यस्ता मानिसले भुलेर पनि खानु हुँदैन अदुवा
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण १२, शनिबार वर्गीकृत
काठमाडौं/ अदुवा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मान्निछ । यो एउटा कन्दमुल हो । यसको सेवन प्राय मानिसहरुको भान्सामा हुने गर्दछ । यसको सेवन गर्दा विभिन्न रोगबाट मुक्त हुने गर्दछ । अदुवा नेपालमा सर्वसुलभ पाइने बिरुवा हो । खासगरी, यसको जरालाई मसला र औषधिका रूपमा प्रयोग गरिन्छ ।
यसले थुप्रै रोगका लागि औषधिको काम पनि गर्छ । तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन । तौल बढाउन चाहनेले सकभर अदुवा नखाँदा राम्रो हुन्छ । किनकि, यसले तौल कम गर्ने काम गर्छ ।
रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ । रगत पातलो हुनेसम्बन्धी कुनै पनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन ।गर्भवती महिलाका लागि अदुवा त्यति उचित मानिदैन यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ ।
गुरु पूर्णिमामाका दिन बज्रबाराहीमा जेष्ठ नागरिकद्वारा भजन सम्पन्न
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण ८, मंगलबार वर्गीकृत
ललितपुर/ ८ साउन, गुरु पूर्णिमामाका दिन बज्रबाराहीमा जेष्ठ नागरिकद्वारा भजन सम्पन्न भएको छ । भजन मण्डलकाे व्यवस्थापनमा क्रियाशील रहनुभएका चिरीनानी श्रेष्ठका अनुसार गुरु पूर्णिमामा भजनमा सहभागी हुने बज्रबाराही भजन मण्डलका जेष्ठ नागरिकलाई खानाकाे व्यवस्था समेत गरिएको थियो।
यही साउन ६ गतेका दिन परेकाे गुरु पूर्णिमा तथा व्यास जयन्तीका दिन बज्रबाराही भजन मण्डलमा भजनमा सहभागी हुने जेष्ठ नागरिकहरुका लागि गाेदावरी नगरपालिका वडा नं. १२ ठेचाे निवासी स्वर्गीय रामगाेविन्द महर्जनका नाती रामनाथ महर्जनका छाेरा राजेश महर्जन र ललिता महर्जनकाे परिवारले खानाकाे लागि प्रबन्ध मिलाउनु भएको श्रेष्ठले जानकारी गराउनुभयाे ।
पूर्णिमाका दिन भएको भजनमा गाेदावरी नगरपालिका १२ ठेचाेकाे ढल्केश्वर महादेव भजन मण्डल, वडा नं. ५ लेलेकाे तिलेश्वर भजन मण्डल र वडा नं. ११ काे चन्द्रभैरव भजन मण्डल समूह समेतले सहभागिता जनाएको हिरामायाँ देसारले जानकारी गराउनुभयाे ।
जेष्ठ नागरिकहरुलाई भजनमा सहभागी गराउँदै संस्कृति, सभ्यताकाे जगेर्ना गर्न हरेक पूर्णिमाका पर्वका दिन भजन गरिने गरेको उहाँले जानकारी गराउनुभयाे। जेष्ठ नागरिकहरूको मानसिक, भावनात्मक र सामाजिक स्वास्थ्यको लागि सामुहिक रुपमा भजन गर्ने कार्य धेरै लाभदायक हुन सक्छ। भजनमा सहभागी हुँदा ध्यान र मानसिक शान्ति प्राप्त गर्न मद्दत गर्छ। यसले तनाव कम गर्छ र सकारात्मक मानसिकता विकास गर्न मद्दत पुर्याउँछ। यस कार्यबाट उहाँहरुकाे अन्य व्यक्तिहरूसँग भेटघाट हुन्छ, जसले सामाजिक सम्पर्क बढाउँछ। यसले एकान्त र एक्लोपनको समस्या समाधान गर्न सहयोग पुर्याउँछ।
त्यस्तै, धार्मिक आस्था र आध्यात्मिकता व्यक्त गर्न भजन सहयोगी हुन्छ। यसले जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न मद्दत गर्छ। भजन गाउन र सुन्नाले स्मरण शक्ति र मानसिक सतर्कता बढाउँछ। भजन गाउँदा सास फेर्ने प्रक्रिया राम्रो हुन्छ र सासको तालमेल समेत राम्रो हुन्छ। भजनमा समावेश हुने संगीतले भावनाहरू व्यक्त गर्न मद्दत गर्छ, जसले मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्याउँछ।
यसरी, भजनमा सहभागी हुँदा जेष्ठ नागरिकहरूको मानसिक, शारीरिक, र सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। यसलाई दैनिक जीवनको हिस्सा बनाउन प्रोत्साहन गर्नु उपयुक्त हुन्छ।
प्रत्येक पूर्णिमाका दिन हुने भजनमा सहभागीहरुलाई खानाकाे प्रबन्धका लागि अक्षयकोष स्थापना गर्न गाेदावरी- ११ बुलुका मदन महर्जनले एघार हजार एक सय ५० रुपैयाँ सहयोग गर्नुभएको श्रेष्ठले जानकारी गराउनुभयाे । यसअघि पूर्णिमामा भजनमा सहभागी हुन आउने भक्तजनहरु तथा जेष्ठ नागरिकहरुलाई खाना र खाजाको प्रबन्ध गर्नको लागि अक्षयकोष स्थापना गर्न तान्त्रिक गुरु तेजमुनि बज्राचार्यले दश हजार पाँच सय ५१ रुपैयाँ सहयाेग उपलब्ध गराउनु भएको थियाे। हरेक पूर्णिमामा हुने भजनलाई व्यस्थित बनाउन अक्षयकोष स्थापना गर्न लागिएको चिरी नानी श्रेष्ठले जानकारी गराउनुभयाे ।
मठमन्दिर, देवालय तथा शिवालयहरुमा हुने नित्य तथा पर्वस्तरीय भजन तथा समयसापेक्ष हुने भजनकिर्तन सुनेर दर्शनका लागि आउने दर्शनार्थीहरु समेत आनन्दित हुन्छन् । भजन गाउने र सुन्ने बानीले मनलाई आनन्दित बनाउनुका साथै सनातन धर्म–संस्कृति र परम्परा संरक्षणका हिसाबले पनि उपयुक्त हुन्छ । जेष्ठ नागरिकहरुलाई समय व्यतित गर्नका लागि मात्रै नभई युवावर्गमा पनि आध्यात्मिक चिन्तन र चेतना जगाउनका लागि पनि भजनका लागि केही समय दिनु उपयुक्त मानिन्छ ।
आममानिसमा भजनप्रतिको सहभागिता, रौनक, उत्सुकता र थकाइबिनाको मनोरञ्जनले दिन वा रात बितेको पत्तै हुँदैन । परम्परा अनुसार जाग्राम बस्न भजन, कीर्तनकै सहारा लिने गरिन्छ । वास्तवमा शास्त्रमा आधारित र धार्मिक महत्त्व रहेकाले जनसंस्कृति र लोक भाकाको प्रतीकका रूपमा समेत भजनलाई लिइन्छ ।
विकासका बारेमा सबैकाे एक मत हुनुपर्छ - पूर्वस्वास्थ्य मन्त्री बस्नेत
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण ५, शनिबार वर्गीकृत
सिन्धुपाल्चोक/ ५ साउन, पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतले विकासका बारेमा सबैकाे एक मत हुनुपर्छ भन्ने धारणा राख्नुभएको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ अन्तर्गत मेलम्ची नगरपालिकाकाे सिन्धु भ्याली स्थित वडा नं ३ हैबुङ्ग स्वास्थ्य चौकीकाे भवन समुद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै पूर्वमन्त्री बस्नेतले चुनावकाे बेलामा मात्रै आआफ्नो घाेषणापत्र बाेक्ने हाे भन्नुहुँदै विकास गर्ने बेलामा समान धारणा बनाएर एकजुट भइ लाग्नुपर्ने बताउनुभएको हाे ।
"काेराेनाकाे समयमा सरकारले 'अक्सिजन' बाँड्न नसक्दा मेराे नेतृत्वमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले 'अक्सिजन सिलिन्डर' बाँडेको हाे, पदमा हुँला वा नहुँला, विकासका काम गर्न पछि पर्नेछैन।" उहाँले भन्नुभयो ।
नेता हुनेले के ठिक के बेठीक भन्ने छुट्याउन सक्नुपर्छ भन्नुहुँदै पूर्वमन्त्री बस्नेतले बनावटी कुरामा भन्दा काममा विश्वास गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य चौकीकाे भवन उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री बस्नेतले स्वास्थ्य चाैकी भवन निर्माण तथा स्वास्थ्य सामग्रीहरु व्यवस्थापनका लागि क्रियाशील हुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयाे ।
संघ, प्रदेश र स्थानीय तहबाट आवश्यकताअनुसार विकासका लागि बजेट व्यवस्थापन हुने बताउनुहुँदै उहाँले सिन्धु 'भ्याली' भविष्यकाे लागि राम्रो आम्दानीकाे स्राेत हुने पर्यटकीय क्षेत्र हुनसक्ने बताउनुभयो ।
सिन्धुपाल्चोकबासीकाे मतबाट जितेर देशकाे स्वास्थ्यमन्त्री हुने अवसर पाएकाे बताउँनुहुँदै पूर्वमन्त्री बस्नेतले आफू मन्त्री भएको बेलामा देशभरका संघीय अस्पतालमा गरिब तथा विपन्नहरुकाे निशुल्क उपचारका लागि दश प्रतिशत 'वेड'हरुकाे व्यवस्थापन गराएकाे बताउनुभयो । वडाले गरेको सिफारिसका आधार संघीय अस्पतालहरुले गरिब तथा बिपन्नलाई निशुल्क उपचार गरिदिने बताउनुहुँदै उहाँले आफ्नो दश महिने कार्यकालमा संघीय अस्पतालमा ३ हजार पाँच सय 'जनरल वेड'हरु निशुल्क बनाएकाे बताउनुभयो ।
पूर्वमन्त्री बस्नेतले उपचारका लागि पैसा नभएर अस्पतालकाे झ्यालबाट हाम फाल्नुपर्ने, विद्यालयकाे शुल्क तिर्न नसकेर विद्यार्थीले आत्महत्या गर्नुपर्ने, परीक्षामा असफल भएर आत्महत्या गर्ने अवस्थाकाे अन्त्य गर्नाका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जाेड दिनुभयाे ।
कार्यक्रममा बागमती प्रदेशका सदस्य कृष्ण कुमार तामाङ (समीर)ले मेलम्ची नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन १ करोड ५० लाख बजेट प्रदेश बाट विनियोजन गरिएको बताउनुभयो । उहाँले विकासका काममा राजनीतिक रुपमा विभाजन नहुन समेत आग्रह गर्नुभयो ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आफ्नो कार्यकालमा सो अस्पताललाई नगर अस्पताल बनाउने प्रतिबद्धता जनाउनुभयो ।
इफ्फाता जेभीले निर्माणको जिम्मा पाएको अस्पताल भवन १९ महिनामा निर्माण कार्य सम्पन्न गरिएको निर्माण व्यवसायी कुमार गुभाजुले जानकारी दिनुभयो । ८ करोड ५६ लाखमा थकनी र हैबुङमा गरी २ वटा भवन निर्माण सम्पन्न भएको गुभाजुले बताउनुभयो ।
नवनिर्मित स्वास्थ्य चाैकीमा हाल ५ बेडकाे व्यवस्था गरिएको छ, स्वास्थ्य चाैकी भवन निर्माण कार्यमा सहयाेग गर्नेहरूलाई खादा सहित सम्मानपत्रबाट सम्मान गरिएको थियाे।
अस्पताल भवन निर्माणका लागि मेलम्ची नगरपालिका वडा नं ३ पूर्ववडा अध्यक्ष नेपाली कांग्रेस मेलम्ची नगर सभापति बसन्त गुरुङ्गले ४ रोपनी जग्गा हस्तानतरण गर्नुभएकाे थियाे ।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत,मेलम्ची नगरपालिका पूर्वनगरप्रमुख डम्बर अर्याल, पूर्वउपप्रमुख भगवती नेपाल, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सराेकारवाला, कर्मचारीहरु, समाजसेवीहरुकाे सहभागी रहेको थियोे।
स्वास्थ्य चाैकी उद्घाटनका अवसरमा सञ्चालित स्वास्थ्य शिविरमा वीर अस्पताल, कान्ति अस्पताल, थापाथली अस्पतालबाट विभिन्न राेग विशेषज्ञ एवम् डाक्टरहरु, नर्सहरु, स्वयंसेविकाहरुले विरामी स्वास्थ्य परिक्षण गर्नुभएको थियाे । शिविरमा २५० जना स्थानीयहरुले सेवा लिनुभएकाे थियाे ।
पूर्वस्वास्थ्य मन्त्री बस्नेतद्वारा सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ श्रावण ४, शुक्रबार वर्गीकृत
काठमाडौं/ ४ साउन, पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएकाे छ ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका पूर्वमन्त्री बस्नेतले शुक्रवार जिल्लाका विभिन्न बाढी पहिलो प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएकाे हाे।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, सिन्धुपाल्चोकका प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान अधिकृत राजन प्रजापति लगायतको सहभागितामा जिल्लाका विभिन्न बाढी प्रभावित क्षेत्रको निरीक्षण गरिएको हो ।
बाढीले पुर्याएको क्षतिको विवरण संकलन, सम्भावित जोखिम न्यूनीकरण तथा राहत उद्धारको काममा सहजताका लागी क्षेत्र नम्बर १ को भोटेकोशी, दुगुनागढी, फिलिपिङ, कोदारी, तातोपानी, चकु बजार, डोपर, खागदल र खाडीचौर तथा क्षेत्र नम्बर २ को टिपेनी बजार लगायत आसपासका क्षेत्र, नेशनल हाईड्रोपावर, याङरी बजार लगायतका क्षेत्रहरू निरीक्षण गरिएको हो ।
निरन्तर वर्षा पछि आएको बाढीले सिन्धुपाल्चोक जिल्लाका विभिन्न ठाउँहरूमा ठुलो मात्रामा भौतिक क्षति पुर्याएको र सबै क्षेत्रहरूमा गाडी मार्फत निरीक्षण सम्भव नभएकाले नेता बस्नेतले जिल्लाका सरोकारवालहरूलाई सँगै लिएर क्षतिग्रस्त ठाउँहरूको निरीक्षण तथा राहतका लागी समेत यथाशीघ्र पहल थाल्न ध्यानाकर्षण गराउनुभएकाे छ ।
नेता बस्नेतले विगतदेखि नै हरेक विपदजन्य अवस्थामा पीडितहरूको उद्धार तथा राहतका लागी काम गर्दै आएका छन् । यो वर्ष पनि वर्षा शुरु भए लगत्तै उनले प्रभावित क्षेत्रमा निगरानी बढाउनुभएकाे हाे ।
निरीक्षणपछि बाढी प्रभावितहरूमा राहतको आशा पलाएको छ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नेता बस्नेतले नागरिकको हरेक सुखदुखको सारथीको परिचय बनाउनु भएको छ।
यसअघि पनि उनले विपदको समयमा जिल्ला पुगेर स्थानीय जनताहरुका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्दै आउनुभएकाे छ । मेलम्चीको बाढी होस् वा भूकम्प वा कोरोनाकालको कठिन समय नै किन नहोस् बस्नेत हरेक समय आफ्नो जिल्लाका जनताहरुसँगै रहने गर्नुभएकाे छ।
गुरु पूर्णिमामाका दिन भजनमा सहभागी हुने बज्रबाराहीका जेष्ठ नागरिकलाई खाना
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ ३१, सोमबार वर्गीकृत
ललितपुर/ ३१ असार, गुरु पूर्णिमामामा भजनमा सहभागी हुने बज्रबाराही भजन मण्डलका जेष्ठ नागरिकलाई खानाकाे व्यवस्था गरिने भएको छ।
यही साउन ६ गतेका दिन पर्ने गुरु पूर्णिमाका दिन बज्रबाराही भजन मण्डलमा भजनमा सहभागी हुने जेष्ठ नागरिकहरुका लागि गाेदावरी नगरपालिका वडा नं. १२ ठेचाे निवासी श्री राजेश महर्जन र ललिता महर्जनकाे परिवारले खानाकाे लागि प्रबन्ध मिलाउने भजन मण्डलका कार्यवाहक अध्यक्ष चिरी नानी श्रेष्ठले जानकारी गराउनुभयाे ।
जेष्ठ नागरिकहरुलाई भजनमा सहभागी गराउँदै संस्कृति, सभ्यताकाे जगेर्ना गर्न हरेक दिन नित्य भजन गरिने गरेको उहाँले जानकारी गराउनुभयाे। जेष्ठ नागरिकहरूको मानसिक, भावनात्मक र सामाजिक स्वास्थ्यको लागि सामुहिक रुपमा भजन गर्ने कार्य धेरै लाभदायक हुन सक्छ। भजनमा सहभागी हुँदा ध्यान र मानसिक शान्ति प्राप्त गर्न मद्दत गर्छ। यसले तनाव कम गर्छ र सकारात्मक मानसिकता विकास गर्न मद्दत पुर्याउँछ। यस कार्यबाट उहाँहरुकाे अन्य व्यक्तिहरूसँग भेटघाट हुन्छ, जसले सामाजिक सम्पर्क बढाउँछ। यसले एकान्त र एक्लोपनको समस्या समाधान गर्न सहयोग पुर्याउँछ।
त्यस्तै, धार्मिक आस्था र आध्यात्मिकता व्यक्त गर्न भजन सहयोगी हुन्छ। यसले जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न मद्दत गर्छ। भजन गाउन र सुन्नाले स्मरण शक्ति र मानसिक सतर्कता बढाउँछ। भजन गाउँदा सास फेर्ने प्रक्रिया राम्रो हुन्छ र सासको तालमेल समेत राम्रो हुन्छ। भजनमा समावेश हुने संगीतले भावनाहरू व्यक्त गर्न मद्दत गर्छ, जसले मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्याउँछ।
यसरी, भजनमा सहभागी हुँदा जेष्ठ नागरिकहरूको मानसिक, शारीरिक, र सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। यसलाई दैनिक जीवनको हिस्सा बनाउन प्रोत्साहन गर्नु उपयुक्त हुन्छ।
यसअघि पूर्णिमामा भजनमा सहभागी हुन आउने भक्तजनहरु तथा जेष्ठ नागरिकहरुलाई खाना र खाजाको प्रबन्ध गर्नको लागि अक्षयकोष स्थापना गर्न तान्त्रिक गुरु तेजमुनि बज्राचार्यले दश हजार पाँच सय ५१ रुपैयाँ सहयाेग उपलब्ध गराउनु भएको छ ।
दैनिक रुपमा हुने नित्य भजन सञ्चालनका साथै हरेक पूर्णिमामा हुने भजनलाई व्यस्थित बनाउन अक्षयकोष स्थापना गर्न लागिएको भजन मण्डलका कार्यवाहक अध्यक्ष चिरी नानी श्रेष्ठले जानकारी गराउनुभयाे ।
मठमन्दिर, देवालय तथा शिवालयहरुमा हुने नित्य भजन तथा समयसापेक्ष हुने भजनकिर्तन सुनेर दर्शनका लागि आउने दर्शनार्थीहरु समेत आनन्दित हुन्छन् । भजन गाउने र सुन्ने बानीले मनलाई आनन्दित बनाउनुका साथै सनातन धर्म–संस्कृति र परम्परा संरक्षणका हिसाबले पनि उपयुक्त हुन्छ । जेष्ठ नागरिकहरुलाई समय व्यतित गर्नका लागि मात्रै नभई युवावर्गमा पनि आध्यात्मिक चिन्तन र चेतना जगाउनका लागि पनि भजनका लागि केही समय दिनु उपयुक्त मानिन्छ ।
आममानिसमा भजनप्रतिको सहभागिता, रौनक, उत्सुकता र थकाइबिनाको मनोरञ्जनले दिन वा रात बितेको पत्तै हुँदैन । परम्परा अनुसार जाग्राम बस्न भजन, कीर्तनकै सहारा लिने गरिन्छ । वास्तवमा शास्त्रमा आधारित र धार्मिक महत्त्व रहेकाले जनसंस्कृति र लोक भाकाको प्रतीकका रूपमा समेत भजनलाई लिइन्छ ।
डाक्टरकाे सिफारिस बिना क्यान्सरको ओैषधि बिक्री गर्ने मेडिकल सिल
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ २७, बिहिबार वर्गीकृत
ललितपुर/ २७ असार : डाक्टरकाे सिफारिस बिना क्यान्सरको ओैषधि बिक्री गर्ने मेडिकलमा औषधि व्यवस्था बिभागले सिल गरिदिएकाे छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी अनुसार मंगलबार दिउँसो औषधि व्यवस्था बिभाग ववरमहलबाट खटिएको अनुगमन टोलीले अनुगमन गर्दा खरिद गरेको बिल नभएको औषधि फेला परेको हुँदा पाटन अस्पताल अगाडी रहेको श्रीराम औषधि पसलमा सिल गरिदिएकाे हाे ।
"लगनखेल पाटन अस्पताल अगाडि रहेको श्रीराम फार्मेसीमाओैषधि विभागले अनुगमन गरेकाे हाे, पसल सिल गरेर विभागले अनुसन्धान गरिरहेको छ, विभागकै अनुसन्धानकाे आधारमा पसल सञ्चालकलाई हिरासतमा राखिएको छ।" प्रवक्ता सुवेदीले भन्नुभयो ।
विभागले उक्त फार्मेसीबाट विभिन्न किसिमको विल नभएको दुई सय ३० थान औषधि बरामद गरेको उहाँले जानकारी गराउनुभयाे ।
ठुलादुर्लुङबासीहरुलाई कफीका बिरुवा वितरण
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ १४, शुक्रबार वर्गीकृत
ललितपुर/ १४ असार: ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका वडा नं ६ ठुलादुर्लुङद्वारा वडाबासीहरुलाई कफीका बिरुवा वितरण गरेको छ। यही असार १३ गते विहिबार यहाँ वडा कार्यालयले स्थानीयहरुलाई भेला गरेर कफीका बिरुवा वितरण गरेको वडा अध्यक्ष विनोद चौरेलले जानकारी गराउनुभयो । वडाबासीलाई आत्मनिर्भर बनाउन र स्थानीय उत्पादन बृद्धि गर्ने उद्देश्यले जिल्ला कफी व्यवसायी संघसंगको समन्वयमा वडाका १ सय ५५ परिवारलाई कफीका बिरुवा वितरण गरिएको उहाँले जानकारी गराउनुभयो ।
बिरुवा वितरण पश्चात् मन्तव्य राख्नुहुँदै गाउँपालिका उपाध्यक्ष डोल्मामायाँ गोलेले वडा कार्यालयबाट भएको यो कार्यले स्थानीय समुदायको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण सहयोग मिल्ने बताउनुभयो ।
''वडावासीलाई आर्थिक रुपमा सबल बनाउनका लागि यो ठूलो काम हो, यसबाट स्थानीय उत्पादन वृद्धि गर्न सहयोग पुग्नेछ, आम्दानीमा वृद्धि हुनेछ, रोजगारीको अवसर समेत सिर्जना गर्ने विश्वास छ।यस कदमले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने मेरो विश्वास छ।'' उपाध्यक्ष गोलेले भन्नुभयो ।
''हामीले विरुवा वितरणका लागि वडा कार्यालयबाट १ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो, सोही रकमबाट विहिबार कफीका ४६ सय वटा विरुवा वितरण गरिएको हो, आगामी असार १७ गते लिचिका १ हजार वटा बिरुवा वितरण गर्ने कार्यक्रम रहेको छ। हामी हाम्रो समुदायलाई आत्मनिर्भर बनाउन प्रयासरत छौं। कफी खेतीले वडाबासीलाई आर्थिक रुपमा सबल बनाउनेछ।'' उहाँले जानकारी गराउनुभयो ।
नागवहालमा रात्रीकालीन व्यापार मेला हुने
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ १०, सोमबार वर्गीकृत
ललितपुर/ १० असार: ललितपुर महानगरपालिकाकाे वडा नं. १६ काे महिला समितिकाे आयाेजनामा यही असार ११ र १२ गते पाटनकाे नागवहालमा रात्रीकालीन व्यापार मेला हुने भएको छ ।
शनिबार यहाँ पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार जात्रा, पहिरन, हाम्रो पहिचान र संस्कृतिलाई प्रचारप्रसार गर्ने अभिप्रायका साथ पहिलाे पटक साँझ ५ बजेदेखि ९ बजेसम्म रात्रीकालीन व्यापार मेला गर्न लागिएको हाे ।
रात्रीकालीन व्यापार र बजारलाई प्राेत्साहन र प्रवर्द्धन गर्दै हस्तकलाकाे प्रवर्द्धन, स्थानीय उत्पादनकाे बजारीकरण गर्ने र पर्यटनकाे विकास गर्ने उद्देश्यका साथ मेला आयाेजना गर्न लागिएको मेला व्यवस्थापन समितिका संयाेजक वविता श्रेष्ठले जानकारी गराउनुभयाे ।
"हस्तकलाकाे प्रवर्द्धन, पर्यटनकाे विकासका लागि याे पहिलो र सानाे प्रयास हाे, पाटनलाई २४ सै घण्टा जागृत गराउने उद्देश्यले कार्यक्रम गर्दै याे क्षेत्रलाई उकास्न दीर्घकालीन याेजना अनुसार काम गर्ने लक्ष्यका साथ पहिलोपटक याे मेला गर्न लागिएको हाे।" उहाँले भन्नुभयो ।
वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले पर्यटनकाे प्रचुर सम्भावना बाेकेकाे शहरमा बसेका स्थानीयहरुलाई आयआर्जनमा जाेड्न याे प्रयास महत्त्वपूर्ण हुने बताउनुभयो ।
"याे मेलामा हस्तकला महासंघ, पाटन पर्यटन विकास संस्थाकाे पनि सहयाेग रहने विश्वास छ, महानगरपालिकाकाे दीर्घकालीन याेजनालाई सहयाेग पुर्याउने उद्देश्य अनुसार याे कदम चालिएको हाे ।महिलाहरुले घरघरमा उत्पादन गरेका हस्तकलालगायतका सामग्रीहरु विक्री गरेर आर्थिक उपार्जन गर्न सक्ने अवसर मिल्ने छ। " उहाँले भन्नुभयो ।
उहाँले यस कार्यबाट स्थानीय श्रम, सीप र क्षमताकाे बजारीकरण हुनुका साथै समुदायको आयआर्जनमा सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे । मेलाका समयमा सांगीतिक कार्यक्रमहरु समेत सञ्चालन गरिने उहाँले जानकारी गराउनुभयाे ।
मेलामा स्थानीय हस्तकलाका सामग्रीहरु, स्थानीय नेवारी खानाका परिकारहरु समावेश हुने आयाेजकले जनाएको छ। जात्रा, पहिरन, हाम्रो पहिचान र संस्कृतिलाई प्रचारप्रसार गर्ने अभिप्रायले हुन लागेको याे कार्यक्रमलाई अझ परिस्कृत गरेर लैजाने अध्यक्ष शाक्यले बताउनुभयो । आगामी बर्षदेखि मेलालाई व्यवस्थित बनाउन बृहत रुपमा तालिका बनाएर सञ्चालन गरिने उहाँले जानकारी गराउनुभयाे ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई 'स्मार्ट सिटी' बनाउने अभियानभित्रै 'पाटन डज नट स्लीप' याेजनालाई पनि समेट्ने र त्यसका लागि आवश्यक पूर्वाधार सहित विपद व्यवस्थापनलगायतका कामहरु गरेर मात्रै घाेषणा गर्ने बताउँदै आउनुभएको छ। ---
बज्रबाराही भजन मण्डलकाे अक्षयकोष स्थापनाका लागि दश हजार पाँच प्राप्त
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ १०, सोमबार वर्गीकृत
ललितपुर/ १० असार, बज्रबाराही भजन मण्डलकाे अक्षय काेष स्थापनाका लागि सहयाेग रकम जुट्न थालेको छ ।
अक्षयकोष स्थापनाका लागि तान्त्रिक गुरु तेजमुनि बज्राचार्यले पूर्णिमामा भजनमा सहभागी हुन आउने भक्तजनहरु तथा जेष्ठ नागरिकहरुलाई खाना र खाजाको प्रबन्ध गर्नको लागि दश हजार पाँच सय ५१ रुपैयाँ सहयाेग उपलब्ध गराउनु भएको हाे ।
दैनिक रुपमा हुने नित्य भजन सञ्चालनका साथै हरेक पूर्णिमामा हुने भजनलाई व्यस्थित बनाउन अक्षयकोष स्थापना गर्न लागिएको भवन मण्डलका कार्यवाहक अध्यक्ष चिरी नानी श्रेष्ठले जानकारी गराउनुभयाे ।
मठमन्दिर, देवालय तथा शिवालयहरुमा हुने नित्य भजन तथा समयसापेक्ष हुने भजनकिर्तन सुनेर दर्शनका लागि आउने दर्शनार्थीहरु समेत आनन्दित हुन्छन् । भजन गाउने र सुन्ने बानीले मनलाई आनन्दित बनाउनुका साथै सनातन धर्म–संस्कृति र परम्परा संरक्षणका हिसाबले पनि उपयुक्त हुन्छ । जेष्ठ नागरिकहरुलाई समय व्यतित गर्नका लागि मात्रै नभई युवावर्गमा पनि आध्यात्मिक चिन्तन र चेतना जगाउनका लागि पनि भजनका लागि केही समय दिनु उपयुक्त मानिन्छ ।
आममानिसमा भजनप्रतिको सहभागिता, रौनक, उत्सुकता र थकाइबिनाको मनोरञ्जनले दिन वा रात बितेको पत्तै हुँदैन । परम्परा अनुसार जाग्राम बस्न भजन, कीर्तनकै सहारा लिने गरिन्छ । वास्तवमा शास्त्रमा आधारित र धार्मिक महत्त्व रहेकाले जनसंस्कृति र लोक भाकाको प्रतीकका रूपमा समेत भजनलाई लिइन्छ ।
दोलखामा ४ हजार बालबालिकाको मुटुु परिक्षण
Swoniga Online – स्वनिगः अनलाइन | २०८१ आषाढ ६, बिहिबार वर्गीकृत
गोकर्णप्रसाद भण्डारी
दोलखा/६ असार, दोलखाका भीमेश्वर नगरपालिका र शैलुुङ गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार बालबालिकाहरूको मुटु परिक्षण समपन्न भएको छ ।
असार ५ गते बुधबार भिमेश्वर नगरपालिकामा सुरु गरिएको शिबिरमा विद्यालयका बालबालिकाको जन्मजात मुटुरोग जाँच शिविरमा विभिन्न विद्यालयमा अध्ययनरत २ हजार ९ सय ८३ जना बालबालिकाको मुटु परीक्षण गरिएको थियो भने आज ६गते बिहिबार दोलखाको शैलुुङ गाउँपालिकाका १हजार ११ जना बालबालिकाको मुटु परिक्षण गरिएको शिबिरमा संलग्न डाक्टर तथा मुटुु रोग बिषेशज्ञ प्रेमराज बैद्यले बताउनुभयो । दोलखाको सदरमुकाम चरिकोटमा विभिन्न विद्यालयमा कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकाको बुधबार चरिकोटस्थित कालिञ्चोक माध्यमिक विद्यालयमा मुटु परीक्षण गरिएको शिबिर आयोजनाको समन्वयकर्ता दोलखाका बुद्धिजीवी तथा राप्रपाका नेता कुमार कार्कीले बताउनु भयो । आज बिहिबार दोलखाको शैलुुङमा रहेको शारदा माबिमा आयोजना गरिएको शिबिरमा १ हजार ११ जनाको परिक्षणका क्रममा ६जनामा मुटुुमा समस्या देखिएको र तिन जनाको तुरुन्तै उपचार गर्नुपर्ने देखिएको डाक्टर बैद्यले बताउनुभयो ।
चरिकोट र शैलुुङमा गरि मुटुु परिक्षण शिबिरका क्रममा १ सय ७८ जनाको ईको गरिएको थियो । जसमध्ये मुुटुको समस्या १२ जना बालबालिकामा गम्भिर मुटु रोगको समस्या देखिएको परीक्षणमा संलग्न चिकित्सकहरुले बताएका छन् । गम्भिर समस्या देखिएका १२ जना बालबालिकालाई चीनको फुवाई युनान कार्डियोभास्कुलर अस्पताल लगेर निशुल्क उपचार गरिने अन्नपुर्ण न्युरो अस्पतालका वरिष्ठ सर्जन वसन्त पन्तले जानकारी दिनुभयो । अन्नपुर्ण अस्पताल र फुवाई युनान कार्डियो भास्कुलर अस्पताल चिनको आयोजनामा विद्यालयका बालबालिकाको मुटु परिक्षण गरिएको हो । मुटु शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञहरुबाट मुटुको निशुल्क सामान्य जाँच तथा ईको समेत गरिएको थियो । शिबिरको सम्पुर्ण ब्यबस्थापकिय कार्य राप्रपाका केन्द्रिय साहायक कोषाध्यक्ष तथा समाजसेबि सोभित उप्रेतिले गर्नु भएको थियो । शिबिरमा मुटुु परिक्षणमा संलग्न चीनमा रहेको फुवाई युनान कार्डियोभास्कुलर अस्पतालका डा क्र लु जियाङले नेपालमा अन्य देशमा जस्तो मुटुका रोगि बालबालिका नभेटिएको प्रति खुसी ब्यक्त गर्नु भयो । शुक्रबार शिबरि सिन्धुपाल्चोकमा संचालन हुने पनि अन्नपुर्ण न्युरो अस्पतालका डाक्टर समिर आचार्यले बताउनुभयो ।


