-
२०७८ भाद्र २, बुधबार
वडा १२ कार्यालय भवनको शिलान्यास
काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । टेकु चल्खुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उहाँले आज सांस्कृतिक पूजा गर्दै भवनको शिलान्यास गर्नुभएको हो । ‘हामीले वडा भवन पचली क्षेत्रमा बनाउने योजना तयार...
-
२०७८ भाद्र २, बुधबार
फुट्यो एमाले : नेपाल समूहबाट नेकपा एमाले (समाजवादी )दल आयोगमा दर्ता, चुनाव चिन्ह खुला किताब
काठमाडौँ । नेकपा एमाले विभाजन भएपछि माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ता गरेको छ । नेपाल समूहले नेकपा एमाले (समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता गरेको हो । पार्टीको चुनाव चिन्ह भने खुला किताब पाएको नेता मेटमणि चौधरीले इकागजलाई जानकारी दिए...
-
२०७८ भाद्र २, बुधबार
नयाँ दल दर्ता गर्न माधव नेपालसहित नेताहरु निर्वाचन आयोगमा
काठमाडौँ । एमालेबाट विधिवत रुपमा अलग्गिने तयारीमा पुगेका माधव नेपालसहित माधव नेपाल पक्षका नेताहरु बुधबार निर्वाचन आयोग पुगेका छन्। माधव नेपाल पक्षको दलको नाम नेकपा एमाले समाजवादी दर्ता रहनेछ भने चुनाव चिह्न ‘खुला किताब’ रहने भएको छ। माधव नेपाल...
-
२०७८ भाद्र २, बुधबार
डोरमणिले दिए राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै
नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलको नेतामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य चयन भएकी छन्। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजै संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्य दलको नेता चयन भएकी हुन्। शाक्य सर्वसम्मतिबाट दलको नेता चयन भएको...
-
२०७८ भाद्र २, बुधबार
नेपालमा पछिल्लो २४ घण्टामा देशभर थपिए ३४०३ जना कोरोना संक्रमित, ४२ को मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ३४ सय ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले १६ हजार ८३८ जनाको परीक्षण भएकोमा ३४ सय ३ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले सोही अवधिमा २१...
-
२०७८ भाद्र २, बुधबार
निर्वाचन आयोग जाने तयारीमा महन्थ ठाकुर : चुनाव चिह्न साइकल, पार्टीको नाम चाँही के ?
काठमाडौं । राजनीतिक दलसम्बनधी अध्यादेश जारी भएसँगै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष निर्वाचन आयोग जाने तयारीमा जुटेको छ । सत्ता राजनीतिबाट सुरु भएको लडाईंमा उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएपछि खुम्चिएर बसेको पूर्वराजपा समूह...
-
२०७८ भाद्र २, बुधबार
राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्। बुधबार राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा...
-
२०७८ भाद्र २, बुधबार
अस्पतालभित्र प्रवेश गरी डाक्टर नर्समाथि अभद्र व्यवहार गर्ने पक्राउ
काठमाडौं । अस्पतालभित्र प्रवेश गरी डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मोरङस्थित कोशी अस्पतालमा सोमबार साँझ प्रवेश गरी अभद्र व्यवहार गरेको आरोपमा अमृत बानियाँलाई पक्राउ गरिएको हो। पक्राउ परेका बानियाँविरुद्ध जिल्ला...
-
२०७८ भाद्र २, बुधबार
नेपालसहित १४ सांसदलाई पद मुक्त गर्न निर्णयसहित एमालेले पठाएको पत्र सभामुख समक्ष पेश
काठमाडौँ । माधवकुमार नेपालसहितका १४ सांसदलाई पद मुक्त गर्ने निर्णयसहित एमालेले बुझाएको पत्र सभामुख अग्निप्रसाद सापकोटा समक्ष पेश भएको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार एमालेको पत्र सभामुख सापकोटा समक्ष पेश गरि औपचारिक जानकारी गराएका...
-
२०७८ भाद्र २, बुधबार
हस्ताक्षर संकलन गर्दै माधव पक्ष, नयाँ दल दर्ता गर्ने निर्वाचन आयोग जादैं जाने तयारी
काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिँदै छ । अहिले काठमाडौंस्थित अर्याल होटेलमा उनीहरू रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै निर्वाचन आयोग जाने...
-
२०७८ भाद्र २, बुधबार
अफगानिस्तानबाट १२७ जना नेपाली काठमाडौँ आइपुगे
काठमाडौं । सरकारले अफगानिस्तानबाट उद्धार भई कुवेत पुगेका थप नेपाली नागरिक गए राति अर्को चार्टर विमानबाट काठमाडौँ आइपुगेका छन् । मित्रराष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा मंगलबार १२७ जना नेपाली काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले...
-
२०७८ भाद्र २, बुधबार
प्रतिनिधिसभा विघटनसम्बन्धी २९ वटा मुद्दा एकसाथ संवैधानिक इजलासमा, आजै टुंगिन सक्ने
काठमाडौं । दोस्रो प्रतिनिधिसभा विघटन विरुद्ध दर्ता भएका २९ वटा रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधवार सुनुवाइ गर्दैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा २९ वटा रिट निवेदन एकसाथ पेशी चढेको छ । ती निवेदनमा तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिस बदरदेखि...



