राजनीति
-
२०७८ भाद्र १४, सोमबार
मन्त्रिमण्डललाई पूर्णता दिन सहमति, के–के विषयमा भयो छलफल ?
काठमाडौं – सत्तारुढ गठनबन्धनले केही दिनमै मन्त्रिमण्डललाई पूर्णता दिने समझदारी गरेको छ । कांग्रेस नेता पूर्णबहादुर खड्काले बजेट, संसद् बैठक, सरकार विस्तार र अध्यादेबारे छलफल भएको जानकारी दिए । ‘बजेट परिमार्जनका विषय पनि उठेका छन् । यसका लागि...
-
२०७८ भाद्र १४, सोमबार
पार्टी विभाजनविरुद्ध उभिन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको निर्देशन
काठमाडौं । नेकपा एमालेले पार्टी विभाजनको पक्षमा नलाग्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएको छ। स्थायी कमिटीको भदौ ८ को बैठक र केन्द्रीय कमिटीको भदौ १० को बैठकपछि आइतबार जारी अन्तरपार्टी निर्देशनमा निर्वाचन आयोगले दल छनोट गर्न पाइने भनी जारी गरेको...
-
२०७८ भाद्र १३, आइतबार
एकीकृत समाजवादी संसदीय दलको नेता नेपाल चुनिए, राष्ट्रियसभातर्फ बेदुराम भुसाल
काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पार्टीको संसदीय दलको नेता चुनिएका छन् । संसद् भवन बानेश्वरमा आइतवार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको हो । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा,...
-
२०७८ भाद्र १३, आइतबार
मन्त्रीमण्डल विस्तारबारे छलफलमा जुटे सत्ता गठबन्धनका शीर्ष नेताहरु, भोलि मन्त्रिपरिषद् विस्तार
मन्त्रिपरिषद् विस्तारको विषय टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल जारी छ । यो विषयमा हिजो पनि देउवा र प्रचण्डबीच छलफल...
-
२०७८ भाद्र १३, आइतबार
प्रदेश २ का दुई मन्त्रीको जिम्मेवारी हेरफेर
जनकपुरधाम । प्रदेश २ मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन्। मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालयको जिम्मेवारी...
-
२०७८ भाद्र ११, शुक्रबार
आलमविरुद्धको मुद्दाको पेशी स्थगित, आलमका वकील बिरामी
काठमाडौँ– मानिसलाई ईँटा भट्टामा हालेर पोलेको अभियोगमा थुनामा रहेका कांग्रेस नेतासमेत रहेका मोहम्मद अफ्ताब आलमविरुद्धको मुद्दा शुक्रबार पेशीमा चढे पनि सुनुवाइ नभइ स्थगित भएको छ । सर्वोच्च अदालतको पेशी नम्बर ८ मा शुक्रबार आलमविरुद्धको मुद्दाको पेशी...
-
२०७८ भाद्र १०, बिहिबार
कम्युनिष्ट पार्टी छोड्दैनौँ भन्दै नेपालले भने- हामी तुरुन्तै सरकारमा जान्छौ
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । “हामी सरकारमा जान्छौँ । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी...
-
२०७८ भाद्र १०, बिहिबार
भीम आचार्य बने प्रदेश १ को मुख्यमन्त्री, एमालेकै बहुमत कायम गर्ने
काठमाडौँ । एमाले सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन् । आचार्यले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१)...
-
२०७८ भाद्र ८, मंगलबार
कुलमान नियुक्तिको कागजात ३ दिनभित्र पेश गर्न सर्वाेच्चकाे आदेश
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेकोमा असन्तुष्ट पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले...
-
२०७८ भाद्र ८, मंगलबार
माधवलाई पछार्न खोज्ने को-को पुगे ओलीले बोलाएको स्थायी कमिटी बैठकमा ?
पार्टी विभाजन गरेपछि माधव नेपालको साथ छाडेका दोस्रो पुस्ताका नेताहरू ८ महिनापछि एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल पुगेका छन् । लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका नेताहरु २३...
-
२०७८ भाद्र ७, सोमबार
ओलीले बोलाए स्थायी कमिटी बैठक, तटस्थ बसेका नेताहरू पनि सहभागी हुने
नेकपा एमालेले आजै साँझसम्म स्थायी कमिटी बैठक राख्ने भएको छ । यो बैठकमा यसअघि एमालेमा माधवकुमार नेपाल समूहमा रहेका तर नेपालले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि उनको साथ छाडेका स्थायी कमिटी सदस्यहरु पनि सहभागी हुने भएका छन् । यसका लागि उनीहरुले...
-
२०७८ भाद्र ७, सोमबार
विमला र अजयलाई पदमुक्त नगरेको भन्दै लुम्बिनी प्रदेशसभामा एमालेको नाराबाजी
लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेको छ । प्रदेशसभामा विवास्पद रुपमा रहेका दुई सांसदलाई कारबाहीको माग राख्दै उसले प्रदेशसभा अवरुद्ध गरेको हो । एमालेले प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न भनी...