add
Display Style: 
Row Style

प्रधानसेनापति प्रशंसा पदकबाट जोशी सम्मानित

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ चैत्र १, आइतबार वर्गीकृत

ललितपुरमा जनतासंग सेनाको कार्यक्रमलाई प्रभावकारी बनाउन पु¥याउनुभएको महत्वपूर्ण योगदानलाई कदर गर्दै नेपाली सेनाले समाजसेवी अजरमान जोशीलाई प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित गरेको छ ।

सेना दिवस– २०७७ को अवसरमा जोशीलाई नेपाली सेनाले सो पदक प्रदान गरेको हो। नेपाली सेनाको राजदल गणले जनतासंग सम्बन्ध बढाउन आयोजना गरेको विभिन्न कार्यक्रम सफल बनाउन जोशीले संयोजन गर्नुभएको थियो।त्यसलाई कदर गरी सो पदक प्रदान गरिएको बुझिएको छ ।

जनतासंग सेना कार्यक्रम अन्तर्गत ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित विशेष ‘ब्यान्ड डिस्प्ले’ सम्पन्न गर्न जोशीले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै सामाजिक, सरसफाई कार्यक्रममा गणका सेनालाई सहभागी गराउन र सेनासंग मिलेर विद्यालयका बालबालिकाहरुलाई विपद सम्बन्धी कार्यक्रम सञ्चालन गर्न जोशीले अग्रसर हुनुभएको थियो ।नेपाली सेनाले अघि सारेको एकिकरण पदमार्गलाई ललितपुरको सन्र्दभमा प्रवद्र्धन गर्न पनि जोशीको योगदान रहेको बताइएको छ ।

सेनाले आयोजना गरेको एकिकरण अवधारणाको विचार गोष्ठीमा सहभागी भइसक्नुभएका जोशीले सो अवधारणाले राष्ट्रिय गौरवमा वृद्धि गर्ने विश्वास व्यक्त गर्दै भन्नुभयो ‘ त्यसले ऐतिहासिक महत्वका क्षेत्र, गढीहरुको संरक्षण गर्ने छ । ती स्थानलाई पर्यटकीय गन्तव्य बनाउन सघाउने छ ।अन्ततः त्यसले स्थानीयस्तरमा आर्थिक विकासमा टेवा पु¥याउने छ

’‘आफ्नो योगदानलाई कदर गरेकोमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा , राजदल गण लगायत नेपाली सेनालाई आभार प्रकट गर्दछु ।’ ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनुभएका जोशीले भन्नुभयो ।

काठमाडौँ महानगरबासीले लगाए कोभिडविरुद्धको भ्याक्सिन

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २९, शनिबार वर्गीकृत

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यसहितको टोली महानगरपालिका क्षेत्र भित्रका कोभिड विरुद्धको खोप केन्द्रको अनुगमन गर्ने सिलसिलामा शुक्रबार जनमैत्री अस्पताल बालाजु पुग्दा धादिङवेसीकी दण्डकुमारी ढकाल खोपलगाएर आराम गरिरहनु भएको थियो । दण्डकुमारीको छेउमै पुगेर प्रमुख शाक्यले–खोप लगाएपछिको आमाको स्वास्थ्य अवस्था कस्तो छ,’ भनी प्रश्न गर्नुभयो । प्रमुख शाक्यको प्रश्न पूरा हुन नपाउँदै दण्डकुमारीले थोरै मुस्कानसहित भन्नुभयो–च्यास्स घोचे जस्तो लागेको थियो । बाबुले त खोप लगाइसक्नु भएछ । अहिले त्यस्तो केही गाह्रो महशुस भएको छैन ।’ 

छेउमै भेटिनु भएका चिन्तामणि दवाडीले पनि दण्डकुमारीकै जस्तो अनुभव सुनाउनुभयो । कुराकानीकै सिलसिलामा प्रमुख शाक्यले देशको प्रधानमन्त्री, मन्त्रीहरु र आफुले समेत खोप लगाइसकेको भन्दै आम नागरिकलाई पनि ढुक्क भएर खोप लगाउन हौसला प्रोत्साह गर्ने उदेश्यले खोप केन्द्रको अनुगमनमा निस्केको बताउनुभयो । ‘तपाईँहरुले खोप लगाउनुभयो अब यो सन्देश टोलटोलमा लिएर जानुहोला र सबैलाई खोप लगाउन प्रोत्साहन गर्नुहोला,’ शाक्यले भन्नुभयो, ‘खोप लगाउँदा कुनै समस्या हुँदैन । यदि त्यस्तो केही समस्या देखिहाल्यो भने ३२ वटै वडाका जनप्रतिनिधिहरु तपाईँको घर–दैलोमै आएर आवश्यक सहयोग गर्न तयार छन् ।’ 

कोप केन्द्रमै खोप लगाएपछि काठमाडौँ महानगरपालिकाले व्यवस्था गरेको चिया–कुकिज खाँदै आराम गरिरहनु भएकी धनसरी गुरुङ, सिता कुमारी राना र महेश्वर अधिकारीले पनि काठमाडौँ महानगरपालिकाका प्रमुखसहितको टोली अनुगमनमा आउँदा खुशी लागेको भन्दै सरकार र महानगरपालिकालाई धन्यवाद दिनुभयो । ‘सरकारले यति छिटो कोरोनाविरुद्धको खोपको व्यवस्था गर्ला र हामीले यति सजिलै लगाउन पाउँछौँ भन्ने कल्पना पनि गरेका थिएनौँ,’ उहाँहरुले एकै स्वरमा भन्नुभयो, ‘अझ काठमाडौँ महानगरपालिकाले यसरी खोप केन्द्रमा गरेको व्यवस्थापन र अनुगमनले थप खुशी भयौँ । अब टोलछिमेकका सबैलाई खोप लगाएर ढुक्क हुन आग्रह गर्छौ ।’ 

शुक्रबार नै प्रमुख शाक्य प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सम्वन्धित केन्द्रका वडाका जनप्रतिनिधिसहित विरेन्द्र सैनिक अस्पताल छाउनी र ओम अस्पताल एण्ड रिसर्च सेन्टर चावहिल केन्द्रमा पनि अनुगमनका लागि पुग्नुभयो । प्रमुख शाक्य ओम अस्पताल पुग्दा अस्पतालका अध्यक्ष डाक्टर आनन्द श्रेष्ठ जेष्ठनागरिकलाई खोपलगाउन प्रोत्साहन दिइरहनु भएको थियो । उहाँले चावहिल केन्द्रबाट मात्रै बिहीबारसम्म १२ सय ८७ पुरुष र १२ सय ३७ महिलाले खोप लगाएको र कसैलाई पनि गम्भीर ज्वरो आउनेलगाएतको ठूलो समस्या नदेखिएको भन्दै ढुक्कसँग खोप लगाउन आग्रह गर्नुभयो । ‘अहिलेसम्म धेरै समस्या भयो भन्ने गुनासो आएको छैन,’ डाक्टर श्रेष्ठले भन्नुभयो, ‘अहिले काठमाडौँ महानगरपालिकाले गरेको व्यवस्थापन सन्तोषजनक छ । सबै मिलेर कोभिडविरुद्धको युद्ध जित्नुपर्छ ।’ 

अनुगमनकै सिलसिलामा प्रमुख शाक्यले अहिले पनि केही नागरिकमा कोरोनाविरुद्धको खोप लगाउनु हुन्न भन्ने भ्रम रहेको भन्दै त्यस्तो भ्रममा नपरी ढुक्कसँग खोप सुविधा लिन आग्रह गर्नुभयो । ‘आम नागरिकमा सकरात्मक सन्देश दिन सबै भन्दा ठूलो भूमिका सञ्चारमाध्ययमकै हुन्छ,’ शाक्यले भन्नुभयो, ‘तपाईँहरुले सकारात्मक सन्देश दिनुहोला । आम नागरिकलाई खोपबाट बञ्चित नगराउने दायित्व सरकारको हो ।’ 

उहाँले सम्पन्न मुलुकहरुमा समेत अहिले खोपको पहुँच नपुगेको अवस्थामा नेपालीले खोप सुविधा पाउनु गौरवको कुरा भएको बताउनुभयो ।’ उहाँले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका १४ स्थानमा खोप केन्द्रको व्यवस्था भएको भन्दै आफुलाई पायक पर्ने स्थानमा खोपलगाउन पनि आग्रह गर्नुभयो । ‘खोपबाट कसैलाई बञ्चित गराउनु हुन्न भन्ने हाम्रो अभियान हो,’ शाक्यले भन्नुभयो, ‘प्राथमिकतामा परेका तपाईँहरुलाई जहाँ पायक पर्छ त्यहि केन्द्रमा पुगेर खोप लगाउनुहोला । महानगरपालिका सहजीकरण गर्न तयार छ ।’ 

शहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले पनि फागुन २३ बाट ६५ वर्ष माथिका जेष्ठनागरिकलाई १० दिनसम्म खोप लगाउनका लागि काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका १४ स्थान तोकिएको भन्दै प्राथमिकतामा परेका सबैलाई खोप लगाउन आग्रह गर्नुभयो । उहाँले फागुन २८ गतेसम्म ३३ हजार १ सय ३७ जनाले खोप लगाएको बताउनुभयो । त्यसमध्ये पुरुष १७ हजार ३ सय ८९ र महिला १५ हजार ७ सय ४८ रहेको पनि बताउनुभयो ।  

उहाँले काठमाडौँ महानगरपालिका सबै केन्द्रमा चिया, कुकिज, फलफुल, पानी र टेण्टको व्यवस्था गरेको पनि जानकारी दिनुभयो ।

युवामैत्री प्रहरी प्रशासनको खाँचो

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

 शान्ति सुरक्षा र अपराध न्यूनीकरणमा युवावर्गको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सो भूमिकाको प्रभावकारीताको लागि जनमैत्री प्रहरी प्रशासनको खा“चो रहेको एक कार्यक्रममा औल्याइयो । राष्ट्रिय युवा महासंघ नेपाल ललितपुरले शनिबार मंगलबजारस्थित पाटन संग्रहालमा आयोजना गरेको शान्ति सुरक्षा र अपराध मुक्त समाज निर्माणमा युवावर्ग सहित समुदायको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा सो खाचो औल्याइएको हो । 

सो अवसरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले युवावर्ग परिर्वतनको संवाहक रहेको उलेख गर्दै उनीहरुमा सकारात्मक सोच, सामाजिक मूल्य र मान्यताप्रति संवेदनशीलता र रचनात्मक क्रियाकलापमा सहभागी गराउन सके अपराधको दरमा कमी आउने विश्वास व्यक्त गर्नुभयो। 

विदेशी संस्कृति र संस्कार कति हदसम्म अनुकरण गर्ने, आफ्नो सामाजिक र सांस्कृतिक परम्पराप्रतिको ज्ञान, सामाजिक स्वीकार्यता बुझ्ने र विवकेशील युवावर्गले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि प्रमुख जिल्ला अधिकारी निरौलाको धारणा रहेको थियो ।

सो कार्यक्रममा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले युवावर्ग अपराधिक कार्यमा संलग्न हुनुमा सामाजिक, आर्थिक, मनोवैज्ञानिक तत्वको प्रभावबारे विभिन्न अनुभव दृष्टान्त दि“दै सही संस्कार, सामाजिकरणले अपराध न्यूनीकरणमा सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो । 

अरनिको सांस्कृतिक तथा व्यावसायिक समाजका अध्यक्ष अजरमान जोशीले प्रहरी प्रशासनलाई हेर्ने सामाजिक दृष्टिमा परिर्वतन ल्याउन युवावर्गको अभियानले ठोस भूमिका निर्वाह गरेको बताउनुभयो ।

सो अवसरमा युवा महासंघ नेपालका सल्लाहकार एवं नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले समाजमा युवावर्गको ज्ञान, सोच र प्रश्न गर्ने स्वभावलाई स्वीकार गर्र्दै उनीहरुमा भएका क्षमता र प्रतिभालाई सामाजिक रुपान्तरणमा लगाउन समाजका विभिन्न तहतप्का संगै समुदायमैत्री प्रहरी प्रशासनको सकारात्मक भूमिका रहने बताउनुभयो । अपराधमा युवावर्गको संलग्नता समाज र परिवेशको उपज रहेको बताउ“दै उहा“ले सामाजिक वातावरण राम्रो बनाउन प्रशासनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बौद्ध अध्ययेता अनिल शाक्ले सारा अपराधको जड नै व्यक्तिभित्र लुकिरहेको अतिशय लोभ, द्वेष र मोह रहेको धारणा राख्दै त्यस हटाउन राम्रो परिवेश, शिक्षा संस्कारसहित आध्यात्मिक शिक्षाको आवश्यक रहेको विषयमा आफ्नो धारणा राख्नुभयो ।

सभामा महासंघका अध्यक्ष राजन महर्जनले अहिलेको प्रशासन युवामैत्री नभएका कारण अनेक दुःख पाउने गरेको बताउ“दै सार्वजनिक प्रशासन युवावगप्रति संवेदनाशील हुनुपर्नेमा जोड दिनुभयो । प्रहरी प्रशासनको गलत व्यवहारले युवावर्गमा अनेक निराशा छाएको बताउ“दै प्रहरी प्रशासनलाई जिम्मेवार बनाउन नागरिक खबरदारी, रचनात्मक गतिविधि आवश्यक रहेको पनि अध्यक्ष महर्जनको धारणा रहेको छ । 

सो अवसरमा महासंघका उपाध्यक्ष प्रणीता शाक्य, समाजसेवी हसिना शाक्य, महासंघका सचिव सुरज खड्का लगायतले युवावर्ग र अपराध न्यूनीकरणका विविध पक्षमा आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा प्रहरी उपरीक्षक प्रज्वल महर्जन, प्रहरी नायब उपरीक्षक रमेश बोहोरा र विभिन्न प्रभागका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

मंगलबजारमा स्वास्थ्य शिविर

Swoniga Online – स्वनिगः अनलाइन | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत

ललितपुर महानगरपालिका–१६ को आयोजना र अरनिको समाजको सहयोगमा शनिबार मंगलबजारमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा एक सय ३० जनाले उपचार गराएका छन् ।

शिविर प्रत्येक साता छुट्टाछुट्टै रोग सम्बन्धि छौठो पटकसम्म चल्नेछ । शनिबार नशा तथा हाडजोर्नीको उपचार गरिएको थियो । अर्को साता शनिबार पाटन बुबहालमा मुटुरोग, फागुन १ बालिफल टोलमा बाल तथा छाला रोग, फागुन ८ नागबहालमा स्त्री रोग, १५ गते दौबहालमा पेट तथा कलेजो, २२ गते पुनः मंगलबजारमा नशा, युरोलोजी, मधुमेह र जनरल सम्बन्धि चेकचा“च गरिने वडा कार्यालयले जनँएको छ ।

शिविरमा स्वास्थ्य जा“च न्युरो मेडिसिन डा.सर्वोत्तम श्रेष्ठ, पेट तथा कलेजो र जनरल मेडिसन डा.कृष्णगोपाल महर्जन र डा.सुशील प्रजापति, बालरोग सम्बन्धि डा.दिपक राजभण्डारी, मुधमेह डा.मनिलरत्न बज्रचार्यलगायत १३ जना डाक्टरको टोली छन् ।

ललितपुर महानगर–१६ वडाध्यक्ष निर्मलरत्न शाक्यले वडास्तरमा स्वास्थ्य सेवाको पहु“च विस्तार गर्ने लक्ष्य अनुसार शिविर आयोजना गरिएको बताए । ‘शिविरले असहाय र वृद्धावृद्धिलाई बढी सहयोग पुगेको छ,’ उनले भने ।

शिविरमा निःशुल्क औषधी वितरण गरिएको थियो । वडाले यसअघि आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

 

सहिदलाई चिनाउन कामपा लागिरहने मेयर शाक्यको भनाई

Swoniga Online – Bikesh Sharma | २०७७ माघ १४, बुधबार वर्गीकृत

सहिद सप्ताहको तेस्रो दिन १३ गते सिफलमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । सभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले देशको लागि बलिदान दिने शहिदहरु आगामी पुस्तालाई पनि चिनाउन काठमाडौं महानगरपालिकाले सक्दो प्रयास गरिरहने बताउनुभएको छ ।

शाक्यले सहिदहरुको सम्झना चीरकालसम्म रहन सकोस् भनी महानगरपालिकाले चार सहिदकै पूर्ण कदको सालिक निर्माण गरेको स्मरण गराउनुभयो ।

सो अवसरमा सहिद धर्मभक्त माथेमा मानवसेवा आश्रमका लागि पनि महानगरपालिकाले बजेट छुट्याएको जानकारी दिँदै सहिद गंगालालको सम्झनामा गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लाण्ट राख्न महानगरपालिकाले सम्झौता गरिसकेको पनि शाक्यले बताउनुभयो ।

शाक्यले सहिदहरुको सम्झनामा काठमाडौँ महानगरपालिकाकै पहलमा ८० वर्षपछि भए पनि पूर्णकदको शालिक निर्माण गर्ने अवसर प्राप्त भएको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘

शहिदहरुले राष्ट्र र जनताप्रति गरेको योगदान हामी भुल्न सक्दैनौँ, उहाँहरूको सालिक मुन्तिर उभिएर उहाँहरूले देखाएको बाटो हिँड्न प्रेरणा मिलोस् भनेर हामीले पूर्णकदको सालिक निर्माण गरेका हौँ’ शाक्यले भन्नुभयो ।

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले राजनीतिक परिवर्तनसँग सहिदको सपना अन्तरसम्बन्धित भएको उल्लेख गर्नुभयो । सभामा महानगरको वडा नं. ७ का वडाध्यक्ष शुद्धकुमार डंगालले सहिदको सपना पूरा गर्न भौतिक समृद्धिसँगै चेतनामा पनि समृद्धि हुनुपर्ने टिप्पणी गर्नुभयो ।

राणा शासनको विरोधमा आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड दिइएको थियो । उहाँहरुको स्मरण गर्दै हरेक सहिद दिवस मनाउने गरिएको छ ।

यस बर्षको सहिद सप्ताह कार्यक्रमअन्तर्गत माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरी काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह सुरु गरेको थियो । सहिद सप्ताहका बाँकी कार्यक्रम अन्तर्गत माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई अमरत्व स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ । त्यस्तै माघ १६ गते शान्तिबाटिकाबाट प्रभात फेरी निकाली सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली सभा हुनेछ ।

संस्कृत अध्ययनलाई प्रोत्साहित गर्नुपर्नेमा जोड

Swoniga Online – Bikesh Sharma | २०७७ माघ ३, शनिबार वर्गीकृत

अहिलेको युवा पुस्तामा संस्कृत शिक्षा लोप हुँदै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौंमा शुक्रबारबाट शुरु भएको संस्कृत कक्षाको शुभारम्भ कार्यक्रमका वक्ताहरुले अहिलेको युवा पुस्तामा संस्कृतको ज्ञान र चासो कम हुँदै जाँदा समाजको ऐतिहासिक पहिचान पनि हराउने सम्भावना बढेको विचार पोखेका थिए ।

काठमाडौंका आदिवासी देव ब्राम्हण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजको काठमाडौं  जिल्ला समन्वय समितिको आयोजनामा काठमाडौंमा तीन महिने संस्कृत कक्षाको शुरुवात भएको हो ।

कक्षाको शुभारम्भ कार्यक्रममा बोल्दै समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले शिलापत्र, ठ्यासफू, विभिन्न धार्मिक पुस्तकहरुमा संस्कृतको प्रयोग धेरै मात्रामा हुने भएकोले ईतिहास बुझ्न संस्कृतको ज्ञान अपरिहार्य भएको विचार राख्नुभयो ।

‘समाजको, राष्ट्रको ईतिहासको जरासम्मको अध्ययन गर्ने हो भने संस्कृतको ज्ञान हुनैपर्छ,’ अध्यक्ष राजोपाध्यायले भन्नुभयो । ‘संस्कृतको ज्ञान लिएर हाम्रो ईतिहासको अध्ययनमा, समाजमा हाम्रो पहिचान अझ सशक्त बनाउनमा योगदान दिनुहोला ।’

कक्षाका गुरु गजानन्द राजोपाध्यायले ब्राम्हण पहिचानसँग संस्कृतको ज्ञान पनि जोडिएकोमा जोड दिँदै संस्कृत अध्ययनमा मन लगाउन आग्रह गर्नुभयो ।

जिल्ला संयोजक सुजित राजोपाध्यायले समयसापेक्ष यस किसिमका कार्यक्रमहरुको आयोजना गर्दै जाने जानकारी दिनुभयो ।

३ महिना संचालन हुने कक्षामा करीब २० जना राजोपाध्याय युवाहरुको सहभागीता रहेको छ ।

काठमाडौं महानगर नगर सभाको ८ औं अधिवेशन सुरु

Swoniga Online – बिकेश राज | २०७७ पौष २७, सोमबार वर्गीकृत

काठमाडौं महानगरपालिका नगर सभाको आठौं अधिवेशन सुरु भएको छ ।

सोमबारबाट राष्ट्रिय सभागृह काठमाडौंमा सुरु अधिवेशनमा तीन ओटा विधेयक प्रस्तुत भएका छन् ।

बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक– २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक– २०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक– २०७७’ पेश भएका हुन् ।

ती विधेयकहरु विभागीय प्रमुखहरु क्रमशः हरिकुमार श्रेष्ठ, हरिबहादुर भण्डारी र दीपक अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

यी विधेयकहरु आगामी माघ ७ गतेको बैठकमा निर्णयका लागि पेश हुने महानगरपालिकाले जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सुरु बैठकमा चालु आर्थिक बर्षको ५९ वटा कार्यक्रममा संशोधन प्रस्ताव गरिएको छ ।

यसरी प्रस्ताव गरिएका कार्यक्रमहरुमा निशुल्क वितरणका लागि औषधी खरिद, स्वास्थ्य उपकरण खरिद, सडक स्तरोन्नति गर्ने, ढल तथा मंगाल निर्माण गर्ने काम रहेका छन् ।

त्यस्तै सार्वजनिक सम्पत्तिको मर्मत तथा संरक्षण, मठमन्दिर, गुठीघर, देवता घरजस्ता सांस्कृतिक संरचनाको पुननिर्माण, मर्मत सम्भार तथा सौन्दर्य बढाउने, सरकारी र सामुदायिक अस्पतालहरुसँग सहकार्य, यातायात तथा सुरक्षा व्यवस्थापन नगर साझेदारी कार्यक्रमलगायत छन् ।

‘विभिन्न वडाबाट पूर्वाधार निर्माणका धेरै माग आइरहेका छन्,’ सभाका अध्यक्ष एवं प्रमुख शाक्यले भन्नुभयो, ‘ती मागलाई लागतमा रुपान्तरण गरेर हेर्दा अरबौंको बजेट आउन सक्छ । यसरी माग भएका योजनालाई आगामी बर्षको कार्यक्रममा समेट्ने छौं ।’

अहिले भने स्वीकृत नीति र कार्यक्रम तथा कानुनले दिएको अधिकार प्रयोग गरेर केही शीर्षकहरुमा बजेट संशोधन प्रस्ताव गरिएको शाक्यले जानकारी गराउनुभयो ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख श्रेष्ठले जनप्रतिनिधिको बाँकी कार्यकाललाई अधिकतम् जनताका चाहना पूरा गर्ने योजनामा केन्द्रित गर्न सबै जनप्रतिनिधिले साझा मत निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

अमूर्त संस्कृतिको लागि ठोस कार्यक्रम ल्याउन माग

Swoniga Online – सुनिल महर्जन | २०७७ पौष २६, आइतबार वर्गीकृत

कार्तिक नाचको निरन्तरताको लागि खडा गरिएको अक्षय कोषको रकम १ करोड पुयाउन सरोकारवालाहरुले ललितपुर महानगरपालिका समक्ष माग गरेका छन् । कार्तिक नाच संरक्षण समितिले शनिबार पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा आयोजना गरेको नाचको समापन समारोहमा सम्बद्ध वक्ताहरुले सो माग गरेका हुन् ।

सो समारोहमा महानगरपालिकाको तर्फबाट मेयर महर्जनले ५० लाख रुपैयाँ हस्तान्तरण गर्नुभयो । गत वर्षको नाच समापन समारोहमा मेयर महर्जनले आर्थिक वर्ष २०७७ तथा ०७८ मा १ करोड रुपैयाँ हस्तान्तरण गर्ने सार्वजनिक रुपमा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

समितिका अध्यक्ष किरण चित्रकारले मेयर महर्जनको वचन स्मरण गर्दैे बाँकी ५० लाख रुपैयाँ पनि चाँडोभन्दा चाँडो उपलब्ध गराईदिन माग गर्नुभयो । विश्वकै एउटा उत्कृष्ट अमूर्त संस्कृतिको रुपमा रहेको कार्तिक नाच रकम अभावले सञ्चालन गर्न कठिनाई रहेकोले बताउँदै अध्यक्ष चित्रकारले भन्नुभयो ‘कार्तिक नाच जर्गेना गर्ने पहिलो दायित्व महानगरपालिकाको हो । त्यसैले बाँकी ५० लाख रुपैयाँ पनि चाँडै हस्तान्तण गरियोस् ।’

समारोहमा समितिका उपाध्यक्ष प्रतापधर शर्माले अनेक उचित पारिश्रमिक नपाएपनि कलाकारको भावनात्मक आस्थाले गर्दा कार्तिक नाच जेनतेन सञ्चालन हुँदै आएका बताउँदै भन्नुभयो ‘तिनिहरुलाई समयानुकूल पारिश्रमिक दिन अक्षयकोषमा थप ५० लाख उपलब्ध गराउनुको अर्को विकल्प छैन । महानगरपालिकाले बाँकी ५० लाख रुपैयाँ दिन आलटाल गर्ने छैनन् भन्ने विश्वास गर्दछु ।’

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव सुनील महर्जनले संस्कृतिप्रति राज्य र स्थानीय तहले गौरव गरेपनि त्यस अनुपातमा संरक्षणको लागि पर्याप्त स्रोतको व्यवस्था नगरिएको बताउनुभयो ।

अहिलेसम्म अमूर्त संंस्कृतिहरु जर्गेना हुनुको मुख्य कारण सम्बन्धित समुदायको त्यसप्रति अपनत्व, प्रतिबद्धता र इच्छाशक्ति रहेको उल्लेख गर्दै महासचिव महर्जनले भन्नुभयो ‘अमूर्त संस्कृति जर्गेना गर्न जीवन समर्पण गर्ने परम्परागत बाजागाजाका गुरु, कलाकार, गुठीयारहरुको आत्मसम्मान बढाउन विशेष भत्ता, सम्मान र उचित पारिश्रमिक दिने विषयमा महानगरपालिका गम्भीर हुनुपर्दछ ।’

सो अवसरमा महानगरपालिकाका मेयर महर्जनले १ करोड रुपैयाँ दिने प्रतिबद्धता व्यक्त गरेको तर, यस वर्ष ५० लाख हस्तान्तरण गरेको बताउँदै अमूर्त संस्कृति संरक्षणमा महानगरपालिका गम्भीर रहेको धारणा राख्नुभयो ।

उहाँले संस्कृतिको संरक्षणको लागि महानगरपालिकाको मात्र मुख नताक्न समितिलाई आग्रह गर्दै नाचको लागि रकम जुटाउन विभिन्न बैंक तथा वितीय संघसंस्थाहरु समक्ष माग गर्न पनि सुझाव दिनुभयो । बैंक तथा वित्तीय संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत केही प्रतिशत रकम सामाजिक काममा खर्चिनुपर्ने नियम रहेको उल्लेख गर्दै मेयर महर्जनले त्यसको लाभ उठाउनुपर्नेमा पनि जोड दिनुभयो ।

सोही समारोहमा ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यलाई कदरपत्र प्रदान गरिएको थियो । सो वडाले गत मंसिर १२ गते शुक्रबार अक्षयकोषको लागि वडाबाटै १० लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । सोही वडाले गत वर्ष नरसिंहको मुकुट र यस वर्ष बराहको चाँदीको मुकुट फेर्नको लागि आवश्यक रकम व्यहोरेको थियो।

सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष मनोजबहादुर न्याछ्यंसहित कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।

Pages