करीब १८ वर्षपछि फर्किदैँ गर्दा म अत्यन्त उत्साहित मात्रै भएको छैन।

समकालिन राजनीतिका चर्चित व्यक्तित्व कमरेड केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको पार्टीमा रहेर आगामी दिनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा साकार पार्ने महाअभियानमा निरन्तर लाग्ने प्रण गर्दछु ।’ उहाँले त्यो आकाङ्क्षालाई उदेश्य वा गन्तव्यको रुपमा ग्रहण गरेर अघि बढ्ने आफ्नो पहिलो दायित्व रहने पनि उहाँले बताउनुभयो ।

पत्रकार दबू येँ जिल्लां हलि नेवाः दबूयात भिंतुना देछात

Swoniga Online – स्वनिगः संवाददाता | २०७९ बैशाख १४, बुधबार वर्गीकृत

नेवाः पत्रकार राष्ट्रिय दबू येँ जिल्लां थौं छगु ज्याझ्वः याना हलि नेवाः दबू नेपाः च्याटरयात भिंतुना देछाउगु दु।

पत्रकार दबू येँ जिल्लाया ज्याकुथि वंगु शनिवाः हलि नेवाः दबूया न्हापागु अबिधेशनय् सुरेन्द्रभत्त श्रेष्ठया नेतृत्वय् झीन्याम्हेसिगु ज्यासना पुचः सर्वसम्मत ल्यःगु खः।

पत्रकार दबू येँ जिल्लाया सचिव रत्नकाजी महर्जनं न्ह्याकूगु उगु ज्याझ्वलय् अध्यक्ष अरर्बिन्द्र मान सिं व उपाध्यक्ष प्रबिन प्रजापतिं न्हुगु ज्यासना पुचःयात भिंतुना देछानादीगु खः।

बालबिवाह रोकथाम अभियानलाई थाले सामाजिक अभियन्ता कल्पना महर्जन

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख १४, बुधबार वर्गीकृत

बिश्व कीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालबिवाह रोकथाम अभियानलाई थालेकी छिन् । कल्पनाले ललितपुर जिल्लाको दुर्गम गाउँं डुकुछापबाट अभियानको सुरुवात गरेकी छिन् ।

नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो । नेपालको वि.सं. २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार अधिराज्यभर दनुवारहरुको सड.ख्या ८४ हजार एक सय १५ रहेका छन् । नेपालको काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड, सुनसरी, रौतहट मकवानपुर, सर्लाही आदि जिल्लाहरुमा दनुवारहरु बसोबास गर्दै आएका छन् ।

कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा ललितपुरको गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार बस्तीमा पुगेर सचेतना अभियानको थालनी गरेकी हुन् ।

कल्पना ती स्कुल र वस्तीमा पुगेर बालबाबिबाहका विषयमा जानकरी दिन पुगेकी हुन् । साथै उनले बालविबाहका नकारात्मक पक्षहरुका विषयहरुमा जानकारी दिंदै वालविवाह नगर्न नगराउन आग्रह गरी जनचेतना जगाएकी हुन् । कल्पनाले सगरमाथा चढ्दा वि.सं. २०७६ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको बालबिवाह रोकथाम अभियान गर्ने सगरमाथाको चुचुरोबाट उद्धघोष गरेकी थिइन् ।

दनुवार जाति भरसक आफ्नै गाउँमा विवाह गर्छन् । यो समाजमा बालविवाह एवम् बहु विवहाको प्रचलन छदैछ । गरिबी जनचेतनाको अभवा जस्ता बाध्यात्मक कारण बाहेक सामाजिक सञ्जाललगायतको बढ्दो प्रयोगसँगै स्वेच्छाले परिवारको स्वीकृति विना पनि भागेर बालविवाह हुने गरेको वास्तविकता पनि छ ।

ललितपुर महानगरपालिका स्थापना भएको १०० औं दिन तथा वाडंमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०० औं जन्मोत्सवको उपलक्षमा कल्पनाले सर्वोच्च शिखरबा नगरपालिको लोगो अंकित झन्डा र जोशीको फोटो अंकित झन्डा सर्वोच्च शिखरको सगरमाथामा फह¥याएका थिइन् ।

एक्स्पेरियन्स आउटडोर्स नेपालको ब्यवस्थापनमा भएको सगरमाथा आरोहणको सिलसिलामा बोकेको नारा शिक्षाको माध्यबाट बालबिवाह रोकथाम अभियान २०१९ वि.सं. २०७५ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाबाट उदघोष गरेकी थिइन् । यो अभियान कीर्तिमानी सगरमथा आरोही कल्पनाले संस्थाका थप साझेदार सामुदायिक विद्यालयहरुमा प्रभावकारी ढंगले अघि बढाउने बताएकी छिन् ।

बिश्वको सर्वोच्च शिखर सगरमाथाको दुबै मोहोडा नेपाल दक्षिणीतर्फबाट (सन् २०७५ जेष्ठ ९ गते) उत्तरी मोहोडा (तिब्बततर्फबाट सन् २०७६ जेष्ठ ९ गते) का दिन सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकारको बिश्व कीर्तिमानी राख्न कल्पना सफल बनेकी हुन्।

जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख १४, बुधबार वर्गीकृत

सरकारले आउँदो जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

हप्तामा दुई दिन बिदा दिएपछि अरू दिन भने बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय समय कायम गरेको मन्त्री कार्कीले बताउनुभयो । यो बिदा परीक्षणका रूपमा रहने उहाँले बताउनुभयो । सरकारले आउँदो जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

हप्तामा दुई दिन बिदा दिएपछि अरू दिन भने बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय समय कायम गरेको मन्त्री कार्कीले बताउनुभयो । यो बिदा परीक्षणका रूपमा रहने उहाँले बताउनुभयो । 

बेलायतबाट ‘कैदीको पत्र’ को फस्ट लुक

Swoniga Online – Swonigaonline Reporter | २०७९ बैशाख २, शुक्रबार वर्गीकृत

सार्वजनिक बेलायतमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’ को फस्ट लुक सार्वजनिक भएको छ । नयाँ बर्ष २०७९ को अवसरमा चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक गरिएको हो ।

चलचित्रको सम्पूर्ण निर्माण सम्पन्न भएर विश्वव्यापी प्रदर्शनको तर्खरमा रहेको चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको हो ।

बेलायतमा रहेका बरिष्ठ रंगकर्मी तथा अभिनेता सनम कुमार बैरागको निर्देशनमा बनेको चलचित्रको सम्पूर्ण छायाङ्कन बेलायतको स्कटल्यान्डमा भएको हो ।

चलचित्रको छायाङ्कन ४० दिनमा सम्पन्न भएको निर्देशक बैरागले जानकारी दिनुभयो । भिजन संसार प्रा.लि.को व्यानरमा निर्मित चलचित्रमा गीत, पटकथा तथा संवाद निर्देशक वैरागले नै लेखेका छन् ।

चलचित्रको कथा बेलायतमा नै आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्वर्गिय ईश्वर मानन्धरको कथा संग्रह कैदीको–पत्रमा आधारित रहेको छ । चलचित्रमा बेलायतमै रहेका नेपाली तथा विदेशी कलाकारहरुले अभिनय गरेको जानकारी बैरागले बताए ।

यस चलचित्रमा बेलायतका लागि पूर्व नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको समेत अभिनय रहेको छ ।

म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापालगायतका कलाकारहरुको विशेष अभिनय रहेको छ ।

राष्ट्रपति भण्डारीं संविधान दिवस २०७८ या लसताय् पदक लल्हानादील

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख १, बिहिबार वर्गीकृत

राष्ट्रपति विद्यादेवी भण्डारीं संविधान दिवस २०७८ या लसताय् थीथी मनू तयेत थौं छगु ज्याझ्वः दथुइ पदक लल्हानादीगु दु।

वंगु असोज ३ गते संविधान दिवसया लसताय् सरकारं याउगु सिफारिसय् राष्ट्रपति भण्डारीपाखे घोषितमध्ये नेपाल रत्न मानपदवी पूर्वप्रधानमन्त्री मदुम्ह कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरव मन्त्रिपरिषदया पूर्वअध्यक्ष मदुम्ह सुवर्णशमशेर राणा व पूर्वप्रधानमन्त्री झलनाथ खनालयात लल्हानादीगु खः।

अथेहे महाउज्ज्वल राष्ट्रदीप राजनीतिज्ञपि मदुम्ह तुलसीलाल अमात्य, मदुम्ह मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा मदुम्ह दुर्गानन्द झा व स्वरसम्राट मदुम्ह नारायणगोपाल गुरुवाचार्ययात लल्हानादीगु खः। अथेहे सुप्रसिद्ध प्रबल जनसेवाश्रीपाखे राजनीतिज्ञपि प्रदीप नेपाल, मदुम्ह पोष्टबहादुर बोगटी, मदुम्ह मार्शलजुलुम शाक्य व उज्ज्वल कीर्तिमय राष्ट्रदीप सर्वाेच्च अदालतया न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठयात लल्हानादीगु खः। थौं विभूषण कयादीपि न्यासःया ल्याखं दु।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधि सभाया सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाया अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष्ण खाण लगायतया मन्त्री व उच्चपदस्थ अधिकारीपिनिगु उपस्थितिइ राष्ट्रपति भवन शीतल निवासय् छगु विशेष समारोह दथुइ लल्हायेगु ज्या जुगु खः। 

Pages