-
२०८० फाल्गुण २२, मंगलबार
नेदरलेन्ड्सले जित्यो टी-२० सिरिजको उपाधि
काठमाडौँ / २२ फागुन, त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेदरल्याण्डसले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्डसले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि जितेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १९.३ ओभरमा ६...
-
२०८० फाल्गुण २२, मंगलबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय
काठमाडौं/ २२ फागुन, नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको...
-
२०८० फाल्गुण २१, सोमबार
चार राजनीतिक दलबीच आठ बुँदे सहमति
काठमाडौं/ २१ फागुन, सत्ता गठबन्धनमा रहेका चार प्रमुख राजनीतिक दलहरूबीच आठ बुँदे सहमति भएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच गठबन्धन सरकार सञ्चालन गर्ने तथा शान्ति प्रक्रियाका...
-
२०८० फाल्गुण २१, सोमबार
नयाँ गठबन्धनबाट तीन मन्त्रीकाे सपथ
काठमाडौं/ २१ फागुन, सत्ता गठबन्धन परिवर्तनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रीपरिषद पुनर्गठन गर्नुभएकाे छ । पुनर्गठित मन्त्रीपरिषदमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्यालले राष्ट्रपति रामचन्द्र...
-
२०८० फाल्गुण २१, सोमबार
माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री
काठमाडौँ/२१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताउनुभएको छ । उहाँले माआवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पार्नुभयो । सहिद सप्ताहअन्तर्गत शहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया,...
-
२०८० फाल्गुण २१, सोमबार
अबको दुई वर्षका लागि प्रचण्ड प्रधानमन्त्री, त्यसपछि ओली
काठमाडौं/ २१ फागुन, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधा-आधा बाँड्ने सहमति भएको छ। कांग्रेससहितको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउँदा प्रचण्ड...
-
२०८० फाल्गुण २१, सोमबार
सत्ता गठबन्धन परिवर्तन, ५ बजे नयाँ मन्त्रीको शपथ
काठमाडौँ/ २१ फागुन, सत्ता गठबन्धन परिवर्तन हुने भएसंगै नयाँ मन्त्रीपरिषद गठन हुने भएको छ । परिवर्तित गठबन्धनबाट नयाँ मन्त्रीहरूको शपथ आज पाँच बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुको शपथ ५ बजे गर्ने गरी राष्ट्रपति...
-
२०८० फाल्गुण २१, सोमबार
कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने
काठमाडौं/ २१ फागुन, नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिनुभयाे । ‘...
-
२०८० फाल्गुण २१, सोमबार
नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूकाे शपथ सम्पन्न
काठमाडौं/ २१ फागुन, राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। नयाँ वानेश्वरस्थित संसद भवनमा संघीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मिला अर्यालले उहाँहरुलाई सपथ दिलाउनु भएको हाे । सो अवसरमा...
-
२०८० फाल्गुण २०, आइतबार
नापी सर्भेक्षक चौलागाई र लेखापढी गर्ने पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं/ २० फागुन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, कलंकी काठमाडौंमा कार्यरत सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा हालसाविक एवं...
-
२०८० फाल्गुण २०, आइतबार
२०७२ को भूकम्पले ढालेको गरुढ मूर्ति पुनरुत्थापित
काठमाडौँ/ २० फागुन, २०७२ सालको भूकम्पले ढालेको हिटीपोखरीको गरुढ प्रस्तर मूर्ति प्रतिरुत्थापित गरिएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा कार्यालय र स्थानीय सहभागितामा शुक्रबार मूर्तिको आसन र...
-
२०८० फाल्गुण २०, आइतबार
राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे मन्त्रालयसँग छलफल
काठमाडौँ/ २० फागुन: प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गर्नुभएको छ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले...


