add
Display Style: 
Column Style

पत्रकार महासंघकाे कदमकाे विराेध

Swoniga Online – Surendra Bhakta Shrestha | २०८० माघ २७, शनिबार वर्गीकृत

नेवाः पत्रकार राष्ट्रिय दबूका सचिव राजु नापितले एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ प्रतिस्थान प्रदेशबाट भोलि प्रकाशन गर्न लागेको “अग्र अनुहार, कथा अग्रजको, गाथा महासंघको” पुस्तकले विगतको इतिहासलाई सच्याउनुको साटो विगतकै गल्ती पुनरावृत गर्न खोजेको आरोप लगाएको छ ।

महासंघले प्रकाशन गर्न लागेको सो पुस्तकमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष स्व. सत्यनारायण बहादुर श्रेष्ठको योगदान छुट्याइएकोमा आपत्ति जनाउँदै यस्तो खबरदारी गरिएको हो ।
स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठ, नेपालमा पहिलो पटक पत्रकारहरुको हकहितका लागि पत्रकारहरुलाई संगठित गरी त्यसको नेतृत्व गर्ने व्यक्तित्व हुनुहुन्छ । २००७ सालको प्रजातन्त्र बहालीपछि तत्कालीन नेपाल टुडेका सम्पादक स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठले २००८ साल जेठमा नेपाल पत्रकार संघ स्थापना गरी त्यसको सभापति भएर नेपालका पत्रकारहरुको नेतृत्व गर्नुभएको थियो । वि सं २००९ साल वैशाख २२ मा आर्यसमाज मन्दिर भोटाहिटीमा भएको नेपाल पत्रकार संघको दोस्रो सभाबाट पुनः सभापति हुनुभएका सत्यनारायणबहादुर श्रेष्ठले संघको तर्फबाट २००९ साल पुसमा सरकार समक्ष आफ्नो मागपत्र प्रस्तुत गरेको अहिलेसम्मको नेपालको छापाखाना तथा पत्रपत्रिकाको इतिहास र विभिन्न तथ्यले पुष्टि गर्दै आएको छ ।
दबूले यो तथ्य जगजाहेर रहेको र यस बिषयमा नेवाः पत्रकार राष्ट्रिय दबूले पटक पटक नेपाल पत्रकार महासङ्घलाई सच्याउन आग्रह गर्दै आएको छ । दबूसँगको छलफलमा महासंघले विधानमा उल्लेख नभएको कारणले अहिले उहाँलाई संस्थापकको रुपमा उल्लेख गर्न नसक्ने बताएको अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले मेरो साप्ताहिकलाई बताउनु भयो ।
महासंघलाई पुस्तकमा पत्रकारहरुका प्रथम संगठक श्रेष्ठको योगदानलाई पनि समावेश गर्न आग्रह गर्दा यस सम्बन्धमा तत्काल आफूहरुले केही गर्न नसक्ने बताएको उहाँको भनाइ छ ।
महासंघकै पदाधिकारीहरुले समेत सत्यनारायण बहादुर श्रेष्ठ महासंघको संस्थापक भएको कुरामा सहमत भए पनि विधानमा उल्लेख नभएका कारण संस्थापक भन्न नसकेको विभिन्न कार्यक्रममा उल्लेख गर्दै आएको छ । महासंघको इतिहाससँग सम्बन्धित भएर प्रकाशन गर्न लागिएको पुस्तक प्रकाशन पूर्व नै सच्याउन दबूले आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली पत्रकारिताको इतिहासमा यति गहकिलो कार्य हुँदै गर्दा नेपाल पत्रकार संघका संस्थापक सभापति श्रेष्ठको जीवनी समावेश नहुनु, उहाँको योगदानलाई अबमूल्यन गरिनु, उहाँका बारेमा पुस्तकमा कतै केही उल्लेख नहुनु जस्ता कार्यले गम्भीर प्रश्न खडा भएको छ । गल्ती शुरूमा गर्ने भन्दा त्यसलाई दोहर्याउने झन् मुर्खता हुनेछ । के महासंघ सम्बद्व पक्ष भोलिको कदमलाई मूर्खता साबित गराउन खोजेको हो ? के महासंघ ईतिहासको तथ्यलाई स्वीकार गर्न नचाहेको हो ? पत्रकार महासंघलाई पत्रकारको संगठन बनाउन नचाहेको हो ? यहि प्रश्नका साथ गलत तथ्यलाई नै निरन्तरता दिने महासङ्घको कदमप्रति नेवाः पत्रकार राष्ट्रिय दबूको गम्भीर ध्यानाकर्षण भएको छ । हामी यसै विज्ञप्तिमार्फत सो प्रकाशन रोक्न जोडदार माग गर्दछौं । सो पुस्तक प्रकाशन हुँदा पत्रकार महासङ्घको इतिहास र गरिमामा गम्भीर प्रश्न उठ्ने हाम्रो ठहर छ । हामी आग्रह गर्दछौं, प्रतिष्ठान प्रदेशको सो प्रकाशन तत्काल रोकियोस् ।’

यसैबीच,  आदिवासी जनजाति पत्रकार महासंघ फाेनिजले पनि महासंघकाे कदमकाे विराेध गरेकाे छ ।

 

संविधानमा नि:शुल्क भनेर उल्लेख गर्ने तर व्यवहारमा उपचार नपाउँदा नागरिक मर्ने अवस्था हुनुहुँदैन - स्वास्थ्य मन्त्री बस्नेत

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २६, शुक्रबार वर्गीकृत

ललितपुर/२५ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्यलाई संविधानमा नि:शुल्क भनेर उल्लेख गर्ने तर व्यवहारमा निशुल्क उपचार नपाउँदा नागरिक मर्ने अवस्था हुनुहुँदैन भन्ने बताउनु भएको छ । मानसिक स्वास्थ्य अस्पताल लगनखेलकाे किशाेरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन समारोहकाे अवसरमा आयाेजित कार्यक्रममा  मन्तव्य राख्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले हरेक एक सय जनामा १० जना मानसिक राेगीहरु भेटिने गरेका अवस्थाकाे तथ्यलाई स्मरण गर्नुहुँदै संविधानमा उल्लेखित राज्यको दायित्व अनुसार मानसिक राेगीहरु बढ्नुकाे कारण पत्ता लगाएर त्यसलाई राेक्न ध्यान दिनुपर्छ भन्ने बताउनु भएको हाे ।

"बालबालिका र किसाेरकिसाेरीहरुका लागि एकीकृत रुपमा छुट्टै युनिट खडा गरेर उपचार सेवा दिने उद्देश्यले याे सेवन सुरु गरेकोमा हार्दिक आभार दिन चाहान्छु । सरकारले गर्नुपर्ने काम निजी साझेदार संस्था र विकासका साझेदार संस्थाहरुबाट भएको छ। याे सेवालाई सातै प्रदेशमा विस्तार गर्न मन्त्रालय अगाडि बढ्न तयार रहेकाे छ । मानसिक राेगीहरु बढ्नुकाे कारण पत्ता लगाएर त्यसलाई राेक्न ध्यान दिनुपर्छ । संविधानमा नि:शुल्क भनेर उल्लेख गर्ने तर व्यवहारमा उपचार नपाउँदा नागरिक मर्ने अवस्था हुनुहुँदैन ।" मन्त्री बस्नेतले भन्नुभयो ।
मन्त्री बस्नेतले उपदेश  दिन सजिलो छ र काम गर्न गाह्रो छ भन्नुहुँदै राम्रो काम आफैबाट सुरु हुनुपर्छ भन्नेमा जाेड दिनु भयाे । उहाँले सिबिनकाे काम नजिकबाट हेरिरहेको छु भन्नुहुँदै बालबालिकालाई ध्यान दिएर दशकाैंदेखि धेरै राम्रो र उत्कृष्ट काम गर्नु भएको भन्दै याेगदानकाे प्रशंसा गर्नुभयाे ।
समस्यामा परेकाे ब्यक्तिले समयमा उपचार पाउने सुनिश्चिता छैन भन्ने साेच्दा पनि मानसिक राेग बढेको छ भन्नुहुँदै मन्त्री बस्नेतले यसका लागि राज्य, संघसंस्था र नागरिकहरु सबैले मिलेर समाधानकाे प्रयास सुरु गर्नु पर्छ भन्ने बताउनु भयाे । राज्यले शिक्षा र स्वास्थ्यका सेवा र सुविधाको ब्यवस्थापन गरिदिने काम गर्नुपर्छ भन्नुहुँदै उहाँले यहाँका अस्पतालमा नेपालीलाई मात्रै नभई चिकित्सा शिक्षा पढ्न विदेशीहरुलाई समेत माैका दिनुपर्छ भन्ने बताउनु भयाे । उहाँले विरामीहरुलाई माया गरेर उपचार गर्नुभएकाेमा हार्दिक धन्यवाद व्यक्त गर्दै अस्पतालकाे स्तराेन्नतिका लागि मन्त्रालय लागि पर्छ भन्ने प्रतिवद्धता ब्यक्त गर्नुभयाे ।

ललितपुर क्षेत्र नं. २ का संघीय सांसद प्रेमबहादुर महर्जनले मानिसकाे जीवनमा घट्ने धेरै घटनाका कारण मानसिक राेगी बन्न पुगेकाहरुलाई उपचार गर्ने क्रममा वनाइएकाे इकाई सुभारम्भ भएकोमा खुसी ब्यक्त गर्नुभयाे । उहाँले राेगकाे लक्षण थाहा नपाउँदा धेरै दुर्घटना हुन्छ भन्नुहुँदै वैलैमा उपचार गराउन नसक्दा मानिसले धेरै दुख पाउनु परेकाे र धेरैले जीवन गुमाउनु परेकाेले यसकाे समाधानका लागि तीनै तहकाे सरकारले ध्यान दिनुपर्ने बताउनु भयाे ।

जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेब फुँयालले मानसिक स्वास्थ्यलाई ख्याल राखेर देशैभरका विरामीलाई सेवा पुर्‍याउनु भएकोमा धन्यवाद भन्नुहुँदै समस्या समाधान र आवश्यक सूधारका लागि समन्वय र सहकार्य गर्ने बताउनु भयाे ।
नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले नेपाल र नर्वे लामाे सम्बन्ध भएका मित्र राष्ट्र रहेकाे बताउनु हुँदै मानसिक स्वास्थ्य समस्या समाधानका बिषयलगायतका धेरै सवनलहरुमा सहकार्यका साथ अगाडि बढ्ने बताउनु भयाे ।
किसाेरकिसाेरी सञ्जाल मधेश प्रदेशकी सदस्य खुसी चाैरासियाले प्रविधि र इन्टरनेटकाे दुनियाँमा किसाेरकिसाेरीहरुकाे स्वास्थ्यलाई ध्यान दिएर गरिएको याे प्रयास अतिआवश्यक र महत्त्वपूर्ण कार्य भएको बताउनु भयाे ।
सिबिन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले उत्पीडनमा परेका बालबालिका मनाेचिकित्साकाे समस्या भएको बताउनु हुँदै किसाेरकिसाेरीहरुका लागि सेवा प्रदान गर्ने अभिप्रायले छुट्टै युनिट खडा हुनु विकास, संरक्षण र शिक्षामा कार्यरत संघसंस्थाहरुका लागि खुसीकाे कुरा भएको बताउनु भयाे । उहाँले नागरिक संस्थाकाे सहकार्यमा काम गर्दा सिबिनले सन् २०१५ देखि हालसम्म समुदायका ३ लाख बालबालिकालाई सेवा पुर्‍याउन सकेको बताउनु भयाे । 

आदिवासी जनजातिको ज्ञान र सीपबाट राष्ट्रिय आय वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २१, आइतबार वर्गीकृत

काठमाडौँ/ २१ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवं प्रवर्द्धन गरेर राष्ट्रिय आय वृद्धि गर्न पहल गरिने बताउनुभएको छ । आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आदिवासी जनजातिको साँस्कृतिक सम्पदालाई ‘युनेस्को’मा अभिलेखन एवं आदिवासी जनजातिको अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धि कार्यान्वयन गर्नका लागि सरकारले यथासम्भव पहल लिने स्पष्ट पार्नुभयो ।आदिवासी जनजाति आयोगमा साधनस्रोतको कमी रहेको, ऐनमा व्यवस्था भएबमोजिम प्रादेशिक कार्यालय स्थापनामा ढिलाइ भएको भन्ने विषयमा आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनसङ्ख्याको अनुपातमा नीति निर्माणको तहमा आदिवासी जनजातिहरूको प्रतिनिधित्व हुन नसकेका विषयमा नेपाल सरकारको तर्फबाट आवश्यक हुने विश्वास बताउनुभयो ।प्रधानमन्त्रीले आदिवासी जनजाति समुदायमाथि तत्कालिन राज्यसत्ताले गरेको विभेद र उत्पीडनको विरूद्ध आदिवासी जनजाति समुदायले आफ्नो पहिचान र प्रतिनिधित्वको लागि गरेको लामो सङ्घर्ष र बलिदानको परिणाम आदिवासी जनजाति आयोगको व्यवस्था भएको उल्लेख गर्नुभयो ।

प्राप्त उपलब्धी सामान्य मेहेनत र सङ्घर्षबाट प्राप्त नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सामन्ती तथा एकात्मक सत्ताले विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायमाथि गरेको दमन र उत्पीडनका विरूद्ध हजारौँ योद्धाको रगत पसिना र लाखौँ जनसमुदायको सङ्घर्षबाट आजका उपलब्धीहरू प्राप्त भएको स्मरण गर्नुभयो ।आदिवासी जनजाति आयोग भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजाति समुदायको सङ्घर्ष र विद्रोह, पहिचान र प्रतिनिधित्वका साथै उनीहरूको ज्ञान र सीपको संरक्षण र प्रवर्द्धन गर्दै आन्तरिक राष्ट्रियतालाई सुदृढ गरी स्वतन्त्र, स्वाधीन र समुन्नत राष्ट्र निर्माणको सङ्कल्पसहित आयोग स्थापना भएको बताउनुभयो ।

 

विश्व क्यान्सर दिवसका अवसरमा सचेतना पदयात्रा

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २०, शनिबार वर्गीकृत

काठमाडौं/ २० माघ, विश्व क्यान्सर दिवसको अवसरमा सम्पदाहरुमा सचेतना पदयात्रा हुने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले विश्व क्यान्सर दिवसका अवसरमा आइतबार बिहान काठमाडौँ उपत्यकामा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुमा सचेतना पदयात्राको आयोजना गर्ने भएको हो । हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस मनाउने सन्दर्भमा यो पटक पनि नेपाल अर्बुद रोग निवारण संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । ‘उपचारमा हुने असमानताको अन्त्य गरौँ’ भन्ने नारासहित यस वर्षको विश्व क्यान्सर दिवस मनाइँदै छ । “यही अवसरमा सचेतना जगाउने उद्देश्यले हामी बौद्धनाथबाट पदयात्रा सुरु गरेर पशुपति मन्दिर हुँदै पाटन दरबार क्षेत्रमा सम्पन्न गर्ने तयारी गरेका छौँ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो । पदयात्रामा विभिन्न सङ्घसंस्था, विद्यालयहरुको पनि सक्रिय सहभागिता रहने उहाँले जानकारी दिनुभयो । उपत्यकाबाहिर पोखरा, लहान, उदयपुर, धरान, हेटौँडा, बनेपा, चितवन, कपिलवस्तु, सुर्खेत, खाँदबारीलगायत मुख्य सहरमा कतै साइकल र्‍याली, पदयात्रा, अन्तरक्रिया, तालिम, गोष्ठी, निःशुल्क क्यान्सर जाँच शिविर, दीप प्रज्वलन गर्नेलगायत कार्यक्रम तय गरिएको उहाँले जानकारी गराउनुभयो । अर्बुद रोगको नियन्त्रण, रोकथाम र उपचारका लागि सहयोग प्रदान गर्ने, क्यान्सरको लक्षण देखिएका र रोगीको उपचारमा सहयोग पुर्‍याउने र क्यान्सर समयमै पत्ता लगाउन सहयोग पुर्‍याउने उद्देश्यले २०३९ साल भदौ ३१ मा यस संस्थाको स्थापना भएको थियो । तात्कालीन राजकुमारी जयन्ती राज्यलक्ष्मी देवी शाहको अगुवाइमा यो संस्था स्थापना भएको श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यस संस्थाले क्यान्सरजस्तो प्राणघातक रोगको उपचार नेपालमै गराउनुपर्छ भन्ने कुरालाई हृदयङ्गम गरी जनचेतना जागरण र उपचारात्मक दुवै विधि अपनाई देशैभरि आफ्नो सेवा विस्तार गरिरहेको जानकारी गराउनुभयो । नेपालमा मात्रै नभएर विकसित देशहरूमा समेत विकराल रुपमा विस्तार भइरहेको क्यान्सर रोगको रोकथामका लागि सचेतनामूलक कार्यक्रमका साथै क्यान्सर रोगीको उपचारात्मक कार्यका लागि समुदायमा क्यान्सर रोगबाट प्रभावित हुने क्रम बढ्दो छ । यसको रोकथाम र निराकरणमा सरकारको भूमिका पर्याप्त हुन नसकिरहेको उहाँले बताउनुभयो । उहाँले क्यान्सर रोगको रोकथाम र निराकरणमा प्राथमिकता दिन र हाल भइरहेको उपचारमा असमानता हटाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सबैले गुणस्तरीय स्वास्थ्य सेवामा समान उपचार पाउने प्रत्याभूतिका लागि आवश्यक बजेट तथा नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो । क्यान्सर नसर्ने जोखिमयुक्त कडा रोग मानिन्छ । नेपालमा क्यान्सर रोगीका सङ्ख्या बढ्दो क्रममै छ । तर अलिकति आफूले आफैँलाई नियन्त्रणमा राख्ने हो भने यो रोग भित्रिन नदिन र समय–समयमा जाँच–उपचार गरेको खण्डमा भित्रिन लागेको रोग पनि निको पार्न सकिने उहाँको भनाइ छ । सरकारी आँकडाअनुरुप महिलामा पाठेघर र पुरुषमा मुख क्यान्सर बढी मात्रामा हुने गर्छ । मदिरा र चुरोटका कारण क्यान्सर रोगी बढाएको देखिन्छ ।

पत्रकार राष्ट्रिय दबू काभ्रेको साधारणसभा सम्पन्न

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २०, शनिबार वर्गीकृत

काभ्रे/२० माघ, देशभरका नेवार पत्रकारहरुलाई पछिल्लो समय साधारणसभाको चटारो छ । यही क्रममा शनिबार नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे जिल्ला शाखाले पाँचौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काभ्रेको बनेपामा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले समावेशी सञ्चार, मातृभाषा पत्रकारितादेखि पत्रकारहरुको क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। व्यावसायिक पत्रकारिताको आवश्यकतालाई औंल्याउँदै संस्थागत रुपमा अघि बढ्न अपिल समेत गर्नुभयो।
“धर्मादित्य धर्माचार्य आदिवासी जनजाति मध्येका सबसे पुराना मातृभाषी पत्रकार हुनुहुन्थ्यो । करिव एक सय वर्ष अघि उहाँले बुद्धधर्म नामको पत्रिका प्रकाशन गर्नुभएको थियो । यो तथ्यलाई नेपाल आदिवासी जनजाती पत्रकार महासंघले समेत स्वीकार गरेको छ । अब ०८१ सालको बुद्धजयन्तीदेखि प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको स्मरणमा वार्षिक कार्यक्रम घोषणा गरेका छौं ।” अध्यक्ष श्रेष्ठको भनाइ थियो । अध्यक्ष श्रेष्ठले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको दाबी गर्दै पत्रकारहरुलाई २००८ सालमै संगठित बनाएको स्मरण गर्नुभयो ।
त्यस्तै, ४१ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील रहनुभएका वरिष्ठ पत्रकार मोहन दुवालले पत्रकारलाई दिइने भनिएको पेन्सनको कार्यविधि संशोधन गर्न समेत माग गर्नुभयो । ''मैले जनमत साहित्यिक पत्रिकादेखि नेपाल समाचारपत्र दैनिकमा लामो समय काम गरें । पत्रकारितामै जीवनको चार दसक बिताएँ । यसमा मलाई गौरव महसुस हुन्छ । तर म पत्रकार भएको प्रमाणित गर्न सम्बन्धित वडा कार्यालयले सिफारिस गर्नुपर्ने रहेछ ।'' दुवालको असन्तुष्टि रहेको छ । सबैलाई थाहा भएको विषय सम्बन्धित निकायले छनोट गर्नुपर्नेमा उल्टै वडाबाट सिफारिस लिएर पत्रकार भएको प्रमाणित गर्नुपर्ने कार्यविधि गलत भएको दुवालको तर्क रहेको छ ।
पत्रकार राष्ट्रिय दबू काभ्रे जिल्लाका अध्यक्ष सोमकाजी शाक्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, केन्द्रीय सल्लाहकार तथा वरिष्ठ पत्रकार मोहन दुवाल, सूर्यप्रसाद लाकोजु, पत्रकार राष्ट्रिय दबूका उपाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ, महासचिव केके मानन्धर, सहसचिव विजयराम कर्माचार्य, सदस्य अनुप प्रधान, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमिल्सिना, प्रेस युनियन काभ्रे, प्रेस चौतारी नेपाल काभ्रे, प्रेस सेन्टर काभ्रेका प्रतिनिधि, काभ्रे क्याम्पसका प्रमुख, प्राचार्य, हलिं नेवाः दबूका उपाध्यक्ष, पत्रकार राष्ट्रिय दबू काभ्रेको सिङ्गो कार्यसमिति सहभागी थियो ।

प्रधानमन्त्रीद्वारा रौतामाई पालिकाभवन उद्घाटन, जनताले सर्वसुलभ सेवा पाउनुपर्छ : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २०, शनिबार वर्गीकृत

उदयपुर, २० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ । उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा आज आयोजित समारोहमा उहाँले प्रशासकीय भवन समुद्घाटन गर्नुभएको हो । उक्त भवन रु सात करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । साे अवसरमा प्रधानमन्त्रीले  रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताउनुभयो । स्थानीयतहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै जनतालाई सुलभ सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । बजेट बनाउने समयमा रौतामाई गाउँपालिकालाई सम्झने उहाँले बताउनुभयो । शान्ति प्रक्रिया सबै राजनीतिक दलको सहमतिमै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सबैको सहयोगमा देशको विकास अगाडि बढ्ने उल्लेख गर्नुभयो । मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा  फर्किएको स्पष्ट पार्नुभयो । 

“अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, उहाँले भन्नुभयो, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।”

उत्पादन वृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २०, शनिबार वर्गीकृत

सिन्धुली/२० माघ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ । सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उहाँले  कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताउनुभयो । 

स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै उहाँले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताउनुभयो । भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रुपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको बताउनुभयो । नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उहाँको भनाइ छ । 

वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको स्प्ष्ट दृष्टिकोणसहित अघि बढेको उल्लेख गर्दै प्रधामन्त्री दाहालले सरकारबाट थालनी भएका जनपक्षीय कामबाट जनतामा सरकारप्रति आशा र भरोसा बढेको बताउनुभयो । “सरकारले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएको छ, सुशासनको पक्षमा सरकारले महत्वपूर्ण कदम चालेको छ”, उहाँले भन्नुभयो, “जनताले पाइरहेको सास्तीलाई मध्यनजगर गर्दै सेवा प्रवाहलाई सहज बनाइएको छ ।”

प्रधानमन्त्रीका रुपमा आफूले द्विपक्षीय र बहुपक्षीय मञ्चमा नेपालका तर्फबाट जलवायु परिवर्तनका असरका मुद्दालाई प्रमुखताका साथ उठान गरेको जानकारी दिँदै उहाँले नेपालजस्ता पर्वतीय मुलुकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको स्मरण गर्नुभयो । 

मुलुकको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन महत्वपूर्ण निर्णय लिइएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्र सही अवस्थामा  फर्किएको स्पष्ट पार्नुभयो । “अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, उहाँले भन्नुभयो, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।” प्रधानमन्त्री दाहालले दुधौली नगर अस्पताललाई आवश्यक पर्ने उपकरण, दक्ष जनशक्ति र कर्मचारीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । यस क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेको जानकारी आफूले प्राप्त गरेको उल्लेख गर्दै उहाँले दुधौली अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिने बताउनुभयो । गरिब, दलित, उत्पीडित जनताको हकहितबाट मात्रै गणतन्त्र संस्थागत हुने भएकाले न्यून वर्गीय जनताको हकहितमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रण्को बिकल्प सुदृढ र समुन्नत गणतन्त्र नै रहेको त्यसको अर्को बिकल्प हुनै सक्दैन भन्नुभयो । 

सुशासन अभियानमा कर्मचारी वर्गको सहयोगको महत्वपूर्ण छः प्रधानमन्त्री दाहाल

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २०, शनिबार वर्गीकृत

काठमाडौँ/२० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारी वर्गको योगदान धेरै नै महत्वपूर्ण रहेको बताउनुभयो। सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुशासन कायम गर्न तथा कर्मचारीतन्त्रभित्र देखापरेका समस्या समाधान गर्न कर्मचारी सङ्गठनबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । 

क्षयरोग उन्मुलन गर्न राेग थाहा पाउनु नै पहिलाे काम हाे - स्वास्थमन्त्री बस्नेत

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १९, शुक्रबार वर्गीकृत

सिन्धुपाल्चोक/१८ माघ,  स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले क्षयरोग उन्मुलन गर्न राेग थाहा पाउनु नै पहिलाे काम भएको बताउनु भएको छ । सिन्धुपाल्चोककाे चाैतारा साँगाचाेकगढी नगरपालिकामा क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दाेस्राे चरणकाे कार्यक्रमकाे शुभारम्भ गर्नुहुँदै मन्त्री बस्नेतले राेग थाहा पाउन प्रत्येक घरघरमा पुगेर क्षयरोगका विरामी पहिचान गरि निर्मुलमा ध्यान दिन आग्रह गर्नु भएको हाे । "क्षयरोग निर्मुलका लागि तीन बर्ष अगाडिदेखि सुरु भएको याे अभियानमा यस बर्ष थप एक सय वटा पालिकामा लागू हुँदैछ। सिन्धुपाल्चोककाे चाैतारा साँगाचाेकगढीबाट सुरु भएको याे अभियानमा प्रत्येक घरघरमा पुगेर क्षयरोगका विरामी पहिचान गरि निर्मुलमा ध्यान दिन आग्रह गर्दछु । राेगकाे निदानका लागि जनचेतना नै महत्त्वपूर्ण हाे, यसका लागि सरकारका तीनै तह एक आपसमा मिलेर काम गर्नु पर्छ ।" मन्त्री बस्नेतले भन्नुभयो । मन्त्री बस्नेतले राेग लागेपछि ओैषधि उपचार गर्ने भन्दा पनि जनचेतना जगाएर राेग नै लाग्न नदिने कुरामा ध्यान दिनुपर्नेमा जाेड दिनुहुँदै कुपोषणकाे सिकारबाट नागरिकलाई बचाउन ध्यान दिनुपर्ने बताउनु भयाे । उहाँले क्षयरोग निर्मुलका लागि संघीय र प्रादेशिक सरकार भन्दा स्थानीय सरकारकाे महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने प्रष्ट पार्नुभयाे । नेपालले भ्याक्सिन मागेर भएपनि काेभिडकाे बिरुद्धमा लडेर विजय प्राप्त गरेकाे बताउनु हुँदै उहाँले यसका लागि लाग्ने सबैलाई धन्यवाद ब्यक्त गर्नु भयाे ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर संगीता काैशल मिश्रले मृत्यु हुनेहरुकाे संख्यामा ५० प्रतिशत क्षयरोगबाट हुने गरेकाे बताउनु हुँदै समुदायको सहभागितामा यसकाे निर्मुल सम्भव छ भन्ने धारणा राख्नुभयाे । उहाँले क्षयरोगकाे निदान गर्न उपचारका लागि निरन्तर लगानी वृद्धि आवश्यक छ भन्नुहुँदै स्वास्थ्यकर्मीहरुकाे क्षमता अभिबृद्धिकाे लागि पनि विभागले निरन्तर काम गर्ने बताउनु भयाे । क्षयरोग निर्मुलका लागि गैरसरकारी संस्था, समुदाय, सञ्चार क्षेत्रकाे साझेदारी आवश्यक छ भन्नुहुँदै उहाँले याे महत्त्वपूर्ण भएको र समाजमा विभेदकाे स्थितिकाे अन्त्यका लागि सामाजिक जागरण पनि चाहिने धारणा राख्नुभयाे ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले अभियानकाे बिषयमा प्रस्तुतिकरण गर्नुहुँदै प्रति एक लाखमा २ सय २९ जना क्षयरोगका विरामीहरु भेटिने गरेकाे तथ्यांक प्रस्तुत गर्नुभयाे । याे राेग निर्मुलका लागि स्थानीय तहलाई जिम्मेवार बनाएर राेगकाे पहिचान गरि उपचारको दायरामा ल्याउने उद्देश्य रहेकाे बताउनु हुँदै उहाँले बागमती, मधेश र लुम्बिनीमा क्षयरोगका बिरामी बढि देखा परेको बताउनु भयाे । चाैतारा साँगाचाेकगढी नगरपालिका कृष्णप्रसाद सापकोटाले याे अभियानलाई स्थानीय तहकाे नीति, याेजना, बजेट र कार्यक्रममा प्राथमिकतामा राखेर लागि पर्ने वताउनु भयाे । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका , हेलम्बु गाउँपालिका जनप्रतिनिधिहरू जिल्लाका प्रशासकिय प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १८, बिहिबार वर्गीकृत

काठमाडौँ, १८ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताउनुभएको छ । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपार्इंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताउनुभयो ।राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई यगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उहाँले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताउनुभयो ।प्रधानमन्त्री प्रचण्डले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयहरूको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ मेरो अपेक्षा त्यही छ ।”

विश्वविद्यालय स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि  विषयहरूमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकोमा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन प्रधानमन्त्रीले सुझाव दिनुभयो । विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइहरू अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने विश्वास पनि दिलाउँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रमहरू व्यवस्थित तुल्याउन सरकारको तर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोगमा सहयोग गर्ने बताउनुभयो ।

Pages