add
Display Style: 
Row Style

छत्रपाटी चिकित्सालयको ६७ औं वार्षिकोत्सव सम्पन्न

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २७, शनिबार वर्गीकृत

काठमाडौं/ २७ माघ,  छत्रपाटी निःशुल्क चिकित्सालयको ६७ औं वार्षिकोत्सव सम्पन्न भएको छ । यही  माघ २३ गते मंगलबार प्रतिनिधि सभाका सभासद एवं पूर्व उप-प्रधानमन्त्री श्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा तथा का.म.पा का प्रवक्ता एवं १७ वडा अध्यक्ष श्री नबिन मानन्धरको आतिथ्यतामा सम्पन्न भएकाे हाे ।   

समारोहमा काँग्रेस नेता सिंहले चिकित्सालयको इतिहासलाई स्मरण गर्दै शुरु देखि नै सेवा गर्ने भावनाबाट बनेको संस्था रहेको बताउनु भयो ।  त्यस्तै गरि का.म.पा का प्रवक्ता एवं १७ वडाका अध्यक्ष श्री नबिन मानन्धरलेशुरु अवस्थादेखि स्वास्थ्य क्षेत्रमा यस चिकित्सालयले अनवरत रुपमा गरीब असहायलाई सेवागर्दै आइरहेको प्रकाश पार्नु भयो भने यसलाई निरन्तरताको साथै आफूले सकेको सहयोग गर्नआफू सदैव लाग्ने कुरामा बचनबद्धता जनाउनु भयाे। समारोहका सभापति डा. मनोजमान श्रेष्ठले छत्रपाटी निःशुल्क चिकित्सालयमा सबै मिलेर कार्य गर्नु पर्ने कुरामा जोड दिनुका साथै चिकित्सालयको सेवा विस्तार तथा भविष्यमा गरिने कार्यक्रमको बारेमा प्रकाश पार्नु भयो ।

उक्त समारोहमा चिकित्सालयमा ३० वर्ष, २५ वर्ष, १० वर्ष सेवा गर्नु भएका तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । ३० वर्ष सेवा गर्नु भएका कर्मचारी बिमल पन्त, मन्जुश्री बसी, सुशीला मानन्धर, सविता राय, कृष्ण महर्जन लाई प्रशंसा पत्र तथा अवकाश पत्र प्रदान गरिएको थियो, २५ वर्ष सेवा गर्नु भएका अम्बिका नेपाली, शर्मिला देवकोटा, १० वर्ष सेवा गर्नु भएका चर्म तथा यौन रोग विशेषज्ञ डा. सन्जय शाक्य, कर्मचारीहरु कुल बहादुर गुरुङ, खड्ग बहादुर थापा मगर, रिता भट्ट, मन्दिरा शाही, किशोर मगिया, रंगिना महर्जन, ५ वर्ष भन्दा बढीसेवा गर्नु भएका स्टाफ नर्सहरु देवी गुरुङ, सन्जु मास्के, कल्याणी पोडे, इना बज्राचार्य, मेनुका मग्रराती, सविता रोक्का, सृजना रानाभाट साथै उत्कृष्ट कर्मचारी प्रशासकीय अधिकृत मिनु जोशी, ड्रेसर राजकुमार थापालाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । साथै चिकित्सालयमा अमूल्य सहयोग गर्ने श्री नबिन चित्रकार लाई पनि सम्मान गरिएको थियो । चिकित्सालयको ६७ औं वार्षिकोत्सव डा. मनाेजमान श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियाे । 

न्युरोडकाे जनप्रतिनिधि र जनतालाई बेवास्ता गरेर गरेकाे निर्णय मान्य हुँदैन - अध्यक्ष महर्जन

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २६, शुक्रबार वर्गीकृत

काठमाडौं/२६ माघ, काठमाडौं महानगरपालिका वडा नं. २२ का अध्यक्ष चिनिकाजी महर्जनले  न्युरोडकाे जनप्रतिनिधि र जनतालाई बेवास्ता गरेर गरेकाे निर्णय मान्य नहुने बताउनु भएको छ । चार पाङ्गे तथा दुई पाङ्गे सवारी पार्किङ्ग निषेश गरिएको प्रति असहमति ब्यक्त गर्दै बिहिवार पत्रकार सम्मेलन गरेर अध्यक्ष महर्जनले असहमतिकाे जानकारी गराउनु भएको हाे । 

काठमाडौं महानगरपालिकाको वडा नं २२ र २४ मा रहेका सडकहरुमा बि. सं. २०७६ साल अघि निःशुल्क र त्यसपछि महानगरले नियुक्त गरेको ठेकेदार मार्फत शुल्क उठाउने गरी सञ्चालन भई रहेको थियोे । पाईलट प्रोजेक्टको नाममा स्थानीय वडाका जनप्रतिनिधिको असहमतिका बावजुत बि. सं. २०७६ मा विद्यासुन्दर शाक्य नगरप्रमुख रहेकाे समयमा बिना टेण्डर सशुल्क पार्किङका लागि अनुमति दिइएको थियाे ।


"महानगरपालिकाद्वारा नियुक्त ठेकेदारले सवारी तथा पैदल आवागमनलाई पटक्कै ध्यान नदिई बढी भन्दा बढी संख्यामा पार्किङ्ग गराई पैसा असुल्ने मात्र कार्य गरि रहेको कारण उक्त क्षेत्रको ट्राफिक ब्यबस्था पुरै ध्वस्त भई जन जीवन नै अस्त व्यस्त भई रहेको थियो । उक्त ठेकेदारसंगको करार समाप्त गरिनु स्वागत योग्य भएता पनि उसको असमक्षताको कारण उत्पन्न समस्या समाधानको नाममा उक्त क्षेत्रको पार्किङ्ग नै हटाउनु कुनै पनि अर्थमा तर्क संगत देखिन आएन ।" वडा अध्यक्ष महर्जनले भन्नुभयो ।
वडा अध्यक्षकाे असहमतिलाई बल पुग्नेगरी स्थानीय राजनीतिक दल, संघ संस्था तथा व्यापार संघहरुले समेत साथ रहेकाे जनाइएको छ। धार्मिक, सांस्कृतिक, आर्थिक, राजनैतिक तथा ऐतिहासिक दृष्टिकोणबाट राष्ट्रिय रुपमा अत्यन्त महत्वपूर्ण उक्त स्थानको समग्र जनजीवनको संबेदनशीलता र सन्तुलनलाई बेवास्ता गरी पार्किङ हटाइएकोमा असहमति ब्यक्त गर्दै स्थानीयले यही माघ १८ गते वडा अध्यक्षलाई पत्र बुझाएका थिए । साेही आधारमा अध्यक्ष महर्जनले स्थानीयकाे ध्यानाकर्षणका बारेमा बिहिबार पत्रकार सम्मेलन गरेर सार्वजनिकिकरण गर्नुभयाे । "न्युरोड क्षेत्रकाे बिभिन्न आयामहरुमा दीर्घकालीन नकारात्मक असर पर्ने गरी महानगर बोर्डमा छलफल निर्णय नगरी, स्थानीय वडाका जन प्रतिनिधिहरुलाई जानकारी समेत नगराई, महानगर प्रमुखद्धारा एकलौटी ढंगले उक्त पार्किङ्ग हटाउने कार्य भएको देखिएको हुँदा त्यस प्रकारको गैर जिम्मेवार कृत्यको हामी बिराेध गर्न चाहन्छौं ।" स्थानीयले वडा अध्यक्षलाई बुझाएको पत्रमा उल्लेख छ ।

बिविध कार्यक्रमहरु सहित रजत जयन्ती मनाउँदै न्यू जेनिथ इङ्लिस मोडेल स्कुल

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २६, शुक्रबार वर्गीकृत

काठमाडौं/२५ माघ, न्यू जेनिथ इंग्लिश मोडेल स्कुलले रजत जयन्ती मनाउने भएको छ ।  स्कुल सञ्चालनको २५ बर्ष पूरा भएको अवसरमा यही माघ २८ गते आइतबार प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष कार्यक्रम गरी मनाउने तयारी भएको स्कुलका प्रधानाध्यापक राजु महर्जनले जानकारी दिनुभयो । उक्त समारोहमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा रहने जनाइएको छ । रजत जयन्तीका अवसरमा स्कुल स्थापनादेखि हालसम्मका गतिविधिहरु तथा सांस्कृतिक कार्यक्रम हुने  जानकारी प्रधानाध्यापक राजु महर्जनले जानकारी गराउनुभयो । उहाँका अनुसार ६० भन्दा बढि विद्यार्थीहरुको म्यूजिकल ओरस्चेस्ट्रा, म्युजिकमा आधारित तेक्वाण्दो सो, स्काउट पिरामिट, गीतहरुको प्रस्तुति हुने छ ।

रजत जयन्ती समारोहमा प्याबसनका अध्यक्ष प्रेमकुमार राई, ज्यापु महागुुथी, नगर कमिटिका पञ्च नारायण महर्जन, काठमाडौं महानगरपालिका वडा १८, १७, १९, १५, २४ र २३ का वडा अध्यक्षहरु समेतको आतिथ्यता हुने जानकारी दिएको छ । प्रधानाध्यापक महर्जन आफुले  शिक्षण पेशाको ३० बर्षको अनुुभव र भोगाईमा आधारित रहेर तयार पारेको एक पुस्तक विमोचन समेत गरिने जानकारी गराउनुभयो । उक्त स्कुलमा ५ देखि २५ बर्षसम्म सेवारत शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई सम्मान समेत गरिने उहाँले जानकारी गराउनु भयो । वि।सं। २०५६ सालमा प्राथामिक तहमा ७४ जना विद्यार्थीबाट नर्सरी देखि कक्षा ५ सम्म सञ्चलान भएको विद्यालयले २०६१सालदेखि एसएलसी परिक्षामा विद्यार्थीहरुलाई समावेश गराउन सफल भएको जानकारी गराइएको छ ।  कक्षा १२ सम्म सञ्चालन भइरहेको उक्त स्कुलमा हाल ९ सय ५० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।  

 

Advertise

यमुनाडाडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवा शुरुवात

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २०, शनिबार वर्गीकृत

सिन्धुपाल्चोक/ २० माघ :  नेपालमा पहिलो पटक सिन्धुपाल्चोकको  यमुनाडाडा स्वास्थ्य चौकीका फिजियो थेरापी सेवा सुरु भएको छ। सुनकोसी गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको नव निर्मित स्वास्थ्य चौकीको सनिवार उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले  फिजियो थेरापी सेवा सुभारम्भ गरेका हुन्। मन्त्री बस्नेतले सो अवसरमा फिजियो थेरापीका सामग्री हस्तान्तरण गर्नु भएको छ।  देशभरिका स्वास्थ्य चौकीमध्ये  यमुना डाडामा सुरु भएको फिजियो थेरापी सेवा संभवत: पहिलो हो। कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नव निर्मित स्वास्थ्य चौकीमा थप सेवा सुरु हुनु खुशीको कुरा भएको बताउँदै बिकास निर्माणका काममा आफू सधै क्रियाशिल रहने बताउनु भयाे।

स्वास्थ्य चौकीमा तला थपेर स्वास्थ्यकर्मीको क्वाटर बनाएर सहज सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले थप ३८ लाख रुपैयाँ बिनियोजन गरेको बताउनु भयाे । यहाँको स्थानीय बिकासको लागि आफू अझै १५ वर्ष सक्रिय राजनीति गर्ने दाबी गर्दै  एमाले र माओवादी पार्टीका नेताहरुले भन्दा आफुले सबैभन्दा बढि काम गरेको दाबी गर्नुभयाे । कार्यक्रममा स्वास्थ्य चौकीका अध्यक्ष भोजलाल श्रेष्ठले मन्त्री बस्नेतको पहलमा सुरु भएको फिजियो थेरापीले आम जनताले थप स्वास्थ्य सेवा  प्राप्त गर्ने बताए। सुनकोसी गाउँपालिकाका पुर्व अध्यक्ष श्रवणकुमार जोसीले आफ्नो कार्यकालमा  विकास निर्माणका काम तिब्र गतिले गरेकोले अहिले उद्घाटनका काम भइरहेको दाबी गरे । पार्टी भित्रको आन्तरिक गुटबन्दीका कारण अध्यक्षमा गत वर्षको स्थानीय निर्वाचनमा आफुले थोरै मतले पराजय भोग्नु परेको स्मरण गर्दै जनताको सुख दुख र विकासमा आफु सधै साथमा रहेको बताउनु भयाे ।  फिजियोथेरापिष्ट डा. निष्ठा श्रेष्ठले नेपाल मै पहिलोपटक स्वास्थ्य चौकीमा फिजियो सेवा सुरु भएकोमा खुशी व्यक्त गर्दै यो सेवा सुरु भए पछि स्थानियबासीले थप स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनु भयाे । स्वास्थ्य चौकीलाई आवश्यक सामग्री र तालिमको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने श्रेष्ठले बताउनु भयाे । स्वास्थ्य चौकी इन्चार्ज अमर तामाङले स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवा थप गरि दिनु भएकोमा स्वास्थ्य मन्त्री बस्नेतप्रती कृतज्ञता व्यक्त गर्नुुुभयाे ।

आयुर्वेद सेवाकाे प्रवर्द्धन गर्न स्थानीय पत्रकारसंग अन्तरक्रिया

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १८, बिहिबार वर्गीकृत

ललितपुर/ १८ माघ, आयुर्वेद सेवाकाे प्रबर्द्धन गर्ने अभिप्रायले आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले बुधबार स्थानीय पत्रकारसँग छलफल गरेको छ । केन्द्रले प्रदान गर्ने सेवा तथा आयुर्वेद उपचार पद्दतीका बारेमा जानकारी दिन अन्तरक्रिया गरिएको कार्यालय प्रमुख डाक्टर सृष्टि श्रेष्ठले जानकारी गराउनु भयाे ।

केन्द्रका प्रमुख डा. सृष्टि श्रेष्ठले केन्द्रले योग, ल्याव, स:शुल्क फार्मेसी, अकुपञ्चर तथा पञ्चकर्म (पूर्वकर्म) सेवा, स्तनपायी आमाका लागि औषधि वितरण, होटल, होमस्टे रिसोर्टका लागि योग तथा अभिमुखीकरण सेवा, विद्यालय आयुर्वेद तथा योग शिक्षा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धनलगायत कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।श्रेष्ठका अनुसार सरकारले निर्धारित गरेको २३ आयुर्वेदिक औषधि यस केन्द्रबाट नि:शुल्क वितरण गरिन्छ । उनले भने “सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामाया’ यो नै हाम्रो मुख्य उद्देश्य हो ।”

पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष सागर न्यौपाने, केन्द्रका व्यवस्थापक सूर्यमान श्रेष्ठ र वरिष्ठ वैध एवं योग प्रशिक्षक जानुका बरालले आयुर्वेद उपचार, योग, आहारविहार र उपलब्ध सेवाका बारेमा जानकारी दिए । डा श्रेष्ठले “ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका–२, महालक्ष्मी नगरपालिका, कुन्ज्योसोम र महाँकाल गाउँपालिकामा नागरिक आयोग सेवा केन्द्र स्थापना गरिएको छ ।” हालसम्म सबैको पहुँचमा आयुर्वेद उपचार सेवा पुग्न नसकेको उनको भनाइ थियो । अन्तरक्रियामा स्थानीय पत्रकार तथा विभिन्न सङ्घसंस्थामा आबद्ध ३२ जना पत्रकारहरु तथा सञ्चारकर्मीहरुकाे सहभागिता थियो ।

क्रिप्टोकरेन्सी कारोबार गर्ने ७ जना पक्राउ

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १६, मंगलबार वर्गीकृत

काठमाडौं/ १६ माघ, क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ७ जनालाई पक्राउ गरेको छ। अवैधरूपमा क्रिप्टोकरेन्सी बिटकोइनमार्फत् जुवा, मिल्किवे, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स, अरियन स्टार्सजस्ता खेल खेलाइरहेको सूचनासँगै प्रहरीले यो गिरोहको खोजी गरेको थियो। नेपालमा कुनै पनि अनलाइन जुवा खेल्न कानुनले बन्देज गरेको छ। पक्राउ पर्नेमा सिराहाका मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिशकुमार रौनियार, रोशन चौधरी जैसवाल, शिवमकुमार यादव र हरिशंकर चौधरी छन्।

संस्कृति र सभ्यताको संरक्षण गर्ने काममा जातीय समाजको ठूलो भूमिका - प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १४, आइतबार वर्गीकृत

ललितपुर/ १४ माघ, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले संस्कृति र सभ्यताको संरक्षण गर्ने काममा जातीय समाजको ठूलो भूमिका हुने बताउनु भएको छ । शनिबार ताम्रकार समाजले जावलाखेलमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रजिअ श्रेष्ठले यस्ता समाजले सक्रिय र सचेत भएर समुदायको कला, संस्कृतिलाई बचाउन सक्नुपर्छ भन्ने धारणा राख्नुभएको हो ।

"संस्कृति र सभ्यताको संरक्षण गर्ने काममा जातीय समाजको ठूलो भूमिका हुन्छ, यस्ता समाजले सक्रिय र सचेत भएर समुदायको कला, संस्कृतिलाई बचाउन सक्नुपर्छ। समाजले सामाजिक उत्तरदायित्व निर्वाह गर्न महत्त्वपूर्ण भूमिका खेलोस् भन्न चाहान्छु ।"श्रेष्ठले भन्नुभयो । 

उहाँले राज्यको प्रशासनिक नेतृत्व गर्दै सामाजिक सुरक्षा, समृद्धिका लागि प्रशासनीक काम गर्न आएको हौ भन्दै नागरिक समाज र प्रशासनबीच भाइचारा र नजिकको सम्बन्ध आवश्यक हुने बताउनु भयो । सदैव नागरिकको साथ र सहयोगमा रचनात्मक काम गर्न तत्पर छौं भन्दै परम्परा, रितिरिवाजलाई धान्दै नयाँ काम गरेर समाजलाई अग्रगतिमा लैजान सहकार्य गर्न समुदायसंग मिलेर काम गर्ने  प्रतिबद्धता जनाउनु भयाे ।

ललितपुरका प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले प्रहरी पनि यही समाजको व्यक्ति हो भन्दै प्रभावकारी रुपमा काम गर्दै शान्ति सूरक्षाका लागि हरदम क्रियाशील रहने बताउनु भयो । "प्रहरीलाई सदैव समाजको आवश्यकता पर्छ।अपराधिक क्रियाकलापहरु रोक्ने हाम्रो उद्देश्य हो,अपधाररहित र भय मुक्त समाज निर्माण गर्ने अभियानमा छौँ ।"खनालले भन्नुभयो । 

यल नेवा समाजका उपाध्यक्ष न्हुच्छेबहादुर  नेमकुलले पाटनका १९ वटा जातीय समाजलाई एकै ठाउँमा जोडेर परम्परागत संस्कृतिको जगेर्ना गर्न, सामाजिक अस्तित्व र सद्भाव कायम गर्नेलगायतका काम गर्न आवश्यक महसुस भएर यल नेवा समाज गठन भएको बताउनु भयो । 

ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकारले समाजले शिक्षा र स्वास्थ्यका साथै कुलदेवता मन्दिर उग्रचण्डीमाईको संरक्षण, जेष्ठ नागरिकहरुलाई तिर्थाटन गराउने, धार्मिक गतिविधिहरुमा सहभागी गराउने लगायतका कामहरू गर्दै आइरहेको बताउनु भयो ।

 

ललितपुर महानगर वडा नं. १६ द्वारा तीन महिनासम्म नि:शुल्क स्वास्थ्य शिविर

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १२, शुक्रबार वर्गीकृत

ललितपुर/ १२ माघ, ललितपुर महानगरको वडा नं. १६ ले तीन महिनासम्म नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । वडा नं. १६ ले इलाननी रचना फिजियोथेरापी उपचार केन्द्रको समन्वयमा तीन महिनासम्म निस्शुल्क स्वस्थ्य शिविर सञ्चालन गर्ने भएको हो । 

आफ्नो वडाभित्रका धेरैभन्दा धेरै नागरिकहरुले स्वास्थ्य सुविधा पाएर निरोगी जीवनयापन गर्नु पाउन भन्ने उद्देश्यका साथ तीन महिनासम्म स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको बताउनुहुन्छ ललितपुर महानगरपालिकाका वडा नं १६ का अध्यक्ष निर्मल रत्न शाक्य । 

"स्थानीय जनप्रतिनिधिको रुपमा सबै वडावासीहरुको स्वास्थ्य सुविधाको लागि हामीले काम गर्ने हो । धेरैभन्दा धेरै नागरिकहरुले स्वास्थ्य सुविधा पाएर निरोगी जीवनयापन गर्नु पाउन भन्ने उद्देश्यका साथ तीन महिनासम्म स्वास्थ्य शिविर सञ्चालन गर्न लागेका हौं । संविधानले नै शिक्षा र स्वास्थ्य नागरिकको अधिकारका रुपमा परिभाषित गरेको छ। तसर्थ सबैलाई निरोगी बनाउन स्वास्थ्य शिविर, पहिचान भएका रोगको निधानका लागि डाक्टरको सिफारिसअनुसार निस्शुल्क ओैषधि वितरण, जनचेतना अभिबृद्धि लगायतका कामहरुलाई केन्द्रित गरेका छौं ।" अध्यक्ष शाक्यले भन्नुभयो । 

उहाँले सीमित स्रोत साधनबाट न्युनतम मुल्यमा इलाननी रचना फिजियोथेरापी उपचार केन्द्रबाट फिजियोथेरापी उपचार सेवा दिइरहेको समेत जानकारी गराउनु भयो । उहाँले वडा कार्यालयले माघ महिनामा मंगलबजार, बुबहाल, इलाननी र नकबहिल गरि चार स्थानमा शिविर सञ्चालन हुने जानकारी गराउनु भयो । अरनिको समाजसंग सहकार्य गरेर फागुन र चैत महिनाभर फिजियोथेरापी शिविर सञ्चालन गरिने गरि तयारी भएको जानकारी गराउनु भयो । 

फिजियोथेरापिस्ट डा चन्द्रदीप कुमार महतोले शिविर सञ्चालनकाक्रममा फिजियोथेरापी र आयुर्वेद सम्बन्धि उपचारलाई जोड दिइने जानकारी गराउनु भयो । "हाडजोर्नीका समस्याका विरामीहरुको समस्यालाई ध्यान दिएर निशुल्क परामर्श , निशुल्क उपचार सेवाका लागि शिविर गर्न लागिएको हो । प्रेसर, मधुमेह, ग्यास्ट्रिक लगायतका समस्याहरुका लागि उपचार सेवा प्रदान गरिन्छ ।"  डा. महतोले भन्नुभयो । 

 

नेपालभाषाका हजारौं किताबहरु अब विश्वको हरेक कुनाकाप्चामा पढ्न सकिने

Swoniga Online – स्वनिगः अनलाइन रिपाेर्टर | २०८० पौष २८, शनिबार वर्गीकृत

त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाइब्रेरीको सुरुवात भएको छ ।

विहिवार ललितपुरस्थित विभागको परिसरमै भएको एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलले विभागको ई लाइब्ररी cdnb.edu.np को समुद्घाटन गरिन् ।

कार्यक्रममा बोल्दै कामपा उपप्रमुख डंगोलले यस ई लाइब्ररीमा नेपालभाषाका पुस्तक मात्र नभएर नेपालकै भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि लेखिएका पुस्तक एवम् लिखित सामग्रीहरु अपलोड गर्दै जान आग्रह गर्नुभयो ।

‘नेपालको ईतिहास, भाषा, कला, साहित्य, संस्कृति, धर्म लगायतका विषयवस्तुको अध्ययन संसारको कुनै पनि कुनाकाप्चामा बसेर गर्न सहज होस् । यसमा नेपालको अध्ययन गर्न सकिने गरी सामग्रीहरु अपलोड गर्दै जानुस्, काठमाडौं महानगरपालिका तपाईँहरुको साथमा छ’ डंगोलले भनिन् ।

काठमाडौं महानगरपालिकाको रु. ५० लाख आर्थिक सहयोगमा विभागको ई लाइब्ररी निर्माण गरिएको हो । कार्यक्रममा कामपा उपप्रमुख डंगोलले ई लाइब्ररीको अपग्रेड र अपडेटको लागि बजेट थपिदिने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

त्यस्तै विभागका प्रमुख सहप्राध्यापक डा. राजनलाल जोशीले अहिले हजाराैं पुस्तकहरु ईलाइब्ररीमा अपलोड भइसकेको र नेपालकै भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि लेखिएका हरेक पुस्तकहरु, पुराना थ्यासफू लगायतका ऐतिहासिक लिखित सामग्रीहरु अपलोड गर्दै जाने लक्ष्य रहेको जानकारी दिए ।

विभागका प्रमुख सहप्राध्यापक डा. जोशीले नेपालभाषा क्षेत्र र नेवार समुदायले विभागलाई प्राज्ञिक मञ्चको रुपमा सदुपयोग गर्न पनि आह्वान गरे ।

‘यो विभाग अध्ययन, अनुसन्धानको थलो हो । अध्ययन, अनुसन्धानको क्षेत्रलाई व्यापक र सहज पनि बनाउनलाई हामीले ईलाइब्ररी ल्यायौं । नेपालभाषा क्षेत्र र नेवार समुदायले ईलाइब्ररीको साथमा यो विभागलाई प्राज्ञिक थलोको रुपमा सक्दो सदुपयोग गर्नुहोस्’ डा. जोशीले भने ।

कार्यक्रममा उपप्राध्यापक डा. वज्रमुनि वज्राचार्य, पाटन संयुक्त क्याम्पसका प्रमुख डा. लक्ष्मण वीर सिंह कुवँर, रत्नराज्यलक्ष्मी क्याम्पसका प्रमुख प्रा.डा. जीवनधर ज्ञवाली, प्रमुख, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेपालभाषा केन्द्रीय विभागको विद्यार्थी संगठन लुमन्ति दबूका अध्यक्ष रामेश्वर श्रेष्ठलगायतकले आआफ्नो विचार राखेका थिए ।

सोही कार्यक्रममा पुष्पदेवी छात्रवृत्ति, खैगुलि छात्रवृत्ति, योगवीर सिंह विद्वत्वृत्ति लगायतका छात्रवृत्ति प्रदान गरिएको थियो । साथमा नेपालभाषा स्नातकोत्तर विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, उत्कृष्ट अनुसन्धान लगायतलाई सत्यहिरा पुरस्कार, पियूष पदक, श्रेष्ठ पदक लगायतका पुरस्कार पनि प्रदान गरिएको थियो ।

ई लाइब्ररीमा निर्माणमा आर्थिक, भौतिक र विभिन्न प्रकारले सहयोग गरेका सहयोगीहरुलाई पनि सम्मान गरिएको थियो ।

सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, नेपालभाषा केन्द्रीय विभागका निवर्तमान प्रमुख प्रा. डा. ओमकारेश्वर श्रेष्ठ, पूर्व प्रमुख प्रा. प्रेमशान्ति तुलाधर, पूर्व प्रमुख सहप्रा. सिर्जना प्रधान लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो । 

Pages