सम्पदा संरक्षण गराैं भन्दा गलत बुझियाे – महर्जन
Swoniga Online – Swonigaonline Reporter | २०७९ बैशाख २२, बिहिबार वर्गीकृत
आसन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा १८ मा वडाध्यक्ष पदका प्रत्याशी चन्द्र महर्जनले आफु जहिल्यै सम्पदा संरक्षणको पक्षमा वकालत गर्दै आएको दावी गरेका छन् ।
आज काठमाडौंमा १८ वडाका लागि गठबन्धन दलका उम्मेदवारहरु र पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महर्जनले कतिपय अवस्थामा आफुले सम्पदाको मापदण्डभित्र बसेर काम गरौं भन्दा आफुलाई विरोधीको रुपमा पनि लिने गरेको बताए ।
संचारकर्मीको प्रश्नको उत्तर दिने क्रममा महर्जनले १८ वडा किलागल भित्रको पुलुकिसि घरको पुनर्निर्माणको क्रममा पनि आफुले मौलिक र परम्परागत शैलीमा पुनर्निर्माण गरौं भन्दा कैयन टोलबासीले आफुलाई गलत ढङ्गले बुझेको बताए ।
‘मैले मापदण्ड भित्र बसेर परम्परागत शैलीमा परम्परागत सामग्री प्रयोग गरेर पुलुकिसि छेँ बनाउँ, भूमिगत तल्ला नराखौं मात्र भनेको थिएँ । तर कतिपयले मैले पुलुकिसि घर नै बनाउन नदिएको किसिमले मेरो भनाईको अपव्याख्या गरिदिए’ महर्जनले भने ।
आफ्नो उद्देश्य अमूर्त सम्पदा अन्तर्गत पुलुकिसिलाई विश्व सम्पदामा सुचिकृत गराउने रहेको र त्यसकै लागि मापदण्ड अनुसार काम गरौं भन्ने रहेको उनले प्रष्ट्याए ।
‘मजिपाटमा लाखय् घर हेर्नुस्, परम्पराग शैलीमा परम्परागत सामग्री नै प्रयोग गरेर बनाइएको कति राम्रो छ । पुलुकिसि घर पनि त्यसरी नै बनाउँ भन्ने मेरो भनाई थियो । बनाउँदै नबनाउँ त मैले भन्न त के सोच्न पनि सक्दिन’ महर्जनले थप प्रष्ट्याए ।
आफु निर्वाचित भएमा कामपा १८ वडाभित्रका मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि गुरुयोजना नै बनाएर काम गर्ने र वडालाई नमूना सांस्कृतिक वडाको रुपमा विकास गर्ने लक्ष्य रहेको महर्जनले बताए ।
१८ वडाभित्र रहेको देवीनाच, पुलुकिसि, नरदेवी नाच, नानीचायाः लगायतका अमूर्त सम्पदादेखि विभिन्न मठमन्दिर लगायतका मूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि आफु लागिपर्ने प्रतिवद्धता महर्जनले व्यक्त गरे ।
आफ्नो योजना सुनाउने क्रममा उनले १८ वडालाई काठमाडौं महानगरको सम्पदा मार्गसँगै जोड्दै वडालाई पर्यटकिय हबको रुपमा विकास गर्ने र वडाबासीको आर्थिक स्तर उकास्नका लागि काम गर्ने घोषणासमेत गरे ।
कामपा १८ वडामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी (केन्द्र) र नेकपा (एकिकृत समाजवादी) समेत गरी तीन दलीय गठबन्धनले उम्मेदवारी दिएको छ ।
जसपा नेपालका चन्द्र महर्जनको नेतृत्वमा वडा सदस्य पदमा माओवादी केन्द्रका नहकुल महर्जन र नेकपा (एस) का मनिष हमालले उम्मेदवारी दिएका छन् ।
कार्यक्रममा गठबन्धन दलका उम्मेदवारहरुले बोल्दै वडाबासीलाई शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताहरुमा वडाबासीको पहुँच सहज बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
तीन दलको गठबन्धन रहेको भएपनि तीनै जनाको एउटै चुनाव चिन्ह छाता रहेको छ ।
शुरुमा नेपाली काँग्रेससँगै चार दलीय गठबन्धनबाट उम्मेदवारी दिने सहमति भएतापनि अन्तिम समयमा नेपाली काँग्रेसले धोका दिएको तीन दलीय गठबन्धन दलले बताएको छ ।
नेपाली काँग्रेसबाट धोका पाएपनि आफुहरुले भने पुरानै सहमतिको पालना गर्दै महानगर प्रमुख पदमा नेपाली काँग्रेसलाई नै समर्थन गर्ने उनीहरुले बताएका छन् ।
१८ वडालाई नमूना वडा बनाउने चन्द्रको योजना
Swoniga Online – Swonigaonline Reporter | २०७९ बैशाख ११, आइतबार वर्गीकृत
काठमाडौं महानगरपालिका वडा १८ का वडाध्यक्ष पदका प्रत्यासी चन्द्र महर्जनले १८ वडालाई नमूना वडाको रुपमा विकास गर्ने दावी गरेका छन् ।
किलागल टोलका स्थानीय वासिन्दा चन्द्र महर्जनले १८ वडालाई आर्थिक, सामाजिक, सांस्कृतिक सम्पूर्ण रुपबाट वडालाई विकास गर्दै नमूना वडा बनाउने दावी गरेका हुन् । स्वनिगः अनलाईनसँगको कुराकानीमा महर्जनले यस्तो बताएका हुन् ।
‘कामपा १८ वडा सांस्कृतिक रुपले सम्पन्न वडा हो, यहाँको मूर्त अमूर्त सम्पदाको विकास गर्दै यसलाई पर्यटकीय हबको रुपमा विकास गर्ने र वडाबासीको आर्थिक स्तर उकास्ने मेरो योजना छ’ महर्जनले भने ।
कामपा १८ वडाको अध्यक्ष पदका लागि महर्जनले जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उम्मेदवारी दिन लागेका हुन् ।
महर्जन हाल स्टार क्लबका अध्यक्ष समेत हुन् भने लकडाउनको समयमा फुटपाथ पसल हटाउ अभियानमा निरन्तर २ सय दिन भन्दा बढि खटेका थिए । हाल उनी स्वच्छ जागरुक युवा समाज नामक सामाजिक संस्थामार्फत पनि सामाजिक गतिविधिमा सक्रिय छन् ।
‘वडाको विकासको लागि के कस्ता कदम चालिनुपर्छ, के कस्ता कामहरु गर्नुपर्छ मैले एकदम राम्ररी बुझेको छु । म यहाँको वडाध्यक्ष भएर आएँ भने वडाको मुहारै फेरीदिने योजना मसँग छ । त्यसैले मैले उम्मेदवारी दिन लागेको हुँ’ महर्जनको भनाई हो ।
१८ वडालाई फुटपाथ पसलरहित बनाउने, अव्यवस्थित तारहरुलाई व्यवस्थित बनाउने, ढल, खानेपानीको उचित व्यवस्थालगायतको काम गर्ने महर्जनले बताए ।
त्यसैगरी १८ वडाको विष्णुमति पुल नजिकै खुल्ला व्यायामस्थल बनाउने, ज्येष्ठ नागरिक क्लब बनाउने योजना पनि महर्जनले सुनाए ।
‘ज्येष्ठ नागरिकहरु घरमै मात्र बस्नुपर्दा मानसिक रुपमै विरामी पर्न सक्छन् । त्यसैले ज्येष्ठ नागरिकहरु भेला हुने, एक आपसमा छलफल, अन्तरक्रिया गर्ने, योग, व्यायाम, भजन किर्तन, प्रवचन आदि लगायतको गतिविधि गर्न ज्येष्ठ नागरिक क्लब बनाउने योजना पनि मैले बनाएको छु’ महर्जनले आफ्नो योजना सुनाउँदै गए ।
परम्परागत पेशा संरक्षण गर्दै वडाबासीलाई आर्थिक रुपमा पनि सबल बनाउनका लागि आवश्यकताको आधारमा अन्य वडा वा अन्य स्थानीय तहसँग सहकार्यमा अघि बढ्ने महर्जनको योजना रहेको छ ।
बहाःबही सम्बन्धी ललितपुरमा फागुण २१ र २२ गते बृहत गोष्ठी
Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ फाल्गुण १९, बिहिबार वर्गीकृत
काठमाडौं उपत्यकाका बौद्ध विहार (बहाःबही) को इतिहास र संस्कृति सम्बन्धी पुस्तक तयार पारे उद्देश्यले फागुण २१ गते शनिबार ललितपुरमा बृहत अन्तक्र्रियात्मक गोष्ठी हुने भएको छ ।
बौद्ध विहार संघ ललितपुरले पुल्चोकस्थित अक्षयेश्वर महाविहारमा दुई दिने गोष्ठी गर्न लागिएको विहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । गोष्ठीको विषय नेपाल मण्डलको बहाःबहीको इतिहास, संस्कृति र अभ्यास बौद्ध संगोष्ठी राखिएको छ ।
‘ लिच्छिविकालीन र मल्लकालीन बौद्ध विहारको इतिहास सम्बन्धी नेपालीहरुले लेखेका पुस्तक कमै मात्र छन् ।विभिन्न समयमा प्रकाशित पुस्तकहरु पनि अहिले बजारमा पाउन छाडिसकेको छ। त्यसैले बहाःबहीको इतिहास, संस्कृति र अभ्यास सम्बन्धी प्रमाणिक, विवरणात्मक र व्याख्यात्मक पुस्तक तयार गर्ने जमर्को गरी सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।’ वरिष्ठ उपाध्यक्ष करणा बज्राचार्यले भन्नुभयो।
गोष्ठीमा प्रस्तुत कार्यपत्र र त्यस बारे हुने छलफललाई समेटिएर पुस्तकको स्वरुप दिने संघको लक्ष्य रहेको छ । गोष्ठीमा लिच्छिविकालीन नेपाल मण्डलमा बहाः बहीको इतिहास, मध्यकालीन नेपालमण्डलमा बहाःबहीको इतिहास,बहाःबहीमा प्रचलनमा रहेको त्रियान परम्पराको दार्शनिक पक्ष,बहाःबहीको कला, बहाःबहीको दीगो संरक्षण लगायत गरी १० वटा कार्यपत्र प्रस्तुत गरिने कार्यसमिति सदस्य ज्ञानेन्द्र शाक्यले बताउनुभयो ।
‘ इतिहास, संस्कृति र दर्शनको केन्द्रमा रहेको बौद्ध विहारको संरक्षण गर्न आधुनिक पुस्ताले यस सम्बन्धी जानकारी पाउन आवश्यक छ । यसको संरक्षण गर्नु भनेको मानव सभ्यता, संस्कृति संरक्षण गर्नु हो ।यस सम्बन्धी पठन संस्कृति विकास गर्ने उद्देश्य पनि गोष्ठी मार्फत लिइएको हो । ’ गोष्ठीका संयोजक गौतममुनि बज्राचार्यले बताउनुभयो ।
सो अवसरमा संघका उपाध्यक्ष सुरेन्द्र बज्राचार्यले इतिहास, दर्शन,संस्कृति सम्बन्धी रुचि भएका जोसुकैले पनि गोष्ठीमा भाग लिन सकिने भन्दै त्यस सम्बन्धी रुचि हुने सर्वसाधारणलाई सहभागिता जनाउन आग्रह गर्नुभयो।
बरिष्ठ संगितकार किरण शाक्यया जहान मन्त
Swoniga Online – स्वनिगः संवाददात | २०७८ फाल्गुण १९, बिहिबार वर्गीकृत
बुद्ध धर्म संगीत ख्यलय आजीवन योगदान बियादिइम्ह यल ओकुवहाःया वरिष्ठ संगीतकार किरण शाक्यया तिरिमयजु चिनानी शाक्यजु मन्त।
मुटु ल्वचं पिडित जुयाच्वम्ह वय्कः फागुण १८ गते सुथय् ८ः४५ बजे अल्का हस्पिटल–२ उपचार झ्वलय् मदुगु खः ।
वयेकया जहान नाप निम्ह म्ह्याय् व छम्ह काय् दी।
न्यूरोड गेट क्लबको रक्तदान कार्यक्रम सम्पन्न
Swoniga Online – Swonigaonline Reporter | २०७८ माघ २४, सोमबार वर्गीकृत
न्यूरोड गेट क्लबको आयोजनामा न्यूरोड गेटैमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गत माघ १० गते विधिवत् दर्ता भएको क्लबको परिचयात्मक कार्यक्रमको रुपमा आइतबार क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा ७७ जना रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रममा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, कामपा २२ वडाका वडाध्यक्ष चिनीकाजी महर्जन, सभासद् विराजभक्त श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा काठमाडौं महानगर प्रमुख शाक्यले युवाहरुको सक्रियताले आफुलाई पनि उत्साहित बनाएको भन्दै समाजको हितमा हुने कुनै पनि काममा आफ्नो पनि साथ रहने बताउनुभयो ।
क्लबका अध्यक्ष आशिषमान सिंहले भोकिको, प्यूखालगायत न्यूरोड क्षेत्र अचेल निकै अव्यवस्थित बन्दै गएकोले अब क्लबले टोल व्यवस्थित बनाउन काम गर्ने बताउनुभयो ।
‘अचेल न्यूरोड क्षेत्र निकै फोहोर बन्दै गएको छ । कुचोले बढारेर मात्रै पनि समस्या समाधान हुन्न । हामी टोल, शहरलाई सफा सुग्घर बनाइराख्नका लागि समाजमा सचेतना जगाउन कार्यक्रमहरु ल्याउनेछौं’ अध्यक्ष सिंहको भनाई थियो ।
यस क्षेत्रमा देखिएको फुटपाथ पसलको समस्या समाधानको साथमा अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउन पनि क्लबले पहल गर्ने क्लबका उपाध्यक्ष अशोक महर्जनले बताए ।
ठमाडौं उपत्यकामा ३ हजार १ सय ४३ जना संक्रमित थपिए
Swoniga Online | २०७८ माघ १३, बिहिबार वर्गीकृत
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ४३ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ संक्रमित थपिएका छन्।
यस्तै काठमाडौं उपत्यकामा ५४ हजार ८६३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८८५९, ललितपुरमा १०३९० र भक्तपुरमा ५६१४ सक्रिय संक्रमित छन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।
केही ठाउँमा हल्का वर्षाको सम्भावना
Swoniga Online | २०७८ पौष २८, बुधबार वर्गीकृत
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना हुने जनाएको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
वाग्मती, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।
भोलि बेलुकादेखि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रको एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना देखिएको छ । तराईमा हुस्सु कुहिरो लागेको छ ।
नेपाली मौलिक संस्कृति संकटमा परेकोमा चिन्ता
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ पौष ६, मंगलबार वर्गीकृत
तन्त्र एवम् संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायबाट लिखित ‘नेपाल आँखाको नानी हो’ र नव साहित्यकार नीलप्रभा राजोपाध्यायको ‘आमा’ पुस्तक सार्वजनिक भएको छ ।
राजोपाध्याय समाजबाट ललितपुर मंगलबजार दरवार परिसरको मणिकेशव नारायण चोकमा आयोजित एक कार्यक्रममा राजोपाध्यायद्वयका पुस्तकहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले दुवै पुस्तकको लोकार्पण गर्नुभयो ।
पुस्तक लोकार्पण पछि बोल्दै मन्त्री श्रेष्ठले विदेशी संस्कृतिको प्रभाव नेपाली समाजमा बढ्दै गएको अवस्थामा यहाँको मौलिक संस्कृतिको अस्तित्व संकटमा परेको भन्दै चिन्ता व्यक्त गरे ।
श्रेष्ठले नेपाली मौलिक संस्कृतिमा लुकेको जीवन दर्शनले समाजलाई सभ्य र सुसंस्कृत बनाउने शिक्षा दिने भन्दै अहिले आयातित संस्कृतिमा समाज रुमल्लिँदा समस्या बढेको दावी गरे ।
‘नेपालमा विदेशी च्यानलको प्रभाव बढेसँगै विदेशी संस्कृति पनि हावी हुँदै गएको छ । यसैकारणले अहिलेको युवा पुस्ताले नेपाली संस्कृति बिर्सिन थालेका छन्’, मन्त्री श्रेष्ठको भनाई हो, ‘हामीले आफ्नो संस्कृतिको मौलिकतालाई बुझेर, यसको दर्शनलाई जानेर अघि बढ्नु आवश्यक छ ।’
त्यसैगरी तन्त्रविद् जुजुले वैदीक परम्पराको नाममा नेपाली समाजमा कौल परम्परा लोप हुँदै गएको बताउनुभयो । वर्तमान समयमा मन्त्रोच्चारण गर्ने वैदीक परम्परालाई प्राथमिकतामा राखिँदा देवीदेवतासँग साक्षात्कार गर्ने तन्त्रको व्यवहारीक पक्षबाट समाज टाढिएको जुजुको भनाई हो ।
‘हाम्रो संस्कृतिले व्यवहारमा जोड दिएको छ, तर हामीले त्यो बिर्सँदै गएको छौं । हामी वेद पाठमै मात्र किन रमाउँछौं, तान्त्रिक विधिव्यवहार हाम्रो संस्कृतिको मौलिकता हो भन्ने नबिर्सौं’ जुजुले भन्नुभयो ।
नव साहित्यकार नीलप्रभाले आफ्नी दिवंगत आमाको सम्झनामा आफुले लेखेका शब्दहरुले अहिले आमा पुस्तकको रुप लिएको बताउनुभयो ।
कार्यक्रममा राजोपाध्याय समाजका अध्यक्ष संजय शर्मा राजोपाध्याय, संस्थापक अध्यक्ष वदन ज्वालानन्द राजोपाध्याय र उपाध्यक्ष रचना शर्मा राजोपाध्यायले समाजको गतिविधिहरुको बारेमा जानकारी गराउँदै समाजको हक, अधिकार र पहिचान स्थापित गर्न क्रियाशिल रहने कुरामा जोड दिएका थिए ।
तन्त्रविद् जुजुबाट लिखित पुस्तक ‘नेपाल आँखाको नानी हो’ राजोपाध्याय समाजले प्रकाशन गरेको हो ।
कीर्तिपुरमा न्हय्गां जात्रा मनाइदै
Swoniga Online | २०७८ मङ्सिर २८, मंगलबार वर्गीकृत
कीर्तिपुरमा न्हय्गां जात्रा (सात गाउँले) जात्रा मनाइरहेको छ ।
वडा नं. ९ स्थित नगांको बालकुमारी स्थानमा धाल्चा खाकेगु जात्रा भएको थियो भने कीर्तिपुर डाँडाकाहरूले छ्वयेलाबू मनाएका थिए । वडा नं. ५, ७ र ८ पर्ने भाजंगल र पांगाबासीहरूले आइतबार बालकुमारी र विष्णुदेवी देवतालाई खतमा राखेर जात्रा सम्पन्न गरेका थिए भने आइतबार कीर्तिपुरका साय्मि(मानन्धर)हरूले पीगंदेखि दलूद्यः जात्रा गरेका छन् ।
सोमबार सात गाउँलेको सबभन्दा ठूली देउता मानीएको ईन्द्रायणीको जात्रा कीर्तिपुर डाडाँमा भैरहेको छ भने आसपासका गाउँहरू (चन्द्रागिरि नगरपालिकाको सतुंगल, ल्ह्वंखा, बोसिगां, मच्छेगां, नैकाप, तापाख्यः) लगायतकाले पनि श्री गणेश, भैरव र विष्णुदेवीलगायतका देवीदेवटाहरू स्थानीय बःखुमा ल्याइ त्यहाँबाट जात्रा गरी आ–आफ्नो स्थानमा लगेर जात्रा गरिरहेका छन् ।
कीर्तिपुुरमा वडा नं. २ स्थित पीगबाट ईन्द्रायणी देउतालाई खतमा राखी जात्रा गरी वडा नं. १ स्थित लाय्कूसम्म ल्याइने हो भने लाय्कूमा पुगेपछि द्वारेपुजा गर्ने गरिन्छ । यो जात्रा कीर्तिपुर डाँडाका प्रत्येक टोलहरूले पालैपालो आयोजना गर्ने गरिरहेकोले यस वर्ष वडा नं. १ स्थित गुँदे दाफा खलः अन्तर्गत इछेँ, ह्वाकंचा, बाकुननी, सतःक्व र सलिंछेँ टोल र वडा नंं. ३ स्थित कुतुझोलटोलको पालो रहेकोले आयोजक टोलले लाय्कूमा द्वारे पुजा गर्ने गरिन्छ ।
द्वारेपुजा सकिएपछि जात्रा गरिरहेको धिमे बाजा पुनः पीगंमा गई त्यहाँ लाखेपाः बसिरहेकोलाई र वहाँसँगै भेलूलाई पुनः जात्रा गरी ल्याइने चलन रहेको छ ।कीर्तिपुर नगरपालिकाको अधिकांश बस्तिमा मनाइने यस न्हय्गां जात्राको उपलक्ष्यमा कीर्तिपुरनगरपालिकाले प्रत्येक वर्ष झैं यस वर्ष पनि सम्पूर्ण नगरबासीलाई हार्दिक शुभकामना व्यक्त गर्दै सोमबार एक दिन सार्वजनिक बिदा घोषणा गरेको छ ।
कीर्तिपुरनगरपालिकाले दाफा खलःहरूलाई हार्माेनियम वितरण
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ मङ्सिर २६, आइतबार वर्गीकृत
नेवाःको मौलिक बाजा दाफा संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले कीर्तिपुर नगरपालिकाले नगरका विभिन्न दाफा खलःहरूलाई पनि हार्माेनियम वितरण गरेको छ ।
गत भदौ २४ गते विभिन्न १९ वटा दाफा खलःहरू हार्माेनियम वितरण गरेको थियो भने बाँकि दाफा खलःहरूलाई आज वितरण गरेको हो ।
कीर्तिपुर नगरपालिका वडा नं. २ भवन, देवढोकामा भएको एक कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालगायत वडा नं. १ का अध्यक्ष हर्ष महर्जन, वडा नं. २ का अध्यक्ष रमेशमान डंगोल, वडा नं. १० का अध्यक्ष अमन महर्जनले हार्माेनियम वितरण गर्नुभएको हो ।


